शारीरिक संरचना र जीवन प्रक्रिया (Physiological Structure and Life Process) | Class 10 science chapter 5 exercise| शारीरिक संरचना र जीवन प्रक्रिया (Physiological Structure and Life Process) Exercise

0

  

5. शारीरिक संरचना र जीवन प्रक्रिया

(Physiological Structure and Life Process)

 

1. तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् :

 

(क) रक्तसञ्चार प्रणालीका मुख्य भागको समूह निम्नमध्ये कुन हो ?

(अ) मुटु, रगत र फोक्सो

(आ) मुटु, रगत र रक्तनली

(इ) मुटु, कलेजो र फोक्सो

(ई) मुटु, रक्तनली र कलेजो

 

(ख) न्युक्लियस नहुने रक्त कोष कुन हो ?

(अ) न्युट्रोफिल 

(आ) लिम्फोसाइट 

(इ) मोनोसाइट

(ई) प्लेटलेट्स

 

(ग) रगतमा हेमोग्लोबिनको कमी भएमा कुन रोग लाग्छ ?

(अ) मधुमेह

(आ) हेमोफिलिया

(इ) रक्त अल्पता

(ई) ल्युकेमिया

 

(घ) मानव मुटुमा कतिओटा भल्भ हुन्छन् ?

(अ) 2

(आ) 3

(इ) 4 

(ई) 5

 

(ङ) मुटुको वाया भेन्ट्रिकल खुम्चंदा धमनीमा सिस्टोलिक रक्त चाप महसुस हुनुको कारण के हो?

(अ) मुटुमा अत्यधिक चाप उत्पन्न हुनु

(आ) मुटुको बायाँ भेन्ट्रिकलले रगतमा उत्पन्न गरेको चाप धमनीमा प्रशारण हुनु

(इ) मुटुको बायाँ भेन्ट्रिकल खुम्चंदा धमनी पनि खुम्चनु

(ई) मुटुको बाया भेन्ट्रिकल खुम्चदा रगत बाक्लो हुनु

 

(च) रोहितले रक्त समूह पहिचानका लागि रगतको परीक्षण गराएको नतिजा तलको तालिकामा देखाइएको छ । ......... उसको रक्त समूह कुन हो ?

(अ) A पोजेटिभ

(आ) O पोजेटिभ

(इ) AB पोजेटिभ

(ई) B पोजेटिभ

 

(छ) एक जना व्यक्तिलाई धेरै तिखां र भोग लाग्ने, रिंगटा लाग्ने र वेला वेलामा बेहोस हुने, छिनछिनमा पिसाब लाग्ने, आँखा धमिलो हुँदै जाने भएको छ । उनी कुन समस्याबाट ग्रसित छन् ?

(अ) उच्च रक्तचाप

(आ) रगतमा उच्च ग्लुकोजको अवस्था

(इ) युरिक एसिडको समस्या

(ई) एनिमियाको अवस्था

 

(ज) मुटुको दुखाइको अवस्थामा कोरोनरी धमनीमा कुनै ब्लकेज भए नभएको पहिचान गर्न उपयुक्त जांच कुन हो ?

(अ) मुटुको रक्तचाप परीक्षण

(आ) एन्जियोग्राम

(इ) इसिजी

(ई) मुटुको धड्कनको जाँच

 

(झ) साम्भवी विद्यालयमा खेल्दा खेल्दै ढुङ्गामा ठोक्किदा उनीलाई खुट्टामा चोट लाग्यो । विभिन्न प्रयत्न गर्दा पनि उनको रगत बग्न रोकिएन । यसको कारण के होला ?

(अ) रगतमा हेमोग्लोबिनको कमी

(आ) रगतमा सेता रक्तकोषको कमी

(इ) रगतमा प्लेटलेट्सको कमी

(ई) रगतमा राता रक्तकोषको कमी

 

(ञ) रस्मिलाको हजुरबुबालाई रातो मासु, गेडागडी तथा तारेका खानेकरा खाँदा शरीर दुख्ने, जोर्नीहरू सन्निने समस्या देखिएको छ । उनलाई के समस्या भएको होला ?

(अ) उच्च रक्तचाप

(आ) रगतमा उच्च ग्लुकोजको अवस्था

(इ) युरिक एसिडको समस्या

(ई) एनिमियाको अवस्था

 

 

2. भिन्नता लेख्नुहोस् : 

(क) राता रक्तकोष र सेता रक्तकोष

 

राता रक्तकोष

- यिनीहरूको आयु करिब चार महिनासम्म हुन्छ । 

- राता रक्तकोषहरुमा न्युक्लियस हुँदैन ।

- यिनीहरुले शरिरमा अक्सिजन र कार्बनडाइअक्साइडको परिवहन गर्छन् ।

 

सेता रक्तकोष

- यिनीहरूको आयु केही घण्टा देखि केहि दिन सम्म हुन्छ ।

- सेता रक्तकोषहरुमा न्यूक्लियस हुन्छ ।

- यिनीहरूले शरीरलाई संक्रमणबाट बचाउँछन् ।

 

(ख) अरिकल र भेन्ट्रिकल

 

अरिकल 

- अरिकलको भित्ता पातलो हुन्छ ।

- अरिकल मुटुको माथिल्लो कोठा हो । 

- यसले रगतलाई भेन्ट्रिकलमा पठाउँछ ।

 

भेन्ट्रिकल 

- भेन्ट्रिकलको भित्ता बाक्लो हुन्छ । 

- भेन्ट्रिकल मुटुको तल्लो कोठा हो । 

- यसले रगतलाई शरीरको अन्य भागमा पठाउँछ ।

 

(ग) धमनी र शिरा

 

