तितो बोली सच्चा गुण (कथा)||. Class 7 nepali chapter 2 exercise

0

 

2. तितो बोली सच्चा गुण (कथा)

शब्दभण्डार

१. तल दिइएका शब्द र तिनका विपरीत अर्थबिच जोडा मिलाउनुहोस् :

आगो  - पानी  
ठुलो  - सानो  
जीवन - मरण  
आकाश - पाताल  
साँचो - झुटो


२. विपरीत अर्थ दिने शब्द तालिकाबाट पहिचान गरी लेख्नुहोस् :

प्राचीन ः नवीन,  आरम्भ ः अन्त्य,  उत्थान ः पतन , खँदिलो ः खोक्रो, आस्तिक ः नास्तिक , सज्जन ः दुर्जन,  अनुकूल ः प्रतिकूल

३. तल दिइएको अनुच्छेदमा रातो रङ लगाइएका शब्दका विपरीत अर्थ दिने शब्द लेख्नुहोस् :

जबाफ ः प्रश्न,  खर्च ः आम्दानी,  अनुमान ः यथार्थ, वास्तविक,  खँदिलो ः खोक्रो,  प्रेम ः घृणा,  वास्तविक ः अवास्तविक ः  

४. तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

तितो ः  सत्य कुरा सबैलाई तितो लाग्छ ।  

साँचो ः हामीले सधैँ साँचो बोल्नुुपर्छ ।

जबाफ ः तिमी सही जबाफ देऊ त ।  

गुण ः असल गुण भएका मानिसलाई सबैले मन पराउँछन् ।  

मूर्ख ः मूर्खलाई सिकाउन निकै गाह्रो पर्छ ।

वास्तविक ः वास्तविक : 'नेपालका चर्चित हास्यकलाकारहरू' भन्ने पुस्तकमा हास्यव्यङ्ग्य कलाकारको वास्तविक जीवनकथा प्रस्तुत गरिएको छ ।

श्रद्धा ः हरेक काम श्रद्धापूर्वक गर्नुपर्छ ।



बोध र अभिव्यक्ति  


१. तल दिइएका शब्दको उच्चारण गर्नुहोस् :

मुस्किल ः मुुस्किल्, पश्चात्ताप ः पस्चाताप् बडप्पन ः बडप्पन्, कुबुद्धि ः कुुबुुद्धि, चौपट्टै, सुटुक्क, सुरुसुरु

२. ‘तितो बोली सच्चा गुण’ पाठ पालैपालो सस्वरवाचन गरेर कक्षामा सुनाउनुहोस् ।

३. तल दिइएका प्रश्नको एक वाक्यमा उत्तर भन्नुहोस् :

(क) ‘तितो बोली सच्चा गुण’ कथामा कतिओटा अनुच्छेद छन् ?  
उत्तर ः ‘तितो बोली सच्चा गुण’ कथामा २७ ओटा अनुच्छेद छन् ।  
(ख) ससुराले बुहारीलाई कहाँ पु¥याउने विचार गरे ?  
उत्तर ः ससुराले बुहारीलाई माइत पु¥याउने विचार गरे ।  
(ग) बुहारीको कुन जबाफले ससुरालाई रिस उठ्यो ?  
उत्तर ः विवाहमा दुईतीन माना मात्र चामल खर्च भयो भन्ने बुहारीको जबाफले ससुरालाई रिस उठ्यो ।  
(घ) बुहारी किन छटपटिन थालिन् ?  
उत्तर ः बुहारी गाडेर राखेको मुर्दाको हातमा औँठी छ भन्ने स्यालको कुरा जानेर छटपटिन थालिन् ।  
(ङ) बुहारी किन छक्क परिन् ?  
उत्तर ः आफ्नो ससुराको गर्जाइ सुनेर बुहारी छक्क परिन् ।

४. तल दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :

(क) ससुराले बुहारीलाई माइत पु¥याउने विचार गर्नुको कारण के हो ?  
उत्तर ः बुहारीको बुुद्धि जाँच्न ससुराले बुहारीलाई विवाहमा कति खर्च भयो होला भनेर सोध्छन् । बुहारीले ख्यालख्यालमा त्यही दुईतीन माना चामल खर्च भयो होला भन्ने जबाफ दिइन् । बिहेमा धेरै खर्च भएको थियो तर बुहारीको मुखबाट दुुईतीन माना मात्र चामल खर्च भयो होला भन्ने जबाफ सुन्दा ससुरालाई खुब रिस उठ्यो । यसरी धेरै खर्च गरेर ल्याएकी  बुुहारीले विचारै नगरी दुुईतीन माना चामल खर्च भयो होला भनेपछि ससुराले बुहारीलाई माइत पु¥याउने विचार गरे ।

(ख) ससुरा बुहारीलाई किन नपर्खीकन अगाडि बढे ?  
उत्तर ः ससुरा बुढा भइसकेका थिए । उनी हिँड्दाहिँड्दै थाकिसकेका थिए । धेरै थाकेकाले ससुुरा एकछिन थकाइ मार्न वरपिपलको रुखमुनि बसे । त्यहाँ बस्दाबस्दै ससुरा झकाउन थाले । ससुुरा झकाएको देखेर बुुहारी खुसी भइन् । ससुरा झकाएको मौका छोपेर बुहारी स्यालले भनेको मुर्दाको हातको औँठी निकाल्न दौडिइन् । केहीसमयपछि ससुराका आँखा खुले । आँखा खुुल्दा आफू नजिक बुुहारी नदेखेपछि ससुुराले यताउति हेरे । बुढाले आफ्नी बुहारीलाई त मुर्दानजिकै बसेको देखे । मुर्दादेखि पनि नडराउने कस्ती अलिच्छिनी बुहारी रहिछ । यस्ती बुुहारीसँग हिँड्दिनँ भनेर ससुरा बुुहारीलाई नपर्खी अगाडि बढे ।

(ग) अनाज जम्मा गर्ने कुरामा बुहारीले ससुरालाई कस्तो जबाफ दिइन् ?  
उत्तर ः अनाज जम्मा गर्ने कुरामा बुहारीले ससुरालाई जबाफमा गएको सालको अनाज जम्मा गर्नाले कसैसँग कुनै प्रकारको लेनदेन रहँदैन । कसैको ऋण पनि तिर्नुपर्दैन । यो सालको भएमा लेनदेन पनि हुन्छ । लगानी पनि लगाइन्छ । धेरै खर्च पनि गर्नुपर्छ, त्यसैले यस्तो कुरा सोधेकी हुँ भनी ।

(घ) यस कथाले कस्तो सन्देश दिएको छ ?  
उत्तर ः हामीले कसैको बोलीको भरमा मात्रै उसको बुुद्धिको परीक्षण गर्नुहुँदैन । बोलका कुरा पनि महŒवपूर्ण हुन सक्छन् । उसले बोलेका कुरालाई सही रुपमा बुुझ्ने कोसिस गर्नुपर्छ । उसको गुण र बुद्धि हेरेर मानिस कति बुुद्धिमान् छ भनेर बुुझ्नुुपर्छ । उसका राम्रा र नराम्रा गुण भित्री रुपमा बुुझ्न सक्नुुपर्छ । कथामा बुहारीको बोली तितो थियो तर उसको गुण र बुद्धि भने असल थियो । यसरी यस कथाले हामीलाई बोली तितो भए पनि त्यस मानिसका गुणहरु असल हुन सक्छन् । बोलीका आधारमा उसको क्षमताको विश्लेषण गर्नुहुन्छ । उसको गुण भित्री रुपमा बुुझेर मात्र ऊ कति बुुद्धिमान् रहेछ भन्ने कुरा थाहा पाउन सकिन्छ भन्ने सन्देश कथाले दिएको छ ।


५. भाव विस्तार गर्नुहोस् :

