विश्वबन्धुत्व र मानवता | Class 10 social chapter 3 lesson 7 exercise

0

  

पाठ ७ : विश्वबन्धुत्व र मानवता
 
 
१. विश्वबन्धुत्व भनेको के हो ? विश्वबन्धुत्व कायम गर्न हामीले के के गर्नुपर्छ, लेख्नुहोस् ।
 
उत्तर : संसार सबैको आश्रय स्थल र साझा घर हो । जुन देशमा बसे पनि हामी पृथ्वीका बासिन्दा हौँ । यो संसार नै एउटा घर हो, हामी पृथ्वीरूपी घरका सदस्य हौं । यसरी सबै घुलमिल हुने र सबैलाई आफ्नो ठान्ने भावनालाई विश्वबधुत्व भनिन्छ । विश्वबन्धुत्व कायम गर्न हामीले निम्न कार्य गर्नुपर्छ :-
 
(क) सबैलाई समान ठान्ने, हरेक कुराको समाधान संवादबाट गर्ने
(ख) विविधतालाई स्वीकार गर्ने
(ग) आध्यात्मिकताको जागृति र आत्माको स्वच्छता कायम गर्ने
(घ) एक देश तथा अर्को देश, एक व्यक्ति तथा अर्को व्यक्तिप्रति प्रेम, सद्भाव र सहयोगको वातावरण निर्माण गर्ने
(ङ) समानुभूति र सहयोगको भावना लिने
(च) मानवताको भावनाले प्रेरित भएर काम गर्ने
(छ) सङ्कीर्णताको त्याग
(ज) जिम्मेवारी बोध, सहिष्णुता र इमानदारिता जस्ता मानवीय मूल्य प्रदर्शन गर्ने ।
 
 
२. विश्वग्रामको परिचय दिँदै यसले मानव जीवनमा पारेको प्रभाव उल्लेख गर्नुहोस् ।
 
उत्तर : सूचना प्रविधिको विकास र विस्तारले गर्दा अहिलेको प्रविधिको युगमा विश्व एउटा सानो गाउँ जस्तो भएको छ । जुनसुकै ठाउँमा भएका घटना तथा अन्य कुराहरू तुरुन्त विश्वभरि थाहा पाउन सकिन्छ । भौगोलिक हिसाबले टाढा भए पनि मानवीय व्यवहार, सद्भाव, सहकार्य र सहयोगका कारणले गर्दा विश्व सीमा विहीन समाजमा बदलिएको छ, विश्व एउटा परिवार र हामी उक्त परिवारका सदस्यका रूपमा रूपान्तरित भएका छौं । यसलाई नै विश्व ग्राम भनिन्छ । यसले मानव जीवनमा पारेको प्रभाव :-
 
(क) विश्व एउटा समाजका रूपमा रूपान्तरित भएको छ ।
(ख) सद्भाव, सहकार्य र सहयोगको वातावरणमा अभिवृद्धि भएको छ ।
(ग) सङ्कीर्णताको अन्त्य भएको छ ।
(घ) एक अर्कालाई आपत्विपत् पर्दा एकजुट हुने अवस्था सिर्जना भएको छ ।
(ङ) मानवीय मूल्य र मान्यताको स्थापनामा सहयोग पुगेको छ ।
(च) एउटाले आविष्कार गर्दा सबैले प्रयोग गर्न सक्ने अवस्थाको सिर्जना भएको छ ।
 
 
३. वर्तमान विश्वमा विश्वबन्धुत्व र मानवताको महत्त्व उल्लेख गर्नुहोस् ।
 
उत्तर : वर्तमान विश्वमा विश्वबन्धुत्व र मानवताको महत्त्व निम्नअनुसार उल्लेख गर्न सकिन्छ :-
 
(क) धार्मिक तथा जातीय कट्टरताको अन्त्य गर्न
(ख) परस्पर सहयोग, सद्भाव र मानवीय एकता बढाउन
(ग) विविधताको स्वीकार गर्न
(घ) द्वन्द्वको अन्त्य गरी शान्ति कायम गर्न
(ङ) हिंसाको अन्त्य गर्न
(च) मानवीय मूल्यको स्थापना गर्न ।
 
 
४. 'वसुधैव कुटुम्बकम्' भनेको के हो ?
 
उत्तर : हाम्रो परम्परा वैदिक परम्परा हो । यस परम्परामा एउटा सूक्ति छ 'वसुधैव कुटुम्बकम्' । यो हाम्रो परम्पराको आध्यात्मिक मूल्य पनि हो । यस भनाइ अर्थात् सूक्तिले सारा मानिसहरू एक अर्काका नातेदार हुन् र एकअर्कामा सम्बन्धित छन् भन्ने तथ्यलाई उजागर गरेको छ । त्यसैले सबै मिलेर बस्नुपर्छ, दुःखसुख बाँड्नुपर्छ र मिलेर बाँच्नुपर्छ भन्ने कुरामा यसले विशेष जोड दिन्छ ।
 

Post a Comment

0Comments
Post a Comment (0)