विविधतामा एकता| class 10 social chapter 1 lesson 3 विविधतामा एकता( unity in diversity) exercise

0

  

पाठ ३ : विविधतामा एकता
 
 
१. विविधतामा एकता नेपालको विशेषता भनेको के हो, प्रष्ट पार्नुहोस् ।
 
उत्तर : नेपाल भौगोलिक रूपमा मात्र नभएर धार्मिक, भाषिक तथा सांस्कृतिक रूपमै विभिन्नताले भरिएको मुलुक हो । यहाँ विभिन्न धर्म मान्ने मानिसहरू रहेका छन् । सयौँ जाति र भाषाहरू रहेका छन् । तिनीहरूका आआफ्नै मूल्य मान्यता र प्रचलनहरू रहेका छन् । यो सानो मुलुकमा यति धेरै विविधता हुनु भनेको साँच्चै गौरवको कुरा हो । यति धेरै विविधताका बिचमा पनि यहाँ एक जाति र अर्को जाति, एक धर्म र अर्को धर्म, एक समुदाय र अर्को समुदायका बिचमा मेलमिलाप रहेको छ, सम्मान रहेको छ । यो नै विविधतामा एकता हो जुन नेपालको विशेषता हो ।
 
 
२. नेपाल विविधताले भरिएको देश हो भन्ने भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
 
उत्तर : नेपालमा हिन्दु, बौद्ध, मुस्लिम, क्रिस्चियन लगायतका विभिन्न धर्म मान्ने मानिसको बसोबास रहेको छ । त्यस्तै यहाँ सयौँ जातका मानिस बसोबास गर्छन् भने सयौँ भाषा बोलिन्छन् । यहाँ प्रत्येक जातिको आआफ्नै मूल्य मान्यता, परम्परा र प्रचलन रहेका छन् । तराई मधेश, पहाड र हिमाल जस्ता भौगोलिक विविधता पनि हाम्रो मुलुकमा रहेको छ । यसप्रकार भौगोलिक, धार्मिक, भाषिक, सांस्कृतिक जस्ता विभिन्न आधारमा नेपाल विविधताले भरिएको देश हो ।
 
 
३. विविधतामा एकताको महत्त्व उल्लेख गर्नुहोस् ।
 
उत्तर : विविधतामा एकताको महत्त्व :-
(क) राष्ट्रियताको भावनालाई मजबुत बनाउँछ ।
(ख) देशमा शान्ति र अमनचैन कायम हुन्छ ।
(ग) प्रत्येक स्थानमा मेलमिलापको वातावरण हुन्छ ।
(घ) सबै धर्म, संस्कृति, परम्परा, भाषाको समान रूपमा संरक्षण र सम्वर्धन हुन्छ ।
(ङ) नागरिकहरूमा अपनत्वको भावना विकास हुन्छ ।\
 

Post a Comment

0Comments
Post a Comment (0)