न्यायपालिका| class 10 social chapter 5 lesson 3 exercise

0

  

पाठ ३ न्यायपालिका
 
 
१. न्यायपालिकाको परिचय दिनुहोस् ।
 
उत्तर : राज्यका तीन अङ्गमध्ये न्यायपालिका पनि न्याय सम्पादन गर्ने एक महत्त्वपूर्ण अङ्ग हो । कानुनको व्याख्या गरी वैधता स्थापित गर्ने, न्यायिक पुनरावलोकन गर्ने, मानव अधिकारको संरक्षण गर्ने, कानुन उल्लङ्घन गर्नेलाई सजाय दिने, कानुनको संरक्षण गर्नेलगायतका कार्य न्यायपालिकाले गर्दछ । नेपालको न्यायसम्बन्धी अधिकार अदालत वा न्यायिक निकायबाट प्रयोग हुने व्यवस्था रहेको छ ।
 
 
२. सर्वोच्च अदालतमा कति जना न्यायाधीश रहन्छन् ?
 
उत्तर : सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त बढीमा २० जना न्यायाधीश रहन्छन्।
 
 
३. न्यायपालिकाका प्रमुख कार्यको सूची प्रस्तुत गर्नुहोस्।
 
उत्तर : न्यायपालिकाका प्रमुख कार्यहरू :-
 
(क) अधिकार र स्वतन्त्रताको संरक्षण
 
- संविधान प्रदत्त अधिकार र स्वतन्त्रताको रक्षा गर्ने
- अधिकार हनन भएमा सोको सुरक्षा गर्ने
 
(ख) न्यायिक कार्य
 
- प्रचलित कानुनको प्रयोग गरी न्याय प्रदान गर्ने
- न्याय सम्पादन र अपराध नियन्त्रण गर्ने
- देवानी र फौजदारी मुद्दाहरूको फैसला गर्ने
 
(ग) कानुनको व्याख्यासम्बन्धी कार्य
 
- कानुनको अर्थ स्पष्ट पार्ने
- कानुनी शब्दको स्पष्टता निर्देशिकामा गर्ने
 
(घ) परामर्शसम्बन्धी कार्य
 
- जटिल कानुनी प्रश्न र समस्यामा परामर्श प्रदान गर्ने ।
 
 
४. सरकारका तीन अङ्गहरूबिचको अन्तरसम्बन्ध देखाउनुहोस् ।
 
उत्तर : राज्यका तीन अङ्गले शक्तिपृथकीकरणको सिद्धान्तबमोजिम आआफ्नो कार्यक्षेत्रमा रहेर काम गर्दछन् । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आफू आफूमा स्वतन्त्र अस्तित्व भएका निकाय हुन् । स्वतन्त्र भए पनि यी तीन अङ्गका बिचमा अन्तरसम्बन्ध रहेको छ । यी तीन बिचको अन्तरसम्बन्धलाई निम्न बुँदाका आधारमा स्पष्ट पार्न सकिन्छ ।
 
- व्यवस्थापिकाले कानुन निर्माण गर्छ भने कार्यपालिकाले त्यसको कार्यान्वयन गर्छ त्यस्तै न्यायपालिकाले उक्त कानुनको व्याख्या गर्छ ।
 
- कार्यपालिकाको प्रमुख प्रधानमन्त्रीको चयन व्यवस्थापिकाले गर्छ भने प्रधान न्यायाधीश र न्यायाधीशको नियुक्ति गर्ने संवैधानिक परिषद्को अध्यक्षता कार्यपालिका प्रमुखले गर्छन् ।
 
- व्यवस्थापिकाले न्यायाधीशविरुद्ध महाअभियोग लगाउन सक्छ भने न्यायापालिकाको आदेश कार्यपालिकाले पालना गर्नुपर्ने हुन्छ ।
 
 

Post a Comment

0Comments
Post a Comment (0)