पाठ १० प्राकृतिक प्रकोप भूकम्प | Class 10 social chapter 6 lesson 10 exercise

0

  

पाठ १० प्राकृतिक प्रकोप भूकम्प
 
 
१. भूकम्प भनेको के हो ?
 
उत्तर : पृथ्वीको भित्री भागमा हने भौगर्भिक वा सतहमा हने विशेष गतिविधिहरूको प्रभावले पृथ्वीको सतह काँप्ने वा थर्कने क्रियालाई भूकम्प भनिन्छ ।
 
 
२. 'भूकम्पलाई रोक्न सकिँदैन तर क्षतिको न्यूनीकरण गर्न सकिन्छ ।' यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
 
उत्तर : भूकम्पीय सम्भावनालाई भविष्यवाणी गर्न सकिँदैन । पृथ्वीको मध्यमण्डलको माथिल्लो भागमा पातलो तह वा प्लेट हन्छ । करिब १०० किलोमिटरको बाहिरी सतहमा यस्ता सातओटा ठूला र अरू दर्जनौं ससाना टुक्रा प्लेटहरू हन्छन् । यी प्लेटहरू चलायमान भई एकआपसमा धसिने र घर्षण भइहने हँदा ऊर्जा भण्डारण भई भूकम्प जान्छ । त्यस्तै ज्वालामुखीका कारण पनि भूकम्प जान्छ । तसर्थ भूकॅम्मलाई रोक्न सकिँदैन । यसबाट बच्ने पूर्व तयारी गरेको खण्डमा भने क्षतिको न्यूनीकरण गर्न सकिन्छ ।
 
 
३. नेपाल भूकम्पीय जोखिमको क्षेत्र हुनुका कारण प्रस्तुत गर्नुहोस् ।
 
उत्तर : नेपाल हिमालय पहाडको काखमा रहेको क्षेत्र हो । नेपालको भूखण्डमुनि दक्षिणतर्फको इन्डियन प्लेट निरन्तर रूपमा उत्तरतर्फ रहेको तिब्बत प्लेटको दक्षिणी भागमा प्रतिवर्ष २ से.मि. का दरले घुसिरहेको पाइएको छ । यसरी चट्टान वा प्लेटहरूको घुस्ने वा जुध्ने क्रममा केही अवरुद्ध हँदा नेपालमा भूकम्प जान्छ । यसरी भूकम्प जाने क्रमसँगै हिमालय पर्वत शृङ्खला अग्लो हुँदै गइरहेको अनुसन्धानले बताएको छ । २५०० कि.मि. लामो हिमालय शृङ्खलामध्ये मध्य भागको ८०० कि.मि. खण्ड नेपालमा पर्छ । तसर्थ नेपाल भूकम्पीय जोखिमको क्षेत्र हनुको कारण हो ।
 
 
४. भूकम्पको उद्गमबिन्दु र केन्द्रबिन्दुबिच फरक छुट्याउनुहोस् ।
 
उत्तर : पृथ्वीको सतहभन्दा ठिकमुनि भूकम्पको उत्त्पत्ति हने भागलाई उद्गमबिन्दु भनिन्छ भने उद्गमबिन्दुभन्दा ठिकमाथि पृथ्वीको सतह जहाँ हलचलको पहिलो झड्का महसुस हुन्छ, त्यस भागलाई केन्द्रबिन्दु भनिन्छ ।
 
 
५. भूकम्प कसरी मापन गरिन्छ ? तरिका उल्लेख गर्नुहोस् ।
 
उत्तर : भूकम्प मापन गर्ने यन्त्र सिस्मोग्राफ वा सिस्मोमिटरमा स्केल जडित ग्राफ रहेको हन्छ । यसको तल्लो भाग अर्थात् आधारलाई जमिनमा मिलाएर राखिएको हुन्छ र एउटा भारी तौल झुन्ड्याइएको हुन्छ । भूकम्पले जमिन हल्लाउँदा सिस्मोग्राफको आधार पनि हल्लिन पुग्छ र त्यहाँ रहेको स्प्रिङले भूकम्पको मापन गर्दछ यसबाट भूकम्पको वेग, उद्गमबिन्दु र केन्द्रबिन्दु पत्ता लगाउन सकिन्छ ।
 
 

Post a Comment

0Comments
Post a Comment (0)