वंशानुक्रम (Heredity) | Class 10 science chapter 4 exercise| वंशानुक्रम (Heredity) Exercise

0

  

4. वंशानुक्रम

(Heredity)

 

1. तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् ।

(क) मानिसको कोषमा कति जोडा सेक्स क्रोमोजोम हुन्छन् ?

(अ) 1 जोडा

(आ) 22 जोडा

(इ) 23 जोडा

(ई) 46 जोडा

 

(ख) क्रोमोजोम के के मिलेर बनेको हुन्छ ?

(अ) DNA र RNA

(आ) DNA र कार्बोहाइड्रेट

(इ) DNA र प्रोटिन

(ई) RNA र प्रोटिन

 

(ग) सेक्स क्रोमोजोमको मुख्य कार्य के हो ?

(अ) सोमाटिक गुण निर्धारण गर्ने

(आ) लिङ्ग निर्धारण गर्ने

(इ) रोग प्रतिरोधक क्षमता बढाउने 

(ई) आँखाको बनोट निर्धारण गर्ने

 

(घ) वंशाणुगत गुण सार्ने क्रोमोजोमको सबैभन्दा सानो एकाइलाई के भनिन्छ ?

(अ) DNA

(आ) क्रोमाटिड

(इ) सेन्टीमियर

(ई) वंशाणु

 

(ङ) माइटोसिस कोष विभाजनका लागि तलका मध्ये कुन भनाइ ठिक हो ? 

(अ) यो कोष विभाजनमा एकै पटकमा चारओटा कोष बन्छन् ।

(आ) यो कोष विभाजनमा हयाप्लोइड कोष बन्छन् ।

(इ) यो कोष विभाजन प्रजनन कोषमा हुन्छ ।

(ई) यो कोष विभाजनले कोषको पुनः निर्माण गर्छ ।

 

(च) रेडियोथेरापी ल्यावमा काम गर्ने एक जना टेक्निसियनको विवाहको लामो समयपश्चात् पनि सन्तानको जन्म नहुँदा परीक्षण गराएछन् परीक्षणपश्चात् उनले लामो समयसम्म high intensity radiation मा काम गरेकाले उनमा सन्तान उत्पादन क्षमता कमी भएको देखियो । त्यसमा कोषको कुन भागमा असर परेको होला ?

(अ) DNA

(आ) RNA

(इ) साइटोप्लाज्म

(ई) न्यूक्लियोलस

 

(छ) यदि कोषमा DNA transcription भएन भने कुन प्रक्रियामा असर पर्छ ।

(अ) प्रकाश संश्लेषण 

(आ) प्रोटिन संश्लेषण

(इ) मैथुनिक प्रजनन

(ई) कोष विभाजन

 

(ज) DNA replication हुँदा कुनै एउटा न्यूक्लियोटाइडको नास भयो भने जीवमा के असर पर्छ ? 

(अ) जेनेटिक समस्या देखिन्छ । 

(आ) कोष विभाजनमा समस्या आउँछ ।

(इ) प्रजननमा समस्या आउँछ । 

(ई) क्रोमोजोमले काम गर्दैन ।

 

(झ) निम्नमध्ये कुनले महिलाको शरीरमा रहेका कोषको क्रोमोजोमको सङ्केत गर्छ ?

(अ) 44 + XY

(आ) 44 + XX

(इ) 22 + XY

(इ) 22 +XY

 

(ञ) तलका मध्ये कुन भनाइ सही छ है ।

(अ) अन्डामा Y क्रोमोजोम मात्र हुन्छ भने शुक्राणुमा X क्रोमोजोम हुन्छ ।

(आ) अन्डामा X क्रोमोजोम मात्र हुन्छ भने शुक्राणुमा Y क्रोमोजोम हुन्छ ।

(इ) अन्डामा X क्रोमोजोम मात्र हुन्छ भने शुक्राणुमा X वा Y मध्ये कुनै एक क्रोमोजोम हुन्छ ।

(ई) अन्डा र शुक्राणु दुवैमा X र Y क्रोमोजोम हुन्छन् ।

 

 

2. फरक लेख्नुहोस् :

 

(क) अटोजोम र सेक्स क्रोमोजोम

 

अटोजोम

- मानिसको सोमाटिक कोषमा यसको सङ्ख्या 22 जोडा हुन्छ ।

- अटोजोमले शरीरका गुणहरू निर्धारण गर्छ ।

 