धमनी 

- यसमा रक्तचाप बढी हुन्छ ।

- यसमा भल्भ हुँदैन ।

- यसको भित्ता बाक्लो हुन्छ ।

- धमनीहरुले रगतलाई मुटुबाट शरीरका विभिन्न भागमा लैजान्छन् ।

 

शिरा 

- यसमा रक्तचाप कम हुन्छ ।

- यसमा भल्भ हुन्छ ।

- यसको भित्ता पातलो हुन्छ ।

- शिराहरूले रगतलाई शरीरका विभिन्न भागहरुबाट मुटुसम्म ल्याउँछन् ।

 

(घ) पल्मोनरी रक्त सञ्चार र सिस्टेमिक रक्त सञ्चार

 

पल्मोनरी रक्त सञ्चार 

- फोक्सो र मुटु बीच हुने रक्तसञ्चारलाई पल्मोनरी रक्तसञ्चार भनिन्छ ।

- यस प्रक्रियामा दायाँ भेट्रिकल खुम्चिँदा अशुद्ध रगत पल्मोनरी आर्टरी हुँदै फोक्सोहरुमा पुग्दछ फोक्सोमा अक्सिजनसँग मिसिएर रगत शुद्ध हुन्छ र पल्मोनरी भेनहरु हुँदै मुटुको बायाँ अरिकलमा पुग्दछ ।

 

सिस्टेमिक रक्त सञ्चार 

- फोक्सो र मुटुबीच हुने रक्तसञ्चार बाहेक मुटु र शरीरको विभिन्न अङ्गहरु बीच हुने रक्तसञ्चारलाई सीस्टमिट रक्तसञ्चार भनिन्छ ।

- यस प्रक्रियामा मुटुको बायाँ भेट्रिकलमा खुम्चिँदा एओर्टा, आर्टरीहरू हुँदै शरीरका विभिन्न भागहरुमा पुग्छ । त्यसपछि शरीरको कोषहरुले उक्त रगतमा भएको पोषकतत्वहरु अक्सिजन प्राप्त गर्छन् त्यसपछि शरीरका लागि विकार वस्तु रगतमा रगतमा सोसिन्छन् र उक्त रगत भेन्युलस भेनहरू र भेनाकाभा हुँदै मुटुको दायाँ अरिकलमा आइपुग्छन् ।

 

(ङ) सिस्टोलिक रक्त सञ्चार र डाइस्टोलिक रक्त सञ्चार

 

सिस्टोलिक रक्त सञ्चार 

- मुटु थिचिँदा (सिस्टोल) को अवस्थामा रक्तनलीहरुक भित्तामा पार्ने चापलाई सिस्टोलिक रक्त सञ्चार भनिन्छ ।

- एउटा वयस्क मानिसमा यसको मान 90mm Hg देखि 130mm Hg सम्म हुन्छ ।

 

डाइस्टोलिक रक्त सञ्चार 

- मुटुका मांसपेशी पुग्दाको अवस्थामा या यथावत अवस्थामा आउँदा आर्टरीहरुको भित्तामा पार्ने रक्तचापलाई डाइस्टोलिक रक्त सञ्चार भनिन्छ ।

- एउटा वयस्क स्वस्थ मानिसमा यसको मान 60mm Hg देखि 90mm Hg सम्म हुन्छ ।

 

(च) एनिमिया र हिमोफिलिया 

 

एनिमिया 

- रगतमा राता रक्तकोषको संख्या घटेर रोग लाग्नुलाई एनिमिया (रक्तअल्पत्ता) भनिन्छ ।

- यो महिला र पुरुष दुबैमा देखापर्न सक्छ ।

 

हिमोफिलिया 

- शरीरमा घाउ भएमा वा काटेमा रगत निरन्तर बगिरहन्छ र रगत जाँदैन, जसलाई हिमोफिलिया भनिन्छ। 

- यो पुरुषमा मात्र देखापर्छ ।

 

(छ) एन्जियोग्राम र ओपन हर्ट सर्जरी

 

एन्जियोग्राम 

- हाम्रो रक्तनलीहरु भित्र रगत कसरी बगेको छ धमनी अवरुद्ध छ वा छैन भनेर X-ray को प्रयोग गरेर पत्ता लगाउने विधिलाई एन्जियोग्राम भनिन्छ । 

- रक्तनलीमा हुने अवरोध परीक्षण गर्न एन्जियोग्राम गरिन्छ ।

 

ओपन हर्ट सर्जरी 

- मुटुलाई हाम्रो शरीरबाट बाहिर निकाली यसमा बहने रगतलाई वाइपास गरेर गरिने सर्जरीलाई ओपन हर्ट सर्जरी भनिन्छ ।

- हृदयघातबाट बचाउन ओपन हर्ट सर्जरी गरिन्छ ।

 

(ज) प्लटलेट्स र सेता रक्तकोष

 

प्लटलेट्स

- प्लटलेट्सको आयु करिब 2-3 दिनसम्म हुन्छ ।

- यिनीहरुले शरीरमा घाउ चोट लाग्दा रगत जम्नमा मद्दत गर्छन् ।

 

सेता रक्तकोष 

- सेता रक्तकोषको आयु केहि घण्टादेखि केहि दिनसम्म हुन्छ ।

- यिनीहरूले शरीरलाई सक्रमणबाट बताउँछन् ।

 

 

3. कारण दिनुहोस् :

 

(क) रगत रातो हुन्छ ।

उत्तरः रगतमा पाइने फलामयुक्त पिग्मेन्ट (कण) हेमोग्लोबिनको उपस्थितिले गर्दा मानिसको रगत रातो हुन्छ ।

 

(ख) WBC लाई शरीरका सेना भनिन्छ ।

उत्तरः WBC ले रोग सङ्क्रमण गर्ने किटणुसँग लड्ने, रोगका कीटणुलाई नष्ट गर्ने र किटाणुसँग लड्दा नाश भएका वस्तुहरूलाई हटाउनुका साथै घाउ निको पार्न पनि मद्दत गर्ने भएकाले WBC लाई शरीरका सेना भनिन्छ ।

