अफ्रिका महादेश| class 10 social chapter 6 lesson 9 exercise

0

  

पाठ ९ अफ्रिका महादेश
 
 
१. 'भौगोलिक स्वरूप र अवस्थितिको प्रभावले गर्दा अफ्रिका महादेशको अधिकांश क्षेत्रमा हावापानी विषम छ । यस भनाइलाई कारणसहित पुष्टि गर्नुहोस् ।
 
उत्तर : अफ्रिका महादेशलाई भूमध्यरेखाले लगभग बिचबाट काटेर गएको छ । यो क्षेत्रफलका हिसाबलें दोस्रो ठूलो महादेश र सबैभन्दा धेरै राष्ट्र भएको महादेश हो । यसको चारैतिरबाट महासागरले घेरेको छ ।भौगोलिक स्वरूप र अवस्थितिको प्रभावले गर्दा यो महादेशको अधिकांश क्षेत्रको हावापानी विषम छ यहाँ सात प्रकारको हावापानी पाइन्छ । भूमध्यरेखीय भूभाग तथा कङ्गो बेसीमा उष्ण तथा ओसिलो हावापानी पाइन्छ भने सहारा मरुभूमि रहेको उत्तरतर्फको हावापानी अत्यन्त गर्मी र शुष्क छ । दक्षिण पूर्वी भागमा उष्ण मौसमी हावापानी रहेको छ भने दक्षिण अफ्रिकी उच्चसमस्थलीय क्षेत्रमा ग्रीष्ममा धेरै गर्मी र हिउँदमा धेरै जाडो हुन्छ । त्यस्तै पश्चिमोत्तर क्षेत्र र दक्षिण पश्चिम क्षेत्रमा भूमध्यसागरीय हावापानी पाइन्छ भने दक्षिण पूर्वका टाप क्षेत्रमा मौसमी हावापानी पाइन्छ । 
 
 
२. सभाना क्षेत्रलाई संसारको चिडियाखाना किन भनिन्छ ? कारणहरू दिनुहोस् ।
 
उत्तर : हावापानीको विविधताले गर्दा अफ्रिका महादेशमा वनस्पतिमा पनि विविधता पाइन्छ । यस महादेशको भित्री मध्य भागमा कम वर्षा हनाले विशाल रूपमा फैलिएका घाँसे मैदान छ । यसलाई सभाना भनिन्छ । यहाँ जेब्रा, जिराफ, हात्ती, जलगैंडा, अस्ट्रिच, इम् जस्ता विभिन्न जीवजन्तु पाइन्छ संसारमा पाइने अधिकांश प्रकारका जीवजन्तुहरू यहाँ प्रशस्त मात्रामा पाइने हनाले यस क्षेत्रलाई विश्वको चिडियाखाना भनिन्छ ।
 
 
३. 'अफ्रिका पर्यटनको प्रचुर सम्भावना भएको महादेश हो ।' यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
 
उत्तर : अफ्रिका महादेशमा आठ सयभन्दा बढी जातजातिका मानिसको बसोबास रहेको छ र यहाँ दुई हजारभन्दा बढी भाषा बोलिन्छ । यो महादेश विविधता स्थल हो । मिश्र, गिजाको पिरामिड, नाइल नदीको सभ्यता यहाँका प्राचीन सभ्यता हन । सभाना संसारकै चिडियाखानाका रूपमा प्रसिदध छ सभाना र भेल्ड जस्ता विशाल घाँसे मैदान र सयौँ प्रजातिका वन्यजन्तुको वासस्थान, इजिप्टको पिरामिड र भिक्टोरिया भरना यहाँका पर्यटन आकर्षण गर्न सम्पदा हन् । त्यसैले अफ्रिका पर्यटनको प्रचुर सम्भावना भएको महादेश हो ।
 
 
४. अफ्रिका महादेशमा पाइने प्रमुख हावापानी बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।
 
उत्तर : अफ्रिका महादेशमा पाइने प्रमुख हावापानी निम्न छन् :-
(क) भूमध्यरेखीय भूभाग र कङ्गो बेसीम उष्ण तथा ओसिलो हावापानी पाइने 
(ख) उत्तरतर्फ सहारा मरुभूमि रहेको क्षेत्रमा अत्यन्त गर्मी र शुष्क हावापानी पाइने
(ग) दक्षिण उच्चसमस्थलीय क्षेत्रमा ग्रीष्ममा धेरै गर्मी र हिउँदमा धेरै जाडो हावापानी पाइने
(घ) पश्चिमोत्तर क्षेत्रमा भूमध्यसागरीय हावापानी पाइने
(ङ) दक्षिण पूर्वका टापू क्षेत्रमा मौसमी हावापानी पाइने
 
 
५. नेपालको लेकाली घाँसे क्षेत्र र अफ्रिकाको भेल्डबिच तुलना गर्नुहोस् ।
 
उत्तर : नेपालको लेकाली घाँसे क्षेत्र ११०० फिटदेखि १६०० फिटसम्मको उचाइमा लेकाली हावापानीको क्षेत्रमा पाइन्छ । आठ नौ महिनासम्म हिउँ रहनु, वर्षा हिमपातका रूपमा रहन् यहाँको विशेषता हो । कृषि कार्य नभए पनि मुख्य पेसाका रूपमा पशुपालन रहेको छ । यहाँ उपत्यका क्षेत्रमा ठुला घाँसे मैदान रहेका छन् । ग्रीष्ममा यहाँ गोठ राख्ने गरिन्छ । भेल्ड अफ्रिकाको खुला क्षेत्र हो । घाँस र साना साना झाडीले ढाकेको मैदानी क्षेत्रलाई अफ्रिकामा भेल्ड भनिन्छ ।
 
 

Post a Comment

0Comments
Post a Comment (0)