सजीवहरूको वर्गीकरण (Classification of Living Beings| class 10 science chapter 2 exercise| सजीवहरूको वर्गीकरण (Classification of Living Beings exercise

0

  





2. सजीवहरूको वर्गीकरण
(Classification of Living Beings)
 
 
1. तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् :
 
(क) वनस्पति जगत्मा पर्ने जीवहरूका मुख्य विशेषता के के हुन् ?
 
(अ) युक्यारियोटिक कोष, कोषमा कोष भिता भएको, परपोषक
(आ) युक्यारियोटिक कोष, कोषमा कोष भिता नभएको, परपोषक
(इ) युक्यारियोटिक कोष, कोषमा कोष भिता भएको, स्वपोषक
(ई) युक्यारियोटिक कोष, कोषमा कोष भित्ता भएको, स्याप्रोट्रोफिक
 
(ख) साइकसलाई किन जिम्नोस्पर्ममा राखिएको हो ?
 
(अ) यसमा फूल फुल्छ, बिउ उत्पादन गर्छ ।
(आ) यसमा फूल फुल्छ, यसका पात तिखा हुन्छन्
(इ) यसमा फूलको सट्टा कोन हुन्छ, फलबिनाको नाङ्गो बिउ हुन्छ ।
(ई) यसमा फूलको सट्टा कोन हुन्छ, फलभित्र बिउ हुन्छ।
 
(ग) यहाँ दुईओटा जीवको चित्र दिइएको छ । यी दुवै जीव एउटै जगत्मा पर्छन् । यी चित्रहरू अवलोकन गर्नुहोस् । यी दुवैलाईएउटै जगत्मा राख्नुको मुख्य कारण के हो ?
 
(अ) बहुकोषीय भई विभिन्न प्रणालीयुक्त हुन्छन् ।
(आ) बहुकोषीय भई परपोषक हुन्छन् ।
(इ) बहुकोषीय भई परजीवी हुन्छन् ।
(ई) बहुकोषीय भई ओभिप्यारस हुन्छन् ।
 
(घ) क्रमविकासका आधारमा दिइएका मध्ये सबैभन्दा धेरै नजिकको सम्बन्ध भएका जीवहरुको समूह कुन हो ?
 
(अ) पोरिफेरा, एनिलिडा, कोर्डेटा
(आ) पोरिफेरा, आर्थ्रोपोडा, कोर्डेटा
(इ) सिलेन्टरेटा, आर्थ्रोपोडा, कोर्डेटा
(ई) प्लेटिहेल्मेन्यिस निमाथेल्मेन्थिस, एनेलिडा 
 
(ङ) ह्वेललाई स्तनधारी समूहअन्तर्गत राखिनुको मुख्य कारण कुन हो ?
 
(अ) फोक्सोले सास फेर्छ ।
(आ) शरीरमा मेरुदण्ड हुन्छ ।
(इ) भिभिप्यारस हुन्छ ।
(ई) बच्चा जन्माएर दुध चुसाउँछ ।
 
(च) ह्वेल मसभन्दा क्लबमस विकसित हुनुको प्रमुख कारण कुन हो ?
 
(अ) क्लबमस जमिनमा हुर्कन्छ ।
(आ) क्लबमस स्पोरोफाइट हो ।
(इ) क्लबमसमा जाइलम र फ्लोयम तन्तु हुन्छ ।
(ई) अल्टरनेसन अफ जेनेरेसन्समा स्पोरोफाइट प्रबल हुन्छ ।
 
(छ) कोषमा कोषभिता हुने जीवहरूका जगत् कुन कुन हुन् ?
 
(अ) मोनेरा, फन्जाइ, एनिमलिया
(आ) फन्जाइ, प्लान्टी, प्रोटिस्टा
(इ) फन्जाइ, प्लान्टी, एनिमलिया
(ई) फन्जाइ, प्लान्टी, मोनेरा
 
(ज) मुटुमा चारओटा कोठा हुने, शरीर भुत्ला र पखेटाले छोपेको, ओभिप्यारस जनावर कुन समूहमा पर्छ ?
 