श्रद्धा, प्रेम र दयाको भावले गरिएको खर्च नै वास्तविक खर्च हो ।  

प्रस्तुत कथांश नेपाली पाठ्यपुुस्तक कक्षा ७ को ‘तितो बोली सच्चा गुण’ शीर्षकको लोककथाबाट साभार गरिएको हो । यो कथा रामविक्रम सिजापतिले लेखेका हुन् । उक्त कथांश बुहारीले ससुरालाई भनेकी हुन् ।
कुनै पनि कार्यमा श्रद्धा, प्रेम र दयाको भावले गरिएको खर्च नै वास्तविक खर्च हो । यसरी श्रद्धा, प्रेम र दयाको भावनाले गरिएको वास्तविक खर्चले राम्रो सफलता दिन्छ । नचाहिँदो खर्चको कुनै प्रतिफल प्राप्त हुँदैन । विवाहमा असल मनसायले प्रेमपूर्वक गरिएको खर्च चाहिँ त्यही दुईतीन माना चामल मात्रै हो । अरु खर्च केवल देखावटी थियो । श्रद्धाबिनाको खर्च खर्चमा गनिँदैन । विवाहमा नचाहिँदो खर्च गर्ने परिपाटीको सट्टा श्रद्धापूर्वक थोरै खर्च गर्नुपर्दछ । यस्तो खर्चले मात्र सही प्रतिफल प्राप्त हुन्छ । अरुको देखासिकी गर्नलाई अधिक खर्च गरेर विवाह गरियो भने भोलि ऋणको भारी बोक्नुुपर्छ । विवाहमा सबैले श्रद्धापूर्वक थोरै खर्च गर्नुपर्दछ । उचित ठाउँमा गरिएको लगानीले मात्र उचित प्रतिफल दिन्छ भन्ने कुरा उक्त कथांशमा व्यक्त गरिएको छ ।  
सरल भाषाशैलीमा लेखिएको यस कथांशबाट बिहेमा अधिक मात्रामा खर्च गर्नुहुँदैन । श्रद्धापूर्वक उचित ठाउँमा गरिएको खर्चले नै असल प्रतिफल दिन्छ भन्ने कुरा बताइएको छ ।


६. ‘तितो बोली सच्चा गुण’ पाठमा आफ्ना कस्ता गुणबाट बुहारी ससुराको मन पगाल्न सफल भइन्, लेख्नुहोस् ।

उत्तर ः ‘तितो बोली सच्चा गुण’ कथामा बुहारीले अनेक किसिमका गुण र बुद्धिबाट ससुराको मन पगाल्न सफल भइन् । उनमा पशुपन्छीको पनि भाष बुुझ्ने गुण थियो । पशुुपन्छीको भाषा बुुझ्नाले बुहारीले माइत जाने क्रममा निकै धनसम्पत्ति हात पार्न सफल भइन् । राम्रा गुण भएकाले बुहारीले यति धेरै धनसम्पत्ति हात पार्न सफल भइन् भन्दै ससुरा निकै खुसी भए । हरेक कुरा गर्दा भित्री रहस्य बुुझेर बोल्ने र पशुुपन्छीसमेतको भाषा बुुझ्ने यस्ती बाठी बुहारीलाई मूर्ख सम्झेकामा  ससुरालाई पश्चात्ताप भयो ।  बिच बाटोबाटै बुहारीलाई माइत पु¥याउने विचार छोडेर दुवै जना घरतर्फ फर्के । घर फर्केर पनि ससुराका मनमा बुहारीले बाटामा सोधेका प्रश्नको उत्तरबारे जिज्ञासा रहिरहेको थियो । घर आएपछि ससुराले सबै कुरा सोधेपछि बुहारीले ती प्रश्नको उचित जबाफ दिई । उसले स्यालको कुराबाट पाएको औँठी ससुरालाई दिएपछि भने ससुरालाई विश्वास लाग्न थाल्यो । एउटा मुर्दालाई देखेर किन एउटा हो कि सयओटा हो भनेर सोधेकी भन्ने प्रश्नको जबाफमा बुहारीले मानिसको उपकार, भलाइ र दान गर्छ त्यसलाई मरेपछि सय मुर्दा भनिन्छ । जसले कसैलाई उपकार, भलाइ र दान आदि गरेको छैन त्यसलाई एक मुर्दा भनिन्छ भन्ने जबाफ दिई । त्यस्तै अनाज यो सालको हो कि गएको सालको हो ? भन्ने प्रश्नको जबाफ पनि ससुरालाई उचित लाग्यो । विवाहमा दुईतीन माना मात्र खर्च भएको भन्ने जबाफ किन दिएको भन्दा बुहारीले स्पष्ट पार्दै श्रद्धा, प्रेम र दयाको भावले गरिएको खर्च नै वास्तविक खर्च हो भनेर जबाफ दिई
बोली तितो भए पनि बुुहारीमा असल गुणहरु थिए । पशुुपन्छीको भाषा बुुझ्न सक्नुु र बोल्दा त्यसको भित्री रहस्य दर्साएर बोल्न नै बुहारीका असल गुण थिए  । यसरी आफ्ना विभिन्न असल गुणबाट बुहारीले धेरै धनसम्पत्ति भेला पार्दै ससुराका मनमा लागेका सबै जिज्ञासाहरुको उचित उत्तर दिएर बहाुरीले ससुराको मन पगाल्न सफल भई ।


