1. मेरो देश (कविता)
शब्दभण्डार
१. तल दिइएका पदावलीलाई बुझाउने शब्द पाठबाट पहिचान गरी लेख्नुहोस् :
(क) तत्कालीन मिथिला राज्यका नरेश ः जनक
(ख) आध्यात्मिक ज्ञान आदिका मूल स्रोत मानिएको ग्रन्थ ः वेद
(ग) पहाडमुनिको फराकिलो समतल भूभाग ः बेँसी
(घ) बौद्ध धर्मका प्रवर्तक तथा शान्तिका अग्रदूत ः बुद्ध
(ङ) हिमालका चुचुराको समूह ः हिउँचुली
२. उस्तै अर्थ बुझाउने शब्दबिच जोडा मिलाउनुहोस् :
पहिलो - प्रथम
कर्म - काम
बास - घर
धर्ती - पृथ्वी
प्रीति - माया
देश - मुुलुक
३. तल दिइएका शब्दसँग मिल्ने अर्थ भएका दुई दुईओटा शब्द तालिकाबाट लेख्नुहोस् :
प्रीति ः प्रेम, माया ÷ कर्म ः काम, कार्य ÷ आमा ः जननी, माता ÷ आँखा ः चक्षु, नयन ÷ आकाश ः सगर, गगन ÷ रात ः रात्रि, निशा ÷ जून ः चन्द्रमा, इन्दु ÷ हावा ः समीर, पवन ÷ नयाँ ः नवीन, नूतन ÷ पुष्प ः फूल, कुसुम ÷ दिन ः दिवा, दिवस ÷ बाग ः वाटिका, बगैंचा
४. तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
कर्मवीर ः नेपालीहरू कर्मवीर हुुन्छन् ।
ज्योति ः वेदले चेतनाको ज्योति छरेको छ ।
हिउँचुली ः हिउँचुलीको सुन्दरता हेर्न धेरै पर्यटक आउँछन् ।
प्रीति ः हिमाल, पहाड र तराईले नेपालीहरुमा प्रीति गाँसेको छ ।
घामछाया ः नेपाल इन्द्रधनुुको घामछायाले सुन्दर देखिएको छ ।
बोध र अभिव्यक्ति
३. तल दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
(क) कवितामा एक हरफमा कति अक्षर छन् ?
उत्तर ः कवितामा एक हरफमा चौध अक्षर छन् ।
(ख) नेपाललाई कसले ज्ञानभूमि बनाए ?
उत्तर ः नेपाललाई जनकले ज्ञानभूमि बनाए ।
(ग) सृष्टिको पहिलो बास चुन्ने को हुन् ?
उत्तर ः सृष्टिको पहिलो बास चुन्ने शङ्कर हुन् ।
(घ) कवितामा केले प्रीति रच्छन् भनिएको छ ?
उत्तर ः कवितामा पहाड र तराईले प्रीति रच्छन् भनिएको छ ।
(ङ) नेपाललाई किन घामछायाको देश भनिएको हो ?
उत्तर ः नेपालका धेरै ठाउँहरु इन्द्रधनुजस्तै राम्रो भएकाले नेपाललाई घामछायाको देश भनिएको हो ।
४. तल दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) कवितांशमा के के बोल्छन् भनिएको छ ?
उत्तर ः कवितांशमा ढुङ्गा, माटो, पशुपन्छीका साथै नदीनालासमेत बोल्छन् भनिएको छ ।
(ख) कवितांशमा देशलाई कुन रूपमा बयान गरिएको छ ?
उत्तर ः कवितांशमा ढुङ्गा, माटो, पशुपन्छी, नदीनालाबाट सङ्गीतमय ध्वनि निस्कन्छ । नेपाल इन्द्रधनु्जस्तै सुुन्दर घामछायाको देशका रूपमा रहेको छ। नेपाललाई असङ्ख्य हिउँचुलीले सुन्दर देश बनाएको छ । प्राकृतिक सुन्दरताले भरिएको सुन्दर र मनमोहक देशका रूपमा कवितांशमा बयान गरिएको छ ।
५. 'मेरो देश’ पाठबाट तीनओटा प्रश्न निर्माण गर्नुहोस् र तपाईंले निर्माण गरेका प्रश्नको उत्तर साथीलाई भन्न लगाउनुहोस् ।
उत्तर ः ’मेरो देश’ पाठबाट तीनओटा प्रश्न ः
(क) ‘मेरो देश’ कविता कसले रचना गरेका हुन् ?
(ख) मेरो देश’ पाठ कुन विधा को हो ?
