हाम्रा राष्ट्रिय दिवसहरू| Class 10 social chapter 3 lesson 5 exercise

0

  

पाठ ५ : हाम्रा राष्ट्रिय दिवसहरू
 
 
१. राष्ट्रिय दिवस भनेको के हो ? राष्ट्रिय दिवसको महत्त्व उल्लेख गर्नुहोस् ।
 
उत्तर : राष्ट्रिय दिवस राष्ट्रका महत्त्वपूर्ण घटनाका दिनहरू हुन् । तसर्थ राष्ट्रमा सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि क्षेत्रमा महत्त्वपूर्ण घटना वा परिवर्तन भई यसबाट समाज र जनताले उपलब्धि हासिल गरेका गौरवपूर्ण दिनलाई राष्ट्रिय दिवस भनिन्छ । यस्ता दिवस हाम्रा राष्ट्रिय चाड हुन् । सहिद दिवस, बाल दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस आदि यसका उदाहरण हुन् ।
 
राष्ट्रिय दिवसको महत्त्व निम्नअनुसार उल्लेख गर्न सकिन्छ :-
 
(क) राष्ट्रिय दिवस हाम्रा गौरव गर्ने आधार र चिनारी हुन् ।
(ख) पहिचानको संरक्षण र सम्वर्धन गर्न सहयोग गर्छ ।
(ग) देशमा घटेका महत्त्वपूर्ण घटना र तिनले ल्याएको परिवर्तन स्मरण गराइरहन्छ ।
(घ) परिवर्तनको रक्षा गर्न उत्प्रेरित गर्छ ।
(ङ) आम नागरिकमा सचेतना र जागरण प्रदान गर्छ।
(च) नागरिक र राष्ट्रप्रति उत्तरदायी भई राज्य सञ्चालन गर्न मार्गनिर्देश गर्छ ।
(छ) भावी पुस्तालाई पुर्खाको योगदानको बोध गराई राष्ट्रप्रति जिम्मवार र कर्तव्यनिष्ठ बन्न प्रेरित गर्छ।
(ज) ऐतिहासिक तथ्य, घटनाको महत्त्पूर्ण स्रोतका रूपमा उपयोग गर्न सकिन्छ ।
 
 
२. हामी सहिद दिवस किन मनाउँछौँ ? कारण दिनुहोस् ।
 
उत्तर : सहिद दिवस प्रजातन्त्र र नागरिक अधिकार प्राप्तिका लागि गरिएको आन्दोलनमा सहादत प्राप्त गर्ने व्यक्तिको स्मरण गर्दै मनाइएको हो । राणाशासनको निरङ्कुशता अन्त्य, प्रजातन्त्रको स्थापना, पञ्चायती व्यवस्थाको विरुद्ध सङ्घर्ष, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना जस्ता आन्दोलन र सङ्घषमा आफ्नो ज्यानको बलीदानी दिने व्यक्ति नै सहिद हुन् । आज हामीले उपयोग गरिरहेको स्वतन्त्रता उनीहरूकै योगदानको फल हो । आज हामीले उपयोग गरिहेको समता, समावेशिता, महिला अधिकार आदि सबै सहिदकै योगदानका कारण सम्भव भएका हुन् । सहिद दिवसमा तिनै महान् सहिदहरूको स्मरण गरिएको हो । स्मरण मात्रै होइन सहिदले देखाएको बाटोमा हिड्ने प्रेरण र प्रण लिइएको हो, सहिदको सपना पूरा गछौं भनी अठोट गरिएको हो । तसर्थ हामी सहिद दिवस मनाउँछौँ ।
 
 
३. " हाम्रा राष्ट्रिय दिवस हाम्रा चिनारी र गौरव हुन्" भन्ने शीर्षकमा सम्पादकीय तयार पार्नुहोस्।
 
उत्तर : हामी प्रत्येक साल विभिन्न कार्यक्रम सञ्चालन गरी विभिन्न दिवसहरू मनाउँछौँ । ती दिवसहरू हाम्रा महत्त्वपूर्ण चिनारी र गौरव गर्ने आधार हुन् । दिवसहरूलाई हामी राष्ट्रिय चाडका रूपमा धुमधामसँग मनाउँछौँ । प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, बाल दिवस, संविधान दिवस, मजदुर दिवस, शिक्षा दिवस, नारी दिवस, सहिद दिवस जस्ता विभिन्न दिवसहरू नेपालमा मनाउने गरिन्छ ।
 

Post a Comment

0Comments
Post a Comment (0)