पाब्लो पिकासो (जीवनी| class 10 nepali chapter 12 exercise| पाब्लो पिकासो (जीवनी Pablo pikasho jibni

0

  

२. पाब्लो पिकासो (जीवनी)

 

शब्दभण्डार

 

१. दिइएका अर्थसँग मिल्ने शब्द 'पाब्लो पिकासो' जीवनीबाट खोजेर लेखुहोस् :

(क) सय वर्षको समय वा पिरियड : शताब्दी

(ख) मूर्त नभएको : अमूर्त

(ग) अत्यन्त मोल पर्ने : अनमोल

(घ) कहिल्यै नमर्ने : अमर

(ङ) कलापूर्ण ढङ्गले बनाइएको : कलात्मक

(च) प्राचीन महत्वका वस्तु राखिने ठाउँ : सङ्ग्रहालय

 

२. 'पाब्लो पिकासो' जीवनीका आधारमा वाक्यको सन्दर्भ बोध गरी दिइएका शब्दको अर्थ लेख्नुहोस् :

अद्भूत : विचित्रको, विलक्षण

शैशवावस्था : शिशु अवस्था, बाल्यकाल

पूर्णकालीन : पूरा अवधि काम गर्ने 

बहुमुखी : विभिन्न विषयको विशेषता भएको

सिर्जना : नयाँ निर्माण, रचना वा आरम्भ

मनस्थिति : मानसिक स्थिति

आकृति : अनुहार

विसङ्गत : बेमेलको, असङ्गत

कृति : कुनै चित्रको रचना

 

३. दिइएको अनुच्छेदबाट आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् :

किताब, कापी, करिब, फोन, माइक्रोबस, सिट, पेम्बा, बस, डम्फु, हाकुमाया, योमरी, थर्मस, रक गार्डेन, क्यामेरा, नास्ता ।

 

४. 'पाब्लो पिकासो' जीवनीबाट कुनै पाँचओटा आगन्तुक शब्द टिपी तिनलाई पाठमा भन्दा भिन्न तरिकाले वाक्यमा प्रयोग गर्नुहोस् ।

अक्टोबर : अङ्ग्रेजी अक्टोबर महिनापछि नोभेम्बर महिना आउँछ । 

तारिख : अङ्ग्रेजी इस्वी सम्वत्मा गतेलाई तारिख भनिन्छ।

कम्युनियन : पाब्लो पिकासोले सानै उमेरमा कम्युनियनको चित्र बनाएका थिए ।

क्यानभास : कलाकारले क्यानभासमा राम्रो चित्र उतारेका हुन्छन् ।

सेरामिक : नेपालमा पनि सेरामिक भाँडाहरूको प्रचलन बढ्न थालेको छ ।

 

बोध र अभिव्यक्ति

 

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

महत्वपूर्ण, मूर्तिकार, दृष्टिकोण, बहिष्कृत, दृष्टिविहीन, प्रदर्शन, आक्रोश, भिक्षु, उत्तरार्ध, उत्कृष्ट, प्रतिबिम्ब, सीमान्तकृत ।

 

२. 'पाब्लो पिकासो' जीवनी पालैपालो सस्वरवाचन गर्नुहोस् ।

शिक्षक अनुसार गर्नुहोस ।

 

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) 'पाब्लो पिकासो' जीवनीको पहिलो अनुच्छेदमा कतिओटा वाक्य रहेका छन् ?