(अ) स्तनपायी
(आ) सरिसृप
(इ) पंक्षी
(ई) उभयचर
 
(झ) तलका मध्ये कुन समूह एन्जियोस्पर्मअन्तर्गत पर्छन् ?
 
(अ) सल्लो, उनिउँ, केराउ
(आ) धुपी, मकै, चना
(इ) मस, मकै, सिमी
(ई) धान, केरा, ऑप
 
(ञ) शरीरमा भास्कुलर तन्तु हुने बिरुवाको डिभिजनलाई के भनिन्छ ?
 
(अ) स्पोरोफाइटा
(आ) ग्यामेटोफाइटा
(इ) ट्राकियोफाइटा
(ई) स्पर्माटोफाइटा
 
 
2. फरक लेख्नुहोस् :
 
(क) जगत् र जन्तु जगत् 
 
वनस्पति जगत्
१) यिनीहरुको कोषमा हुने कोष भिता सेलुलोज (cellulose) लेबनेको हुन्छ ।
(२) यिनीहरु स्वपोषित हुन्छन ।
3) यसअन्तर्गत एककोषीयदेखि बहुकोषीय हरितक (chlorophyll) भएका बिरुवाहरू पर्छन् ।
 
जन्तु जगत्
(१) यी सबै जीवको शरीर कोषभिता नभएका विकसित न्युक्लियसयुक्त कोषहरु (eukaryotic cells) मिलेर बनेको हुन्छ ।
(२) यी जीवहरू परपोषक हुन्छन् ।
(३) यसअन्तर्गत एककोषीयदेखि बहुकोषीय सजिवहरु
 
 
(ख) माछा र तारामाछा
 
माछा
(१) यो ढाड भएको जनावर हो।
(२) यो कोर्डेटा फाइलमको पिसेज श्रेणीमा पर्छ । 
(३) यसको शरीर वायुयान आकारको हुन्छ ।
 
तारामाछा
(१) यो ढाड नभएको जनावर हो
(२) यो इकाइनोडर्मेटा फाइलममा पर्छ ।
(३) यसको शरीर तारा आकारको हुन्छ ।
 
 
(ग) जेली फिस र कटल फिस
 
जेली फिस
(१) यो सिलेन्टरेटा फाइलममा पर्दछ । 
(२) शरीरभित्र खोक्रो नली हुन्छ ।
(३) यिनीहरुमा मैथुनिक र अमैथुनिक दुवैतरिकाबाट प्रजनन हुन्छन् ।
 
स्टारफिस
(१) यो इकाइनोडर्मटा फाइलमा पर्दछ । 
(२) शरीर कडा आवरणले ढाकेको हुन्छ । 
(३) यिनीहरू मैथुनिक तरिकाबाट प्रजनन गर्छन् ।
 
(घ) मस र क्लबमस
 
मस
(१) यसको काण्ड र पात साधारण हुन्छ । 
(२) यो ओसिलो ठाउमा पाइन्छ
 
क्लबमस
(१) यसको काण्ड र पात प्रष्टसंग छुट्टिएको हुन्छ । 
(२) यो छाया परेको भागमा पाइन्छ ।
 
(ङ) सल्लो र पिपल
 
(च) माछा र ह्वेल
 
माछा
(१) यसले शरीर कत्लाले ढाकेको हुन्छ ।
(२) यसले गिल्सको मद्दतले श्वास फर्छन् ।
(३) यसको मुटुमा ३ ओटा कोठा हुन्छन् ।
 
ह्वेल
(१) यसले शरीर रौ ढाकेको हुन्छ ।
(२) यसले फोक्सोको मद्दतले श्वास फर्छन् । 
(३) यसको मुटुमा ४ ओटा कोठा हुन्छन् ।
 
(छ) ढुकुर र चमेरो
 
ढुकुर
(१) यसले डिम्मा पारेर बच्चा कोरल्छ ।
(२) यसको मुखमा चुच्चो हुन्छ ।
(३) यिनीहरु एभस क्लासमा पर्दछ ।
 
चमेरो
(१) यसले जिउँदो बच्चा जन्माउँछ ।
(२) यसको मुखमा दाँतहरू हुन्छन् ।
(३) यिनीहरु मामेलिया क्लासमा पर्दछ ।
 
