सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको भूमिका | Class 10 social chapter 4 lesson 7 exercise

0

  

पाठ ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको भूमिका
 
 
१. अन्तर्राष्ट्रिय श्रम सङ्गठनले नेपालमा कस्तो योगदान पुऱ्याएको छ ?
 
उत्तर : अन्तर्राष्ट्रिय श्रम सङ्गठन संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत निकाय हो । यो संस्था विशेष श्रमिक हकहितको गतिविधिमा कार्यरत रहेको संस्था हो । बालश्रमको उन्मूलन, श्रम कानुन र श्रम नीतिको निर्माण र कार्यान्वयनमा यस संस्था कार्यरत रहेको देखिन्छ । नेपालमा पनि यस संस्थाले विभिन्न कार्यक्रमहरू सञ्चालनमा केन्द्रित रहेको छ । नेपालमा यो संस्था मूलतः बालश्रमको अन्त्य र सहरी तथा सहरोन्मुख क्षेत्रमा देखा परिरहेको बालश्रमको निराकरण गर्नका लागि सक्रिय रहेको देखिन्छ । तसर्थ बालश्रमको अन्त्य गर्नमा सङ्गठनले नेपालमा महत्त्वपूर्ण योगदान पुऱ्याएको छ ।
 
 
२. ट्रान्सपरेन्सी इन्टरनेसनलका कार्यहरू उल्लेख गर्नुहोस् ।
 
उत्तर : ट्रान्सपरेन्सी इन्टरनेसनलका कार्यहरू निम्न छन् :-
 
(क) भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारमुक्त विश्वको स्थापना 
(ख) हरेक तह तथा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र इमानदारिताको प्रवर्धन गर्न सहयोग 
(ग) विभिन्न सूचकका आधारमा भ्रष्टाचार सूचकाङ्कको प्रकाशन 
(घ) राजनीतिक भ्रष्टाचारको अनुगमन गरी प्रतिवेदन प्रकाशन ।
 
 
३. संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका प्रमुख कार्यक्षेत्रहरू उल्लेख गर्नुहोस् ।
 
उत्तर : संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका प्रमुख कार्यक्षेत्रहरू :
(क) प्रजनन
(ख) मातृ स्वास्थ्य सुधार
(ग) समानता र मानवीय सङ्कट समाधान
 
 

Post a Comment

0Comments
Post a Comment (0)