घरको माया (एकाङ्की)| class 10 nepali chapter 14 exercise| घरको माया (एकाङ्की) Ghar ko Maya exercise

0

  

१४ : घरको माया (एकाङ्की)

 

शब्दभण्डार

 

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :

 

शब्द     अर्थ

सखारै : सबेरै बिहानै

बुजो : मुखमा टम्म राख्ने काम, बिर्को

गरम : तातो, गर्मी

आली : खेतको सिमाना छुट्याउन वा पानी अडिने बनाउन चारैतिर केही उठाइएको माटाको डिल

सामल : बाटाका लागि बोकेको खाद्यवस्तु, बाटाखर्च

हंस : प्राण

 

२. 'घरको माया' एकाङ्कीमा गाउँघरमा मेलापात गर्दा प्रयोग गरिने शब्द प्रयोग भएका छन् । त्यस्ता शब्दको सूची बनाई वाक्यमा प्रयोग गर्नुहोस् ।

- 'घरको माया' एकाङ्कीमा प्रयोग भएका गाउँघरमा मेलापात गर्दा प्रयोग गरिने शब्द :- रोपार, लाठे, बाउसे, भारी, रोपाइँ, खेतीपाती, भकारो

 

रोपार : मलाई रोपार भएर खेतमा धान रोप्न जान मन पर्छ।

लाठे : रोपाइँमा लाठेले राम्ररी कोदाली खन्ने काम गरिरहेको थियो ।

बाउसे : बाउसेले खेतमा राम्ररी आली लगायो ।

भारी : बिउको भारी बोकेर राम हिलोमा चिप्लेर लडेछ ।

रोपाइँ : साइँली र माइली गीत गाउँदै रोपाइँमा लागिरहेका छन् ।

खेतीपाती : नेपालीहरूको मुख्य पेशा खेतीपाती नै हो ।

भकारो : टिकटक चलाउने मेरी बहिनी भकारो सोर्न घिनाउँछिन् ।

 

३. दिइएका शब्दका विपरीत शब्द 'घरको माया' एकाङ्कीबाट खोजेर लेखुहोस् :

वर : पर

पछाडि : अगाडि

होची : अग्ली

उता : यता

विपना : सपना

उँभो : उँधो

तातो : चिसो

बस : उठ

टाढै : नजिकै

 

४. 'घरको माया' एकाङ्कीबाट पाँचओटा टुक्का र पाँचओटा अनुकरणात्मक शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस् ।

- टुक्का र वाक्यमा प्रयोग :-

दिन छिप्पनु : अचेलका केटाकेटी दिन छिप्पदासम्म पनि मोबाइल चलाइरहन्छन् ।

आँत सुक्नु : गर्मीले गर्दा जति पानी खाए पनि मेरो आँत सुकेको सुक्यै छ ।

गर्मी खानु : नेपालगन्ज तिरका मानिसले धेरै गर्मी खाएका छन् ।

पसिना बहाउनु : विदेशमा पसिना बहाएर केही हुँदैन ।

बिजुली हुनु : रमेशको भाइ चोर्नमा एकदमै बिजुली छ ।

 

अनुकरणात्मक शब्द र वाक्यमा प्रयोग :-

पिच्चपिच्च : बाटोभरी पिच्चपिच्च थुक्दै हिड्नु राम्रो होइन ।

मुसुमुसु : मेरो कुरा सुनेर सविना मुसुमुसु हाँसिन् ।

प्याकप्याक्तीः खान नपाएर रमन तीन दिनदेखि प्याकप्याक्ती परेको रहेछ ।

किक्लिक्क : अररो खाना खाँदा महेश किक्लिक्क गर्न थाल्यो ।

करमकरम : काँक्रोको चिरो साथीले करमकरम चपायो ।

 
 
 
बोध र अभिव्यक्ति
 
 
 
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
 
- अल्लारे, रोपाइँ, तख्ता, झलक्क, काँगियो, दाही, घाँटी, अलपत्र, छट्टु, भुइँ
 
 
२. 'घरको माया' एकाङ्कीमा बसिरा'ख्या, भ'को जस्ता कथ्य स्वरूपका शब्द प्रयोग भएका छन्, यस्ता अन्य १० ओटा शब्द खोजी तिनको लेख्य स्वरूप लेखुहोस् ।
 
हयाँ - यहाँ
भ'को - भएको
खा'र - खाएर
सुतिरा'को - सुतिरहेको
निसास्या - निस्सासिएको
भा'को - भएको
भे'र - भएर
नभे - नभए
आ'छु - आएछु
बगराँ - बगरमा
 
 
३. साथी साथी मिली 'घरको माया' एकाङ्कीका पात्रको हाउभाउसहित भूमिका प्रदर्शन गर्नुहोस्।
 
- शिक्षक अनुसार गर्नुहोस ।
 
 
४. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
 
(क) 'घरको माया' एकाङ्कीको सुरु र अन्त्य कुन कुन घटनाबाट भएको छ ?
 
