पाठ ५ शीत प्रदेश | Class 10 social chapter 6 lesson 5 exercise

0

  

पाठ ५ शीत प्रदेश
 
 
१. शीत प्रदेशको अवस्थिति उल्लेख गर्नुहोस् ।
 
उत्तर : शीत प्रदेश पृथ्वीको दुवै गोलार्धमा ६० देखि ९० डिग्री अक्षांशसम्मको ध्रुवीय प्रभाव क्षेत्रमा अवस्थित रहेको छ । यसअर्न्तगत पृथ्वीको उत्तरी गोलार्धको ६० देखि ७० डिग्री अक्षांशीय क्षेत्रमा साइबेरियन हावापानी, उत्तरी गोलार्धको ७० देखि ९० डिग्री अक्षांशीय क्षेत्रमा टुन्ड्रा हावापानीको क्षेत्र पाइन्छ । त्यस्तै दक्षिणी गोलार्धको ६६ देखि ९० डिग्री अक्षांशीय क्षेत्रमा भने अन्टार्कटिका हावापानी रहेको छ ।
 
 
२. टाइगा भनेको के हो ? यसको महत्त्व बुँदागत रूपमा प्रस्तुत गर्नुहोस् ।
 
उत्तर : पृथ्वीको उत्तरी गोलार्धको ६० देखि ७० डिग्री अक्षांशमा पाइने साइबेरियन हावापानीको क्षेत्रमा पाइने कोणधारी घना वनको क्षेत्रलाई टाइगा भनिन्छ । यसको महत्त्व बुँदागत रूपमा निम्न छन् :-
 
(क) विशाल क्षेत्रमा फैलिएको यो वन यहाँका मानिसको मुख्य आर्थिक उपार्जनको स्रोत रहेको 
(ख) यहाँको मुख्य पेसा काठको व्यवसाय अर्थात् लम्बरिङ lumbering यसै वनबाट सञ्चालन हुने 
(ग) कागज बनाउन चाहिने अर्ध तरल पदार्थ pulp यहीँको वनस्पतिबाट तयार पारिने ।
 
 
३. अति चिसो ठाउँ हुँदा पनि टुन्ड्रा प्रदेशका आदिवासीहरू हिउँकै घर इग्लुमा बस्छन् । किन ? कारण दिनुहोस् ।
 
उत्तर : अति चिसो ठाउँ हुँदा पनि टुन्ड्रा प्रदेशका आदिवासीहरू हिउँकै घर इग्लुमा बस्छन् । यसको मुख्य कारण यहाँ स्थायी रूपमा बसोबास गर्ने प्रचलन अत्यन्त न्यून मात्र रहेको छ । यहाँका एस्किमो र इन्युट जातका मानिस फिरन्ते आदिवासीका रूपमा रहेका छन् । उनीहरू अस्थायी घर बनाएर अस्थायी रूपमा मात्र बसोबास गर्छन् । त्यस्तै यिनीहरूको पेसा हिउँमा पाइने सिल माछा र हिम भालुको सिकार गरेर जीविकोपार्जन गर्ने हो ।
 
 
४. शीत प्रदेशको अति उत्तरी र दक्षिणी केही भागमा छ महिना दिन र छ महिना रात हुन्छ । के कारणले यस्तो भएको होला ?
 
उत्तर : पृथ्वीको दुवै गोलार्धमा ध्रुवीय प्रभावको क्षेत्रमा शीत प्रदेश अवस्थित छ । यहाँ प्रायः वर्षैभरि सूर्यको किरण छड्के पर्छ । यस प्रदेशको अति उत्तरी र दक्षिणी केही भागमा सूर्यको उत्तरायण र दक्षिणायनका कारण दिन र रातको लम्बाइमा धेरै अन्तर हुन्छ । सूर्य उत्तरायण भएको वेलामा दक्षिणी ध्रुवीय क्षेत्र प्रायः अन्धकार हुन्छ भने सूर्य दक्षिणायन भएको बेलामा उत्तरी ध्रुवीय क्षेत्र प्रायः अन्धकार हुन्छ । तसर्थशीत प्रदेशको अति उत्तरी र दक्षिणी केही भागमा छ महिना दिन र छ महिना रात हुन्छ ।
 
 

Post a Comment

0Comments
Post a Comment (0)