 

(ग) अरिकलको भन्दा भेन्ट्रिकलहरूको भित्ता बाक्लो मांसपेशीबाट बनेको हुन्छ ।

उत्तरः अरिकलमा जम्मा भएको रगत भेन्ट्रिकलमा जान्छ जसमा भल्भ खुल्दा सजिलैसँग जान सक्छ तर भेन्ट्रिकलबाट लामो दुरीमा रगत जान अत्यधिक चापको आवश्यकता पर्दछ र उक्त चाप थेग्न भेन्ट्रिकलको भित्ताको मांसपेशी बाक्लो हुन जरुरी छ । त्यसैले अरिकलको भन्दा भेन्ट्रिकिलहरूको भित्ता बाक्लो मांशपेशीबाट बनेको हुन्छ ।

 

(घ) दायाँ भेन्ट्रिकलको भन्दा बायाँ भेन्ट्रिकलको भित्ता बाक्लो हुन्छ ।

उत्तरः दायाँ भेन्ट्रिकललले यसमा जम्मा भएको अशुद्ध रगत फोक्सो तिर पठाउँछ भने बायाँ भेन्ट्रिकलले यसमा जम्मा भएको शुद्ध रगतः शरीरको विभिन्न भागमा पठाउँछ । तुलनात्मक रुपमा दायाँ भेन्ट्रिकलमा भन्दा बायाँ भेन्ट्रिकलमा रगतको प्रवाह, उच्च चापमा हुन्छ । तसर्थ उक्त चाप थाम्नको लागि दायाँ भेन्ट्रिकलको भन्दा बायाँ भेन्ट्रिकलको भित्ता बाक्लो हुन्छ ।

 

(ङ) धमीनमा भल्भ हुँदैन तर शिरामा भल्भ हुन्छ ।

उत्तरः धमनीमा रगत तिव्र गति एवम् उच्च चापमा प्रवाह हुने भएकोले रगत विपरित दिशातिर प्रवाह हुँदैन, तसर्थ धमनीमा भल्भ हुँदैन । तर शिरामा रगत कम गति र कम चापमा प्रवाह हुने हुँदा विपरित दिशातिर रगत प्रवाह हुन सक्छ, तसर्थ यसलाई रोक्नका लागि शिरामा भल्भ हुन्छ।

 

(च) रक्त अल्पता भएको मानिस केही छिन हिड्दा नै थाक्छ ।

उत्तरः रक्त अल्पता रोग लागेको मानिसको शरीरमा राता रक्तकोष वा हेमोग्लोविनको कमी जसले गर्दा पर्याप्त मात्रामा अक्सिजन कोष तथा तन्तुमा पुग्न नपाई हुन्छ, शरीरलाई शक्तिको कमी हुन्छ । त्यसैले रक्तअल्पता भएको मानिस केही छिन हिड्दा नै थाक्छ ।

 

(छ) धमनीहरू मांसपेशीभित्र दबिएर रहेका हुन्छन् भने शिराहरू शरीरको बाहिरी सतहमै हुन्छन् ।

उत्तरः धमनीमा रगतको चाप बढी हुन्छ र यसको तन्किने क्षमता पनि बढ हुन्छ । तर शिरामा रगतको चाप कम हुन्छ । त्यसकारण धमनीहरू मांसपेशी भित्र दबिएर रहेका हुन्छन् भने शिराहरू शरीरको बाहिरी सतहमै हुन्छन् ।

 

(ज) रक्तदान गर्नु पूर्व रक्त समुह पहिचान गर्नु आवश्यक हुन्छ । 

उत्तर: रगत दिनु अगाडि उक्त रक्त समूह पहिचान गर्न लगाउँदछन् किनकि फरक रक्त समूह परेमा रक्तदान गर्ने व्यक्तिको रगतमा भएका एन्टिजेनहरूले रगत प्राप्त गर्ने व्यक्तिको रगतमा भएका एन्टिबडिहरू सँग प्रतिक्रिया गरी रगत भित्रै RBC लाई जमाउँछ, फलस्वरुप प्रापकको मृत्यु हुन सक्छ त्यसैले रक्तदान गर्नु पूर्व रक्त समुह पहिचान गर्नु आवश्यक हुन्छ ।

 

(झ) हिमोफीलियाका बिरामीको रगत निकै ढिलो जम्छ वा जम्दैन पनि । 

उत्तर: हिमोफीलियाका बिरामीको शरीरमा चोटपटक लागेमा फाइब्रिनोजीसँग मिलेर रगत जम्न मद्दत गर्छ । रगतमा फाईब्रिनोजी र प्लेटलेट्सको कमी भएमा शरीरमा सानो चोटपटक लाग्दा पनि रगत जम्दैन । त्यसैले हिमोफीलियाका बिरामीको रगत निकै ढिलो जम्छ वा जम्दैन पनि ।

 

4. तलका प्रश्नहरूको उत्तर दिनुहोस् :

(क) मानव रक्तसञ्चार प्रणालीका मुख्य भागको वर्णन गर्नुहोस् ।

उत्तरः रक्त सञ्चार प्रणाली भनेको रगतको माध्यमद्वारा शरीरका विभिन्न भागलाई आवश्यक पर्ने पौष्टिक तत्त्व, अक्सिजन, ग्लुकोज, हर्मोनहरू पुग्याउने र अनावश्यक पदार्थहरू, कार्बनडाइअक्साइड, यूरिया, यूरिक एसिड जस्ता पदार्थ निष्कासन गर्ने अङ्गसम्म पुस्याउने प्रणाली हो । यसका मुख्य भागको छोटो वर्णन यसप्रकार छ ।

मुटुः यसले रगतलाई पम्प गरेर हाम्रो शरीर भरि पठाउँछ। 

रक्तनलीः रक्तनली अन्तरगत आर्टेरिज, भेन्स र क्यापिलरीज पर्दछन् । 

रगतः यो RBC, WBC, प्लाज्मा र प्लेटलेट्स मिली बनेको हुन्छ ।

 

ख) रगतको मुख्य कार्य लेख्नुहोस् ।

उत्तरः रगतको मुख्य कार्यहरू निम्न लिखित छन् :

1) परिवहन

2) नियन्त्रण

3) सुरक्षा

 

(ग) शरीरको कुनै भागमा चोट लाग्दा केही छिन रगत बगेपछि रोकिन्छ, कसरी ?

