पख्नोस् (निबन्ध)| class 10 nepali chapter 13 exercise| पख्नोस् (निबन्ध) pokhnuhosh nibandh exercise

0

  

१३. पख्नोस् (निबन्ध)

 

शब्दभण्डार

 

१. दिइएका अनुकरणात्मक शब्द र कार्यबिच जोडा मिलाउनुहोस् :

शब्द       अर्थ

खोक्नु - ख्वाङख्वाङ

गजक्क - पर्नु

ङिच्च - हाँस्नु

लस्याङलुसुङ - गर्नु

जम्स्याङजुम्सुङ - हुनु

 

२. 'पख्नोस्' निबन्धबाट कुनै पाँचओटा पारिभाषिक शब्द खोजी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ।

सम्पादक : शैक्षिक सामाग्रीको गुणस्तरवृद्धिको लागि असल सम्पादकको आवश्यक छ ।

वैज्ञानिक : मानव सभ्यतालाई उन्नत बनाउन वैज्ञानिकहरूको ठूलो योगदान हुन्छ ।

मरुभूमि : प्राकृतिक श्रोत साधनको अनुचित दोहनले खेतियोग्य जमिन  मरुभूमि करण भइरहेको छ ।

आणविक : शक्ति सम्पन्न देशहरू शैन्य उर्जा बढाउन आणविक हातहतियारको उत्पादनमा जोड दिँदैछन ।

पुराण : प्राचीन धार्मिक इतिहास बुझ्नको लागि पुराणहरूको योगदान उल्लेखनीय छ ।

 

३. शब्दकोशको प्रयोग गरी दिइएका शिक्षा र वाणिज्य क्षेत्रका पारिभाषिक शब्दको अर्थ लेनुहोस् :

शिक्षा :

पाठ्यक्रम - खास शैक्षिक सत्रभित्र सिकाउन सकिने विषय वा विषयहरूको योजना

मूल्याङ्कन - उपयोगिताका आधारमा गरिने महत्त्व, विशेषता आदिको निर्धारण, परीक्षार्थीहरूको उत्तरपत्र वा प्रयोगात्मक परीक्षाको स्तर अङ्कद्वारा तय गर्ने काम

पुनर्बल - अझ सबल हुने काम वा प्रक्रिया

पुस्तकालय - सार्वजनिक रूपले इच्छुक पाठकले विभिन्न सर्तमा पढ्न पाउने हिसाबले विभिन्न विषयका पुस्तकहरूको सङ्ग्रह गरेर राखिएको घर वा ठाउँ

शिक्षालय - शिक्षार्थीहरूले शिक्षा प्राप्त गर्ने ठाउँ वा भवन, शिक्षा दिने वा पढाउने संस्था

 

वाणिज्य :

वासलात - संस्थाको वार्षिक आम्दानीखर्चको विवरण

भौचर - लेनदेन, बिक्री आदि कारोबारमा नगद बुझाएको प्रमाणका रूपमा दिइने कागज

फस्यौट - लेनदेन वा किनबेचको हिसाब चुक्ता गर्ने काम

आयव्यय - आम्दानी र खर्च

बेरुजु - आर्थिक कारोबार हेर्दा वा जाँच्ता लेखा परीक्षणले दर्साएको अनियमित कलम

बजेट - आगामी समयमा भिन्न भिन्न विभाग वा कार्यका लागि अनुमान गरिएको आयव्ययको लेखा, भविष्यमा हुने खर्चको अनुमानित विवरण

निक्षेप - आर्थिक कारोबार गर्ने संस्थाको सेयर किन्न पैसा हाल्ने काम, बैङ्कको खातामा जम्मा गरिने रकम वा धन

 

४. दिइएको अनुच्छेदबाट पाँचओटा मौलिक शब्द पहिचान गरी लेख्नुहोस् :

वैज्ञानिक, दार्शनिक, सूर्यदर्शन, विद्यालय, शिक्षक

 

५. 'पख्नोस्' निबन्धमा व्यङ्ग्य गर्ने क्रममा आएका निम्नलिखित टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

कन्सिरी तात्नु : रामको नराम्रो कुराले श्यामको कन्सिरी तात्यो ।

आगलागि हुनु : घरमा साँझ बत्ती बाल्ने क्रममा रमेशको घरमा आगलागि भएछ ।

पानीमरुवा हुनु : आफ्नो हकअधिकारका लागि लड्ने बेलामा कोहीपनि पानीमरुवा हुनु हुँदैन।