- 'घरको माया' एकाङ्कीको सुरु प्लेटफर्मको दृश्य र हेर्न सुन्न गाउँमा भए नपाइने लालबहादुरको भनाइबाट र अन्त्य लालबहादुर एक्लै भएपछि म पनि आएँ भन्दै घर फर्किएको घटनाबाट भएको छ ।
 
(ख) एकाङ्कीका मुख्य र सहायक पात्र को को हुन् ?
 
- एकाङ्कीका मुख्य पात्र लालबहादुर, जमानसिंह र बतासे तथा सहायक पात्र कान्छो हुन् ।
 
(ग) एकाङ्कीमा सबैभन्दा बढी पटक संवाद गर्ने पात्र को हो ?
 
- एकाङ्कीकमा सबैभन्दा बढी पटक संवाद गर्ने पात्र जमानसिंह हो ।
 
(घ) जमानसिंहमा आन्तरिक द्वन्द्व बढ्नाको कारण के थियो ?
 
- बतासे र गाउँको मायाले जमानसिंहमा आन्तरिक द्वन्द्व बढेको थियो ।
 
 
५. दिइएको एकाङ्कीको अंश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
 
(क) माथिको भनाइ एकाङ्कीमा कुन पात्रले भनेको हो ?
- माथिको भनाइ एकाङ्कीमा बतासे पात्रले भनेको हो ।
 
(ख) वक्ताले व्यक्त गरेका देशभक्तिको भावना झल्काउने दुई भनाइ लेख्नुहोस् ।
- वक्ताले व्यक्त गरेका देशभक्तिको भावना झल्काउने दुई भनाइ :- एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला । मर्नु परे पनि बरु आफ्नै देशमा मरौंला ।
 
(ग) 'आफ्ना पुर्खाको धर्म थामौं भन्नुको आशय के हो ?
- 'आफ्ना पुर्खाको धर्म थामाँ' भन्नुको आशय हाम्रा पुखाले देशमै रहेर देशकै लागि काम गरे, हामीले पनि त्यसै गर्नुपर्छ भन्ने हो ।
 
(घ ) एकाङ्कीको अंशको मुख्य भावसँग तपाइँ सहमत हुनुका कारण उल्लेख गर्नुहोस् ।
- एकाङ्कीको अंशको मुख्य भावले स्वदेशमै बसेर स्वदेशको उन्नतिका लागि काम गर्न प्रोत्साहित गरेको छ । तसर्थ देशभक्तिको भावनाले गर्दा एकाङ्कीको अंशको मुख्य भावसँग सहमत भइएको हो ।
 
 
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
 
(क) 'घरको माया' एकाङ्कीमा नेपाली समाजको कस्ता विषयवस्तु देखाइएको छ ? वर्णन गर्नुहोस् ।
 
- 'घरको माया' एकाङ्की सामाजिक विषयवस्तुमा आधारित राष्ट्रप्रेमका भाव अभिव्यक्त गरिएको उत्कृष्ट एकाङ्की हो । विदेश जाने धेरै धन कमाउने र सुखको जीवन व्यतीत गर्ने आम नेपालीको चाहनालाई एकाङ्कीमा देखाइएको छ । तत्कालीन समयमा भारतमा गएर काम गर्ने प्रवृत्तिलाई एकाङ्कीले मुख्य विषयवस्तु बनाएको छ । सुखको आशमा विदेश गएर दुःख पाएका केही नेपालीलाई जम्मा पारेर विदेशमा दुःख गरेर, हेला भएर र तल्लो दर्जाको नागरिक भएर बाँच्नुभन्दा त स्वदेशमै मिहिनेत गरेर स्वदेशकै लागि काम गर्नु राम्रो हुने राष्ट्रप्रेम झल्कने हाम्रो समाजको गहन विषयवस्तु र समस्यामा यो एकाङ्की केन्द्रित रहेको छ ।
 
