सामाजिक समस्याको पहिचान र समस्या समाधान सिप | Class 10 social chapter 4 lesson 6 exercise

0

 


पाठ ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान सिप
 
 
१. सामाजिक समस्याहरू कसरी पहिचान गर्न सकिन्छ ?
 
उत्तर : सामाजिक समस्याहरू समस्याको मूल कारण खोजेर पहिचान गर्न सकिन्छ । त्यस्तै समस्या सिर्जना हुनुको पृष्ठभूमि थाहा पाएर पनि पहिचान गर्न सकिन्छ ।
 
 
२. सामाजिक समस्याबाट बच्ने उपायहरू उल्लेख गर्नुहोस् ।
 
उत्तर : सामाजिक समस्याबाट बच्ने उपायहरू निम्न छन् :-
 
(क) समस्याको प्रकृति, सिर्जित अवस्थाका आधारमा समस्या समाधानका विभिन्न विकल्पमध्ये सही विकल्प छानी कार्यान्वयन गर्ने 
(ख) कुलतमा लागेका साथीको सङ्गत नगर्ने 
(ग) राम्रा र सिर्जनशील कार्यमा आफूलाई व्यस्त राख्ने 
(घ) भविष्य निर्माणमा प्रतिबद्ध हुने 
(ङ) अभिभावक वा परिवारका सदस्यसँग सुमधुर सम्बन्ध स्थापित गर्ने ।
 
 
३. तपाईँको वरपरका प्रमुख सामाजिक समस्याको सूची तयार गर्नुहोस् ।
 
उत्तर : मेरो वरपरका प्रमुख सामाजिक समस्याहरू :-
 
(क) घरेलु हिंसा
(ख) धूमपान तथा मद्यपान
(ग) फजुल खर्च र देखासिकी
(घ) बालविवाह
(ङ) भ्रष्टाचार
(च) दुर्व्यसन
 
 
४. बालविवाह रोक्न तपाईंले के के प्रयत्न गर्न सक्नुहुन्छ ?
 
उत्तर : बालविवाह रोक्न मैले निम्न प्रयत्न गर्न सक्छु
 
(क) चेतना जगाउने 
(ख) बालविवाह भइरहेको थाहा पाए प्रहरीमा जानकारी गराउने 
(ग) बालक्लबका माध्यमबाट विभिन्न कार्यक्रम सञ्चालन गर्ने
 
 
५. कुलतबाट बच्ने उपायहरू लेख्नुहोस् ।
 
उत्तर : कुलतबाट बच्ने उपायहरू :-
(क) साथीको प्रस्तावलाई इन्कार गर्ने 
(ख) असल साथीको मात्र सङ्गत गर्ने 
(ग) परिवारका सदस्यसँगको सम्बन्ध सुमधुर राख्ने 
(घ) देखासिकीमा नलाग्ने 
(ङ) सिर्जनशील कार्य गरी समय बिताउने र भविष्य निर्माणमा प्रतिबद्ध हुने ।
 
 

Post a Comment

0Comments
Post a Comment (0)