 
3. कारण दिनुहोस् :
 
(क) सजीवहरूको वर्गीकरण गर्न आवश्यक छ ।
 
उत्तर : किनकी यसपृथ्वी अनेकौं सजीवहरु छन् । ती सजीवहरुको बारेमा अध्ययन गर्नेको लागि सजिवहरुको वर्गीकरण आवश्यक छ ।
 
(ख) फ्युकस र मार्केन्सिया हेर्दा उस्तै देखिन्छन् तर फ्युकसलाई अल्गी र मार्केन्सियालाई ब्रायोफाइटा अन्तर्गत राखिन्छ ।
 
उत्तर : 
 
(ग) जिम्नोस्पर्ममा फल लाग्दैन ।
 
उत्तर : किनकि फूलको सत्तामा शडकु वा कोन हुन्छ । र शडकु वा कोनमा ओभरी हुँदैन जसले गर्दा जिम्नोस्पर्ममा फल लाग्दैन् । 
 
(घ) गोहीमा चारओटा कोठा भएको मुटु हुन्छ तर यो रेप्टिलिया अन्तर्गत पर्छ ।
 
उत्तर : किनकी गोही जमिनमा घसेर हिड्छन । यी जनावरहरु रेप्टिलिया क्लास अन्तर्गत पर्दछन । त्यसैले गोजीमा चारओटा कोठा भएको मुटु हुन्छ तर यो रेप्टिलिया अन्तर्गत पर्छ।
 
(ङ) चमेरो र हवेलका धेरै विशेषता असमान छन् तर पनि यिनीहरु एउटै वर्गमा पर्छन् ।
 
उत्तर : किनकी चमेरो र हवेल को शरीर रौंले ढाकेको हुन्छ र यिनीहरुले बच्चा जन्माएर दुध चुसाउँछन् । त्यसैले चमेरो र ह्वेलका धेरै विशेषता असमान छन् तर पनि यिनीहरु एउटै वर्गमा पर्छन् ।
 
(च) रिसियालाई एम्फिबियन बिरुवा भनिन्छ ।
 
उत्तर : किनकी रिसियाको शरीर थालस (thallus) हुन्छ र ब्रायोफाइटा अन्तर्गत पर्ने यी बिरुवालाई मैथुनिक प्रजननको समयमा गर्भाधान हुन पानी नभइ हुँदैन । त्यसैले रिसियालाई एम्फिबियन बिरुवा भनिन्छ |
 
(छ) उनिउँमा फूल फुल्दैन, साइकसमा फूल फुल्छ तर फल फल्दैन, केरामा फूल पनि फुल्छ र फल पनि फल्छ; तर पनि यी सबै बिरुवाहरू एउटै डिभिजनमा पर्छन् ।
 
उत्तर : किनकी उनिउमा जरा, काण्ड र पात प्रस्टसँग छुट्टिएको हुन्छ । त्यसैले उनिउँमा फूल फुल्दैन । साईकसमा शडकु वा कोनमा ओभरी हुँदैन । त्यसैले साइकसमा फूल फुल्छ तर फल फल्दैन। र केराको फूलमा ओभरी र ओभ्यूल हुन्छन् । त्यसैले केरामा फूल र फल दुवै फल्छ ।
 
 
4. तलका प्रश्नको उत्तर लेख्नुहोस् :
 
(क) वनस्पति जगत्मा पर्ने जीवहरूलाई कति डिभिजनमा विभाजन गरिएको छ ? 
 