 
(ख) जमान र लालमा पाइने चारित्रिक विशेषताको तुलना गर्नुहोस् ।
 
- 'घरको माया' एकाङ्कीमा जमानसिंह र लालबहादुर मुख्य पात्रका रुपमा रहेका छन् । यी दुई पात्र मितका रूपमा रहेका हुन्छन् । दुबै पात्रको भूमिका एकाङ्कीमा निकै महत्त्वपूर्ण रहेको छ । दुबै पात्र नेपालको पहाडी ग्रामीण क्षेत्रबाट धेरै धन कमाएर सुख पाउने आशामा विदेश गएका हुन्छन् । भारतको दरभङ्गामा पुगेर उनीहरू कुल्ली काम गरेर जीवन व्यतीत गरिरहेका हुन्छन् । जमान र लाल दुबैको उद्देश्य धन कमाएर सुखको जीवन बिताउने भए पनि चारित्रिक विशेषता भने फरक रहेको छ । लाल कुनै पनि हालतमा गाउँ फर्कन चाहँदैन । सपनामा समेत गाउँ देख्नु नपरोस् भन्ने उसको चाहना देखिन्छ । आफ्नो जन्मभूमिलाई ऊ हेलाका भावले हेर्छ । गाउँको आफ्नो कामभन्दा उसलाई विदेशको नोकरी नै राम्रो लाग्छ । कान्छो, बतासे, जमानसिंह स्वदेश फर्कने टुङ्गोमा पुग्दासम्म पनि ऊ आफूलाई सुन सम्झेर विदेशमै बस्ने निर्णयमा पुग्छ । जमानसिंह भने मनमा स्वदेशको माया रहेको पात्र हो । उसलाई विदेशको गर्मी र दुःखभन्दा आफ्नै गाउँघर रमाइलो लाग्छ । बतासेले उसमा रहेको राष्ट्रप्रेमलाई जागृत गराएपछि ऊ बतासेसँगै फर्कन तयार हुन्छ र मितलाई पनि फर्कन आग्रह गर्छ । अन्त्यमा एक्लै भएपछि भने लालको मन पनि परिवर्तन हुन्छ र स्वदेश फर्कन्छ ।
 
यसरी जमान सरल, देशभक्तिको भावना भएको पात्र हो भने लाल हठी, सम्पत्तिलाई अत्यधिक महत्त्व दिने र परिवर्तनशील पात्रका रूपमा रहेको छ ।
 
 
(ग) एकाङ्कीमा कुन कुन ठाउँको परिवेश देखाइएको छ ? लेख्नुहोस् ।
 
- एकाङ्कीमा मूलतः विदेशी भूमिको परिवेश देखाइएको छ । संवादका क्रममा भने नेपालको पहाडी क्षेत्रका विभिन्न ठाउँको परिवेशसमेत चर्चा गरिएको छ । भारतको बिहार राज्यमा पर्ने दरभङ्गालाई यस एकाङ्कीमा मूल परिवेश बनाइएको छ । दरभङ्गामा रहेको प्लेटफर्म र त्यसकै आसपासको दृश्यात्मक परिवेश यस एकाङ्कीमा देखाइएको छ ।
 
 
(घ) 'घरको माया' एकाङ्कीबाट के सन्देश पाइन्छ ?
 
- 'घरको माया' एकाङ्कीमा एकाङ्कीकार भीमनिधि तिवारी (वि.सं. १९६८-२०३०) ले देशभक्तिको भावना अभिव्यक्त गरेका छन् । बतासे पात्रका माध्यमबाट एकाङ्कीमा जमानसिंह र लालबहादुरको स्वदेश नफर्किने र विदेशमै कमाएर उतै मर्ने इच्छालाई परिवर्तन गराई आफ्नै गाउँ र ठाउँको ममता जागृत गराइएको छ । आफ्नै माटोमा पसिना बगाएर आफ्नै माटोमा उब्जाउनुपर्छ । खानका लागि नोकरी गर्नु परे आफ्नै दाजुभाइको गर्नुपर्छ । विदेशमा कमारो भएर हेलामा बस्नुभन्दा आफ्नै भुइँमा लम्पसार पर्नुपर्छ । । बाबुबाजेले अन्तिम साससम्म स्वदेशकै लागि काम गरे । स्वदेशमै बिताए । हामीले पनि स्वदेशकै लागि केही गर्नुपर्छ, स्वदेशकै लागि मर्नुपर्छ । आफ्नै देशलाई हामीले हराभरा, सुन्दर र विकसित बनाउनुपर्छ भन्ने सन्देश यस एकाङ्कीबाट पाइन्छ ।
 
 
७. दिएका भनाइका वक्ता को को हुन् ? 'घरको माया' एकाङ्कीका आधारमा लेख्नुहोस् :
 
(क) म त सम्झन्न गाउँघर पनि, के सम्झनु छ र ।
- लालबहादुर
 
(ख) पँधेरामा जाँदा दुवै कर्के आँखाले हेराहेर गथ्यौं ।
- जमानसिंह
 
(ग) म त भोकले भुतुक्क भा'को छु । दुई दिन भो क्यै खान नपाएको ।
- कान्छो
 
(घ) यहाँ आइपुगेर त हामी दुवैलाई यसै छाडेर कहाँ भाग्यो कहाँ ।
- बतासे
 
(ङ) रोपाइँको रमाइलाले मलाई बिर्सिहाल्लान् ।
- लालबहादुर
 
(च) जाऊँ है त मितज्यू, फेरि आइयो भने भेटौँला नि ।
- जमानसिंह
 
(छ) आफ्नो गाउँमा त भकारोकै छेउमा गुन्द्री हालेर सुत्ता पनि गनाउँदैनथ्यो ।
- बतासे
 