- 'पाब्लो पिकासो' जीवनीको पहिलो अनुच्छेदमा आठओटा वाक्य रहेका छन् ।

 

(ख) जीवनीको तेस्रो अनुच्छेदको शीर्ष वाक्य भन्नुहोस् ।

जीवनीको तेस्रो अनुच्छेदको शीर्षवाक्य 'आफ्ना बुबाबाट सुरु भएको कलायात्राका क्रममा पिकासोले मलागादेखि बार्सिलोना, म्याड्रिड र युरोपेली कलाको राजधानी मानिने पेरिससम्म आइपुग्दा महान् कृति जन्माइसकेका थिए ।' हो ।

 

(ग) जीवनीको 'पिकासोका कलाकृति बिक्री भए ।' अंशको विषयवस्तु भन्नुहोस् ।

जीवनीको 'पिकासोका कलाकृति बिक्र भए ।' अंशको मुख्य विषयवस्तु पाब्लोको चित्रकलाको प्रवृत्तिगत विविधता मध्येको पहिलो 'ब्लु पिरियड' को वर्णन हो ।

 

(घ) जीवनीको तेस्रो अनुच्छेदका घटना क्रमबद्ध रूपमा भन्नुहोस् ।

- जीवनीको तेस्रो अनुच्छेदका घटना क्रमबद्ध तल दिइएको छ :-

- आफ्ना बुबाबाट सुरु भएको कलायात्राका क्रममा पिकासोले मलागादेखि बार्सिलोना, म्याड्रिड र युरोपेली कलाको राजधानी मानिने पेरिससम्म आइपुग्दा महान् कृति जन्माइसक्नु

- सन् १८९२ मा ला कोरुनामा बसाइँ सरी पिकासोलाई ललित र व्यावहारिक कला अध्ययनका लागि विद्यालयमा भर्ना गरिएको

- सन् १८९४ मा १३ वर्षको उमेरमा प्रारम्भिक तैल चित्र निर्माण गर्न सुरु

- सन् १८९५ देखि चित्र प्रदर्शन गर्न र बेच्न थाल्नु

- बहिनीको मृत्युपछि उनको परिवार बार्सिलोना सर्नु

- सन् १८९७ मा सिर्जित उनका चित्रकलाबाट विश्वकलाको इतिहासको आधुनिक काल सुरु हुनु

- सन् १९०० मा कलाको राजधानी भनिने युरोपको पेरिस प्रस्थान गर्नु ।

 

४. 'पाब्लो पिकासो' जीवनी पढी दिइएका घटना कुन कुन मितिमा भएका हुन् ? लेख्नुहोस् :

(क) स्पेनको सामान्य मध्यमवर्गीय परिवारमा पिकासोको जन्म हुनु

- सन् १८८१ अक्टोबर २५

(ख) पिकासोको 'वुमन अफ अल्जियर्स' ले संसारको सबैभन्दा महँगो पेन्टिङका रूपमा विश्व कीर्तिमान राख्नु

- सन् १९९५

(ग) अन्तर्राष्ट्रिय लेनिन पुरस्कारबाट पिकासो सम्मानितत हुनु

- सन् १९५० र सन् १९६१

(घ) पिकासोको भौतिक शरीरको अवसान हुनु

- सन् १९७३ अप्रिल ८

(ङ) पिकासोको परिवार ला कोरुनामा बसाइँ सर्नु 

- सन् १८९२

(च) पिकासोले आफ्ना चित्र प्रदर्शन गर्न र बेच्न थाल्नु 

- सन् १८९५

 

५. दिइएको जीवनीको अंश मौन पठन गर्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) पिकासोले जीवनमा कस्ता कठिनाइ सामना गर्नुपरेको थियो ?

- पिकासोले जीवनको पूर्वार्धमा आर्थिक तथा पारिवारिक समस्याको सामना गर्नुपरेको थियो ।

 

(ख) पिकासोलाई कुन कुराले अमर बनायो ?

- पिकासोलाई अनमोल कलाले अमर बनायो ।

 

(ग) अनुच्छेदमा कलाकारको जीवनबारे कस्तो धारणा पाइन्छ ?