उत्तरः शरीरको कुनै भागमा चोट लाग्दा केही छिन रगत बगेपछि उक्त रगतमा हुने फाइब्रिनोजेन र प्लेटलेट्स हावाको सम्पर्कमा आउने वित्तिकै जम्ने भएकोले रगत बग्न रोकिन्छ ।

 

(घ) रमिला छोटो दुरीमा हिँड्दा पनि निकै थाक्छिन् र स्वाँ स्वाँ हुन्छ । उनलाई यस्तो किन भएको हो कारण सहित स्पष्ट पार्नुहोस् ।

उत्तरः रमिला छोटो दुरीमा हिँड्दा पनि निकै थाक्छिन र स्वाँ स्वाँ हुन्छ भने उनलाई रक्त अल्पता (Anaemia) भन्ने रोग लागेको हुनुपर्छ । रक्त अल्पता भनेको रगतमा राता रक्तकोषको सङ्ख्या घटी पर्याप्त मात्रामा अक्सिजन कोष तथा तन्तुमा प्रवाह नहुनु हो । तसर्थ रगतमा राता रक्तकोषको कमी भएको अवस्थामा पर्याप्त मात्रामा अक्सिजन कोष तथा तन्तुमा पुग्न नपाई शरीरलाई शक्तिको कमी हुन्छ । त्यसैले रमिला एकै छिन हिँड्दा पनि थाकेको हुन् ।

 

(ङ) एउटा मानिसको रक्तचाप 130/90mm Hg छ । यसको अर्थ के हो ? 

उत्तरः एउटा मानिसको रक्तचाप 130/90mm Hg छ भन्नुको अर्थ त्यस मानिसको सिस्टोलिक रक्तचाप (मुटु खुम्चदाको अवस्थामा हुने रगतको चाप ) 130mm Hg र डायोस्टोलिक रक्तचाप ( मुटु फैलिएको अवस्थामा हुने रगतको चाप ) 90mm Hg पाए छ भन्ने बुझिन्छ ।

 

(च) रक्तचाप नाप्न कुन उपकरणको प्रयोग गरिन्छ ? 

उत्तरः रक्तचाप नाप्नको लागि स्फिग्मोम्यानोमिटर नामक उपकरणको प्रयोग गरिन्छ ।

 

(छ) डाक्टरले कुनै बिरामीलाइ रगत दिनु अगाडि उक्त रक्त समूह पहिचान गर्न लगाउँदछन्, किन ?

उत्तरः डाक्टरले कुनै बिरामीलाई रगत दिनु अगाडि उक्त रक्त समूह पहिचान गर्न लगाउँदछन् किनकि फरक रक्त समूह परेमा रक्तदान गर्ने व्यक्तिको रगतमा भएका एन्टिजेनहरूले रगत प्राप्त गर्ने व्यक्तिको रगतमा भएका एन्टिबडिहरू सँग प्रतिक्रिया गरी रगत भित्रै RBC लाई जमाउँछ, फलस्वरुप प्रापकको मृत्यु हुन सक्छ त्यसैले रक्तदान गर्नु अघि रक्त समूह पहिचान गरेर मात्र सही समूहको रगत विरामीको शरीरमा राख्नु पर्छ ।

 

(ज) सरीताको हजुरआमालाई छिन छिनमा पिसाब लाग्ने, छिट्टै थकान महसुस हुने, हात खुट्टा बाउँडिने र झमझमाउने, धेरै तिर्खा लाग्ने जस्ता लक्षण देखिएका छन् । उहाँलाई के समस्या भएको छ ? उक्त समस्याबाट बच्ने उपाय लेख्नुहोस् ।

उत्तरः सरीताको हजुरआमालाई मधुमेह भएको हुनुपर्छ । मधुमेहबाट बच्ने उपायहरू निम्न छन्:

- हरियो सागसबब्जी र फलफूल प्रशस्त मात्रामा खा

- नियमित रुपमा शारीरिक व्यायाम गर्ने

- मोटोपना घटाउने

- सक्रिय जीवनशैली अपनाउने

- सन्तुलित भोजन सेवन गर्ने

 

(झ) उच्च रक्तचापका असर र बच्ने उपाय लेख्नुहोस् ।

उत्तरः उच्च रक्तचापको असरहरू निम्न छन् :

- मुटुसम्बन्धी रोग लाग्नु

- हृदयघात, स्ट्रोक र हर्ट फेलियर हुनु

- मृगौला सम्बन्धी रोग लाग्नु

- आर्टरी सम्बन्धी रोग लाग्नु, आदि ।

 

उच्च उक्तचापबाट बच्ने उपायहरू निम्न छन् :

- धुम्रपान र मध्यपान नगर्ने

- चिल्लो पदार्थ र नूनको मात्रा कम भएको सन्तुलित भोजन खाने

- दैनिक शारीरिक अभ्यास गर्ने

- दैनिक योग, ध्यान गर्ने

 

