अन्तर्राष्ट्रिय व्यक्तित्व | Class 10 social chapter 3 lesson 6 exercise

0

  

पाठ ६ : अन्तर्राष्ट्रिय व्यक्तित्व
 
 
१. अन्तर्राष्ट्रिय व्यक्तित्वको जीवनी अध्ययन गर्नु किन आवश्यक छ ?
 
उत्तर : संसारमा एक व्यक्तिको योगदानले जहाँसुकै रहेका अन्य व्यक्तिका लागि लाभ मिल्छ । एक व्यक्तिका काम र अनुभवबाट संसारका अरू व्यक्तिलाई प्रेरणा र हौसला मिल्छ । अनुकरणीय र प्रेरणादायी हुने भएकाले अन्तर्राष्ट्रिय व्यक्तित्वको जीवनी अध्ययन गर्नु आवश्यक छ ।
 
 
२. तपाइँको स्थानीय तहमा योगदान दिएका व्यक्तिको जीवनी तयार गर्नुहोस् ।
 
उत्तर : जन्म, जन्मस्थान, माता, पिता, बाल्यकाल, शिक्षादीक्षा, स्थानीय तहमा दिएका योगदान गरेका कार्य जस्ता कुरा समेटी आफ्नो स्थानीय तहमा योगदान दिएका व्यक्तिको जीवनी तयार पार्नुहुन अनुरोध छ । यसका लागि पाठमा दिइएको जीवनी नमुनाका लागि प्रयोग गर्न सकिन्छ।
 
 
३. नेल्सन मण्डेलाका महत्त्वपूर्ण योगदानको सूची तयार गर्नुहोस् ।
 
उत्तर : नेल्सन मण्डेलाका योगदानहरू निम्न छन् :-
 
(क) दक्षिण अफ्रिकाको रङ्गभेदी शासन अन्त्यका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका 
(ख) रङ्गभेदी र जातिभेदी आन्दोलनले सफलता पाएको
(ग) दक्षिण अफ्रिकामा चलिरहेको द्वन्द्व अन्त्य गरी शान्ति स्थापना गर्न योगदान दिएका
(घ) एड्स रोगविरुद्ध अभियान चलाएका
 
 
४. मलाला युसफजाई जस्तै तपाईं आफ्नो समाजमा योगदान दिनुपर्दा कुन क्षेत्रमा योगदान दिन चाहनुहुन्छ ? कारणसहित उल्लेख गर्नुहोस् ।
 
उत्तर : मलाला युसफजाई जस्तै म आफ्नो समाजमा योगदान दिनुपर्दा शिक्षा क्षेत्रमा योगदान दिन चाहन्छु । किनकि हाम्रो समाजको शिक्षाको गुणस्तरको अवस्था निकै नाजुक बन्दै गइरहेको छ । निजी विद्यालयहरू बढी भन्दा बढी शुल्क असुल गर्नमा मात्र लागिपरेका छन् भने सरकारी विद्यालय राजनीतिको अखडाका रूपमा स्थापित भएका छन् । दिनानुदिन शिक्षाको गुणस्तर खस्कँदो छ । म यस अवस्थाको अन्त्यका लागि योगदान दिन चाहन्छु ।
 

Post a Comment

0Comments
Post a Comment (0)