हावापानीमा प्रभाव पार्ने तत्त्वहरू | Class 10 social chapter 6 lesson 1 exercise

0

 पाठ १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

 
 
१. हावापानी भनेको के हो ?
उत्तर : कुनै स्थान विशेषको लामो अवधिको मौसमी वा वायुमण्डलको औसत अवस्थालाई हावापानी भनिन्छ ।
 
 
२. तराईमा उत्तरी मोहडा र पहाडमा दक्षिणी मोहडा भएको घरलाई भौगोलिक हिसाबले उपयुक्त मानिन्छ । किन ? कारण दिनुहोस् ।
 
उत्तर : तराईमा अत्यधिक गर्मी हुने भएकाले पूर्व वा दक्षिण फर्काइएको घरमा बढी गर्मी हुने भएकाले उत्तर मोहडा भएको घर र पहाडमा चिसो मौसम हुने भएकाले चाँडै घाम लागोस् भनेर पूर्व वा दक्षिण मोहडा भएको घर बनाउनु भौगोलिक हिसाबले उपयुक्त मानिन्छ ।
 
 
३. कैलालीको धनगढी र गोरखा जिल्लामा अवस्थित सामागाउँ बस्ती लगभग एउटै अक्षांशमा पर्दछन् तर धनगढीमा अत्यन्तै गर्मी र सामागाउँमा अत्यन्तै जाडो हुन्छ । किन ? कारण दिनुहोस् ।
 
उत्तर : कैलालीको धनगढी र गोरखा जिल्लामा अवस्थित सामागाउँ बस्ती लगभग एउटै अक्षांशमा पर्दछन् तर धनगढीमा अत्यन्तै गर्मी र सामागाउँमा अत्यन्तै जाडो हुन्छ । किनभने हावापानीलाई अक्षांशका साथै उचाइले पनि प्रभाव पार्दछ । लगभग प्रत्येक १६५ मिटर उचाइ बढ्दा १ डिग्री सेल्सियस तापक्रम बढ्छ । कैलालीको धनगढी निकै होचो भूभाग हो भने सामागाउँ निकै अग्लो भूभागमा पर्दछ । तसर्थ धनगढीमा अत्यन्तै गर्मी र सामागाउँमा अत्यन्तै जाडो हुन्छ ।
 
 
४. कालोमाटो भएको क्षेत्रमा हावापानी न्यानो हुनाको कारण के होला ?
 
उत्तर : कालोमाटो भएको क्षेत्रमा माटाले ताप सोस्दछ । यसको कारणले गर्दा यस्ता क्षेत्रको हावापानी न्यानो हुन्छ। 
 
 
५. छिमेकी देश भारतको मुम्बईमा वर्षैभरि तापक्रममा भिन्नता हुँदैन तर दिल्लीमा तापक्रमको भिन्नता बढी हुन्छ, किन होला ?
 
उत्तर : सामुद्रिक क्षेत्रको प्रभावले समुद्र वरपरको भागमा सुरम्य हावापानी हुन्छ भने जमिनको भित्री भागमा सामुद्रिक प्रभाव नपर्ने हुनाले शुष्क हुन्छ । जमिन र पानीको क्षेत्रमा हावापानीको अवस्था फरक हुन्छ । मुम्बई समुद्र छेउमा भएकाले वर्षैभरि तापक्रममा भिन्नता हुँदैन तर दिल्ली समुद्रबाट टाढा भएकाले तापक्रम विषम हुन्छ ।
 
 
६. विश्वको हावापानीलाई प्रभाव पार्ने तत्त्वहरूको सूची तयार गरी कुनै दुईको वर्णन गर्नुहोस् । 
 
उत्तर : विश्वको हावापानीलाई प्रभाव पार्ने तत्त्वहरू निम्न छन् :-
(क) अक्षांश (ख) उचाइ (ग) जमिनको मोहडा (घ) सामुद्रिक दुरी (ङ) पहाडको उपस्थिति (च) सामुद्रिक धार (छ) वायुको स्वभाव र दिशा (ज) वनस्पति र माटो
 
(क) अक्षांश :- हावापानीलाई अक्षांशीय फैलावटले प्रभाव पार्दछ । भूमध्यरेखामा सूर्यको किरण सिधा पर्छ भने यसबाट जति जति उत्तरी वा दक्षिणी ध्रुवतिर गयो त्यति नै सूर्यको किरण छड्के पर्छ । यसले गर्दा भूमध्यरेखीय क्षेत्रमा तापक्रम बढी हुन गई गर्मी र ध्रुवीय क्षेत्रमा तापक्रम कम भई जाडो हुन्छ ।
 
(ख) उचाइ :- भूसतहको उचाइ बढ्दै जाँदा हावाको उपस्थिति पातलो हुँदै जान्छ । अर्थात् कम उचाइमा हावाको उपस्थिति बाक्लो र बढी उचाइमा हावाको उपस्थिति पातलो हुन्छ । १६५ मिटर उचाइ बढ्दा १ डिग्री सेल्सियस तापक्रम बढ्छ । तसर्थ उचाइअनुसार हावापानी फरक हुन्छ ।
 
 

Post a Comment

0Comments
Post a Comment (0)