उत्तर : वनस्पति जगत्मा पर्ने जीवहरूलाई अल्गी (Algae), बायोफाइटा (Bryophyta) ट्राकियोफाइटा (Tracheophyta) गरी मुख्य तीन डिभिजन ( division ) मा विभाजन गरिएको छ ।
 
(ख) वनस्पति जगत्का मुख्य विशेषता लेख्नुहोस् ।
 
उत्तर : वनस्पति जगत्का मुख्य विशेषताहरु यस प्रकार रहेका छन् :-
(अ) यस अन्तर्गत एककोषीय, बहुकोषीय, हरितकन (chlorophyll) भएका वनस्पतिहरु पर्दछन ।
(आ) यिनीहरूको शरीरको कोषमा हुने कोष भिता सेलुलोज (cellulose) ले बनेको हुन्छ ।
(इ) यिनीहरू स्वपोषित (autotrophs) हुन्छन् ।
(ई) यी वनस्पतिहरूमध्ये कुनै फुल फुल्ने र कुनै फूल नफल्ने हुन्छन ।
(उ) स्पाइरोगाइरा, मार्केन्सिया, मस र उन्यू जस्ता वनस्पतिहरूको फुल फुल्दैन । तर सल्ला, तोरी, धान, आप, सुन्तला आदि जस्ता वनस्पतिहरूको फुल फुल्छ ।
 
 
(ग) जिम्नोस्पर्म र एन्जियोस्पर्ममा पर्ने बिरुवाहरुका समानता लेख्नुहोस् ।
 
उत्तर : जिम्नोस्पर्म र एन्जियोस्पर्ममा पर्ने बिरुहरूका समानता यसप्रकार रहेका एन:-
 
(१) ती दुवै बिरुवाहरु जमिनमा पाइन्छ ।
(२) यो दुवै बिरुवाहरु एकलिङ्गी हुन्छ ।
 
(घ) यदि तपाईलाई ट्राकियोफाइटामा पर्ने केही बिरुवाहरुका पातमात्र दिएर आफूले कक्षामा प्राप्त गरेको वर्गीकरणसम्बन्धी ज्ञानको प्रयोग गरी यी बिरुवाहरूको सबडिभिजन छुट्याउन भनियो । के यो सम्भव छ ? तर्कसहित स्पष्ट पार्नुहोस् ।
 
उत्तर : शिक्षकलाई देखाऊ ।
 
 
(ङ) सबडिभिजन टेरिडोफाइटाका प्रमुख विशेषता लेख्नुहोस् ।
 
उत्तर : सबडिभिजन टेरिडोफाइटाका प्रमुख विशेषताहरु यस प्रकार रहेका छन् :-
 
(अ) यी बिरुवाहरुको बिउ हुँदैन तर जरा, काण्ड र पात प्रस्टसँग छुट्टिएको हुन्छ ।
(आ) यिनीहरुमा जाइलम र फूलोइम जस्ता जटिल तन्तुको विकास भएको हुन्छ ।
(इ) यी बिरुवाहरुको पातको पछाडिपट्टि खैरो दाना हुन्छ, जसलाई सोरस (sorus) भनिन्छ । यसले spore उत्पादन गर्छ ।
(ई) यी विरुवाहरु ओसिलो र छाया भएको ठाउँमा पाइन्छ ।
(उ) स्पोर (spore) अङ्कुरण भएर ग्यामेटोफाइट बन्छ।
(ऊ) यिनीहरुको जीवन चक्रमा अल्टरनेसन अफ जेनेरेसन ( alternation of generation) हुन्छ।
जस्तै : उन्यु (fern), लाइकोपोडियम (lycopodium), सिलाजिनेला (selaginella) आदि।
 
(च) रोसनीले आफ्नो बगैचामा नयाँ बिरुवामा फूलेका फूलको मात्र अवलोकन गरेर त्यो बिरुवा मोनोकटिलेडनमा पर्ने निष्कर्ष निकालिन् । यस्तो गर्नु ठिक हो कि होइन, कारणसहित स्पष्ट पार्नुहोस् ।
 
उत्तर : शिक्षकलाई देखाउनुहोस् ।
 
 
(छ) चित्रमा दुईओटा बिरुवाहरु देखाइएको छ । दुवै चित्र अवलोकन गर्नुहोस् र तल सोधिएका प्रश्नको उत्तर लेखुहोस् ।
 
उत्तर : पहिलो चित्र सुन्तला, र अर्को चित्र साईकस रहेछ।
 
(अ) यी दुई बिरुवाबिच तुलना गरी समानता र भिन्नता लेखुहोस् ।
 
उत्तर : 
समानता =
यो दुवै फुल फुल्ने विरुवाहरु हुन् । यो दुवै एकलिङ्गी विरुवा हुन् ।
 
भिन्नता = 
सुन्तला
१) यसको साना झारपातदेखि धेरै ठूलो सम्म हुन्छ ।
२) यसको फलभित्र बिउ हुन्छ ।
 
साईक्स
१) यसको पात लाम्चो र सियो जस्तो तिखो हुन्छ।
२) यसको वास्तविक फूल र फल हुँदैन
 
 
(ज) यो चार्टले जनावरहरूको चार समूह देखाउँछ माछा कुन समूहमा पर्छ ?
 