७. ‘तितो बोली सच्चा गुण’ पाठको घटनाक्रम पाँचओटा बुँदामा लेख्नुहोस् ।

उत्तर ः (क) बुुढाले बलरामको बडा धुुमधामसँग बिहे गर्नु,
(ख) बुहारीको बुद्धि जाँच्न ससुराले विवाहमा कति खर्च भयो होला भनी प्रश्न गर्नुु,
(ग) बुहारीको जबाफबाट ससुरालाई रिस उठ्नु र बुहारीलाई माइत पु¥याउन लैजानु अनि बाटामा बुुहारीले पशुुपन्छीको भाषा बुुझेर प्रशस्त धन कमाउनुु,
(घ) बुहारीले प्रशस्त धनसम्पत्ति कमाएको देखेर बुहारीलाई लिएर ससुरा घर फर्कनुु,
(ङ) प्रशस्त धनसम्पत्ति कमाउनुका साथै ससुरालाई सबै जिज्ञासाको सही उत्तर दिएपछि ससुरालाई बुहारी बुद्धिमान र गुणवान् लागेर घर जिम्मा लगाउनुु ।

 
८. ‘तितो बोली सच्चा गुण’ पाठको सार लेख्नुहोस् ।

उत्तर ः ‘कुनै एउटा गाउँमा बुढाबुढी थिए । उनीहरूको बलराम नामको छोरो थियो । आफूू बुढो भएकाले छोरो हुर्केपछि उनीहरुले छोरोको धुमधामसँग बिहे गरे । बुहारीको स्वभाव र बुद्धि कस्तो होला भन्ने विचार बुढाको मनमा आयो । बुुढाले बुहारीको बुद्धि जाँच गर्न ससुराले बुहारीलाई बोलाएर बिहेमा भएकोु होला भनेर सोधे । बुहारीले दुइतीन माना चामल मात्र खर्च भयो होला भन्ने जबाफ दिई । बुुहारीको कुरा सुुनेर ससुरा रिसाए अनि बुुहारीलाई माइत पु¥याउन हिँडे । बाटामा मुर्दा भेटेर बुहारी चाहिँ अगाडि गई र मुर्दा ल्याउनेसँग यो लास एउटा मात्र हो कि सयओटा भनेर सोधी । बुुहारीको कुरा सुुनेर बुहारी पागल पो रहिछे भन्ने लाग्यो । अलिक पर पुगेपछि उनीहरूले खेत देखे । बुहारीले यो अन्न गएको सालको हो कि यही सालको ? भनेर सोधी तर ससुरा केही नबोली हिँडे । बुहारी पशुपन्छीको पनि भाषा बुुझ्ने गर्थी । बुहारीले बाटामा स्यालको भाषा बुझेर औँठी र कागको भाषा बुुझेर धेरै धन जम्मा पार्न सफल भई । बुु्हारीले यसरी धन भेला पारेपछि ससुरा निकै खुसी भए । यस्ती बाठी बुहारीलाई मूर्ख सम्झेकामा ससुरालाई पश्चात्ताप भयो । बुहारीलाई माइत पु¥याउने विचार छोडेर घर लिएर आए । ससुराका मनमा बुहारीले सोधेका हरेक प्रश्नको जिज्ञासा मेटिएको थिएन । उनले तिमी किन मुर्दाको छेउमा बसिराखेकी भन्ने प्रश्नको जबाफमा बुहारीले सबै कुरा बताइदिई । उसले स्यालको कुराबाट पाएको औंठी ससुरालाई दिएपछि भने ससुरालाई विश्वास लाग्न थाल्यो । एउटा मुर्दालाई देखेर किन एउटा हो कि सयओटा हो भनेर सोधेकी भन्ने प्रश्नको जबाफमा बुहारीले मानिसको उपकार, भलाइ र दान गर्छ त्यसलाई मरेपछि सय मुर्दा भनिन्छ । जसले कसैलाई उपकार, भलाइ र दान आदि गरेको छैन त्यसलाई एक मुर्दा भनिन्छ । जसले कसैलाई उपकार, भलाइ र दान आदि गरेको छैन त्यसलाई एक मुर्दा  भनिन्छ भन्ने जबाफ दिई । यसरी नै अनाज यो सालको हो कि गएको सालको हो ? भन्ने प्रश्नको जबाफ पनि ससुरालाई राम्रो लाग्यो । विवाहमा दुईतीन माना मात्र खर्च भएको भन्ने जबाफ किन दिएको भन्दा बुहारीले स्पष्ट पार्दै श्रद्धा, प्रेम र दयाको भावले गरिएको खर्च नै वास्तविक खर्च हो । यसरी गरिएको वास्तविक खर्चले मात्रै प्रतिफल दिन्छ । यसैले फल दिने खालको खर्च तपाईंको त्यही दुईतीन माना चामल मात्रै हो । भन्ने जबाफ दिई । यसरी बुहारी त धेरै बुद्धिमती र गुणवती रहिछन् भन्ने ठानी ससुराले घरको सबै जिम्मा बुहारीलाई लगाए ।