(ञ) मानव शरीरमा रहेका श्वासप्रश्वास प्रणली, पाचन प्रणाली र रक्तसञ्चार प्रणाली एक अर्कासँग अन्तरसम्बन्धित छन् । यस भनाइलाई कारण सहित स्पष्ट पार्नुहोस् । 

उत्तरः श्वास प्रश्वास प्रणालीबाट हाम्रो शरीरमा अक्सिजन र कार्बनडाइअक्साइडको आदान प्रदान हुन्छ । उक्त अक्सिजन रगतमा मिसिएर सम्पूर्ण शरीरमा प्रवाह हुन्छ । पाचन प्रणालीले हामीले खाएको खानालाई पचाएर यसबाट पोषक तत्त्व जस्तै कार्बोहाइड्रेट प्रोटिन र चिल्लो पदार्थ आदि शोस्ने काम गर्छ । उक्त पोषक तत्व रगतमा नै मिसिन्छ । त्यसै गरी रक्तसञ्चार प्रणालीले अक्सिजन र पोषक तत्त्वयुक्त रगतलाई शरीरका सम्पूर्ण कोष, तन्तु र अङ्गहरूसम्म पुन्याउने काम गर्छ र शारीरिक क्रिया राम्रोसँग सञ्चालन हुन्छ । त्यसकारण मानव शरीरमा श्वास प्रश्वास प्रणाली, पाचन प्रणाली र रक्तसञ्चार प्रणाली एक अर्कासँग अन्तरसम्बन्धित छन् ।

 

(ट) रक्तचाप बढेको वा घटेको कसरी थाहा पाइन्छ ?

उत्तरः निम्न लक्षणहरू देखा परेमा रक्तचाप बढेको थाहा पाइन्छ ।

1. टाउको दुख्ने र लामो श्वास लिन नसक्ने

2. नाकबाट रगत आउने

3. पसिना आउने र शिथिलता महसुस हुने

4. अनुहार रातो हुने

 

निम्न लक्षणहरू देखा परेमा रक्तचाप घटेको थाहा पाइन्छ। 

I. धमिलो दृश्य देखिनु परेमा रक्तचाप घटेको थाहा पाइन्छ ।

॥. दोधारमा परेजस्तो हुनु

III. रिङ्गटा लाग्नु

IV. बेहोस हुनु

 

(ठ) दिइएका चित्रले शरीरमा हुने कुन प्रक्रिया देखाउछ ? यस प्रक्रियामा कुन कुन प्रणालीको भूमिका हुन्छ, व्याख्या गर्नुहोस् । यदि चित्र न. 3 को प्रणाली नहुने हो भने चित्र न. 1 मा देखाइएको मुखबाट खाएको औषधी घुँडासम्म कसरी पुग्न सक्छ ? कारणसहित स्पष्ट पार्नुहोस्।

उत्तरः दिइएका चित्रले शरीरमा हुने पाचन प्रणाली देखाउँछ । यस प्रक्रियामा श्वास प्रश्वास प्रणाली, पाचन प्रणाली र रक्तसञ्चार प्रणालीको मुख्य भूमिका हुन्छ । पाचनप्रणालीले औषधीलाई पचाएर उक्त औषधीमा भएको पोषक तत्व शोसेर रगतमा मिसाउँछ । श्वास प्रश्वास प्रणालीले गर्दा हामीले सास फेर्दा हावाबाट लिएको अब्सिजन पनि रगतमा मिसिन्छ । रक्त सञ्चार प्रणालीले औषधी भएको पोषक तत्व र अक्सिजन मिसिएको रगतलाइ सम्बन्धित अङ्ग (घुँडा) सम्म पुग्याउँदछ । यदि चित्र नं. 3 को प्रणाली (रक्त सञ्चार प्रणाली) नहुने हो भने, चित्र नं. 1 बाट देखाइएको मुखबाट खाएको औषधी घुँडा सम्म पुग्न सक्दैन । किनकी हाम्रो शरीरमा रगतको माध्यमबाट नै पोषक तत्व र अक्सिजन र अन्य पदार्थ सम्बन्धित कोष, तन्तु र अङ्गसम्म पुग्न सक्छ ।

 

ड) तलको तालिकाका आधारमा प्रश्नको उत्तर लेख्नुहोस् :

(अ) कुन रक्तकोषको कमोले गर्दा मानिसमा एनिमिया हुन्छ ?

उत्तरः तालिका अनुसार 'X' रक्तकोष अर्थात् राता रक्तकोषको कमीले गर्दा मानिसमा एनिमिया हुन्छ ।

 

(आ) Y रक्तकोषको सङ्ख्या अत्यधिक वृर्दि हुँदा मानव शरीरमा कस्तो समस्या हुन्छ ? 

उत्तरः तालिका अनुसार 'Y' रक्तकोष अर्थात् सेता रक्तकोषको सङ्ख्या अत्यधिक वृद्वि हुँदा मानिसमा ल्युकेमिया अर्थात् रक्त क्यान्सर हुन्छ ।

 

(इ) यदि कुनै व्यक्तिका काटेको भागमा रगत एकदमै ढिलो जम्छ वा जम्दै जम्दैन भने उक्त व्यक्तिमा कुन रक्तकोषको कमी छ होला ? उक्त अवस्थालाई के भनिन्छ ?

