हाम्रा पहिचान | Class 10 social chapter 1 lesson 2 हाम्रा पहिचान ( Our identity) exercise

0

  

पाठ २ : हाम्रा पहिचान
 
 
१. हाम्रो पहिचान के के हुन् ? पहिचानको महत्त्व उल्लेख गर्नुहोस् ।
 
उत्तर : राष्ट्रिय पहिचान, जातीय पहिचान, भाषिक पहिचान, धार्मिक पहिचान, लैङ्गिक पहिचान र अपाङ्गता आदि हाम्रा पहिचान हुन् । पहिचानको महत्त्वलाई निम्न बुँदाका आधारमा प्रष्ट पार्न सकिन्छ :-
 
(क) पहिचानले अधिकार प्राप्ति, समावेशिता र सामाजिकीकरणमा मदत पुऱ्याउँछ ।
(ख) यो स्वयम्लाई चिनाउने र जीवन जिउने आधार हो ।
(ग) कर्तव्य बोध गराउँछ । 
(घ) अनुशासनमा रहन उत्प्रेरित गर्छ ।
(ङ) यसले राष्ट्रलाई विश्वसामु चिनाउने काम गर्छ साथै राष्ट्रप्रति श्रद्धाभाव जागरण गर्दछ ।
(च) आफ्नो मौलिक कला, संस्कृति र धर्मको संरक्षण तथा प्रवर्धन गर्दै यसको निरन्तरता र संरक्षण गर्न मार्ग प्रशस्त गर्दछ ।
 
 
२. "पहिचान आफूलाई चिनाउने आधार हो ।" उदाहरणसहित प्रष्ट पार्नुहोस् ।
 
उत्तर : 'म नेपाली हुँ' भनेर विश्वमा हामी सगर्व चिनाउने गछौँ । यो हाम्रो राष्ट्रिय पहिचान हो । नेपालमा सयौँ जाति र भाषा रहेका छन् । सबै मिलेर बसेका छन् । 'म यो जातिको हुँ मेरो भाषा यो हो' भन्नु व्यक्तिको जातीय तथा भाषिक पहिचान हो । त्यस्तै धर्मसँगसम्बन्धित पहिचान धार्मिक पहिचान हो । महिला, पुरुष अनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक गरी तीन किसिम चाहिँ लैङ्गिक पहिचान हो । कसैको शारीरिक तथा मानसिक अवस्था र प्रकृतिको फरकपनामा आधारित पहिचान पनि हुनसक्छ, यो अपाङ्गतासम्बन्धी पहिचान हो । कुनै पनि व्यक्तिले आफूलाई चिनाउन यी र यस्तै विभिन्न आधारको प्रयोग गर्नुपर्ने हुन्छ । तसर्थ हामी के भन्न सक्छौं भने पहिचान आफूलाई चिनाउने आधार हो ।
 
 
३. यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचान र सम्मानका लागि के गर्नुपर्दछ ? आफ्ना धारणा प्रस्तुत गर्नुहोस् ।
 
उत्तर : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचान र सम्मानका लागि हामी सबै सचेत हुनु आवश्यक छ । महिला, पुरुष भने जस्तै उनीहरूलाई पनि सामान्य व्यवहारको जरुरत भएकाले यससम्बन्धी चेतनामूलक कार्यक्रम गर्नु आवश्यक छ । त्यस्तै उनीहरूलाई हेप्ने, गिज्याउने काम बन्द गरी सो कार्य गर्नेलाई सजायको व्यवस्था हुनु जरुरी छ । उनीहरूका लागि पनि आरक्षणको व्यवस्था गरी कार्यान्वयन गर्नु उनीहरूलाई पहिचान र सम्मान दिने अर्को पक्ष हुनसक्छ ।
 
 
४. अपाङ्गता भएका व्यक्तिको पहिचान र अवसर वृद्धि गर्न तपाइँ रहेको स्थानको स्थानीय सरकारले के कस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ? खोजी गरी प्रस्तुत गर्नुहोस् ।
 
उत्तर : अपाङ्गता भएका व्यक्तिको पहिचान र अवसर वृद्धि गर्न म रहेको स्थानको स्थानीय सरकारले गरेका केही कार्यक्रम यसप्रकार छन् :-
 
(क) अपाङ्गता भएका व्यक्तिलाई हवील चेयर वितरण कार्यक्रम 
(ख) सबै सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था
(ग) क्षमता र शारीरिक अवस्थाका आधारमा सिपमूलक तालिमको व्यवस्था ।
 

Post a Comment

0Comments
Post a Comment (0)