- अनुच्छेदमा साधारण जीवन व्यतित गर्ने कलाकार आफ्ना अनमोल कलामार्फत सधैं अजर र अमर हुन्छन् भन्ने कलाकारको जीवनबारेको धारणा पाइन्छ ।

 

(घ) पिकासो सादा जीवन उच्च विचारका अनुयायी थिए भन्ने कुरा पुष्टि गर्नुहोस् ।

- पिकासोले जीवनको उत्तरार्धमा कलाकृति बेचेर प्रशस्त आम्दानी गरे पनि जीवन भने सधैं साधारण बाँचे । तसर्थ पिकासो सादा जीवन उच्च विचारका अनुयायी थिए ।

 

६. दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) पिकासोका कलाकृतिमा कस्ता विषयवस्तुले स्थान पाएका थिए ।

- पिकासोका कलाकृतिमा युद्ध विरोधी र पिछडिएका वर्गको समस्यासम्बन्धी विषयवस्तुले स्थान पाएका थिए । उनले कलामार्फत युद्धलाई खरो रूपमा व्यङ्ङ्ग गरे । उनले भिखारी, जेलमा थुनिएका, दुःख पाएका, हेपिएका र सीमान्तकृत मानिस, मानसिक समस्या भएका व्यक्तिका चित्र बनाए । त्यस्तै महिलाका मार्मिक र प्रेमिल चित्र बनाए । उनले मान्छेका बाहिरी आवरण मात्र नभएर भित्री वेदना, संवेदना, संवेग, मर्मलाई चित्रमा चित्रित गर्ने काम गरे ।

 

(ख) पिकासोका कलाकृतिमा पाइने विशेषता लेख्रुहोस् ।

- पिकासोका कलाकृतिमा विविध विशेषता पाउन सकिन्छ । उनका चित्रमा मानव वेदनाको जीवन्त चित्रण पाइन्छ। त्यस्तै युद्धलाई खरो रूपमा व्यङ्ग्य गरिएको पाइन्छ भने उनको कलामा जादु समेत भेटिन्छ । त्यस्तै उनका चित्र संसारमा सबैभन्दा महँगा चित्रका रूपमा रहेका छन् ।

 

७. व्याख्या गर्नुहोस् :

(क) हरेक बालबालिकामा विशिष्ट सिर्जना शक्ति र प्रतिभा हुन्छ, उचित अवसर र लगनशीलता भए ऊ एउटा कलाकार बन्न सक्छ, जीवनलाई सार्थक बनाउन सक्छ र संसारलाई ज्योति छर्न सक्छ ।

- प्रस्तुत गद्यांश 'पाब्लो पिकासो' शीर्षकको जीवनीबाट साभार गरिएको हो । यस जीवनीलाई कक्षा १० नेपाली पाठ्यपुस्तक लेखक समूहबाट लेखन तथा सम्पादन गरिएको हो । प्रस्तुत गद्यांश पिकासोको जीवनीबाट प्राप्त गर्न सकिने प्रेरणा चर्चा गर्ने सन्दर्भमा आएको छ ।

पाब्लो पिकासो मानवीय संवेदनाको युगीन लय समातेर कलाकृति सिर्जना गर्ने बिसौं शताब्दीका महान् र सर्वाधिक प्रभावशाली कलाकार हुन् । घरायसी वातावरण र साथबाट उनले कलाकृतिमा सफलता हासिल गरेका हुन् । यसमा सफल बनाउन उनको लगनशीलता पनि निकै महत्वपूर्ण मानिन्छ । उनका चित्रहरू अनमोल भएका छन् र महँगा चित्रका रूपमा बेजोड मानिन्छन् । उनका कलाकृति संसारभरिका विख्यात कला सङ्ग्रहालयमा फेला पार्न सकिन्छ । बालबालिकाले उचित अवसर पाउने हो र उनीहरू लगनशील भएर लाग्ने हो भने उनीहरूमा रहेको विशिष्ट प्रतिभा र सिर्जनाशक्ति प्रष्फुटन हुन्छ । यसले गर्दा ऊ एउटा कलाकार बन्न सक्छ । आफ्नो जीवन सफल र सार्थक बनाई संसारलाई पनि उज्यालो ज्योति छर्न सक्छ । मानिस अरू जस्तो होइन अरूबाट प्रेरणा पाएर आफू जस्तो बन्नुपर्छ भन्ने कुरा माथिको जीवनीको अंशमा स्पष्ट पार्न खोजिएको छ ।