जङ चल्नु : झुटो कुरा सुन्दा मलाई जङ चल्छ ।

दाउ हेर्नु : कसैलाई पनि समस्यामा पार्ने दाउ हेर्नू हुँदैन् ।

 

 

बोध तथा अभिव्यक्ति

 

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

- सम्भाव्य, आश्वासन, ऋण, दार्शनिक, जम्स्याङजुम्सुङ, बकन्याइ, पर्खाइ, आणविक, भयङ, गिज्याउनु

 

२. 'पख्नोस्' निबन्ध पालैपालो सस्वरवाचन गर्नुहोस् ।

- शिक्षक अनुसार गर्नुहोस ।

 

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) निबन्धमा सबैभन्दा लामो अनुच्छेद कति वाक्यमा संरचित छ ?

- निबन्धमा सबैभन्दा लामो अनुच्छेद १३ वाक्य (नवौं अनुच्छेद) मा संरचित छ ।

 

(ख) पाठमा सबैभन्दा बढी प्रश्नात्मक वाक्य भएको अनुच्छेद कुन हो ?

- पाठमा सबैभन्दा बढी प्रश्नात्मक वाक्य भएको अनुच्छेद नवौं हो ।

 

(ग) निबन्धको कतिऔं अनुच्छेद विस्मयसूचक शब्दबाट सुरु भएको छ ?

- निबन्धको नबौं अनुच्छेद (ओहो ! अब त मेरो...) विस्मयसूचक शब्दबाट सुरु भएको छ ।

 

(घ) निबन्धका 'आउँदै गर्नुहोला', 'धाउँदै गर्नुहोला' पदावलीमा असमान संरचना भएको अक्षर कुन हो ?

- निबन्धका 'आउँदै गर्नुहोला', 'धाउँदै गर्नुहोला' पदावलीमा असमान संरचना भएको अक्षर 'अ' र 'ध' हो ।

 

४. दिइएको निबन्धांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : 

(क) निबन्धांशका आधारमा 'म' पात्रमा कस्ता कस्ता विशेषता पाइन्छन् ?

- निबन्धांशका आधारमा 'म' पात्रमा साँचो बोल्ने, पर्खाइको कारण जुम्सो भएको, हरेक क्षेत्रमा पखँदा पखँदा थकित बनेको जस्ता विभिन्न विशेषता पाइन्छन् ।

 

(ख) जङचल्दा पर्खाइलाई किन जुम्स्याइँको जन्मदाता भनिएको हो ?

- पखँदा सबैलाई भोक चल्छ र सधैं पखँदा व्यक्ति पनि जुम्सो बन्ने भएकाले जङचल्दा पर्खाइलाई जुम्स्याइँको जन्मदाता भनिएको हो ।

 

(ग) 'म' पात्रले कुन कुन कामका लागि पर्खाइको सामना गर्नुपरेको छ ?

- 'म' पात्रले आमाबुबा र मान्यजनको माया पाउनदेखि जागिरको आश्वासन, तलब पाउने दिन, उपचार गर्ने उपचारक, बिदा दिने निर्देशक, पैसा दिने मालिक र लुगा सिउने सूचीकारबाट लुगा लिने कामका लागि पर्खाइको सामना गर्नुपरेको छ ।

 

(घ) निबन्धांशमा भने जस्तै सबैलाई पर्खनुपर्ने अवस्थाको अन्त्य गर्न के गर्नुपर्ला ?

- निबन्धांशमा भने जस्तै सबैलाई पर्खनुपर्ने अवस्थाको अन्त्य गर्न सबै जना इमानदार र नैतिकवान् भएर काम गर्नुपर्छ ।

 

५. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : 

(क) अनुच्छेदमा शिक्षित मानिसलाई कस्तो व्यङ्ग्य गरिएको छ ?

- अनुच्छेदमा 'म' पात्रले लेखका लागि सम्पादकलाई पटक पटक पर्खाएको चर्चा गरिएको छ । लेख लिनका लागि सम्पादकले पर्खनै पर्ने कुरा पनि निबन्धांशमा गरिएको छ । सबैले पर्खने र पर्खाउने गरेका छन् । शिक्षित व्यक्तिले त सभ्य र शिक्षित चिल्ला शब्दको प्रयोग गरेर पर्खने, पर्खाउने र धाउने गरेको गराएको कुरा गर्दै तिखो र यथार्थ व्यङ्ग्य गरिएको छ ।

 

(ख) कसैसँग काम लिनका लागि पर्खनै पर्ने चलन हटाउन हामीले के गर्नुपर्ला ?