उत्तर : D समूहमा ।
 
(झ) फाइलम पोरिफेरामा पाचन प्रणाली विकास भएको हुँदैन । यिनीहरूमा पाचन कसरी हुन्छ, लेखुहोस् । 
 
उत्तर : फाइलम पोरिफेरामा पर्ने जीवहरु बहुकोषीय हुन्छ र समुन्द्रमा पाइन्छ । यी जीवको शरीरमा धेरै छिद्र हुन्छन् ती छिद्रबाट खानालाई सोसेर लिन्छन् र शरीरमा उत्पादित अनावश्यक पदार्थलाई निष्कासन गर्छन् भन्ने फाइलम पोरिफेरामा पाचन प्रणाली विकास नभए पनि पाचन यसरी हुन्छ ।
 
(ञ) राकेशले चउरमा खेल्दा खेल्दै एउटा नयाँ जनावर देखेछन् । उनले जन्तु जगत्को वर्गीकरणको ज्ञान प्रयोग गरेर उक्त जनावर कुन फाइलममा पर्छ भनेर कसरी पता लगाउँछन्, व्याख्या गर्नुहोस् ।
 
उत्तर : राकेशले चउरमा खेल्दा खेल्दै देखेको नयाँ जनावर गड्यौला हो । उनले जन्तु जगतको वर्गीकरणको ज्ञान प्रयोग गरेर उक्त गंड्यौलाको शारीरिक बनावट राम्रोसँग अवलोकन गर्छ । त्यसका बारेमा अध्यन गरी विशेषता टिपोट गर्छ र थप जानकारीका लागि गड्यौलाका बारेमा इन्टरनेटमा खोज्छ र अरु विशेषताहरु टिपोट गर्छ । त्यपछि चार्टपेपरमा गड्यौलाको सफा चित्र बनाएर बोर्डमा टाँसेर गड्यौलाका विशेषता छलफल गर्छ । छलफलका आधारमा गड्यौलालाई कुन फाइलममा पर्छ भने पता लगाउन सकिन्छ । 
 
(ट) सार्क र ह्वेल दुवै पानीभित्र बस्ने जनावर हुन् । यी जनावरका विशेषताका आधारमा यी दुईमध्ये कुनचाहिँ विकसित जनावर हो ? कारणसहित व्याख्या गर्नुहोस् ।
 
उत्तर : विशेषताका आधारमा यी दुईमध्ये ह्वेल विकसित जनावर हो । किनकी ह्वेलको शरीर रौं ले ढाकिएको हुन्छ । र शरीरमा टाउको, घाँटी, जिउ र पुच्छर हुन्छ । यसले फोक्साबाट सास फेर्छन् । र यसको मुटुमा चार ओटा कोठा हुन्छन् र यसले सोमै बच्चा जन्माउँछन् र यो जमिन र पानी दुवैमा बस्छन् । जसले गर्दा ह्वेल एउटा विकसित जनावर हो ।
 
(ठ) यहाँ दुईओटा जनावरको चित्र दिइएको छ, तुलनात्मक अध्ययन गरी तलका प्रश्नको उत्तर लेख्नुहोस् :
 
उत्तर : पहिलो चित्र चमेरो र अर्को चित्र चील हुन ।
 
(अ) यी जनावरहरू कुन फाइलम र क्लास अन्तर्गत पर्छन् ?
 
