पाठ ८ दक्षिण अमेरिका महादेश| class 10 social chapter 6 lesson 8 exercise

0

  

पाठ ८ दक्षिण अमेरिका महादेश
 
१. अमेजन बेसीमा पाइने जङ्गलको आर्थिक महत्त्व लेख्नुहोस् ।
 
उत्तर: अमेजन बेसीमा पाइने जङ्गलको आर्थिक महत्त्व :-
 
(क) फर्निचर उद्योग सञ्चालन गर्न सकिन्छ ।
(ख) निकञ्ज तथा आरक्षको विकास गरी पर्यटक आकर्षित गर्न सकिन्छ ।
(ग) काठसँग सम्बन्धित विभिन्न उद्योग सञ्चालन गर्न सकिन्छ ।
(घ) पशुपालनका लागि घाँस उपलब्ध गर्न सकिन्छ ।
 
 
२. दक्षिण अमेरिकी राष्ट्रहरूले त्यहाँ उपलब्ध खनिजको प्रयोग गरी समृद्धि ल्याउन के गर्नुपर्छ ? सुझाव प्रस्तुत गर्नुहोस् ।
 
उत्तर : दक्षिण अमेरिकी राष्ट्रहरूले त्यहाँ उपलब्ध खनिजको प्रयोग गरी समृद्धि ल्याउन निम्न कार्यं गर्नुपर्छ :-
 
(क) खनिजको अन्वेषण र उत्खनन्को कार्य तीव्रताका साथ गर्नुपर्छ ।
(ख) खनिजसँग सम्बन्धित उद्योगधन्दा स्थापनामा जोड दिनुपर्छ ।
(ग) अन्य महादेशमा उच्च माग भएका वस्तुको निर्माण गरी निर्यातमा जोड दिनुपर्छ ।
 
 
३. दक्षिण अमेरिकी मानिसको जीवनशैली किन मौलिक नभई युरोपको प्रभाव रहेको छ ? कारण दिनुहोस् ।
 
उत्तर : दक्षिण अमेरिका लामो समयसम्म यूरोपेली उपनिवेशबाट गुज्रिएको थियो । कोलम्बसले अमेरिका पत्ता लगाएपछि युरोपबाट स्पेनिस र पोर्चुगालीहरू बसाइँ सरी दक्षिण अमेरिका पुगेका थिए । यिनीहरूले दक्षिण अमेरिकाका आदिवासीलाई परास्त गरी त्यहाँको इन्का सभ्यता लोप गराए र आफ्नो सभ्यता तथा शासन स्थापित गरे । त्यसैले दक्षिण अमेरिकी मानिसको जीवनशैली मौलिक नभई युरोपको प्रभाव रहेको छ ।
 
 
४. नेपाल र दक्षिण अमेरिकी राष्ट्रहरूबिच प्राकृतिक र आर्थिक क्षेत्रका समानता र भिन्नता छुट्याउनुहोस् ।
 
उत्तर : 
नेपाल र दक्षिण अमेरिकी राष्ट्रहरूबिचको प्राकृतिक र आर्थिक क्षेत्रका भिन्नता :- 
दक्षिण अमेरिकामा सबैभन्दा लामो एन्डिज पर्वत शृङ्खला भए जस्तै नेपालमा पनि लामो हिमालय शृङ्खला रहेको छ । दक्षिण अमेरिकामा अजेजन बेसीमा विस्तृत क्षेत्रमा फैलिएको जगल भए जस्तै नेपालमा पनि चारकोसे झाडी रहेको छ । दक्षिण अमेरिकामा विभिन्न खानी भए जस्तै नेपालमा पनि विभिन्न खानीहरू रहेका छन् ।
पशुपालन, खनिज उत्खनन्, पर्यटन आदिबाट दक्षिण अमेरिकाले उन्नति गरेजस्तै नेपालले पनि कृषि, पशुपालन, खनिज उत्खनन् र पर्यटनबाट फाइदा लिन सक्छ । 
 
नेपाल र दक्षिण अमेरिकी राष्ट्रहरूबिचको प्राकृतिक र आर्थिक क्षेत्रका समानता :- 
दक्षिण अमेरिकी राष्ट्रहरू प्राकृतिक स्रोत साधनको उपयोग गर्दै आर्थिक समृद्धि हासिल गरिरहेका छन् । नेपालले भने प्राकृतिक स्रोत साधनको सही सदुपयोग गर्न सकिरहेको छैन । त्यस्तै दक्षिण अमेरिकी राष्ट्रले खेल पर्यटनको समेत विकास गरी पर्यटनको विकास गरेका छन् । नेपालमा पनि खेल पर्यटनको सम्भावना हुँदाहँदै पनि विकास हन सकेको छैन । पशुपालन, भेडा पालन जस्ता व्यवसायबाट दक्षिण अमेरिकाले राम्रो आर्थिक प्रगति हासिल गरेको छ । कृषि प्रधान राष्ट्र भएर पनि नेपालले कृषिको विकास गर्न सकेको छैन । झन्डै उस्तै उस्तै आर्थिक अवस्था भए पनि नेपाल भन्दा दक्षिण अफ्रिका निकै अगाडि बढ्ने क्रममा छ ।
 

Post a Comment

0Comments
Post a Comment (0)