- कसैसँग काम लिनका लागि पर्खनै पर्ने चलन हटाउन सबै जना इमानदार र नैतिकवान् बन्नुपर्छ । त्यस्तै समयको महत्त्व सबैले बोध गर्नुपर्छ । आफूले पर्खनुपर्दा रिस उठ्छ भने अरूले पखँदा पनि रिस उठ्छ भन्ने महसुस गर्नुपर्छ । शिक्षित व्यक्ति त यसमा अझ चनाखो बन्नुपर्छ ।

 

६. दिइएको अनुच्छेदबाट तीनओटा बोध प्रश्न बनाई तिनको उत्तर लेख्नुहोस् :

तीनओटा बोध प्रश्न र तिनका उत्तर :-

(क) किन वनस्पतिलाई मानिसको बाँच्ने आधार भनिएको हो ?

- मानिसका आधारभूत आवश्यकताको प्रमुख स्रोत वनस्पति भएकाले वनस्पतिलाई मानिसको बाँच्ने आधार भनिएको हो ।

 

(ख) विश्व अर्थतन्त्रमा जैविक स्रोतको योगदान कस्तो रहेको छ ?

- विश्व अर्थतन्त्रमा जैविक स्रोतको अंश प्रत्यक्ष वा परोक्ष रूपमा ४० प्रतिशत रहेको छ । त्यसैले विश्व अर्थतन्त्रमा जैविक स्रोतको योगदान महत्त्वपूर्ण रहेको छ ।

 

(ग) अक्सिजनको स्रोत के हो र यो किन आवश्यक पर्छ ?

- अक्सिजनको स्रोत हरियो वनस्पति हो र यो सास फेर्न र बाँच्न आवश्यक पर्छ ।

 

७. 'पख्नोस्' निबन्धको अन्तिम दुई अनुच्छेदको सारांश लेख्नुहोस् ।

- 'पख्नोस्' निबन्धको अन्तिम दुई अनुच्छेदको सारांश :-

पर्खाइदेखि डराउने पलायनवादी, पामर र पानीमरुवा हो । मैले तपाइँका अगाडि छाँटेको आदर्श भोलि तपाइँले ममाथि छाँट्नुहुन्छ । तपाइँ, म कोही पनि पर्खन चाहँदैनौं । तर जति चाहे पनि यो चाहना पूरा हुँदैन, पर्खनुपर्छ । आफू पर्खिरहेको र तपाइँलाई पनि पर्खिनुदेखि पट्टाउनु पलायनवादिता हो भन्दै छु । तपाइँकी श्रीमती पनि घरमा पर्खिरहेकी होलिन् । धाउँदै गर्नुहोला, लेख लेख्ने प्रयास गरेर छाप्न दिउँला ।

 

८. दिइएका प्रश्नको उत्तर लेखुहोस् :

(क) 'पख्नोस्' निबन्धको विषयवस्तुमाथि प्रकाश पार्नुहोस् ।

- चर्चित हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्याल (वि.सं. १९९३ - २०३३) द्वारा रचित 'पख्नोस्' निबन्ध आत्मपरक शैलीको सामाजिक विषयवस्तुमा आधारित निबन्ध हो । यस निबन्धमा मानवीय कमजोरीका रूपमा रहेको पर्खने र पर्खाउने विकृतिका विरुद्धमा व्यङ्ग्य गरिएको छ । हरेक क्षेत्रमा पर्खने र पर्खाउने विकृति रहेको विषयवस्तु उल्लेख गर्दै निबन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टान्तका माध्यमबाट शिक्षितहरूमा झन धेरै पर्खाउने प्रवृत्ति रहेको विषयवस्तु चर्चा गरिएको छ । कोही पर्खन चाहँदैन तर सबै पर्खिरहेका छन्, पर्खाइरहेका छन् भन्ने कुरा निबन्धमा गरिएको छ । यसप्रकार 'म' पात्रले सम्पादकलाई लेखका लागि कयौँ पल्ट पर्खाएको चर्चाबाट 'पनोस्' भन्ने कमजोरी उन्नतिको बाधक भएको विषयवस्तु निबन्धमा चर्चा गरिएको छ ।

 

(ख) निबन्धको 'सत्य, समता र शान्ति पखँदै आएको मानिस झन् विषमताको विषले बौलाहिरहेछ, अशान्त भइरहेछ ।' भन्नुको तात्पर्य के हो ?