९. तल दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

प्रश्नहरू  
(क) काग कहाँ बसेर कराइरहेको थियो ?
उत्तर ः काग रुखमा बसेर कराइरहेको थियो ।  
(ख) घडाभित्र के थियो ?
उत्तर ः घडाभित्र असर्फी थियो ।  
(ग) बुहारीले कसको भाषा बुझी ?
उत्तर ः बुहारीले कागको भाषा बुझी ।  
(घ) काग के भनेर कराइरहेको थियो ?
उत्तर ः काग रुखमुनि दुईओटा घडामा असर्फी रहेको भनेर कराइरहेको थियो  

१०. ‘तितो बोली सच्चा गुण’ पाठमा कस्तो परिवेशको वर्णन गरिएको छ, लेख्नुहोस् ।

उत्तर ः ‘तितो बोली सच्चा गुण’ लोककथा हो । यस लोकथामा गाउँले परिवेशको सिर्जना गरिएको छ । कथाअनुसार सानो र सुखी परिवारका रुपमा एउटा परिवार कथामा उपस्थित छ । गाउँमा धुुमधामसँग खर्च गरेर बिहे गर्ने परिपाटी रहेको देखिन्छ । यातायातको सुविधा नभएकाले हिँड्नुुपर्ने कुरा पनि कथाको परिवेशले दर्साएको छ । कथाको घटना आजभन्दा आजभन्दा लगभग ५० वर्ष अघिको जस्तो रहेको छ । गाउँमा खेतीकिसानी गरेर मानिसहरु बस्ने गरेको, मान्छे मरेपछि जलाउन घाटमा लाग्ने चलन, केही मानिसहरुले पशुुपन्छीको भाषा बुुझ्ने चलन, मानिस मरेपछि गाड्ने प्रचलन र मानिसहरुले विभिन्न कार्यमा पीपलमुुनि असर्फी गाड्ने गरेको कुरा पनि कथाको परिवेशले झल्काएको छ । यसरी पुरानो गाउँको परिवेशमा कथा रचना गरिएको छ ।

११. ’तितो बोली सच्चा गुण’ पाठमा तपाईंलाई बुहारी बुद्धिमान् लाग्नुको कारण के हो, लेख्नुहोस्।