हामीले बालबालिकालाई उचित अवसर दियौं भने उनीहरूमा रहेको विशिष्ट प्रतिभा प्रष्फुटन गराउन सकिन्छ । यसका लागि बालबालिकाले पनि लगनशील भएर लाग्नुपर्छ । लगनशीलताले नै जीवनलाई सफल र सार्थक बनाई संसारका लागि पनि योगदान दिन सकिन्छ भन्ने कुरा माथिको जीवनीको अंशबाट स्पष्ट हुन सकिन्छ।

 

(ख) बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ ।

- प्रस्तुत गद्यांश 'पाब्लो पिकासो' शीर्षकको जीवनीबाट साभार गरिएको हो । यस जीवनीलाई कक्षा १० नेपाली पाठ्यपुस्तक लेखक समूहबाट लेखन तथा सम्पादन गरिएको हो । प्रस्तुत गद्यांश पिकासोको युद्धविरोधी चित्रकलाको प्रशंसा गर्ने सन्दर्भमा आएको छ ।

पिकासोले आफ्नो सम्पूर्ण जीवन कला सिर्जनामा समर्पण गरेका थिए । उनको चित्रमा मानव वेदनाको जीवन्त चित्रण गरिएको छ । 'द गुएर्निका' चित्र हालसम्मकै सबैभन्दा महान् युद्धविरोधी चित्र मानिन्छ । उनले चित्रका माध्यमबाट युद्धको विरोध तथा भिखारी, जेलमा थुनिएका, दुःख पाएका, हेपिएका र सीमान्तकृत, गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्र बनाए । महिलाका मार्मिक र प्रेमिल चित्र पनि बनाए । बाहिरी आवरणलाई मात्र नभएर भित्री वेदनालाई समेटेर चित्र बनाए । उनका चित्र बेजोड र अनमोल मानिएका छन् । उनले युद्धलाई कलामार्फत विरोध गर्दै खरो रूपमा व्यङग्य गरे । सिर्जना सबैभन्दा बलियो हुन्छ भन्ने कुरा पुष्टि गरे ।

युद्ध सदैव हानिकारक हुन्छ, यसले विनाश मात्र निम्त्याउँछ । कलाका माध्यमबाट सबैको मन जित्न सकिन्छ । बन्दुकभन्दा कलम र कुँची कैयौं गुणा बलियो र शक्तिशाली हुन्छ भन्ने कुरा माथिको जीवनीको अंशमा स्पष्ट पार्न खोजिएको छ ।

 

८. 'पाब्लो पिकासो' को जीवनीको पहिलो अनुच्छेद शिक्षकबाट सुनेर लेख्नुहोस् ।

- यसको उत्तर लेखिरहनु परेन ।

 

९. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) पिकासोको बाल्यकाल कस्तो परिवेशमा बित्यो ?

- पिकासो जन्मदा अन्य शिशुभन्दा सानो भएकाले नर्सले मृत ठानेकी थिइन् भन्ने भनाइ पाइन्छ । यिनका पिता एक स्थानीय विद्यालयमा कलाका कुशल शिक्षक थिए । यिनले बाल्यकालको चुलबुले उमेरमा नै बुबाले सिर्जना गरेका सुन्दर कला नियाल्ने परिवेश पाँए । यसबाट प्रेरित भएर जन्मजात कलाकारिताले टुसाउने, हुर्कने र मौलने अवसर पायो । बाल्यकालदेखि नै बुबाबाट घरमै चित्रकलाको प्रारम्भिक तालिम यिनले पाउन थाले । १३ वर्षको उमेरदेखि नै पिकासोले कलाकारितालाई पूर्णकालीन बनाए । यसरी बाल्यकालमा कलाको परिवेशमा रहेर यिनले सानै उमेरदेखि उत्कृष्ट चित्र बनाउन थालिसकेका थिए ।

 

(ख) पिकासोले चित्रमा कुन कुन पक्ष समेटेका छन् ?