- सबै मानिसको चाहना सत्य, समता र शान्ति हो । सत्य, समता र शान्तिका लागि मानिसले युगौंदेखि पखँदै आएको छ । जतिसुकै पर्खे पनि समताको साटो विषमता फैलिरहेको छ । शान्ति छाउनुपर्ने अशान्ति छाइरहेको छ । आणविक हतियारमा प्रतिबन्ध लाग्नुपर्नेमा झन निर्माण गर्ने होडबाजी चलेको छ । भौतिक रूपमा धेरै उन्नति भए पनि गाँस र बासको लागि मानिस पर्खनुपर्ने अवस्था रहेको छ भन्ने का 'सत्य, समता र शान्ति पखँदै आएको मानिस झन् विषमताको विषले बौलाहिरहेछ, अशान्त भइरहेछ' भन्नुको तात्पर्य हो ।

 

(ग) निबन्धमा मानिसका कस्ता कमीकमजोरीप्रति व्यङ्ग्य गरिएको छ ?

- यस निबन्धले मानवीय कमजोरीका रूपमा रहेको अरूलाई अनावश्यक पर्खाउने प्रवृत्तिप्रति चोटिलो र रसिलो शैलीका माध्यमबाट व्यङ्ग्य प्रहार गरेको छ । सम्पादकलाई 'म' पात्रले लेखका लागि लामो समयदेखि पर्खाएको मूल सन्दर्भ रहेको छ । निबन्धमा निबन्धकारले व्यक्ति, परिवार, समाज अनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नै पर्खाउने विकृति रहेको भन्दै 'परनोस्' भनी अनावश्यक रूपमा पर्खाउने र दुःख दिने प्रवृत्तिप्रति व्यङ्ग्य गरेका छन् । यस्तो मानवीय कमजोरी शिक्षितहरूमा अझ बढी रहेको भन्दै निबन्धमा शिक्षित मानिसका कमीकमजोरीप्रति पनि व्यङ्ग्य गरिएको छ ।

 

(घ) यस निबन्धबाट कस्तो सन्देश पाउन सकिन्छ ?

- 'मान्छेले राम्ररी जानेको क्रिया नै पर्खनु र पर्खाउनु हो ।' भन्दै निबन्धकार अर्यालले मानिसले केवल पर्खन र पर्खाउन मात्र जानेको कुरा निबन्धमा उल्लेख गरेका छन् । मानिसहरू आफ्ना सपना, इच्छा र आकांक्षाहरू पूरा गर्न केही गरूँ, केही बनूँ भन्ने तर्फ लाग्दा जताततै पर्खनुपर्ने अवस्था रहेको तितो सत्य निबन्धमा व्यक्त गरिएको छ । यसको कारणले मानिसलाई उन्नति गर्न कठिन रहेको छ । विश्वभरि नै भौतिक उन्नति तीव्र रूपमा भए पनि दुई गज र दुई गाँसका लागि अधिकांशलाई जीवनभर पर्खनुपर्ने बाध्यता रहेको छ । निबन्धकारले यस्तो अवस्थाको सिर्जना होस् जहाँ कसैले कसैलाई पर्खनु नपरोस् र कुराले मात्र टार्नु नपरोस् भन्ने चाहना निबन्धमा अभिव्यक्त गरेका छन् । यसर्थ पर्खने र पर्खाउने मानवीय कमजोरी उन्नतिको बाधक भएकाले यस्तो प्रवृत्तिलाई सबैले त्याग्नुपर्ने सन्देश निबन्धमा दिएका छन् ।

 

९. व्याख्या गर्नुहोस् :

(क) सबै पर्खाइको पछिल्तिर मेरा कयौं सपना पर्खिरहेछन्, इच्छा र आकाङ्क्षा पर्खिरहेछन् ।