सेक्स क्रोमोजोम

- मानिसको प्रत्येक सोमाटिक कोषमा यसको सङ्ख्या 1 जोडा हुन्छ । 

- सेक्स क्रोमोजोमले लिङ्ग निर्धारण गर्छ ।

 

(ख) माइटोसिस र मियोसिस

 

माइटोसिस

- एक समयमा एकचोटी मात्र कोष विभाजन हुन्छ । 

- एक डिप्लोइड कोषबाट दुई डिप्लोइड कोषहरू बन्छन्। 

- विभाजनपछि क्रोमोजोमको सङ्ख्या सन्तति कोषमा पनि मातृकोष जत्तिकै हुन्छ ।

 

मियोसिस

- एक समयमा दुई चोटी कोष विभाजन हुन्छ ।

- एक डिप्लोइड कोषबाट चार हाप्लोइड कोषहरू बन्छन् ।

- विभाजनपछि क्रोमोजोमको सङ्ख्या सन्तति कोषमा मातृकोषको भन्दा आधा हुन्छ ।

 

(ग) DNA र RNA

 

DNA

- यो क्रोमोजोममा पाइन्छ ।

- यो एउटा वंशाणुगत पदार्थ हो ।

- DNA को पुरा रुप Deoxyribonucleic Acid हो।

 

RNA

- यो साइटोप्लाज्समा पाइन्छ ।

- तर यो वंशाणुगत होइन ।

- RNA को पुरा रूप Ribonucleic Acid हो ।

 

(घ) याप्लोइड र डिप्लोइड

 

याप्लोइड

- यसले लिङ्ग निर्धारण गर्छ ।

- जोडामा पाईदैन् ।

 

डिप्लोइड

- यसले शारिरिक गुणहरूको निर्धारण गर्छ ।

- जोडामा पाईन्छ ।

 

 

3. कारण दिनुहोस् :

 

(क) सन्ततितहरूमा बुबा आमा जस्तै गुणहरू हुन्छन् ।

उत्तरः आमा बाबुबाट तिनीहरूका सन्ततिहरूमा क्रोमोजोममा भएका वंशाणुहरूबाट वंशाणुगत गुणहरू प्रसारण गर्ने हुँदा सन्ततिहरूमा बुबा आमा जस्तै गुणहरू हुन्छन् ।

 

(ख) लिङ्ग निर्धारणमा पुरुषको मुख्य भूमिका हुन्छ ।

उत्तरः पुरुषमा ग्यामेट बन्ने प्रक्रियामा 50% X क्रोमोजोम र 50% Y क्रोमोजोम भएको ग्यामेट बन्छ भने महिलामा एकै किसिमको X क्रोमोजोम भएको ग्यामेट बन्छ । यदि Y क्रोमोजोम भएको भाले ग्यामेट र X क्रोमोजोम भएको पोथी ग्यामेट मिली गर्भाधान भएमा छोरो हुन्छ । त्यसैगरी X क्रोमोजोम भएको भाले ग्यामेट र X क्रोमोजोम भएको पोथी ग्यामेट मिली गर्भाधान भएमा छोरी हुन्छ । पुरुषको ग्यामेटमा x र Y क्रोमोजोम हुने हुँदा 'लिङ्ग' निर्धारणमा पुरुषको मुख्य भूमिका हुन्छ ।

 

(ग) पुरुषमा x र दुवै खालका सेक्स क्रोमोजोम भए तापनि कसै कसैको छोरीमात्र वा Y छोरामात्र जन्मन्छन् ।

उत्तर: कसैको छोरी मात्र जन्मिनुको कारण प्रत्येक चोटी पुरुषको (22 + x) क्रोमोजोम भएको शुक्रकिटको महिलाको (22 + x) क्रोमोजोम भएको अण्ड सँग मिलन भएर हो, त्यसैगरी कसैको छोरामात्र जन्मिनुको कारण प्रत्येक चोटी गर्भाधान हुँदा पुरुषको (22 + Y क्रोमोजोम भएको शुक्रकीट र महिलाको (22 +X) क्रोमोजोम भएको अण्ड सँग मिलन भएर हो ।

 

(घ) मियोसिस कोष विभाजनलाई रिडक्सन डिभिजन पनि भनिन्छ । 

उत्तरः मियोसिस कोष विभाजनबाट बनेको चार लैङ्गिक कोषहरूमा क्रोमोजोको सङ्ख्या मातृकोष भन्दा आधा हुन्छ । त्यसकारण मियोसिस कोष विभाजनलाई रिडक्सन डिभिजन पनि भनिन्छ ।

 

