पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभाव•| class social chapter 6 lesson 6 exercise

0

  

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभाव
 
 
१. धरातलीय स्वरूपले जनजीवनमा प्रभाव पार्दछ भन्ने तथ्यलाई नेपालको दृष्टान्त दिई प्रमाणित गर्नुहोस् ।
 
उत्तर : मानव जीवनमा हावापानी र धारातलीय विविधताले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यसबाट खानपान, भेषभूषा, सभ्यता, पेसा, धर्म, संस्कार, विकासका कार्य, आर्थिक क्रियाकलापलगायतका पक्षहरू प्रभावित भइरहेका हुन्छन् । नेपालको हिमाली, पहाडी र तराई क्षेत्रको जनजीवन फरक हुनाको कारण हावापानी र धरातलीय स्वरूपको प्रभावले गर्दा हो । हिमाली क्षेत्र चिसो भएकाले त्यहीअनुसारको खानपान, रहनसहन र अन्य गतिविधि छन् भने तराई क्षेत्र गर्मी भएकाले त्यहीअनुसारको खानपान, रहनसहन र अन्य गतिविधि छन् । तसर्थ धरातलीय स्वरूपले जनजीवनमा प्रभाव पार्दछ ।
 
 
२. सभाना क्षेत्रमा धेरै प्रजातिका जनावर पाइन्छन् । किन ? कारण दिनुहोस् ।
 
उत्तर : सभाना क्षेत्र उष्ण तृणभूमिको क्षेत्र हो । ग्रीष्म र हिउँद ऋतु हुने तथा वर्षा स्थान र अवस्थाअनुसार ५० देखि १५० से.मि. सम्म हुन्छ । यहाँ वर्षाको अवस्थाअनुसार वनस्पति पाइए पनि मुख्य रूपमा लामा र बाक्ला घाँसे वनस्पतिहरू प्रशस्त मात्रामा पाइन्छन् । घाँसेभूमि हुनाले यो क्षेत्रमा शाकाहारी, मांसाहारी र सर्वहारी जीवजन्तुहरू ठुलो सङ्ख्यामा पाइन्छ । हजारौं प्रकारका जीव जनावर पाइने हुनाले सभाना क्षेत्रलाई संसारको चिडियाघर पनि भनिन्छ।
 
 
३. नेपालको उत्तरी क्षेत्र पाँच हजार मिटर माथिको उचाइमा बोटबिरुवा पाइँदैन, किन ?
 
उत्तर : नेपालको उत्तरी क्षेत्र पाँच हजार मिटर माथिको उचाइमा वर्षैभरि हिउँ जम्छ । त्यस्तै यहाँको तापक्रम पनि अत्यन्त न्यून रहन्छ। यस क्षेत्रमा वर्षा निकै कम हुने र हिमवर्षा हुने गर्दछ । तसर्थ यस क्षेत्रमा बोटबिरुवा पाइँदैन ।
 
 
४. संस्कृति र संस्कारलाई हावापानी र धरातलले प्रभाव पारेको हुन्छ भन्ने तथ्यलाई आफ्नो परिवेशको उदाहरण दिई प्रस्ट पार्नुहोस् ।
 
उत्तर : भाषा, भेषभूषा, रहनसहन, खानपिन, मूल्यमान्यता, चाडपर्व, जीवनशैली, घर निर्माणका तरिका आदि संस्कृति र संस्कारअन्तर्गत पर्दछन् । यस्ता कुरालाई हावापानी र धरातलले प्रभाव पारेको हुन्छ । तराईमा गर्मी धेरै हुने भएकाले यहाँको भेषभूषा, खानपिन, चाडपर्व, जीवनशैली र घर निर्माणको तरिका हावापानीअनुसारको रहेको छ । हिमाली क्षेत्रमा चिसो मौसम हुने भएकाले मौसम र भूगोलअनुसारको भेषभुषा, खानपिन, चाडपर्व, जीवनशैली र घर निर्माणको तरिका रहेको छ । त्यस्तै पहाडमा पनि हावापानी र धरातल अनुसारको संस्कृति र संस्कार रहेको छ ।
 
 

Post a Comment

0Comments
Post a Comment (0)