- पिकासोले चित्रमा विविध पक्ष समेटेका छन् । यिनले चित्रमा पारिवारिक विषय समेटेका थिए । त्यस्तै ब्लु पिरियडमा यिनले एक्लोपन, गरिबी र चरम अभावका विषयवस्तु समेटे । गरिबीले आक्रान्त महिला, दुधे बालकसँग का आमाका चित्र र दृष्टिविहीनका चित्रले यस समयमा उनका क्यानभासमा प्राथमिकता पाउन थाले । पिङ्क पिरियडमा यिनले रचना गरेका कृतिमा सनिँदो आर्थिक अवस्था र प्रेम जीवनको प्रभाव देख्न सकिन्छ । त्यसपछि उनले चित्रकलामा घनवादको प्रयोग सशक्त ढङ्गले गरे ।

 

(ग) पिकासोले आफ्नो जीवनको लक्ष्य पूरा गर्न कस्ता सङ्घर्ष गर्नुपरेको थियो ?

- पिकासोको परिवार मध्यमवर्गीय थियो । बाल्यकालदेखि नै यिनले आफूलाई चित्रकलामा लगाए । १३ वर्षको उमेरदेखि नै यिनी चित्रकलामा पूर्णकालीन रूपमा लागे । सन् १८९५ मा बहिनीको मृत्यु यिनको जीवनमा कहालीलाग्दो घटना बन्न पुग्यो । सन् १९०१ पछि यिनमा पारिवारिक तथा आर्थिक सङ्कटजन्य अवस्था कारण एक प्रकारको मानसिक तनाव र असामान्य परिस्थितिको सिर्जना भएको थियो । ब्लू पिरियडका यिनका चित्रहरू तत्कालीन सम्पन्न वर्गले रुचाएनन् भने तत्काल बिक्री पनि भएन । मानव वेदनाको जौवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले सम्पूर्ण जीवन समर्पण गरेका थिए ।

 

(घ) पिकासोको जीवनबाट पाइने जीवनोपयोगी सन्देश उल्लेख गर्नुहोस् ।

- पिकासोको जीवनीबाट धेरै जीवनोपयोगी सन्देश पाउन सकिन्छ । तिमी सिक्नमा समय लगाऊ अवश्य सिक्ने छौ भन्ने यिनको भनाइ निकै मननीय छ । उनले कलामार्फत बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ भन्ने दसी प्रस्तुत गरे । यिनले चित्रका माध्यमबाट युद्धको विरोध गरे । उनको भनाइअनुसार अरू जस्तो बन्नेभन्दा पनि लगनशील भएर आफू जस्तो बन्नुपर्छ । हरेक बालबालिकामा सिर्जना शक्ति र प्रतिभा हुन्छ, हन्छ, उचित अवसर पाएमा र लगनशील भएमा जीवनलाई सार्थक बनाएर संसारलाई चहकिलो ज्योति छर्न सकिन्छ । म धेरै कमाएर गरिबको रूपमा बाँच्न चाहन्छु' भन्ने पिकासो सधैं साधारण जीवन बाँचे । हामीले यसबाट सादा जीवन उच्च विचारको सन्देश पाउन सक्छौं ।

 