(ज) उहाँ आमा कति रुँदी हुन् बालक छोरो, कहाँ गयो, के भयो भनेर ।
- जमानसिंह
 
 
८. व्याख्या गर्नुहोस् :
 
(क) चुम्बकले फलामलाई तान्छ तर सुनलाई खिच्न सक्तैन ।
 
- प्रस्तुत भनाइ ' घरको माया' एकाङ्कीबाट साभार गरिएको हो । यस एकाङ्कीका रचनाकार भीमनिधि तिवारी (वि.सं. १९६८ - २०३०) हुन् । तिवारी नेपाली साहित्यका फाँटमा कवि, नाटककार, कथाकार, गजलकार, प्रबन्धकार तथा उपन्यासकारका रुपमा चिरपरिचित छन् । सामाजिक नैतिकतामा बल पुयाउने खालका विषयवस्तु चयन गर्ने तिवारीका नाटकहरूमा आदर्श र यथार्थको समिश्रणमार्फत पाठकलाई सर्चेत बन्न प्रेरित गरिएको हुन्छ । माथिको एकाङ्कीको अंश पात्र लालबहादुरले जमानलाई जबाफ दिने क्रममा आएको भनाइ हो ।
 
विदेशी भूमिको चर्को गर्मीमा तल्लो दर्जाको काम गर्नुभन्दा स्वदेशमै गएर स्वदेशको लागि काम गर्नु राम्रो हुने बतासेको राष्ट्रप्रेम झल्किने भनाइबाट प्रभावित भएर जमानसिंह स्वदेश फर्कन राजी हुन्छ । ऊ आफ्नो मितँ लाललाई हाँस्दै नाच्दै स्वदेश फकौ भन्ने आग्रह गर्छ तर लाल मान्दैन । त्यस बखत लाल आफूलाई सुन सम्झन्छ र बतासे, कान्छो तथा मित जमानलाई फलामका रूपमा लिन्छ 1 ऊ आफूलाई सुनौं मूल्यवान् ठान्छ र अरुलाई फलामझें कम मूल्यको ठान्दछ । नेपाललाई चुम्बकका रूपमा लालले अर्थ्याएको देखिन्छ 1 तसर्थ चुम्बकले फलामलाई मात्र तान्छ सुनलाई खिच्न सक्दैन भन्ने लालको आशयलाई माथिको भनाइका माध्यमबाट स्पष्ट पार्न खोजिएको छ ।
 
लालबहादुर विदेशमा बसेर धेरै कमाउने र सुखी जीवन व्यतीत गर्ने लालसाले विदेशी भूमिका दुःख पाइरहेको हुन्छ । उसको मित जमान, बतासे र कान्छो स्वदेशमै दुःख गरेर बस्न राजी भई फर्कन चाहन्छन् र लाललाई पनि फर्कन आग्रह गर्छन् । लाल भने आफूलाई सुन भन्दै नफर्किने कुरो गर्छ ।
 
 
(ख) जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाऔंला । एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला ।
 
- प्रस्तुत भनाइ 'घरको माया' एकाङ्कीबाट साभार गरिएको हो । यस एकाङ्कीका रचनाकार भीमनिधि तिवारी (वि.सं. १९६८ - २०३०) हुन् । तिवारी नेपाली साहित्यका फाँटमा कवि, नाटककार, कथाकार, गजलकार, प्रबन्धकार तथा उपन्यासकारका रूपमा चिरपरिचित छन् । सामाजिक नैतिकतामा बल पुऱ्याउने खालका विषयवस्तु चयन गर्ने तिवारीका नाटकहरूमा आदर्श र यथार्थको समिश्रणमार्फत पाठकलाई सचेत बन्न प्रेरित गरिएको हुन्छ । माथिको एकाङ्कीको अंश एकाङ्कीकारको मुखपात्र बतासेको भनाइ हो ।
 
एकाङ्कीकारको मुखपात्रका रूपमा रहेकी बतासे विदेशमा अलपत्र परेपछि उसमा विदेशमोह भङ्ग हुन्छ । कान्छा र बतासेको भेट गाउँका जमान र लालसँग भएपछि बतासे यी दुवैमा देशभक्तिको भावना जागृत गराई स्वदेश फर्काउन चाहन्छे । विदेशमा एक गाँस खान र एकसरो लाउनकै लागि दुःख गर्नुभन्दा स्वदेशमै दुःख गर्नु राम्रो हुन्छ । जति परिश्रम गर्नुपरे पनि आफ्नै खेतबारीमा गर्नुपर्छ । विदेशीका लागि उब्जाउनुभन्दा एक गंडो मकै मात्र भए पनि आफ्नै माटोमा उब्जाउनुपर्छ । अरुको हेलाहाँसो भएर र विदेशमा लत्तिएर बस्नु स्वाभिमानीका लागि राम्रो कुरा होइन । सबैले नेपालमा काम पाएका छन् भने हामीले पनि काम पाउन सक्छौं । अरूको कमारो भएर बस्नुभन्दा लम्पसार परेर मर्नु राम्रो हो । हाम्रा पुर्खाले देशमै बसेर देशका लागि काम गरे । हामीले पनि पुर्खाको धर्म थाम्नुपर्छ भन्ने माथिको अंशमा बतासैको देशभक्तिपूर्ण भावना अभिव्यक्त गर्दै विदेश गएकालाई स्वदेश फर्कन आग्रह गरिएको छ ।
 