- प्रस्तुत निबन्धांश 'पख्नोस्' शीर्षकको निबन्धबाट साभार गरिएको हो । यस निबन्धका रचनाकार चर्चित हास्यव्यङ्ग्य निबन्धका प्रभावशाली सर्जक भैरव अर्याल (वि.सं. १९९३ - २०३३) हुन् । उनका 'काउकुती', 'जयभुँडी', 'गलबन्दी', 'इतिश्री', 'दशऔतार' आदि हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह प्रकाशित छैन् । देशका सामाजिक आर्थिक, धार्मिक, सांस्कृतिक, राजनीतिक आदि विभिन्न क्षेत्रमा व्याप्त विसङ्गतिप्रति व्यङ्ग्य गर्नु उनको प्रमुख प्रवृत्ति हो । पर्खाउने प्रवृत्तिले व्यक्तिको भविष्य अन्योल बनेको कुरा निबन्धांशमा स्पष्ट पार्न खोजिएको छ ।

निबन्धकार आफूले थाहा पाएदेखि हरेक क्षेत्रमा पर्खनु परेको गुनासो व्यक्त गर्दछन् । उक्त पर्खाइले आफूलाई जुम्सो बनाएको र आफ्नो जमाना नै जम्स्याङजुम्सुङको छ भनी व्यङ्ग्ग्य गर्दछन् । मानिस केही गरूँ भन्ने सोच्छ । केही बनूँ भन्ने सोचले गन्तव्यतर्फ अघि बढ्छ । समाजका लागि केही दिऊँ भन्ने चाहना राख्छ । यी र यस्तै असीमित इच्छा गरिएको काम सम्पन्न गर्नका लागि जता गयो त्यतै पर्खनुपर्छ । अनावश्यक रूपमा धाउनुपर्छ अनि भुल्नुपर्छ । हरेक क्षेत्रमा समयमा काम गर्ने प्रवृत्ति नभएकाले मानिसले उन्नति गर्न सकेको छैन । अनावश्यक पर्खाउने प्रवृत्ति र समयमा काम नगर्ने प्रवृत्ति बढ्दै गएकाले यसले सबैलाई दुःखकष्ट दिएको मात्र छैन व्यक्तिका सपना, इच्छा र आकाङ्क्षा पूरा हुन नसकेको कुरासमेत निबन्धांशमा व्यङ्ग्यात्मक शैलीका माध्यमबाट स्पष्ट पारिएको छ ।

निबन्धकारले आत्मपरक शैलीमा सरल र प्रभावकारी भाषाशैलीका माध्यमबाट पर्खाउने विकृति र मानवीय कमजोरीका विरुद्ध व्यङ्ग्य गरेका छन् । यस्ता प्रवृत्तिले व्यक्तिका सपना केबल सपनामा मात्र सीमित रहने अवस्था सिर्जना भएकाले सबै सचेत बन्नुपर्ने सन्देश पनि दिएका छन् ।

 

(ख) हामी दुवै चाहन्छौं एउटा त्यस्तो दुनियाँ सिर्जना होस् जहाँ कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् !

- प्रस्तुत निबन्धांश 'पख्नोस्' शीर्षकको निबन्धबाट साभार गरिएको हो । यस निबन्धका रचनाकार चर्चित हास्यव्यङ्ग्य निबन्धका प्रभावशाली सर्जक भैरव अर्याल (वि.सं. १९९३ २०३३) हुन् । उनका 'काउकुती', 'जयभुँडी', 'गलबन्दी', 'इतिश्री', 'दशऔतार' आदि हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह प्रकाशित छैन् । देशका सामाजिक आर्थिक, धार्मिक, सांस्कृतिक, राजनीतिक आदि विभिन्न क्षेत्रमा व्याप्त विसङ्गतिप्रति व्यङ्ग्य गर्नु उनको प्रमुख प्रवृत्ति हो । पर्खने र पर्खाउँने दुवै व्यक्ति पर्खनु नपर्ने अवस्था सिर्जना होस् भन्ने चाहना राख्ने कुरा माथिको निबन्धांशमा स्पष्ट पारिएको छ ।

पर्खन जतिसुकै पट्टार लागे पनि सबैलाई नपर्खी सुखै छैन भन्ने निबन्धकारको व्यङ्ग्य रहेको छ । पर्खाइदेखि डराउने पलायनपादी र पानीमरुवा भएको निबन्धकारको तर्क रहेको छ । पर्खने र पर्खाउने दुवै कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् भन्ने दुनियाँ सिर्जना गर्न चाहन्छन् । झुल्याउने र पर्खाउने जालेमाले परम्परा नहोस् भन्ने सबैको चाहना रहेको हुन्छ । कोही पनि व्यक्ति काममा ढिलासुस्ती चाहँदैन, पर्खन हरेक व्यक्तिलाई पट्टार लाग्छ । जतिसुकै चाहना राखे पाँने आखिर त्यो चाहना पूरा हुँदैन, पर्खनुपर्छ । दुवैले परिस्थितिअनुसार एकले अर्कालाई पर्खाउँछन् भन्ने निबन्धकारको मानवीय कमजोरीप्रतिं व्यङ्ग्य रहेको छ ।