उत्तरः यदि कुनै व्यक्तिको काटेको भागमा रगत एकदमै ढिलो जम्छ वा जम्दै जम्दैन भने उक्त व्यक्तिम्ण 'Z' रक्तकोष अर्थात् प्लेटलेट्सको कमी हुन्छ । उक्त अवस्थालाई हेमोफिलिया भनिन्छ ।

 

(ट) सरिता बायमा हिँडिरहेका बेला एक जना वृद्ध मानिस छाती दुख्यो भनेर छटपटाइरहेको देखेर उनले उक्त व्यक्तिलाई तुरुन्त अस्पताल पुग्याइन । प्रारम्भिक जाँचमा उनको मुटुमा समस्या आएको हुन सक्ने अनुमान गरियो । उनको मुटुको अवस्था पहिचान गर्न कुन जाँच गर्नु उपयुक्त होला ? कारणसहित व्याख्या गर्नुहोस् । 

उत्तरः उक्त वृद्धलाई हृदयघात भएको हुनसक्छ । उनको मुटुको अवस्था पहिचान गर्न ECG गर्नु उपयुक्त हुन्छ किनकि यो परीक्षणले मुटुको अवस्था पत्ता लगाउन मद्दत गर्छ । ECG ले मुटुको चाल, धड्कन नाणुका साथै विद्युतिय इम्पल्सहरू मुटुबाट विभिन्न भागमा दिदा यसको बल र समय पनि जाँच्दछ । जसले गर्दा मुटुको अवस्था पहिचान गरी सही उपचार गर्न सहयोग सिद्ध हुन्छ । 

 

(ड) युरिक एसिडबाट बच्ने उपाय लेख्नुहोस् ।

उत्तरः युरिक एसिडबाट बच्ने उपायहरू निम्नलिखित छन्

1. नियमित रूपमा शारीरिक व्यायाम गर्ने

2. मध्यपान र धुम्रपान नगर्ने

3. बेकिङ सोडाको प्रयोग नगर्ने

4. पटक पटक गरी प्रशस्त मात्रामा पानी पिउने

5. चेरीहरूको प्रयोग गर्ने

6. बोसोयुक्त रातो मासु, समुद्री खाना, गेडागुडीको सेवन कम गर्ने ।

 

(ढ) मुटुको आन्तरिक बनोटको चित्र सहित व्याख्या गर्नुहोस् ।

उत्तर: मानव मुटुभित्र चारओय कोठा हुन्छन् । मुटुको माथिल्लो भागमा रहेका दुईओटा कोठालाई अरिकल वा अट्रियम भनिन्छ । मुटुको तल्लो भागमा रहेका दुईओटा कोठालाई भेन्ट्रिकल भनिन्छ । मुटुको बिचमा बाक्लो मांसपेशीले बनेको सेप्टम हुन्छ । यसले मुटुलाई दायाँ र बायाँ भागमा छुट्याउँछ साथै मुटुभित्र अशुद्ध र शुद्ध रगत मिसिनबाट रोक्छ । मुटुमा रहेका चारओटा कोठालाई दायाँ अरिकल, दायाँ भेन्ट्रिकल, बायाँ अरिकल, बायाँ भेन्ट्रिकल नामाकरण गरिएको छ । यी चार ओटा कोठासँग विभिन्न रक्त नली जोडिएका हुन्छन् । यी रक्त नलीको मद्दतले मुटुले रगत लिने र पाउने गर्छ अरिकलले अन्य भागबाट आएको रगत पठाउँछ । लिन्छ भने भेन्टिकलले मुटबाट रगत अन्य भागमा । मुटुबाट रगत अन्य भागमा पम्प गर्दा धेरै चाप लाग्छ । उक्त चापलाई पैदा गर्न र थाम्नका लागि भेन्ट्रिकलका भित्ता अरिकलका भित्ताहरूभन्दा बाक्ला हुन्छन् । दायाँ भेन्ट्रिकलले रगत फोक्सोमा मात्र पम्प गर्छ भने बायाँ भैन्टरिकलले शरीरका अन्य भागमा उच्च चापमा रगत पम्प गर्छ । त्यसैले बायाँ भेन्ट्रिकलको शिता दायाँ भेन्ट्रिकलको भन्दा बाक्लो हुन्छ । शरीरका विभिन्न भागहरूबाट अशुद्ध रगत मुटुको दायाँ अरिकलमा ल्याउने रक्त नलीहरू सुपेरियर भेनाकाभा र इन्फेरियर भेनाकाभा हुन् । सुपेरियर भेनाकाभाले शरीरको माथिल्लो भागबाट र इन्फेरियर भेनाकाभाले शरीरको तल्लो भागबाट अशुद्ध रगत मुटुको दायाँ अरिकलमा ल्याउँछन् । अरिकलहरू खुम्चँदा दायाँ अरिकलबाट अशुद्ध रगत दायाँ भेन्ट्रिकिलमा जान्छ । 

 

शुद्धिकरणका लागि दायाँ भेन्ट्रिकलबाट डिअक्सिजिनेटेड रगत फोक्सोमा लैजाने रक्तनली पल्मोनरी धमनी हो भने फोक्सोबाट शुद्ध रगत बायाँ अरिकलमा ल्याउने रक्तनली पल्मोनरी शिरा हुन् । मानव शरीरमा अशुद्ध रगत बोक्ने एक मात्र धमनी पल्मोनरी धमनी हो भने शुद्ध रगत बोक्ने शिरा पल्मोनरी शिरा हो । बायाँ अरिकलको शुद्ध रगत बायाँ भेन्टिकलमा झरेपछि शरीरका सम्पूर्ण भागमा शुद्ध रगत प्रवाह गर्ने रक्तनली एओर्टा हो । मुटुमा चारओटा भल्भ हुन्छन् । मुटुको दायाँ अकिल र भेन्ट्रिकलका बिचमा रहेको भल्भलाई Tricuspid भल्भ भनिन्छ । यो भल्भ खुल्दा रगत दायाँ अरिकलबाट दायाँ भेन्ट्रिकलमा भर्छ । मुटुको बायाँ अरिकल र बायाँ भेन्ट्रिकलका बिचमा रहेको भल्भलाई बाइकस्पिड माइल भभ भनिन्छ । यो भल्भ खुल्दा बायाँ अरिकलको रगत बायाँ भेन्टिकलमा झर्छ । अरिकल खुम्चने बेलामा यी दुवै भल्भ एकैपटक खुल्छन् । अरिकलपछि भेन्ट्रिकल खुम्चिन्छन् । दायाँ भेन्ट्रिकल खुम्चँदा ट्राइकस्पिड भल्भ बन्द हुन्छ र दायाँ भेन्ट्रिकल र पल्मोनरी धमनीका बिचमा रहेको पल्मोनिक भल्भ खुलेर त्यहाँको डिअक्सिजिनेटेड रगत शुद्धीकरणका लागि फोक्सोमा जान्छ । त्यसैगरी बायाँ भेन्ट्रिकल खुमस्चिदा बाइकस्पिड भल्भ बन्द हुन्छ र एओर्टा र बायाँ भेन्ट्रकिलका बिचमा रहेको एओर्टिक भल्भ खुलेर त्यहाँ रहेको अस्जिनेटेड रगत शरीरका सम्पूर्ण अङ्गमा जान्छ ।