सरल, राष्ट्रभक्तिपूर्ण भाव, मार्मिक सन्देश दिएको माथिको अंश बतासेको भनाइ निकै गहन रहेको छ। यसले जमान र लाल जस्ता विदेश गएर दुःख पाएका नेपालीलाई स्वदेश फर्किएर स्वदेशकै लागि परिश्रम गर्न प्रेरित गरेको छ ।
 
 
९. 'घरको माया' एकाङ्कीका पात्रमा देखिएका सुख र दुःख सन्दर्भ बोध गरी त्यस्तै संवेग झल्कने छोटो संवाद तयार गर्नुहोस् । 
 
- कृष्ण पौडेल र दिलबहादुर लामा एउटै गाउँका हुन् । उनीहरू धेरै कमाएर सुखी जीवन बिताउने आशामा सँगै मलेसिया पुगेका हुन्छन् । बिदाको दिन उनीहरूका बिचमाँ भएको संवाद यस्तो रहेको छ :
 
कृष्ण : ठुलो भाग खान आएका थियौं । खुब मिठो मानेर खाइरहेका छौं । दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले ।
 
दिल : बसी बसी त कसले खान दिन्छ र ! विदेश आएपछि अलि अलि दुःख त गर्नै पर्यो नि ।
 
कृष्ण : अँ, अलि अलि मात्र दुःख छ नि ! कम्पनीमा बसी बसी काम गर्नुपर्छ । पैसा पनि राम्रो कमाइ हुन्छ भनेर म्यानपावरले झुक्यायो नि हामौलाई । घरमा आमाबुबाले राम्ररी पढेर सरकारी जागिर खानुपर्छ । हामी जसरी पनि पढाउँछौं भनेर कति सम्झाउनुभएको थियो । पढ्नका गाहाले विदेश आएर दुःख पाइयो ।
 
दिल : काम गरेर अलि अलि पैसा कमाइएकै छ । राम्रो कपडा लाउन पाइएकै छ । मोबाइल बोक्न पाइएकै छ । अरू के चाहियो तिमीलाई ? गाउँमा बरालिएर आमाबुबाको गाली खाएर बस्नु चाहिँ राम्रो ।
 
कृष्ण : यो प्रचण्ड गर्मीमा घण्टौं काम गर्नुछ । त्यसमा पनि भनेजति ज्याला पाउनु छैन । बोसको गाली पनि खानुछ । यतिको मिहिनेत आफ्नै ठाउँमा गर्ने हो भने त सुन फलाउन सकिन्छ नि दिल दाजु । नेपालमा चाहिँ हामी काम नगर्ने, दिनभरि बरालिएर हिँड्ने, आमाबुबाको कमाइमा मस्ती गर्ने अनि काम हाकिमको खोज्ने ! कसरी उन्नति हुन्छ अनि ?
 
दिल : कुरो त तिमीले चित्त बुझ्ने गर्यो । यति मिहिनेत नेपालमै गर्ने हो भने त विदेशमा दुःख पाउनै पर्दैन । अब नेपाल गएपछि उतै काम गरिन्छ । दुवै मिलेर व्यावसायिक बाख्रापालन गरौंला हुँदैन र !
 
कृष्ण : भइहाल्छ नि । अगाडि नै यही बु‌द्धि आएको भए विदेशमा यो दुःख पाउनै पर्दैनथ्यो । ल, अब खाना खाऊँ । (दुवै खाना खान थाल्छन् ।)
 
 
१०. 'घरको माया' एकाङ्कीमा कसरी देश प्रेमको भावना प्रकट भएको छ ? समीक्षा गर्नुहोस् ।
 
