यौन विकृति र विसङ्गति | Class 10 social chapter 4 lesson 2 exercise

0

  

पाठ २ यौन विकृति र विसङ्गति
 
 
१. कम उमेरमा विवाह गर्दा कस्ता समस्या आइपर्न सक्छन् ?
 
उत्तर : कम उमेरमा विवाह गर्दा आइपर्न सक्ने समस्याहरू निम्न छन् :-
 
(क) पढाइ छोड्नुपर्ने अवस्था आउन सक्ने 
(ख) बच्चाको स्याहारसुसार र परिवार पाल्नतिर ध्यान दिनुपर्ने 
(ग) शारीरिक तथा मानसिक समस्या आइपर्न सक्ने 
(घ) आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्नसक्ने 
(ङ) उमेरै नपुगी पारिवारिक बोझ बोक्नुपर्ने ।
 
 
२. यदि तपाइँमाथि यौन दुर्व्यवहार हुन खोज्यो भने तपाईं के गर्नुहुन्छ ?
 
उत्तर : हामी कसैले पनि यौन दुर्व्यवहार सहेर बस्नु हुँदैन । तसर्थ यदि ममाथि यौन दुर्व्यवहार हुन खोज्यो भने सर्वप्रथम त म सचेत गराउँछु । यौन दुर्व्यवहार विसङ्गति हो भन्ने सम्झाउँछु । सचेत गराउँदा र सम्झाउँदा पनि नभए सम्बन्धित निकायमा गएर उजुरी दिन्छु ।
 
 
३. आफ्ना बालबालिकालाई यौन विसङ्गतिबाट बचाउन अभिभावकले खेल्न सक्ने भूमिका लेख्नुहोस् ।
 
उत्तर : आफ्ना बालबालिकालाई यौन विसङ्गतिबाट बचाउन अभिभावकले खेल्न सक्ने भूमिका: 
(क) यौन विकृति र विसङ्गतिका बारेमा बालबालिकासँग खुलेर कुरा गर्ने 
(ख) यौन विकृति र विसङ्गतिका नकारात्मक पक्षका बारेमा जानकारी गराउने 
(ग) यौन विकृति र विसङ्गतिबाट बच्ने उपाय सिकाउने 
(घ) बालबालिकालाई सही संस्कार र गतिविधिमा संलग्न गराउने 
(ङ) अभिभावक स्वयम्‌ले आदर्श र नैतिक व्यवहार प्रदर्शन गर्ने 
(च) बालबालिकाको गतिविधि सूक्ष्म किसिमले नियालिरहने ।
 
 
४. समाजमा हुने यौन विकृति र विसङ्गतिलाई हटाउनका लागि के के गर्नुपर्ला ?
 
उत्तर : समाजमा हुने यौन विकृति र विसङ्गतिलाई हटाउन निम्न कार्य गर्न सकिन्छ :- 
(क) यौन विकृति र विसङ्गतिका खराब पक्षका बारेमा जनचेतना अभिवृद्धि गर्ने 
(ख) समाजका प्रत्येक सदस्यहरूले उच्च नैतिकता प्रदर्शन गर्ने 
(ग) रोजगार तथा स्वरोजगारमा संलग्न हुने 
(घ) संयुक्त परिवारमा बस्ने व्यवस्था मिलाउने 
(ङ) यौन विकृति र विसङ्गतिमा संलग्न हुनेलाई कानुनी कारबाहीको व्यवस्था गर्ने ।
 
 

Post a Comment

0Comments
Post a Comment (0)