समशीतोष्ण मण्डल | Class 10 social chapter 6 lesson 4 exercise

0
 
पाठ ४ समशीतोष्ण मण्डल
 
 
१. समशीतोष्ण प्रदेशका हावापानीको क्षेत्रलाई तालिकामा प्रस्तुत गर्नुहोस् ।
 
उत्तर :
समशीतोष्ण प्रदेश वा मण्डलमा पर्ने हावापानीका क्षेत्रहरू
- भूमध्यसागरीय हावापानी 
- समशीतोष्ण मरुस्थलीय हावापानी 
- समशीतोष्ण मौसमी हावापानी 
- समशीतोष्ण सामुन्द्रिक हावापानी 
- समशीतोष्ण तृणभूमिको हावापानी 
- सेन्ट लरेन्स र मन्चुरियाको हावापानी
 
 
२. समशीतोष्ण मौसमी क्षेत्रमा कुन कुन कृषि कार्य गर्न उपयुक्त हुन्छ ? किन ?
 
उत्तर : समशीतोष्ण मौसमी क्षेत्रमा रेसम उत्पादनका लागि अनुकूल हावापानी रहेको छ । त्यस्तै यस क्षेत्रमा धान, गहुँ, मकै, उखु, कपास खेती जस्ता कृषि कार्य गर्न उपयुक्त हुन्छ । किनकि यस क्षेत्रमा ग्रीष्ममा गर्मी र हिउँदमा जाडो हुन्छ । ग्रीष्ममा सामुद्रिक मनसुनद्वारा ५० देखि १५० से.मि. सम्म वर्षा हुन्छ । ग्रीष्ममा २५ डिग्री र हिउँदमा ५ डिग्री औसत तापक्रम हुन्छ । यहाँ रेसम खेतीका लागि उपयोगी वनस्पति पाइन्छ ।
 
 
३. समशीतोष्ण तृणभूमि क्षेत्रमा घाँसे मैदानको नाम लेख्नुहोस् ।
 
उत्तर : समशीतोष्ण तृणभूमि क्षेत्रमा घाँसे मैदानको नाम निम्न छन् :-
 
(क) स्टेप्स (एसिया र युरोप)
(ख) प्रेरिज (उत्तर अमेरिका)
(ग) पम्पास (अर्जेन्टिना)
(घ) डाउन्स (अस्ट्रेलिया)
(ङ) भेल्ड (दक्षिण अफ्रिका) ।
 
 
४. भूमध्यसागरीय क्षेत्रमा हिउँदे फलफूल खेती हुनाको कारण उल्लेख गर्नुहोस् ।
 
उत्तर : भूमध्यसागरीय क्षेत्रमा हिउँदमा ठन्डा र ओसिलो हुन्छ । त्यस्तै समुद्री सतह भई आउने पश्चिमी वायुले वर्षा यस क्षेत्रमा हिउँदमा वर्षा गराउँछ । यसै कारणले गर्दा यस क्षेत्रमा अमिलो र रसिलो जातका फलफूलको अत्यधिक उत्पादन हुने भएकाले हिउँदे फलफूल खेती गरिन्छ ।
 
 
५. समशीतोष्ण सामुद्रिक हावापानी र भूमध्यसागरीय हावापानीबिच तुलना गर्नुहोस् ।
 
उत्तर :
 समशीतोष्ण सामुद्रिक हावापानी 
(क) उत्तरी गोलार्धमा ४५ देखि ६० र दक्षिणी गोलार्धमा ४० देखि ५० डिग्री अक्षांशको पश्चिमी सामुद्रिक क्षेत्रमा यो हावापानी पाइन्छ । 
(ख) सामुद्रिक प्रभावले वर्षैभरि पानी परिरहन्छ । वार्षिक वर्षा ७५ देखि १५० से.मि. हुन्छ । 
(ग) ग्रीष्ममा न्यानो र हिउँदमा खासै जाडो हुँदैन ।
 
 भूमध्यसागरीय हावापानी 
(क) उत्तरी गोलार्धमा ३० देखि ४५ र दक्षिणी गोलार्धमा ३० देखि ४० डिग्री अक्षांशको पश्चिमी भागमा यो हावापानी पाइन्छ ।
(ख) हिउँदमा समुद्री सतह भई आउने बाफिलो वायुले वर्षा हुन्छ । वार्षिक वर्षा औसत ४० देखि ८० से.मि. हुन्छ । 
(ग) ग्रीष्म गर्मी र हिउँद ठन्डा तथा वर्षायुक्त हुन्छ ।
 
 
६. भूमध्यसागरीय हावापानीका क्षेत्रमा धेरै प्राचीन सभ्यता विकास भएको पाइन्छ । किन यस्तो भएको हो ? कारण दिनुहोस् ।
 
उत्तर : भूमध्यसागरीय हावापानीको क्षेत्र उत्तरी गोलार्धमा ३० डिग्रीदेखि ४५ डिग्री अक्षांश र दक्षिणी गोलार्धमा ३० देखि ४० डिग्री अक्षांशबिचको महादेशको पश्चिमी भागमा पाइन्छ । ग्रिष्म र हिउँद दुईओटा ऋतु हुने यस क्षेत्रमा बसैभरि तातो र चिसोको समान अवस्था हुन्छ । यो क्षेत्र मानव जीवनका लागि अनुकूल रहेको छ । यस क्षेत्रमा फलफूलको प्रशस्तै उत्पादनसमेत हुन्छ । यसर्थ भूमध्यसागरीय हावापानीका क्षेत्रमा धेरै प्राचीन सभ्यता विकास भएको पाइन्छ ।
 
 

Post a Comment

0Comments
Post a Comment (0)