- नाटककार भीमनिधि तिवारी (वि.सं. १९६८ - २०३०) द्वारा रचिएको 'घरको माया' एकाङ्की सामाजिक विषयवस्तुमा आधारित उत्कृष्ट एकाङ्की हो । वि.सं. २०१७ मा 'विस्फोट' कवितासङ्ग्रहका लागि मदन पुरस्कार प्राप्त गरेका तिवारीका 'सहनशीला सुशीला', 'शिलान्यास', 'चौतारा लक्ष्मीनारायण', 'काशीवास', 'यशस्वी शव' आदि चर्चित नाटकहरू हुन् । सामाजिक नैतिकतामा बल पुऱ्याउने खालका विषयवस्तु चयन गर्ने तिवारीका नाटकहरूमा आदर्श र यथार्थको समिश्रणमार्फत पाठकलाई सचेत बन्न प्रेरित गरिएको हुन्छ । तिवारीले नेपालबाहिर विदेशी भूमिमा केही गाउँलेहरुलाई भेला गराएर तिनीहरूका बिच संवाद गराएका छन् । एकाङ्कीमा एकाङ्कीकार तिवारीले मूलतः देशभक्तिको भावनालाई व्यक्त गरेका छन् ।
 
'घरको माया' एउटा ज्यादै संवेदनशील विषयमा आधारित स्तरीय एकाङ्की हो । आफ्नो प्यारो जन्मभूमिलाई औधी माया गर्ने भीमनिधि तिवारीले नेपालबाहिर विदेशी भूमिमा केही गाउँलेहरूलाई भेला गराएर तिनीहरूका बिच संवाद गराएका छन् । जमानको संवादमा सुरुदेखि नै आफ्नै ठाउँको मायाममता देखिएको छ । बतासेसँग भेट हुनुभन्दा अगाडि उसले विभिन्न सन्दर्भबाट गाउँको सम्झना मात्र गरेको छैन, विदेशभन्दा स्वदेश नै ठिक भन्ने भाँव अभिव्यक्त गरेको छ।
 
अर्कोतर्फ बतासेका माध्यमबाट एकाङ्कीमा जमानसिंह र लालबहादुरको स्वदेश नफर्किने र विदेशमै कमाएर उतै मर्ने इच्छालाई परिवर्तन गराई आफ्नै गाउँ र ठाउँको ममता जागृत गराइएको छ । आफ्नै माटोमा पसिना बगाएर आफ्नै माटोमा उब्जाउनुपर्छ । खानका लागि नोकरी गर्नु परे आफ्नै दाजुभाइको गर्नुपर्छ । विदेशमा कमारो भएर हेलामा बस्नुभन्दा आफ्नै भुइँमा लम्पसार पर्नुपर्छ । बाबुबाजेले अन्तिम साससम्म स्वदेशकै लागि काम गरे । स्वदेशमै बिताए । हामीले पनि स्वदेशकै लागि केही गर्नुपर्छ, स्वदेशकै लागि मर्नुपर्छ । आफ्नै देशलाई हामीले हराभरा, सुन्दर र विकसित बनाउनुपर्छ भन्ने भावलाई एकाङ्कीकारले बतासेका माध्यमबाट अभिव्यक्त गरेका छन् । यसरी सरल, प्रभावकारी र मञ्चनीय एकाङ्की 'घरको माया' मा एकाङ्कीकारले बतासे पात्रका माध्यमबाट विदेशमा दुःख गर्नुभन्दा त्यो दुःख नेपालमा नै गर्न सके देशलाई सुन्दर बनाउन सकिने भाव अभिव्यक्त गरेका छन् । यसका साथै विदेश गएकालाई स्वदेश फर्किएर स्वदेशको लागि काम गर्नसमेत आग्रह गरेका छन् ।
 
 
११. दिइएको चित्र वर्णन गर्नुहोस् :
 
चित्र
- चित्रमा एउटा सुन्दर ग्रामीण बस्ती देखाइएको छ । उक्त गाउँमा चौतारोलगायतका सार्वजनिक स्थल पनि रहेका छन् । गाउँका मानिस चौतारीमा जम्मा भएर गाउँको विकासका बारेमा छलफल गर्छन् । केही समस्या आयो भने पनि त्यहीं जम्मा भएर छलफल गरी निष्कर्षमा पुग्छन् । छलफलमा महिला, पुरुष सबै जना समान रूपमा सहभागी हुन्छन् । लोकतान्त्रिक पद्धतिको अनुसरण गरी छलफल गर्छन् ।
 
 
१२. युवालाई विदेसिनबाट रोक्न के गर्नुपर्ला ? 'घरको माया' एकाङ्कीका आधारमा प्रतिक्रिया दिनुहोस् ।
 
- भीमनिधि तिवारीद्वारा रचना गरिएको 'घरको माया' एकाङ्की देशप्रेमका भावना अभिव्यक्त गरिएको एकाङ्की हो । विदेशी भूमिमा केही नेपालीलाई उपस्थित गराएर एकाङ्कीकारले विदेशमा गर्ने दुःख नेपालमै गर्न सके स्वदेशको गौरव बढाउन मदत पुग्ने र अरुको कमारो भएर बस्नु नपर्ने कुरा बतासेका माध्यमबाट अभिव्यक्त भएको छ । बतासे जस्तै विदेशका दुःख स्पष्ट बनाएर स्वदेशमै बस्न अभिप्रेरित गर्ने व्यक्तिहरू भएमा युवालाई विदेसिनबाट रोक्न सकिन्छ ।
 
