सङ्घीय कार्यपालिका | class 10 social chapter 5 lesson 2 exercise

0

  

पाठ २ सङ्घीय कार्यपालिका
 
 
१. कार्यपालिका भनेको के हो ?
 
उत्तर : कार्यपालिका भनेको राज्यका तीन अङ्गमध्येको एक महत्त्वपूर्ण अङ्ग र कानुन कार्यान्वयन गर्ने निकायलाई कार्यपालिका भनिन्छ । यसलाई सरकार वा मन्त्रीपरिषद्का रूपमा लिइन्छ । नेपालको कार्यकारी अधिकार मन्त्रीपरिषद्मा निहित रहेको हुन्छ । नेपालमा सङ्घीय कार्यपालिका, प्रदेश कार्यपालिका र स्थानीय कार्यपालिका गरी तीन तहका कार्यपालिकाको व्यवस्था रहेको छ ।
 
 
२. कार्यपालिकाको प्रशासनिक कार्यअन्तर्गत के के कार्य पर्दछन् ?
 
उत्तर : कार्यपालिकाको प्रशासनिक कार्यअन्तर्गत निम्नलिखित कार्य पर्दछन् :-
 
(क) व्यवस्थापिकाबाट स्वीकृत कानुनको कार्यान्वयन गराउने 
(ख) शान्ति, सुव्यवस्था र स्थायित्व कायम गर्ने 
(ग) राज्यसम्बन्धी नीति तयार पार्ने 
(घ) प्रशासन सञ्चालन, नियन्त्रण निर्देशन गर्ने 
(ङ) सुशासन कायम गर्ने । 
 
 
३. प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने मुख्य विषय उल्लेख गर्नुहोस् ।
 
उत्तर : प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने मुख्य विषय :-
(क) मन्त्रिपरिषद्का निर्णय,
 
(ख) सङ्घीय संसदमा पेश गरिने विधेयक,
(ग) खण्ड (क) र (ख) मा उल्लिखित विषयमा राष्ट्रपतिले जानकारी मागेको अन्य आवश्यक विवरण
(घ) नेपालको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषय,
(ङ) विदेशी राज्य वा सरकारसँग भएका सन्धि, सम्झौता, समझदारी,
(च) नेपाल सरकारको आय-व्ययको वार्षिक विवरण (बजेट),
(छ) मुलुकको शान्ति सुरक्षा सम्बन्धी प्रमुख विषय
(ज) नेपाल सरकारले व्यवस्थापिका-संसद समक्ष पेश गर्ने वार्षिक नीति तथा कार्यक्रम,
(झ) राष्ट्रिय सुरक्षा परिषद्‌को सिफारिसमा भएका निर्णय सम्बन्धी विषय ।
 
 
४. सङ्घीय कार्यपालिका र प्रदेश कार्यपालिकाका भिन्नता लेख्नुहोस् ।
 
उत्तर : सङ्घीय कार्यपालिकामा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री हुन्छ भने प्रदेश कार्यपालिकामा बहुमत प्राप्त प्रदेश संसदीय दलको नेता मुख्यमन्त्री हुन्छ । सङ्घीय कार्यपालिकाको कार्यक्षेत्र नेपाल राज्यभर रहन्छ भने प्रदेश कार्यपालिकाको कार्यक्षेत्र आफ्नो प्रदेशभित्र मात्र सीमित रहेको हुन्छ । सङ्घीय कार्यपालिकाका कार्य नेपाल सरकारका नामबाट हुन्छ भने प्रदेश कार्यपालिकाका कार्य सम्बन्धित प्रदेश सरकारका नामबाट हुन्छ । जस्तै : मधेश प्रदेश सरकार, बाग्मती प्रदेश सरकार आदि । सङ्घीय कार्यपालिकाले प्रशासनिक कार्य, कूटनीतिक कार्य, आर्थिक कार्य, सुरक्षासम्बन्धी कार्य गर्दछ भने प्रदेश कार्यपालिकाले मूलत: प्रदेशको प्रशासनिक कार्य, आर्थिक कार्य र प्रदेशको आन्तरिक शान्तिसुव्यवस्थाको कार्य गर्दछ।
 
 
५. तपाइँ नेपालको प्रधानमन्त्री हुनुभयो भने देशमा सुशासन कायम गर्न के के काम गर्नुहुन्थ्यो ? बुँदागत रूपमा प्रस्तुत गर्नुहोस् ।
 
उत्तर : म नेपालको प्रधानमन्त्री भएँ भने देशमा सुशासन कायम गर्न निम्न कार्य गयँ :-
(क) विधिको शासन स्थापना गर्ने
(ख) राष्ट्रसेवक कर्मचारीलाई जवाफदेही, जिम्मेवार, प्रभावकारी र दक्ष बनाउने
(ग) हरेक गतिविधिलाई पारदर्शी बनाउने
(घ) जनसहभागितामा अभिवृद्धि गर्ने
(ङ) सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो र जनमुखी बनाउने
(च) राष्ट्रसेवक कर्मचारीको सेवासुविधा वृद्धि गर्ने
(छ) भ्रष्टाचारमा शून्यसहनशीलताको नीति लिने ।
 
 

Post a Comment

0Comments
Post a Comment (0)