उत्तर ः ‘तितो बोली सच्चा गुण’ कथामा बुहारीलाई बुद्धिमान् भन्न सकिने कारणहरु धेरै छन् । बुहारी बोली भने तितो छ । यहीँ तितो बोलीको कारणले गर्दा नै ससुरालाई बुहारी बुद्धि नभएकी रहिछे भन्ने लाग्छ । बुहारीको भनाइको वास्तविक अर्थ बोध गर्न ऊ सक्दैन । बुहारीको कारणले धेरै धन जम्मा भएपछि ससुरालाई बुहारी बुद्धिमान् रहिछे भन्ने लाग्छ । एउटा मुर्दालाई देखेर किन एउटा हो कि सयओटा हो भनेर सोधेको भन्ने प्रश्नको जबाफमा बुहारीले मानिसको उपकार, भलाइ र दान गर्छ त्यसलाई मरेपछि सय मुर्दा भनिन्छ । जसले कसैलाई उपकार, भलाइ र दान आदि गरेको छैन त्यसलाई एक मुर्दा भनिन्छ भन्ने जबाफ दिन्छे । त्यसरी नै अनाज यो सालको हो कि गएको सालको हो ? भन्ने प्रश्नको उत्तर पनि यथार्थजस्तै छ । विवाहमा दुईतीन माना मात्र खर्च भएको भन्ने जबाफ निकै तार्किक रहेको छ । श्रद्धा, प्रेम र दयाको भावले गरिएको खर्च नै वास्तविक खर्च हो । यसरी गरिएको वास्तविक खर्चले मात्रै प्रतिफल दिन्छ  । यी विविध कारणले र पशुुपन्छीको भाषा पनि बुुझ्न सक्ने भएकाले मलाई बुहारी बुद्धिमान् रहिछे भन्ने लाग्यो ।


भाषिक संरचना र वर्णविन्यास


२. तल दिइएको अनुच्छेद पढ्नुहोस् र विशेषण र विशेष्य पद पहिचान गर्नुहोस् :

विशेषण ः– गहौँ, भुटेका, धेरै, शीतल, लामो, चिसो, सुरिलो
विशेष्य ः– भारी, मकै, थकाइ, चौतारा, सास, पानी, गीत


३. तल दिइएको तालिका पढ्नुहोस् । धातु र क्रियापदबिचको भिन्नता पहिचान गर्नुहोस् :

उत्तर ः धातु क्रियाको मूल रूप हो । धातुबाट नै क्रियापदको निर्माण हुन्छ ।

४. तल दिइएका क्रियापदबाट धातु छुट्याउनुहोस् :

उत्तर – भन्छन् ः भन्, बोलाउँछ ः बोलाउ, कज्याउँछ ः कज्याउ, जान्छे ः जा, पछ्याउँछः पछ्याउ, खुवाउँछ ः खुवाउ, मोटाउँछ ः मोटाउ, जान्छ ः जा, आकासिन्छ ः आकासि  

५. तल दिइएका धातुबाट क्रियापद बनाउनुहोस् :

उत्तर – हु ः भयो, जा ः गयो, खेल् ः खेल्यो, बस् ः बस्यो, उठाउ ः उठायो गराउ ः गरायो, सुनाउ ः सुनायो, हेर् ः  हे¥यो, उठ् ः उठ्यो, बोलाउ ः बोलायो ।

६. तल दिइएका क्रियापदलाई वाक्यमा प्रयोग गर्नुहोस् :

पढेछ ः रमेशले राम्ररी पढेछ ।
बस्छ ः गणेश कुुर्सीमा बस्छ ।
हिँडेछ ः रियान फटाफट हिँडेछ ।
खायो ः विवेकले फलफूल खायो ।
खेल्यो ः छोरोले भाँडाकुुटी खेल्यो ।
हाँस्छे ः स्मारिका बिस्तारै हाँस्छे ।      


७. दिइएको अनुुच्छेदबाट दीर्घ इकार प्रयोग भएका शब्द पहिचान गरी लेख्नुहोस् :

उनीहरु, यही, बुहारी, भागी, थाली, औँठी, पारी, राखिदिई, लागी ।

८. तल दिइएका सुरु, बिच र अन्तिममा दीर्घ ईकार भएका शब्द पहिचान गरी तालिकामा लेख्नुहोस् :