(ङ) माइटोसिस कोष विभाजनलाई समीकरणीय विभाजन पनि भनिन्छ । 

उत्तरः माइटोसिस कोष विभाजनबाट बनेका दुईवटा सोमाटिक कोषहरूमा क्रोमोजोमको सङ्ख्या मातृकोषमा जत्तिकै हुन्छ । त्यसकारण माइटोसिस कोष विभाजनलाई समीकरणीय विभाजन पनि भनिन्छ ।

 

(च) मियोसिस कोष विभाजनबिना मैथुनिक प्रजनन सम्भव छैन । 

उत्तर: प्रत्येक वंशको निरन्तरता र एकरूपताका लागि मैथुनिक प्रजनन् हुने जीवहरूमा मियोसिस कोष विभाजन आवश्यक छ । त्यसकारण मियोसिस कोष विभाजनबिना मैथुनिक प्रजनन् सम्भव छैन ।

 

(छ) मियोसिस कोष विभाजनले परिवृत्ति ल्याउँछ । 

उत्तर: मियोसिस कोष विभाजनको दौरानमा हुने रिकम्बिनेसन र स्वन्त्र गुण प्रसारणको नियम अनुसार प्रत्येक ग्यामेटमा DNA को फरक फरक समूह रहेको हुन्छ । जसमा जाइगोट बन्दा वंशाणुहरूको छुट्टै संयोजन हुन्छ जसले परिवृत्ति ल्याउँछ । त्यसकारण मियोसिस कोष विभाजनले परिवृत्ति ल्याउँछ ।

 

 

4. तलका प्रश्नको उत्तर लेख्नुहोस् :

 

(क) वंशाणु केलाई भनिन्छ ?

उत्तर: क्रोमोजोममा भएको एउटा विशेष गुण बोकेका DNA को सबैभन्दा सानो अंशलाई वंशाणु भनिन्छ ।

 

(ख) क्रोमोजोम केलाई भनिन्छ ? जीवको शरीरमा यसको भूमिका स्पष्ट पार्नुहोस् ।

उत्तर: जीव कोषको न्यूक्लियसमा पाइने रिबन जस्ता त्यान्द्रा हरुलाई क्रोमोजोम भनिन्छ | प्रत्येक क्रोमोजोम DNA र प्रोटीन मिलेर बनेको हुन्छ । यसले जीवको शरीरमा जन्तु तथा वनस्पतिको गुण निर्धारण गर्छ । क्रोमोजोमको कार्य आमाबुबा भएको वंशाणुगत गुणलाई सन्ततिमा सार्नु हो ।

 

(ग) शारीरिक विकासमा माइटोसिस कोष विभाजनको महत्त्व व्याख्या गर्नुहोस् ।

उत्तरः माइटोसिस कोष विभाजनबाट समान आनुवंशिकता भएका कोषको सङ्ख्या वृद्धि हुने हुँदा शारीरिक वृद्धि विकासमा मुख्य भूमिका खेल्छ । यसले शरीरको वृद्धि र खराब तन्तुहरूको मर्मतमा मुख्य भूमिका खेल्दछ ।

 

(घ) जीवहरूको प्रजननमा मियोसिस र माइटेसिस कोष विभाजनको भूमिका स्पष्ट पार्नुहोस् ।

उत्तरः माइटोसिस कोष विभाजनमा एउटा कोष विभाजन भई उही आकार प्रकार र मातृकोषमा जत्तिकै सङ्ख्यामा क्रोमोजोम भएका दुईवटा कोषहरू बन्दछन् प्रजनन् कोष निर्माण भई तिनीहरूको मिलन भई भ्रुण बन्छ भने उक्त भ्रुणको विकास र वृद्धिमा माइटोसिस कोष विभाजनले सहयोग गर्दछ । मियोसिस कोष विभाजनमा एउटा कोष विभाजित भई मातृकोषमा भन्दा आधा सङख्यामा क्रोमोजोम भएका चारवटा सन्तति कोष बन्छन् । मियोसिस कोष विभाजनबाट हायप्ल्वाइड ग्यामेटहरू बन्दछन् गर्भाधानको समयमा दुइ हायप्ल्वाइड ग्यामेटहरूको मिलन भई आमाबाबुको सोमाटिक कोषमा भए जस्तै डिप्ल्वाइड कोषहरूको निर्माण हुन्छ । यश प्रक्रियाबाट बन्ने कोषहरूमा क्रोमोजोमको सङ्ख्या आधा हुने भएकोले मैथुनिक प्रजनन हुने प्रत्येक जीवको प्रत्येक वंशमा क्रोमोजोमको सङ्ख्या निश्चित भई जीवको अस्थित्व कायम रहन्छ । क्रसिङ्ग ओभर हुने हुँदा क्रोमाटिकको आदान प्रदान भई सन्ततिमा वंशाणुगत भिन्नता आउँछ ।

