पाठ ७ उत्तर अमेरिका महादेश| class 10 social chapter 6 lesson 7 exercise

0

  

पाठ ७ उत्तर अमेरिका महादेश
 
 
१. उत्तर अमेरिकाका विकसित राष्ट्र र नेपालबिच आर्थिक सामाजिक अवस्थाको तुलना गर्नुहोस् ।
 
उत्तर : उत्तर अमेरिकाका विकसित राष्ट्र क्यानाडा र अमेरिका हुन् । यहाँ अतुलनीय पूर्वाधारको विकास भएको छ । कृषि कार्यमा कम मानिसको संलग्नता भए पनि कृषिमा आत्मनिर्भर रहेका छन् । यी राष्ट्रहरू अधिक प्रतिव्यक्ति आय भएका मुलुकमा पर्दछन् । यो निकै विकसित महादेश हो र संसारका मानिसको गन्तव्यका रूपमा समेत रहेको छ। यहाँ दक्ष जनशक्तिको उपलब्धता र स्रोतसाधनको अधिकतम परिचालन भएकाले आर्थिक अवस्था निकै मजबुत रहेको छ । सप्ताहको अन्तमा साङ्गीतिक उत्सव, पारिवारिक जमघट र विभिन्न भ्रमण गरी बिदा मनाउने गर्छन् । तर नेपालको आर्थिक अवस्था भने निकै कमजोर रहेको छ । पूर्वाधारको विकास हुन सकेको छैन । आत्मनिर्भर अर्थतन्त्रको विकास हुन सकेको छैन । जनशक्तिको अभाव र स्रोतसाधनको अधिकतम परिचालनको अवस्था पनि छैन । प्रतिव्यक्ति आय निकै कम भएका राष्ट्रको सूचीअन्तर्गत पर्छ । सामाजिक विकृति र विसङ्गति विस्तारै न्यूनिकरण हुँदै गएका छन् । शिक्षाको अवस्था पनि सुधारोन्मुख रहेको छ ।
 
 
२. अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा हिउँदमा र दक्षिण पूर्वी क्षेत्रमा ग्रीष्ममा पानी पर्छ । एउटै देशमा पनि यस्तो भिन्नता किन भएको होला ? कारण दिनुहोस् ।
 
उत्तर : अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा हिउँदमा र दक्षिण पूर्वी क्षेत्रमा ग्रीष्ममा पानी पर्छ । एउटै देशमा पनि यस्तो भिन्नता हुनुका कारण निम्न छन् :-
 
क) अमेरिकाको क्यालिफोर्निया क्षेत्र भूमध्य सागरीय हावापानीको क्षेत्रमा पर्छ । यहाँ हिउँदमा समुद्री सतह भई आउने बाफिलो वायुले वर्षा गराउँछ ।
 
(ख) अमेरिकाको दक्षिण पूर्वी क्षेत्र समशीतोष्ण मौसमी हावापानीको क्षेत्रमा पर्छ । यस हावापानीको क्षेत्रमा सामुद्रिक मनसुनद्वारा ग्रीष्ममा वर्षा गराउँछ ।
 
 
३. मानौँ तपाईं उत्तर अमेरिकाको उत्तरी क्यानाडाको बासिन्दा हुनुहुन्छ । तपाइँले गर्ने आर्थिक क्रियाकलाप के के हुन्छन् ? सामाजिक रहनसहन र त्यहाँको वनस्पति कस्तो हुन्छ ? विवरण प्रस्तुत गर्नुहोस् ।
 
उत्तर : ध्रुवीय शीत मण्डलमा पर्ने हुनाले यस क्षेत्रमा सधैँ चिसो भइरहन्छ । यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाले गर्ने आर्थिक गतिविधि निम्न छ :-
 
(क) सिकार गर्नु, कन्दमूल खोज्नु, हिउँभालु र सिल माछाको सिकार गर्नु, फिरन्ते जीवन बिताउनु, अस्थायी बसोबास गर्नु जस्ता सामाजिक रहनसहन हुन्छ र त्यहाँ घना कोणधारी जङ्गल पाइन्छ । यसलाई टाइगा भनिन्छ ।
 
 
४. उत्तर अमेरिकाका पूर्वी क्षेत्रमा पश्चिमी क्षेत्रभन्दा ठुला सहर विकास भएका छन् । यसका कारण उल्लेख गर्नुहोस् ।
 
उत्तर : मानवका लागि उपयुक्त हावापानी, सहज जीवनयापन, प्रशस्त उत्पादन, पूर्वाधारको अभूतपूर्व विकास लगायतका कारणले उत्तर अमेरिकाका पूर्वी क्षेत्रमा पश्चिमी क्षेत्रभन्दा ठुला सहर विकास भएका छन् ।
 
 

Post a Comment

0Comments
Post a Comment (0)