निबन्धकारले आत्मपरक शैलीमा सरल र प्रभावकारी भाषाशैलीका माध्यमबाट पर्खने र पर्खाउने दुवैको चाहना ढिलासुस्ती हटाउने भए पनि पर्खनुपर्ने बाध्यता कायम रहेको कुरा व्यङ्ग्यात्मक शैलीबाट अभिव्यक्त गरेका छन् । कुराले होइन कामले ढिलासुस्ती र पर्खनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने सन्देश निबन्धांशमा अभिव्यक्त भएको छ ।

 

१०. 'पनोस्' निबन्धमा हामा हामा समाजका कस्ता पक्षमाथि व्यङ्ग्य गरिएको छ ? समीक्षा गर्नुहोस्।

- प्रसिद्ध साहित्यकार भैरव अर्याल (वि.सं. १९९३ २०३३) द्वारा रचिएको 'परनोस्' निबन्ध आत्मपरक शैलीमा रचिएको हास्य रसले भरिपूर्ण व्यङ्ग्यात्मक निबन्ध हो । उत्कृष्ट भाषाशैलीको प्रयोग गरिएको यस निबन्धले मानवीय कमजोरीका रूपमा रहेको अरुलाई अनावश्यक पर्खाउने प्रवृत्तिप्रति चोटिलो र रसिलो शैलीका माध्यमबाट व्यङ्ग्य प्रहार गरेको छ । सम्पादकलाई 'म' पात्रले लेखका लागि लामो समयदेखि पर्खाएको मूल सन्दर्भ भए पनि निबन्धमा निबन्धकारले व्यक्ति, परिवार, समाज अनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नै पर्खाउने विकृति रहेको भन्दै 'परनोस्' भनी अनावश्यक रूपमा पर्खाउने र दुःख दिने प्रवृत्तिप्रति व्यङ्ग्य गरेका छन् ।

'मान्छेले राम्ररी जानेको क्रिया नै पर्खनु र पर्खाउनु हो ।' भन्दै निबन्धकार अर्यालले मानिसले केवल पर्खन र पर्खाउन मात्र जानेको कुरा निबन्धमा उल्लेख गरेका छन् । मानिसहरू आफ्ना सपना, इच्छा र आकांक्षाहरू पूरा गर्न केही गरूँ, केही बनूँ भन्नै तर्फ लाग्दा जताततै पर्खनुपर्ने अवस्था रहेको तितो सत्य निबन्धमा व्यक्त गरिएको छ । यसको कारणले मानिसलाई उन्नति गर्न कठिन रहेको छ । विश्वभरि नै भौतिक उन्नति तीव्र रूपमा भए पनि दुई गज र दुई गाँसका लागि अधिकांशलाई जीवनभर पर्खनुपर्ने बाध्यता रहेको छ । निबन्धकारले यस्तो अवस्थाको सिर्जना होस् जहाँ कसैले कसैलाई पर्खनु नपरोस् र कुराले मात्र टार्नु नपरोस् भन्ने चाहना निबन्धमा अभिव्यक्त गरेका छन् ।

सरल, सरस र प्रभावपूर्ण भाषाशैलीका माध्यमबाट हास्यव्यङ्ग्यात्मक शैलीमा निबन्धलाई निबन्धकार अर्यालले विचारप्रधानसमेत बनाएका छन् । एउटा सामान्य व्यक्तिदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्मै कायम रहेको पर्खने पर्खाउने प्रवृत्तिप्रति निबन्धकार अर्यालको मूल व्यङ्ग्य रहेको छ । यसका साथै सबैतिर पर्खने र पर्खाउने प्रवृत्ति उन्नतिप्रगतिको बाधक भएको कुरालाई व्यङ्ग्यात्मक शैलीमा निबन्धमा प्रस्तुत गरिएको छ ।

 

११. दिइएको चित्र वर्णन गर्नुहोस् :