 

(ङ) यदि जीवको मातृ प्रजनन् कोषमा मियोसिस कोष विभाजन भएन भने उक्त जीवमा कस्तो असर देखिएला, व्याख्या गर्नुहोस् ।

उत्तरः यदि जीवको मातृ प्रजनन् कोषमा मियोसिस कोष विभाजन भएन भने सन्तति कोषहरूमा क्रोमोजामेको सङ्ख्या स्थिर हुँदैन र प्रत्येक चोटीको मैथुनिक प्रजनन्‌मा क्रोमोजोमको सङख्या डुप्लिकेसन हुन्छ । जसले गर्दा सजीवहरूमा राम्रोसँग प्रजनन् हुँदैन ।

 

(च) जीवको आनुवंशिक गुणको प्रसारणमा वंशाणुको भूमिका स्पष्ट पार्नुहोस् ।

उत्तरः वंशाणुले जीवको मोर्फोलोजी वा फिनोटाइपलाई नियन्त्रण गर्छ । कोष विभाजनको लागि वंशाणुको प्रतिकृति आवश्यक हुन्छ । वंशाणुहरूले एक पुस्ताबाट अर्को पुस्तामा पैत्रिक गुणहरू सार्ने काम गर्छन् । वंशाणुहरूमध्ये केहीले शरीरका अङ्गहरूको वृद्धि र विकासलाई नियन्त्रण गर्दछन् भने केही बंशाणुहरूले अनुहारको आकार, छाला र कपालको रङ, आँखाको रङ, शरीरको उचाई तथा अन्य गुणहरू नियन्त्रण गर्दछन् । जीवित वस्तुहरूमा आउने भिन्नताहरू पनि वंशाणुको माध्यमद्वारा एक वंशबाट अर्को वंशमा सर्दै जान्छन् ।

 

(ज) एक महिला गर्भवती छन् उनले छोरी जन्माउन सक्ने सम्भावना कति छ, प्रतिशतमा लेख्नुहोस् ।

उत्तर: एक महिला गर्भवती छन् उनले छोरी जन्माउन सक्ने सम्भावना 50% छ ।

 

(झ) एक जोडी दम्पतीमा तीन जना छोरा मात्र जन्मिए । यसका लागि के पुरुषको अण्डकोषबाट Y क्रोमोजोम भएका शुक्रकीट मात्र उत्पादन भएका होलान् त, स्पष्ट पार्नुहोस् ।

उत्तरः यदि कुनै दम्पतीका तीन जना छोरा मात्र जन्मिए पनि उक्त पुरुषको अण्डकोषबाट X र Y दुवै प्रकारका क्रोमोजोमहरू भएका शुक्रकीट उत्पादन भए तर गर्भधान हुँदा प्रत्येक चोटी पुरुषको (22 + Y) क्रोमोजोम भएको शुक्रकीटसँग महिलाको (22 + X ) क्रोमोजोम भएको डिम्बको मिलन भई गर्भाधान भएको हुनुपर्छ ।

 

(ञ) क र ख कन्सेप्ट म्याप पूरा गरी यी दुई प्रक्रियाहरु बिच भिन्नता लेख्नुहोस् ।

प्रजनन कोष - कोष विभाजन (मियोसिस) - ग्यामेट

(क)

शारीरिक कोष - कोष विभाजन (माइटोसिस) - डिप्लोइड कोषहरू

(ख) माइटोसिस कोष विभाजन र मियोसिस कोष विभाजनबिच हुने फरकहरू

 

माइटोसिस कोष विभाजन

- माइटोसिस कोष विभाजनमा एउटा डिप्ल्वाइड माउकोषबाट दुईओटा डिप्ल्वाइड सन्तति कोषहरू बन्छन् ।

- यो विभाजन सोमाटिक कोषमा मात्र हुन्छ ।

 

मियोसिस कोष विभाजन

- मियोसिस कोष विभाजनमा एउटा डिप्ल्वाइड माउकोषबाट चारओटा हायप्ल्वाइड सन्तति कोषहरू बन्छन् ।

- यो विभाजन प्रजनन कोषमा मात्र हुन्छ ।

 

Post a Comment

0Comments
Post a Comment (0)