१०. पाब्लो पिकासोले कलाकारिताको क्षेत्रमा पुयाएका योगदानको चर्चा गर्नुहोस् ।

- पाब्लो पिकासोको जन्म २५ अक्टोबर १८८१ मा स्पेनको मलागामा एक मध्यमवर्गीय परिवारमा भएको थियो । पिकासोका मातापिताको नाम मारियो पिकासो लोपेज र जोसो रुइज ब्लास्को थियो । पिकासोका पिता स्थानीय विद्यालयमा कलाका कुशल शिक्षक थिए । पिताले सिर्जना गरेका सुन्दर कला सानैदेखि देखेका पाब्लोले यसैबाट प्रेरणा प्राप्त गरी कलाकारिता टुसाउने, हर्कने र मौलाउने अवसर प्राप्त गरेको थियो । उनले सानैदेखि चित्रकलाको प्रारम्भिक तालिम घरबाटै पाएका थिए भने १४ वर्षको उमेरसम्ममा यिनले उत्कृष्ट चित्र बनाउन थालिसकेका थिए ।

त्यसै समयदेखि नै यिनी पूर्णकालीन रूपमा कलाकारितामा समर्पित भएका थिए । विलक्षण प्रतिभाशाली पाब्लो पिकासो बिसौं शताब्दीका सबैभन्दा महान् र सर्वाधिक प्रभावशाली विश्वविख्यात कलाकार हुन् ।

मानवीय संवेदनाको युगीन लय समातेर कलाकृति सिर्जना गर्ने कलाकार पिकासोले कलाकारिताको क्षेत्रमा दिएको योगदान अविस्मरणीय रहेको छ । यिनले परम्परागत शैलीभन्दा भिन्न पृथक शैलीमा सघन कलाकृति सिर्जना गरेर विश्वकलाको क्षेत्रमा आधुनिक काल सुरु गरे । अद्भुत प्रतिभाशाली पाब्लॉका कलाकृतिमा जादु भरिएका छन् । १३ वर्षको उमेरमा यिनको प्रतिभाबाट प्रभावित भई यिनका बुबाले चित्रकलाबाट सन्यास लिई सबै सामान यिनलाई जिम्मा लगाएका थिए । यिनले पनि १४ वर्षको उमेरदेखि आफ्ना चित्र प्रदर्शन गर्न र बेच्न थालेका थिए ।

पिकासोका कलाकृति सिर्जना प्रवृत्तिगत दृष्टिले पनि विविध किसिमका रहेका छन् । बहमुखी प्रतिभाका धनी पिकासोले आफ्नो जीवनकालमा कलाका क्षेत्रमा असाधारण प्रशंसा कमाएका थिए । उनका धेरै कलाकृति निकै बिकाउ र चर्चित बने । उनका १३००० चित्र, १२२८ मूर्तिकला, २८८० सेरामिक कला र लगभग १२००० रेखाचित्र रहेका छन् । यी मध्ये यिनले सबैभन्दा बढी योगदान गरेको र यिनलाई चर्चाको शिखरमा पुयाएको क्षेत्र चित्रकला हो। यिनले बनाएको 'द गुएर्निका' चित्र हालसम्मकै सबैभन्दा महान् युद्धविरोधी चित्र मानिन्छ । त्यस्तै यिनले सन् १९५५ मा बनाएको 'वुमन अफ अल्जियर्स' नामक तैल चित्र संसारमा सबैभन्दा महँगोमा बिक्री हने चित्रका रूपमा विश्व कीर्तिमान कायम गरेको छ । यो चित्र करिब १८० मिलियन डलरमा लिलाम बिक्री भएको थियौ ।

मानवीय संवेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । उनले कलामार्फत बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ भन्ने दसीसमेत प्रस्तुत गरे र कलामार्फत युद्धलाई खरो रूपमा व्यङ्ग्य गरे । उनका कलामा जादु भएर नै उनका कला आजसम्म पनि अनमोल भएका छन् र महँगा चित्रका रूपमा बेजोड छन् । ८ अप्रिल १९७३ मा देहावसान भए पनि कलाका क्षेत्रमा उनले दिएको योगदानका कारण अनमोल कलामार्फत यिनी अजर र अमर बनेका छन् ।