सुरुमा दीर्घ  ईकार प्रयोग  भएका शब्द ः यी, ईश्वर, शीर्षक, वीणा, स्वीकार
बिचमा दीर्घ ईकार प्रयोग भएका शब्द ः अतीत, युुगीन, प्राचीन,
अन्तिममा दीर्घ ईकार प्रयोग भएका शब्द ः साथी, प्रहरी, केटी, पोथी, साली, पाठी, व्यापारी ।
 


सुुनाइ र बोलाइ


१. सुनाइ पाठ २ सुुन्नुहोस् र तलका प्रश्नको मौखिक उत्तर दिनुहोस् :

(क) दौड प्रतियोगिताका लागि कसलाई रेफ्री बनाइयो ?
उत्तर ः दौड प्रतियोगताका लागि मृगलाई रेफ्री बनाइयो ।
(ख) खरायोलाई कसले आव्रmमण गर्न खोज्यो ?
उत्तर ः खरायोलाई स्यालले आक्रमण गर्न खोज्यो ।
(ग) आत्तिएको खरायो कसको जिउमा हत्तपत्त चढ्यो ?
उत्तर ः आत्तिएको खरायो कछुुवाका जिउमा चढ्यो ।
(घ) असल मित्र हुन के गर्नुपर्छ ?
उत्तर ः असल मित्र बन्न एकले अर्कालाई अप्ठ्यारो परेको बेलामा सहयोग गर्नुपर्छ ।

२. सुनाइ पाठ २ ले के सन्देश दिएको छ, भन्नुहोस् ।

सुनाइ पाठ २ ले आफू सक्षम छुु भनेर कहिल्यै घमन्ड गर्नुहुँदैन । कहिलेकाहीँ आपत् परेका बेलामा आफूूले मद्दत गर्न सक्दैन भनेकाले पनि  मद्दत गर्न सक्छन् । अप्ठ्यारो परेको बेला  सहयोग गरेमा असल मित्र बन्न सकिन्छ । एकले अर्कालाई अप्ठ्यारो परेको बेलामा सहयोग गर्नुपर्छ भन्ने  सन्देश दिएको छ ।

१. तल दिइएका बुुँदाका आधारमा कथा लेखी उपयुक्त शीर्षकसमेत राख्नुहोस् :

अनुपढ बुुद्धिमान् 

कुनै एक गाउँमा चार जना मिल्ने साथी थिए । तीन जना तान्त्रिक र शास्त्रका ज्ञाता थिए । चौथो अनपढ तर बुद्धिमान् थियो । एकदिन चारै जना घुम्न निस्किए । टाढा पुुगेकाले फर्किन सकेनन् । उनीहरु जङ्गलमा हुुँदै रात प¥यो । उनीहरू ठुलो रुखमुनि वास बसे ।  त्यही वास बसेको ठाउँमा ती तान्त्रिकले त्यहाँ बाघका हाड भेट्टाए । तीनै जनाले बाघका सबै हाड जोडे । दोस्राले आफ्नो शक्तिले हाडको वरिपरि मासु र छालाले मोड्यो । तेस्राले त्यसमा प्राण  जोड्न आँट्यो । चौथाले प्राण भरेपछि यो साँच्चिकै बाघ हुन्छ र हामीलाई खान्छ, यस्तो काम नगर भनेर सम्झायो । चौथाका कुरा नसुुनी तीनै जनाले चौथालाई डरपोक भन्दै खिसी गरे । चौथो साथी डरले हातमा ससाना ढुङ्गा र गुलेली लिएर रुख चढ्यो । तेस्राले बाघमा प्राण भ¥यो । प्राण भरेपछि बाघले ठुलो गर्जन ग¥यो । आफ्नो विधामा सफल भएकामा तीन जना खुसी थिए । बाघले तीनै जनालाई आव्रmमण ग¥यो । रुख चढेकाले चौथाले बाघलाई गुलेलीले हान्यो । बाघ आत्तिएर भाग्यो । सबैको ज्यान बच्यो । सबैले चौथो साथीलाई धन्यवाद दिए । यसरी कुनै काम गर्नुभन्दा अगाडि सोचविचार गर्नुपर्छ भन्ने सन्देश यस कथामार्फत व्यक्त भएको छ ।


 

Post a Comment

0Comments
Post a Comment (0)