(ग) मेरो देश कविता कति श्लोकमा रचना गरिएको छ ?
(उत्तर ः (क) दैवज्ञराज न्यौपाने (ख) कविता विधा (ग) पाँच श्लोक
६. शिक्षकबाट सुनेर तलको कवितांशमा छुटेका शब्द भरी पुनर्लेखन गर्नुहोस् :
उत्तर : शङ्करले बास चुने पहिलो सृष्टि खोली
चेतनाको पहिलो ज्योति छर्थे वेद बोली
ज्ञानभूमि जनकको बुद्ध बोल्ने देश
हिउँचुलीको पहिलो झुल्का पहिलो मेरो देश ।
७. तल दिइएको कवितांशलाई गद्यमा लेख्नुहोस् :
उत्तर : जहाँ गए पनि मेरो जात नेपाली हो । जसले भने पनि मेरो नाम पनि नेपाली हो ।
८. तल दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
(क) कविले नेपालीलाई किन कर्मवीर भनेका हुन् ?
उत्तर : नेपालीहरू कर्ममा विश्वास गर्छन् । आफ्नो काममा रातदिन खट्छन् । कर्तव्यमा अटल रहन्छन् । पुर्खाका पालादेखि नै नेपालीहरु मिहिनेती र परिश्रमी रहेका थिए । हाम्रा पुर्खाहरु आफूूले गरेको कामबाट नै संसार प्रसिद्ध बनेका छन् । यी विविध कारणले कविले नेपालीलाई कर्मवीर भनेका हुन् ।
(ख) पाठमा नेपालको भौगोलिक बनोटको कस्तो चित्रण गरिएको छ ?
उत्तर : पाठमा नेपालको विभिन्न प्रकारको भौगोलिक बनोटको चित्रण गरिएको छ । नेपाल हिउँचुलीहरुले युुक्त देश हो । यहाँ उँभो हेर्दा लेक र उँधो हेर्दा बेंसी रहेको छ । हिमाल, पहाड र तराईबिच आपसमा प्रीति गाँसेर हाम्रो देश नेपाल बाँचिरहेको छ । नेपाल यही भूूबनोटका कारण विश्वमा चिनिएको छ । भौगोलिक विविधता नै नेपालको आफ्नो विशेषता हो ।
(ग) ‘नेपाल बुद्ध बोल्ने देश हो’ भन्नुको तात्पर्य के हो ?
उत्तर : नेपाललाई चिनाउने आधार मुुख्य रुपमा दुुईओटा छन् । एउटा सगरमाथा हो भने अर्काे बुुद्ध जन्मेको देश । बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धको जन्मथलो नेपाल हो । बुद्धले संसारभरि शान्ति र अहिंसाको सन्देश फैल्याउने काम गरेका थिए । नेपाल बुद्धले संसारभरि फैल्याएको शान्ति र अहिंसाको सन्देश बोल्ने देश हो भन्नु नै नेपाल बुद्ध बोल्ने देश हो भन्ने वाक्यांशको तात्पर्य हो ।
९. व्याख्या गर्नुहोस् :
(क) पहाड र तराईको प्रीति रच्ने देश
हिउँचुलीको पहिलो झुल्का पहिलो मेरो देश ।
उत्तर : प्रस्तुत कवितांश नेपाली पाठ्यपुुस्तक कक्षा ७ को ‘मेरो देश’ शीर्षकको कविताबाट साभार गरिएको हो । यस कविताका रचनाकार कवि दैवज्ञराज न्यौपाने हुन् । कविले प्रस्तुत कवितांशमा नेपालको भौगोलिक बनावट हिमाल, पहाड र तराईको वर्णन गर्नुका साथै नेपाल र नेपालीहरुको विशेषता उल्लेख गरेका छन् ।
नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको छ । यहाँको भौगोलिक विविधता नै हाम्रो मुख्य विशेषता हो । भौगोलिक विशेषताले गर्दा यहाँ विभिन्न रुखबिरुवा, हावापानी, जडीबुुटीका साथै अनेक सम्भावनाहरु रहेका छन् । हिमालमा अथाह सौन्दर्य, पहाडमा स्वच्छ वातावरण र जडीबुुटी तथा तराईमा अन्न उत्पादन हुनु नै भोगोलिक विशेषताका कारणले हो । भौगोलिक विविधता भए पनि सबै जातजाति, भाषाभाषी एकआपसमा एकता कायम गरेर बसेका छन् । नेपालीहरु आपसमा सद्भाव र प्रेम साटासाट गरेर बाँचेका छन् । विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा भए पनि आपसमा मिलेर बस्नु र नेपाललाई अखण्ड रुपमा जोगाउनुु नेपालीहरुको विशेषता हो । हिउँचुलीकबाट निस्केको सौन्दर्य र मनमोहक दृश्यले विश्वमा नै सुनौलो राष्ट्रका रूपमा नेपाल चिनिएको कुरा कविले कवितांशमा उल्लेख गरेका छन् ।
लोकलयमा रचिएको प्रस्तुत कवितामा कविले नेपाल र नेपालीको विशेषताको गुणगान गाएका छन् । विश्वमा नै हिउँचुुलीको देश भनेर चिनिएको नेपाल प्राकृतिक रुपमा सम्पन्न छ । एकआपसमा मायाप्रीति गाँसेर नेपालीहरु सुखी जीवन बाँचिरहेको कुरा कविले यस कवितांशमा उल्लेख गरेका छन् ।
(ख) कर्मवीर नेपालीको कर्म चिन्ने देश
हिउँचुलीको पहिलो झुल्का पहिलो मेरो देश ।
उत्तर : माथिको कवितांश नेपाली पाठ्यपुुस्तक कक्षा ७ ‘मेरो देश’ शीर्षकको कविताबाट साभार गरिएको हो । यस कविताका रचनाकार कवि दैवज्ञराज न्यौपाने हुन् । प्रस्तुत कवितामा कविले नेपालीहरु विश्वमा आफूले गरेको कामबाट चिनिएका छन् । नेपालीहरु मिहिनेत र परिश्रममा विश्वास राख्ने व्यक्ति हुन् भन्ने कुरा उल्लेख गरेका छन् ।
प्रस्तुत कवितामा कविले विश्वमा नेपालीहरु बहादुर भनेर चिनिएका छन् । नेपालीहरुको वीरताको गाथा विश्वमा फैलिएको छ । यहाँका हरेक नेपालीहरु आफ्नो कर्तव्य समयमा नै पूूरा गर्दछन् । रातदिन काममा साह्रै खट्ने र कर्तव्यमा अटल रहने नेपालीहरुको विशेषता नै हो । परिश्रम र मिहिनेतका कारण नै नेपालीहरु विश्वमा कर्मवीर हुन् भनेर चिनिएको इतिहास हामीसामुु छ । कर्मवीर नेपालीको कर्म चिन्ने देश नेपाल हो । नेपालीहरु भाग्मा भन्दा कर्ममा नै विश्वास गर्दछन् भन्ने कुरा कविले यस कवितांशमार्फत स्पष्ट पारेका छन् । सुन्दर हिउँजुलीहरुको शृङ्खलाले विश्वलाई आकर्षित गरेको छ । हिउँचुुलीको सुन्दरता हेर्न विश्वका पर्यटकहरु यहाँ आउने गर्दछन् । बिहान उठ्नेबित्तिकै हिमालको झुुल्को देखिने हाम्रो देश विश्वमै उच्च विशेषता बोकेको देश हो । विश्वको शिर बनेर ठडिएको सगरमाथाको देश नेपाल नै मेरो देश हो भन्ने भाव कविले यस कवितांशमा उल्लेख गरेका छन् ।
लोकलयमा रचना गरिएको यस कवितामा कविले राष्ट्रप्रेमलाई दर्साएका छन् । हिमाल र वीरता नेपालीका विशेषता हुन् । हिमाली सौन्दर्य र कर्मवीरजस्ता विशेषताले नै विश्वमा नेपाल चिनिएको छ । यी विशेषता बोकेर हरेक नेपाली उँचो शिर पारेर बाँचेका छौँ भन्ने भावलाई कविले यस कवितांशमा प्रस्तुत गरेका छन् ।
१०. ‘मेरो देश’ पाठको मूलभाव लेख्नुहोस् ।