 

११. दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिपी सारांश लेख्नुहोस् ।

- मुख्य मुख्य चारओटा बुँदा

(क) जीवनी प्रेरक व्यक्तित्वका जीवनका महत्वपूर्ण घटना समेटेर तयार पारिने गद्य विधा

(ख) ख्याति प्राप्त व्यक्तित्वको जीवनीबाट विद्यार्थीले सत्प्रेरणा प्राप्त गर्नु

(ग) व्यक्तिका सङ्घर्ष, जीवनका उतारचढाव र उल्लेख्य कार्यको बर्णन गरिनु

(घ) असल व्यक्तित्व निर्माणका साथै सार्थक जीवनको मार्गमा अग्रसर हुन सघाउनु ।

 

सारांश :-

जीवनी

जीवनी प्रेरक व्यक्तित्वका जीवनका महत्वपूर्ण घटना समेटेर तयार पारिने गद्य विधा हो । ख्याति प्राप्त व्यक्तित्वको जीवनीबाट विद्यार्थीले सत्प्रेरणा प्राप्त गर्छन् । यसमा जीवनका सङ्घर्ष, उतारचढाव, उल्लेख्य कार्यको वर्णन गरिन्छ । असल व्यक्तित्व निर्माणमा यसले अग्रसर हुन सघाउँछ ।

प्रश्नको अनुच्छेदमा भएको जम्मा शब्द सङ्ख्या : १०६

सारांशमा हुनुपर्ने जम्मा शब्द सङ्ख्या : ३५

सारांशमा भएको जम्मा शब्द सङ्ख्या : ३५

 

१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्रुहोस् :

(क) प्रश्नहरू

(अ) पत्रकारिता भनेको के हो ?

- पत्रकारिता भनेको समाजका सत्यतथ्य घटना र सूचना सम्प्रेषण गर्ने सशक्त माध्यम हो ।

 

(आ) प्रेस जगत्ले कोबाट शक्ति आर्जन गरेको हुन्छ ?

- प्रेस जगत्ले जनताबाट शक्ति आर्जन गरेको हुन्छ ।

 

(इ) पत्रकारिताले के काम गर्छ ?

- पत्रकारिताले जनता र सरकारका बिच प्रत्यक्ष सम्पर्कको सक्रिय माध्यमका रूपमा काम गर्छ।

 

(ई) प्रजातान्त्रिक राज्य व्यवस्थामा प्रेस जगत्को भूमिका किन अपरिहार्य हुन्छ ?

- प्रजातान्त्रिक राज्य व्यवस्थामा सुयोग्य नागरिक समाजको निर्माण गर्न, त्यसलाई प्रभावकारी र समाजलाई गतिशील बनाएर कल्याणकारी राज्यको स्थापना गर्न प्रेस जगत्को भूमिका अपरिहार्य हुन्छ ।

 

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :

(अ) लेखकले भने, "पत्रकारितालाई समाजको दर्पण भनिन्छ ।" यो वाक्य अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस्।

- पत्रकारितालाई समाजको दर्पण भनिन्छ भनेर लेखकले भने ।

 

(आ) प्रजातन्त्रमा जनता र सरकारबिच प्रत्यक्ष सम्बन्ध हुन्छ भनेर विज्ञले भने वाक्यलाई प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् ।

- विज्ञले भने, "प्रजातन्त्रमा जनता र सरकारबिच प्रत्यक्ष सम्बन्ध हुन्छ ।"

 

इ) अनुच्छेदबाट 'ज्ञ' र 'ग्य' प्रयोग भएका एक एक ओटा शब्द खोजी लेखहोस ।

'ज्ञ' प्रयोग भएको शब्द : ज्ञान

'ग्य' प्रयोग भएको शब्द : सुयोग्य

 

Post a Comment

0Comments
Post a Comment (0)