चित्रमा परमागत शैलीमा सुन्दर र आकर्षक घरहरू रहेका छन् । हरियालीले ढाकिएको सफा र स्वच्छ वातावरण रहेको छ । यो चित्र ग्रामीण परिवंशको हो । सबै मानिस चउरमा भेला भएर समुदायका बारेमा छलफल गरिहेका छन् । छलफलमा सबै किसिमका मानिस उपस्थित भएको देखिन्छ । यसबाट उक्त गाउँ विविधतामा एकता भएको गाउँ हो भन्ने अनुमान गर्न सकिन्छ । यसका साथै उक्त गाउँ समतामूलक र बालमैत्री गाउँको नमुना पनि हो ।

 

१२. 'पेट्रोलियम पदार्थको मूल्यवृद्धि' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्रुहोस् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

विभिन्न कारणले पेट्रोल, डिजल, म‌‌िट्टतेल तथा हवाई इन्धन जस्ता पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जानु नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि हो । नेपालमा रहेका विभिन्न समस्यामध्ये यो पनि एक महत्त्वपूर्ण समस्या हो ।

पछिल्ला वर्षहरूमा नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि निरन्तर उकालो लागेको देखिन्छ । यस्तो मूल्यवृद्धि कतिपय सन्दर्भमा स्वाभाविक र कतिपय सन्दर्भमा अस्वाभाविक किसिमले भएको छ । नेपालमा पेट्रोलियम पदार्थ विदेशबाट आयात गरिन्छ । विदेशमा मूल्य बढ्दा नेपालमा पनि मूल्य बढ्नु स्वाभाविक हो । नेपाल आयल निगमको एकाधिकार, आयल निगमका राजनीतिक र स्वार्थपूर्ण नियुक्ति, कमिसनको चक्कर, कृत्रिम अभाव सिर्जना जस्ता विभिन्न कारणले हुने मूल्यवृद्धि चाहिँ अस्वाभाविक हो । स्वाभाविकभन्दा अस्वाभाविक मूल्यवृद्धि नेपालमा बढी हुने गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि जनताको भान्छासम्म प्रत्यक्ष असर पार्ने विषय हो । निरन्तर मूल्यवृद्धि गरेर महङ्गी बढाई जनताको ढाड सेक्ने काम भएको छ ।

सबै गम्भीर र जिम्मेवार बनी अस्वाभाविक पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्छ । आयल निगमको एकाधिकार तोड्ने र विद्युतीय ऊर्जाको खपत बढाउने नीति लागु गरी यो समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ ।

 

१३. दिइएका शीर्षकमा निबन्ध तयार पार्नुहोस् :

(क) आर्थिक समृद्धिमा पर्यटन उद्योग :

तीर्थाटन, दृश्यावलोकन, पर्वतारोहण, मनोरञ्जन आदि विभिन्न उद्देश्य राखेर एक ठाउँबाट अर्को ठाउँमा भ्रमण गर्ने कार्यलाई पर्यटन भनिन्छ । पर्यटकलाई विभिन्न किसिमका सेवा सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालित सबै व्यवसाय पर्यटन उद्योग हो । पर्यटन उद्योग सेवा उद्योगअन्तर्गत पर्दछ । पर्यटकलाई सशुल्क भ्रमण गराउने, आवासको व्यवस्था गर्ने, यातायातको व्यवस्था मिलाउने, दृश्यावलोकन गराउने जस्त गतिविधि नै पर्यटन उद्योग हो । नेपालको आर्थिक समृद्धिका विभिन्न आधार मध्ये पर्यटन उद्योग पनि एक महत्त्वपूर्ण आधार हो ।

नेपालको कुल ग्राहस्थ उत्पादनमा पर्यटन उद्योगको योगदान पनि महत्त्वपूर्ण हिस्साका रूपमा रहेको छ । पर्यटन उद्द्योगको राम्रो विकास गर्न सकेका खण्डमा यसको योगदान निकै उच्च हुने सम्भावना छ । पर्यटन उद्योगको विकासबाट नेपालमा प्रशस्तै रोजगारी सिर्जना गर्न सकिन्छ । विदेशी मुद्रासमेत आर्जन हुने हुँदा यसले राष्ट्रिय आम्दानीमा समेत वृद्धि हुन्छ । घरेलु तथा कला संस्कृतिमा आधारित उद्योग फस्टाई व्यापारमा समेत वृद्धि हुन्छ । त्यस्तै पदयात्राका माध्यमबाट ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गरी गरिबी निवारणमा सघाउ पुर्याउन सकिन्छ । यसरी पर्यटनका माध्यमबाट परम्परागत र मौलिक उत्पादनको प्रचारप्रसार र विकासमा सहयोग पुगी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।