 

(ण) हृदयघात हुनुको प्रमुख कारण वर्णन गर्नुहोस् ।

उत्तरः हृदयघात हुनुको प्रमुख कारणहरू यसप्रकार छन् :

उमेर : ४५ वर्षभन्दा माथिका उमेर समूहका पुरुष र ५५ वर्ष माथिका महिलामा युवामा भन्दा हृदयघातको सम्भावना बढी हुन्छ ।

सूर्तीजन्य पदार्थ सेवन : चुरोट, तमाखु, सुर्ती जस्ता सूर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा हृदयघातको सम्भावना बढी हुन्छ ।

उच्च रक्तचाप : लामो समयसम्म उक्त रक्तचाप भइरहँदा पनि हृदयघातको सम्भावना बढ्छ ।

उच्च कोलेस्ट्रेल वा ट्राइग्लिसराइड्स : रगतमा रहेको उच्च खराब कोलेस्ट्रेल धमनीको भित्तामा जम्मा हुनाले धमनी साँघुरो हुने सम्भावना हुन्छ । जसका कारणले रगतको बहाबमा अवरोध आई हृदयघातको जोखिम बढाउँछ । त्यसैगरी, रगतमा उच्च ट्राइग्लिस्राइड्स हुँदा पनि हृदयघातको जोखिम बढाउँछ ।

मधुमेह : मधुमेह हुँदा रगतमा ग्लुकोजको मात्रा बढ्छ । जसका कारणले हृदयघातको जोखिम बढाउँछ ।

हृदयघातको पारिवारिक इतिहास : पारिवारिक इतिहासमा कसैलाई हृदयघात भएको छ भने उक्त परिवारका सदस्य पनि हृदयघातको जोखिममा हुन्छन् ।

नियमित व्यायामको अभाव र अस्वस्थ आहार: नियमित व्यायाम नगर्ने र चिनी जनावरको बोसो, प्रशोधित खानेकुरा, टान्सफ्याट र बढी हृदयघातको जोखिम बढाउँछ ।

तनावपूर्ण जीवनशैली : भावनात्मक तनाव जस्तैः अत्यधिक क्रोध, अत्याधिक नकारात्मक सोचाइ आदिका कारणले हृदयघातको जोखिम बढाउँछ ।

 

(त) हृदयघातको परीक्षण गर्ने विधि एन्जियोग्रामको परिचय, महत्त्व उल्लेख गर्नुहोस् ।

उत्तरः एन्जियोग्राफी एक प्रकारको Fluroscopy एक्स-रे हो । यो रक्त नलीमा हुने अवरोध परीक्षण गर्नका लागि प्रयोग गरिन्छ । सामान्य एक्स-रेमा रक्तनली स्पष्ट रूपमा देखा पर्दैनन् । यस प्रक्रियामा रगतमा विशेष प्रकारको सूचक पदार्थ इन्जेक्ट गरिन्छ । जसले रगतको प्रवाहलाई हाइलाइट गर्छ र रक्त नलीमा भएको कुनै पनि समस्या हेर्न सहज बनाइदिन्छ । एन्जियोग्राफीको क्रममा सिर्जना गरिएको एक्स-रे इमेजलाई एन्जियोग्राम भनिन्छ । हृदयघातको अवस्थामा प्रत्येक मिनेटमा धेरै हृदयका तन्तुहरू क्षतिग्रस्त हुन्छन् । रगतको प्रवाह सुचारु गर्न र अक्सिजनको स्तर पुनर्स्थापित गर्न तत्काल उपचार अवश्यक हुन्छ । त्यसका लागि तुरुन्त अक्सिजन दिनुपर्छ । विशेष गरी हृदयघातको उपचार, रगत प्रवाहमा आंशिक वा पूर्ण अवरोध छ कि छैन भन्नेमा निर्भर रहन्छ । उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पुग्याएर चिकित्सक्कको सल्लाह बमोजिम गर्नुपर्छ । सामान्य अवस्थामा Angiogram Angioplast गर्ने उपकरण नभएको अवस्थामा चिकित्सकले रगत पातलो गर्ने औषधिको प्रयोग गरेर उपचार गर्छन् भने अवरुद्ध धमनी खोल्न Angiogram Angioplast गर्ने उपकरण ठाउँमा अपनाउनु पर्ने हुन्छ । कोरोनरी एन्जियोप्लास्टी र स्टेन्टिङ कोरोनरी धमनी वाइपास सर्जरी जस्ता विधि प्रयोग गरी अवरुद्ध धमनी खोलिन्छ ।

 