उत्तर : प्रस्तुुत ‘मेरो देश’ कविता कवि दैवज्ञराज न्यौपानेद्वारा रचित उत्कृष्ट कविता हो । प्रस्तुत कवितामा कविले राष्ट्रप्रेमप्रतिको भावना दर्साएका छन् । नेपालको भौगोलिक र प्राकृतिक विशेषताले गर्दा नै नेपाललाई सुन्दर राष्ट्रका रूपमा विश्वमा चिनिएको छ । बुुद्ध जन्मेको देश नेपालमा विभिन्न सन्तऋषिहरुले ज्ञान छरेको ज्ञानभूमि र कर्म गरेर बाँच्ने नेपालीहरुको विशेषता रहेकाले यो देश कर्मवीरहरूको कर्मभूमिसमेत रहेको कुरा कविले कवितामा उल्लेख गरेका छन् ।
नेपाललाई शङ्कर भगवान्ले रक्षा गरेका छन् । शङ्करले पहिलो सृष्टि खोलेको नेपालमा वेदका ऋचाहरुले चेतनाको ज्योति छरेका छन् । विश्वमा अहिंसा र शान्तिको सन्देश फैलाउने गौतम बुुद्धको जन्मभूूमि, राजर्षि जनकले पालना गरेको हाम्रो देश ज्ञानभूूमि र कर्मभूूमिका रुपमा चिनिँदै आएको छ । नेपालीहरूको जात र नाम एउटै नेपाली भएको कुरा उल्लेख गर्दै कवि नेपाललाई हिउँचुलीको पहिलो झुल्का छर्ने राष्ट्रका रूपमा वर्णन गरेका छन् । लेकबेँसी, पहाड तराई आदि विविध भौगोलिक विशेषता बोकेको देश भए पनि यहाँका सबै नेपालीहरु एकआपसमा प्रीति गाँसेर बसेका छन् । प्रेम र सद्भाव साटासाट गरेर सुखी जीवन बाँचेका छन् भन्ने कुरा कविले कवितामा उल्लेख गरेका छन् । यहाँ ढुङ्गा, माटो, नदीनाला सबै सङ्गीतमय ध्वनिका रुपमा गुुञ्जिरहेका छन् । इन्द्रधनु जस्तै राम्रो घामछायाको सुन्दर देश नेपाल नै मेरो देश हो भन्ने कुरा नै कविले यस कवितामा वर्णन गर्छन् ।
भाषिक संरचना र वर्णविन्यास
१. (क) व्यक्तिका नामः धर्मेन्द्र, पुरुषोत्तम, पवित्रा ÷ स्थानका नाम ः काठमाडौँ, मुगलिन, पोखरा÷ नदीका नाम ः त्रिशूली, मस्र्याङ्दी, सेती
(ख) पशुपन्छी ः न्याउली, कालिज, सुगा ÷ द्रव्य ः चाँदी, तामा, पित्तल ÷ समूह ः जुलुस, हुल, ताँती ÷ भाव ः दया, माया, बोलाइ
२. (क) पुरुषवाचक सर्वनाम ः म, तिमी, ऊ, तिनी, उनी
(ख) निजवाचक ः आफू ÷ प्रश्नवाचक ः के के को को,
(ग) दर्शकवाचक ः त्यो ÷ सम्बन्धवाचक ः जे
३. ’मेरो देश’ पाठबाट व्यक्ति, जाति, द्रव्य र भाव जनाउने दुई दुईओटा नाम पद पहिचान गरी लेख्नुहोस् ।
उत्तर ः व्यक्ति ः बुुद्ध, जनक÷ जाति ः नदी, मास ÷ द्रव्य ः माटो, ढुङ्गा ÷ भाव ः प्रीति, चेतना
४. (क) बुद्ध शान्तिका दूत हुन् । उनी अहिंसाका पुुजारी थिए ।
(ख) बुबा सहर जानुहुन्छ । उहाँले फलफूल बेच्नुहुन्छ
(ग) नेपाली परिश्रमी छन् । उनीहरू काम गरेर कहिल्यै थाक्दैनन् ।
(घ) भाइ र बहिनी पढ्छन् । उनीहरू धेरै असल छन् ।
(ङ) रामलखन सहर गयो । उसले किताबकापी किन्यो ।
५. (क) उनीहरू विद्यालय जान्छन् । (ख) उसले आज सबै काम ग¥यो ।
(ग) गोपाल र म क्रिकेट खेल्छौँ । (घ) दिदीले भाइलाई उपहार दिनुभयो ।
(ङ) बहिनी साथीलाई चिठी लेख्छिन् ।
६. सुरुमा ह्रस्व इकार ( ृ ) लागेका शब्द ः पिराहा, रत्तो, पिँडालु, विचार
बिचमा ह्रस्व इकार लागेका शब्द ः वार्षिक, खरिदार, हार्दिक, अधिकार, तकिया
अन्तिममा ह्रस्व इकार लागेका शब्द ः सारथि, तथापि, शनि, उन्नति, हेराइ ।
७. जोडा शब्दमध्ये सही शब्द
विमान ÷ विधान ÷ बाहिर ÷ महिमा ÷ पछाडि ÷ लौकिक ÷ महिना ÷ चिया ÷ सारथि ÷ रित्तो ÷ रुचि ÷ विहीन