उत्तर :
जनावर  :  फाइलम  : क्लास
चमेरो     : कोर्डेटा    : स्तनधारी
चील      :  कोर्डेटा   : पंक्षी
 
(आ) यी जनावरहरुविचका कुनै दुई समानता र असमानता लेख्नुहोस् ।
उत्तर : 
समानता =
(क) यिनीहरु विषमतापी (poikilothermic) हुन्छन् ।
(ख) यिनीहरु एकलिड्गी (unisexual) हुन्छन् ।
 
असमानता =
चील
१) यिनीहरु को शरीर प्वाँख ले ढाकिएको हुन्छ।
२) यिनीहरु फोक्सोले श्वासप्रश्वास गर्छन् ।
 
चमेरो
१) यिनीहरुको शरीर रौँले ढाकिएको हुन्छ ।
२) यिनीहरु फोक्सोबाट सास फेर्छन् ।
 
(इ) यी जनावरको अध्ययनले क्रमविकासको अवधारणालाई कसरी स्पष्ट पार्छ ?
 
उत्तर : विकासको क्रममा जीवहरुको अनुकूलताका लागि नयाँ नयाँ गुणहरूको विकास हुँदै जाँदा प्रजातीकरण हुँदै गयो र नयाँ नयाँ जीवहरुको उत्पत्ति हुँदै गयो । यहाँ पाइसिज वर्गभन्दा एम्स वर्ग स्यामेलिया वर्गको धेरै नजिक देखिन्छ । यसको अर्थ एम्स र म्यामेलिया, पाइसिजभन्दा धेरै कम वर्ष पहिले मात्र एउटै पूर्वजबाट प्रजातीकरण भएको देखिन्छ ।
 
(ड) सजीवहरुको वर्गीकरण र क्रमविकासबिचको सम्बन्ध व्याख्या गर्नुहोस् ।
 
उत्तर : विकासको क्रममा जीवहरुको अनुकूलताका लागि नयाँ नयाँ गुणहरूको विकास हुँदै जाँदा प्रजातीकरण हुँदै गयो र नयाँ नयाँ जीवहरुको उत्पत्ति हुँदै गयो । यहाँ पाइसिज वर्गभन्दा एभ्स वर्ग म्यामेलिया वर्गको धेरै नजिक देखिन्छ । यसैको अर्थ एम्स र म्यामेलिया, पाइसिजभन्दा धेरै कम वर्ष पहिले मात्र एउटै पूर्वजबाट प्रजातीकरण भएको देखिन्छ । पाइसिज, एभ्स र म्यामे लियाका साझा गुणले यी सबै जीव एउटै पूर्वजबाट विकास भएको जनाउँछ यसरी नै जन्तु जगत्मा पर्ने विभिन्न फाइलमका विशेषता अध्ययन गर्यो भने तिनीहरुबिच पनि साझा गुणहरू पाइन्छन् । यसबाट के प्रमाणित हुन्छ भने जन्तु जगत्मा पर्ने सबै जीवहरुका पूर्वज एउटै थिए । विकासको क्रममा विस्तारै नयाँ नयाँ प्रजातिको विकास हुँदै गयो ।
 
(त) चित्रको अवलोकन गरी तलका प्रश्नको जवाफ दिनुहोस् :
 
(अ) कुन जनावरको शरीरमा दुई कोठा भएको मुटु हुन्छ ? 
उत्तर : माछा जनावरको शरीरमा दुई कोठा भएको मुटु हुन्छ ।
 
(आ) कुन जनावरले बच्चालाई दुध चुसाउँछ ?
उत्तर : बाघ जनावरले बच्चालाई दुध चुसाउँछ ।
 
(इ) भ्यागुता र सर्पबिचका दुईओटा समानता लेख्नुहोस्।
उत्तर : भ्यागुता र सर्पबिचका दुईओटा समानता यसप्रकार रहेका छन् :-
(क) यिनीहरु विषमतापी (poikilothermic) हुन्छन् ।
(ख) यिनीहरु एकलिङ्गी (unisexual) हुन्छन् ।
 
(ई) यी जनावरमध्ये कुन कुनका शरीरमा हावाका थैली हुन्छन् ? 
उत्तर : परेवा जनावरमध्ये कुन कुनका शरीरमा हावाका थैली हुन्छन् ।
 
 

Post a Comment

0Comments
Post a Comment (0)