(थ) ओपन हर्ट सर्जरीको छोये परिचय दिनुहोस् । 

उत्तरः ओपन हर्ट सर्जरी अर्थात् कोरोनरी धमनी बाइपास सर्जरी हृदयघातको समयमा आपतकालीन शल्यक्रियाका रूपमा गर्ने गरिन्छ । यस प्रक्रियामा चिकित्सकले मुटुमा हुने रगत प्रवाह सुचारु गर्न शरीरको अन्य भागबाट (खासगरी पिडौंलाबाट) एउटा स्वस्थ रक्त नली लिएर नयाँ बाटो सिर्जना गर्छन् । त्यसपछि मुटुका कोषहरूले नयाँ बाटोबाट रगत पाउन थाल्दछन् ।

 

(द) समिपको रगत जाँच गराउँदा उसको रगतमा सेतो रक्तकोष सङ्ख्या जम्मा 3000 मा पाइयो । यो अवस्थामा उसको शरीरमा के के लक्षण देखिन सक्छन् ? कारणसहित स्पष्ट पार्नुहोस् ।

उत्तरः साधारण अवस्थामा एक घनमिटर रगतमा ४ हजार देखि ११ हजारसम्म सेता रक्तकोष हुन्छन् । रगतमा ४ हजार भन्दा कम सङ्ख्यामा सेतो रक्त कोष भएमा Leukopenia रोग लाग्दछ । यसका लक्षणहरू निम्न छनः

- ज्वरो आउनु

- शरीर सुन्निएर रातो हुनु

- मुखमा घाउ हुनु

- मुखमा रातो र सेतो दाग देखिनु

- घाँटी दुख्नु

 

(ध) रक्त परीक्षणबाट हरिशको प्लाज्मामा फिब्रिनोजेनको मात्रा निकै धेरै देखियो। यसले उसको रक्त सञ्चारमा अवरोध पुग्याउँछ कि पुग्याउँदैन । कारणसहित आफ्नो तर्क प्रस्तुत गर्नुहोस् ।

उत्तरः फिब्रिनोजेनको मात्रा धेरै देखिएमा रगत रक्त नलीमा नै जमेर रक्त सञ्चारमा अवरोध हुन्छ । रक्त नलीमा रगत जमेर रक्त सञ्चारमा अवरोध आएमा बिरामी मर्न पनि सक्छ । रगतमा प्लेटलेट्स असमान्य रूपमा बढी हुँदा Thrombocytosis भन्ने रोग लाग्छ जसका कारणले हृदयघाट तथा मस्तिष्क घात हुन सक्छ।

 

(न) तलको तालिका अध्ययन गरी प्रश्नको उत्तर लेख्नुहोस् :

(अ) कुन व्यक्तिमा हेमोफिलिया भएको छ ?

उत्तर: 'X' व्यक्तिको शरीरमा हेमोफिलिया भएको छ । हेमोफिलिया रोग लाग्दा फ्रिब्रिनोजेनको कमीले रगत जम्ने र शरीरमा चोटपटक लाग्दा रगत शरीरबाट बगिरहने समस्या हुन्छ ।

 

(आ) कुन व्यक्तिको धमनीमा चोट लागेको छ ?

उत्तरः 'Y' व्यक्तिको शरीरमा धमनीमा चोट लागेको छ । किनकि धमनीमा रगत तीव्र गति एवम् उच्च चापमा प्रवाह हुन्छ ।

 

(इ) Y र Z को चोटमध्ये कुन चाहिँ बढी खतरनाक हुन्छ ? कारणसहित स्पष्ट पार्नुहोस् । 

उत्तरः 'Y' र 'Z' को चोटमध्ये Y व्यक्तिको धमनीमा लागेको चोट खतरनाक हुन्छ । धमनीमा उच्च चापमा शुद्ध रगत बग्दछ । धमनीमा रक्त्राव हुँदा छिये समयमै बढी मात्रामा रगत खेर गई रक्त अल्पता हुन सक्छ ।

 

(फ) दिइएको चित्रको अवलोकन गरी प्रश्नको उत्तर लेख्नुहोस् ।

(अ) रक्त नली 15 र 18 बिच भिन्नता लेख्नुहोस् ।

रक्त नली 15 (एओर्टा)

- एओर्टा भनेको ठूलो धमनी हो । 

- यसले अक्सिजन युक्त रगतलाई मुटुबाट सम्पूर्ण शरीर भरी प्रवाह गर्छ ।

 

रक्त नली 18 (सुपेरियर भेनाकाभा)

- सुपेरियर भेनाकाभा भनेको ठूलो शिरा हो ।

- यसले शरीरको माथिल्लो भागबाट अक्सिजन रहित रगत मुटुमा पुर्याउने काम गर्छ ।

 

(आ) भल्भ 11 र 13 को कार्य लेख्नुहोस् ।

उत्तरः भल्भ 11 (एओर्टिक भल्भ) को कार्य

- एओर्टिक भल्भ खुलेर अविसजन युक्त रगत शरीरका सम्पूर्ण अङ्गमा जान दिन्छ ।

 

भल्भ 13 (पल्मोनरी भल्भ)

- पल्मोनरी भल्भले डिअक्सिजिनेटेड रगत शुद्धीकरणका लागि फोक्सोमा पठाउँछ ।

 

(इ) भाग 4 भएन भने के हुन्छ ?

उत्तरः भाग 4 ले पेरिकार्डियम जनाउँछ । यो भएन भने मुटु र अन्य अङ्ग बिच हुने घर्षण र चोटपटकबाट यसलाई बचाउन सकिदैन ।

 

(ई) 6, 7, 8 र9 को नाम लेख्नुहोस् ।

उत्तरः

6. दायाँ अरिकल

7. बायाँ अरिकल

8. ट्राइकस्पिड भल्भ

9. बायाँ भेन्ट्रिकल

 

Post a Comment

0Comments
Post a Comment (0)