नेपालमा अहिले हरेक युवालाई विदेश मोह देखाइएको छ । आमाबुबा आफ्ना छोराछोरीलाई राम्ररी पढे विकसित मुलुकमा गएर सुख पाउने सपना देखाइरहेका छन् । छोराछोरी विदेश जानुलाई उनीहरू गर्वको विषय ठान्छन् । शिक्षक पनि राम्ररी पढे अमेरिका युरोप गई सुख पाउन सकिने शिक्षा प्रदान गरिहेका छन् । मौका मिल्ने बित्तिकै स्वयम् विदेश हानिएका छन् । नेताहरू बढीभन्दा बढी युवा विदेसिने अवस्थाको सिर्जना होस् भन्नेतर्फ लागिपरेका छन् । नेपाललाई असफल बनाउन र लुट्नमा मस्त छन् । तसर्थ युवालाई स्वदेशमै रोकी विदेसिन नदिन सकारात्मक सोच भएको, सबैका लागि प्रेरणाका स्रोत बन्न सक्ने र इमानदारिताका साथ देश र जनताको पक्षमा काम गर्न सक्ने बालेन हर्क जस्ता नेतृत्वको चयन गर्नु अत्यावश्यक भएको छ ।
 
 
१३. दिइएका अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
 
(क) प्रश्नहरू
(अ) गुर्जोलाई लहरेदार पतझर बिरुवा मान्नुको कारण के हो ? 
- गर्मी ठाउँमा पाइने तथा लहरा मोटो र गुदीदार हुने भएकाले गुर्जोलाई लहरेदार पतझर बिरुवा मानिएको हो।
 
(आ) गुर्जो कस्तो भूभागमा पाइन्छ ?
- गुर्जो जस्तोसुकै माटामा हुर्कन सक्ने भए पनि यो विशेष गरी गर्मी भूभागमा पाइन्छ ।
 
(इ) गुर्जोको उपयोगिता लेख्नुहोस् ।
- गुर्जो कमलपित्त, दम, खोकी, मधुमेह तथा पुरानो ज्वरो आदि रोगमा यसको उपयोगिता रहेको छ ।
 
(ई) गुर्जोका बिरुवा तयार पार्ने तरिका के के हुन् ?
- गुर्जोको बिरुवा तयार पार्ने तरिका कलमी र बिउ हुन् ।
 
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :
 
(अ) अनुच्छेदमा प्रयोग भएको एउटा करण वाक्य टिपी अकरणमा वाक्यान्तरण गर्नुहोस् ।
 
- गुर्जो लहरेदार पतझर बिरुवा हो । गुर्जो लहरेदार पतझर बिरुवा होइन ।
 
(आ) 'डॉठको कलमीबाट नै यसका बिरुवा तयार गरिन्छन् ।' वाक्यलाई भूत र भविष्यत् कालमा वाक्यान्तरण गर्नुहोस् ।
 
- डाँठको कलमीबाट नै यसका बिरुवा तयार पारिए । (भूतकाल), डाँठको कलमीबाट नै यसका बिरुवा तयार पारिने छन् । (भविष्यत् काल)
 
(इ) अनुच्छेदबाट चन्द्रबिन्दु प्रयोग भएका दुईओटा शब्द टिप्नुहोस् ।
 
- चन्द्रबिन्दु प्रयोग भएका दुईओटा शब्द : आँख्ला, हाँगा।
 
 
भाषिक संरचना र वर्णविन्यास
 
 
१. दिइएको तालिका पढ्नुहोस् र साथीसँग छलफल गर्नुहोस् :
 
- यसको उत्तर लेखिरहनु परेन ।
 
 
२. कोष्ठकमा दिइएको निर्देशनअनुसार वाक्यान्तरण गर्नुहोस् :
 
(क) बहिनी बिहानै उछिन् । उनी नृत्य सिक्न बजारसम्म पुग्छिन् । आमाले एक महिनादेखि यस तालिम केन्द्रमा भर्ना गरिदिनुभएको छ । उनले यो कुरा खुसी हुँदै ठुली माइजूलाई सुनाइन् । (लिङ्ग)
 
- भाइ बिहानै उठ्छन् । उनी नृत्य सिक्न बजारसम्म पुग्छन् । बुबाले एक महिनादेखि यस तालिम केन्द्रमा भर्ना गरिदिनुभएको छ । उनले यो कुरा खुसी हुँदै ठुलो मामालाई सुनाए ।
 
(ख) उनीहरू सँगसँगै घर फर्के । उनीहरूले घर आउँदा गाउँलेका लागि कोसेली पनि किने । मोटा मान्छेका लागि भनेर चिनी नभएको मिठाई झोलामा राखे । घर पुग्नै लाग्दा उनीहरूलाई सेता पहाडले स्वागत गर्न लागे झैँ आभास भएछ । (वचन)
 