नेपाल अनुपम प्राकृतिक सौन्दर्य र विविधताले भरिपूर्ण मुलुक हो । यहाँ पर्यटन उद्योग फस्टाउने व्यापक सम्भावना रहेको छ । बृहत् हिमाली पदमार्गको विकास गर्न सके यसबाट विश्वभरिका पर्यटक लोभ्याउन सकिन्छ । यो संसारकै लामा र अग्ला पदमार्गमध्ये एक हो । यस क्षेत्रमा पदमार्ग र पर्वतारोहणका माध्यमबाट पर्यटन प्रवर्धन गर्न सकिन्छ । त्यस्तै नेपालमा याफ्टिङ, बन्जिजम्प, प्याराग्लाइडिङ, माउन्टेन फ्लाइट जस्ता साहसिक खेलको पनि राम्रो सम्भावना रहेको छ । यसका माध्यमबाट साहसिक पर्यटनको विकास गर्न सकिन्छ । प्राकृतिक सौन्दर्य, दुर्लभ वन्यजन्तु र चराचुरुङ्गीहरू, धार्मिक स्थलहरू, सांस्कृतिक विविधता, प्राचीन, ऐतिहासिक सम्पदा र कलाकृति पर्यटक लोभ्याउने नेपालका महत्त्वपूर्ण आधार हुन् । तसर्थ नेपालमा पर्यटन उद्योग विकासको प्रशस्तै सम्भावना रहेको छ ।

 

१४. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) प्रश्नहरू

(अ) समीक्षात्मक सोच भन्नाले के बुझिन्छ ?

- समीक्षात्मक सोच भन्नाले कुनै पनि विषयवस्तु वा कृतिका बारेमा गुण दोष छुट्याउन गरिने विवेचनात्मक सोचलाई बुझिन्छ ।

 

(आ) समीक्षात्मक सोचले विद्यार्थीलाई के कुरामा आत्मनिर्भर बनाउँछ ?

- समीक्षात्मक सोचले विद्यार्थीलाई प्रतिबिम्बात्मक रूपमा चिन्तन गर्ने, व्यक्तिगत सिकाइको जिम्मेवारी लिने, तर्कको सङ्गति बुझ्ने, ध्यान दिएर सुन्ने, आत्मविश्वासका साथ बहस गर्ने र जीवनपर्यन्त सिकाइ जस्ता कुरामा आत्मनिर्भर बनाउँछ ।

 

(इ) समीक्षात्मक सोचको प्रयोग कसकसमा हुनु जरुरी छ ?

- समीक्षात्मक सोचको प्रयोग आधारभूत शिक्षादेखि उच्च शिक्षा अध्ययन गर्ने सबैमा हुनु जरुरी छ ।

 

(ई) समीक्षात्मक सोचले के कुरामा फाइदा पुज्याउन सक्छ ?

- समीक्षात्मक सोचले मौलिकताको विकास गरी आफूले निर्णय लिने र समस्या समाधान गर्ने कुरामा फाइदा पुऱ्याउन सक्छ ।

 

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :

(अ) 'विद्यार्थीलाई समीक्षात्मक सोचमा तल्लीन बनाउनुपर्छन् । वाक्यलाई पदसङ्गति मिलाई लेख्रुहोस् ।

- विद्यार्थीलाई समीक्षात्मक सोचमा तल्लीन बनाउनुपर्छ ।

 

(आ) 'शिक्षक र साथीभाइले राखेका तर्कको विश्लेषण गर्दा समीक्षात्मक सोचको उपयोग हुनुहुन्छ ।' वाक्यलाई पदसङ्गति मिलाई लेख्नुहोस् ।

- शिक्षक र साथीभाइले राखेका तर्कको विश्लेषण गर्दा समीक्षात्मक सोचको उपयोग हुन्छ ।

 

(इ) जिम्मेवारी लिन, समीक्षात्मक् सोच र गुण दोष छुटयाउन गरिने जस्ता पदावलीका हलन्त अजन्त प्रयोगसम्बन्धी त्रुटि सच्याई लेख्नुहोस् ।

- जिम्मेवारी लिन, समीक्षात्मक सोच, गुण दोष छुट्याउन गरिने ।

 

Post a Comment

0Comments
Post a Comment (0)