- उनी सँगसँगै घर फर्के । उनले घर आउँदा गाउँलेका लागि कोसेली पनि किने । मोटो मान्छेको लागि भनेर चिनी नभएको मिठाई झोलामा राखे । घर पुग्नै लाग्दा उनलाई सेता पहाडले स्वागत गर्न लागे झैँ आभास भएछ।
 
 
(ग) म कर्मशील हुन नेपाल आएँ । आफ्नै बारीमा पसिना बगाउन थालें । मिहिनेतको कारण मैले रामै कमाइ गरें ।
घरखर्च बाहेकको आम्दानीलाई बैंकमा लगेर जम्मा गरें । (द्वितीय पुरुष)
 
- तँ कर्मशील हुन नेपाल आइस् । आफ्नै बारीमा पसिना बगाउन थालिस् । मिहिनेतको कारण तैंले रामै कमाइ गरिस् । घरखर्चबाहेकको आम्दानीलाई बैङ्कमा लगेर जम्मा गरिस् ।
 
(घ) तँ आफ्नो काम आफैं गर । त आफ्नो काम अरुलाई नलगा। तँ स्वावलम्बीबन् । तं देशलाई योगदान गर (उच्च आदर)
 
- तपाइँ आफ्नो काम आफै गर्नुहोस् । तपाइँ आफ्नो काम अरुलाई नलगाउनुहोस् । तपाइँ स्वावलम्बी बन्नुहोस् । तपाइँ देशलाई योगदान गर्नुहोस् ।
 
(ङ) आमा सखारै उठ्ती हुन्, जाँतामा कोदो पिन्दी हुन्, बुबा रातमा मेलाबाट आएर अगेनाको छेउमा बसेर काँचोपात भुटेको तमाखु सोतेमा खाँदा हुन्, त्यही त हो न । (अभ्यस्त पक्ष)
 
- आमा सखारै उ‌ड्थिन्, जाँतामा कोदो पिन्थिन्, बुबा रातमा मेलाबाट आएर अगेना छेउमा बसेर काँचोपात भुटेको तमाखु सोतेमा खाँन्थे, त्यही त हो नि ।
 
 
३. 'घरको माया' एकाङ्कीबाट फरक फरक काल र पक्षका दुई दुई ओटा वाक्य टिपी तिनलाई करण भए अकरण र अकरण भए करणमा रूपान्तरण गर्नुहोस् ।
 
- म त सम्झन्न । 
= म त सम्झन्छु ।
आमा सखारै उठ्दी हुन् । 
= आमा सखारै नउठ्दी हुन् ।
मिठो कुरा चपाउँदै गए । 
= मिठो कुरा चपाउँदै गएनन् ।
बतासेलाई बराबर सम्झिरहन्छु । 
= बतासेलाई बराबर सम्झिरहन्न ।
 
 
४. दिइएको अनुच्छेद पढी चन्द्रबिन्दु र शिरबिन्दु प्रयोग भएका शब्द टिपी तिनको उच्चारण गर्नुहोस् :
 
- चन्द्रबिन्दु प्रयोग भएका शब्द : घाँस, उनीसँगै, त्यहाँ, गएँ ।
शिरबिन्दु प्रयोग भएका शब्द : संयोग, संहिता, संहृत्, संरचना
 
 
५. 'घरको माया' एकाङ्कीबाट चन्द्रबिन्दु र शिरबिन्दु प्रयोग भएका शब्द खोजेर छुट्टाछुट्टै सूची बनाउनुहोस् ।
 
- 'घरको माया' एकाङ्कीबाट चन्द्रबिन्दु प्रयोग भएका शब्द : 
जाऔं, हाँस्तै, गाँस्तै, तपाईं, जान्नँ, आएँ, साँझ, फर्काउँछ, रोपाइँ, भएँ, जाऊँ, भेटौंला, ठाउँ, सुतौला, गनाउँदैनथ्यो, हिँड, भुइँ, गाउँ, कहाँ, ढिँडो, रौं, चाहिँ, काँगियो, उँभो, तँ, नाइँ, साँचो, आँगन, पिँढी, जाँता, जहाँ, काँचो, फाँट, आँत, घाँटी, भैंसी, छाँट, बाँकटे, जुगा
 
'घरको माया- एकाङ्कीबाट शिरबिन्दु प्रयोग भएका शब्द : 
जमानसिंह, हंस,
 
 
६. दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :
 
- संयोग भोलि आउला । संविधानको पुस्तक ल्याउला । म त्यो पुस्तक पहुँला । मैले देशको कानुन जान्नुपर्छ । कानुनअनुसार हामी सबै चल्यौं भने मात्र मुलुक बन्छ ।
 

 

Post a Comment

0Comments
Post a Comment (0)