मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या | Class 10 social chapter 4 lesson 1 exercise

0

  

पाठ १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या
 
 
१. मानव बेचबिखन भनेको के हो ? यसबाट बच्न के के गर्नुपर्ला ?
 
उत्तर : कुनै पनि उद्देश्यले मानिस किनबेच गर्ने, श्रम शोषण गर्ने, वेश्यावृत्तिमा लगाउने र कानुनी प्रावधान विपरीत मानिसका अङ्ग झिक्ने कामलाई मानव बेचबिखन भनिन्छ । चेलीबेटी बेचबिखन, बालबालिका बेचबिखन र मानव अङ्ग बेचबिखन जस्ता कार्य विशेष गरेर मानव बेचबिखन अन्तर्गत पर्दछन् ।
 
यसबाट बच्न निम्न कार्य गर्न सकिन्छ :-
(क) व्यक्ति स्वयम् सचेत बन्नुका साथै अभिभावकको रेखदेख तथा शिक्षा र सञ्चार क्षेत्रको भूमिका सकारात्मक
(ख) सरकारी, सामुदायिक र गैरसरकारी संस्थाहरूको समन्वय र सहकार्य बढाउने
(ग) कडा कानुनी प्रबन्ध र कार्यान्वयनको व्यवस्था गर्ने
(घ) बालबालिकाका लागि शिक्षाको अवसर, अभिभावकको सचेतना वृद्धि गर्ने
(ङ) गरिबी निवारण कार्यक्रमलाई प्रभावकारी बनाउने, गैरकानुनी रूपमा अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालन हु नदिने ।
 
 
२. नेपालमा मानव बेचबिखन विरुद्ध सरकारी तथा गैरसरकारी संस्थाले गरेका प्रयासबाट कस्ता उपलब्धि हासिल भएका छन् लेख्नुहोस् ।
 
उत्तर : नेपालमा मानव बेचबिखन विरुद्ध सरकारी तथा गैरसरकारी संस्थाले विभिन्न प्रयास गरेका छन् । नेपाल प्रहरी, महिला तथा बालबालिका मन्त्रालय, राष्ट्रिय महिला आयोग, जिसस, गुप्तचर निकाय जस्ता सरकारी निकायले मानव बेचबिखनका विरुद्ध कार्य गरिरहेका छन् । त्यसैगरी माइती नेपाल, दिदीबहिनी जस्ता सङ्घसंस्थाहरू पनि यस कार्यमा संलग्न भई कार्य गरिरहेका छन् । यस्ता सरकारी तथा गैरसरकारी संस्थाले गरेका प्रयासबाट धेरै उपलब्धि हासिल भएका छन्, ती मध्ये केही निम्न छन् :-
 
(क) चेलीबेटी बेचबिखन कार्यमा कमी आएको छ ।
(ख) उद्धार, पुनर्स्थापना जस्ता कार्य तिव्रताका साथ अघि बढेका छन् ।
(ग) उनीहरूका लागि सिपमूलक र आर्यआर्जनका कार्यक्रम सञ्चालन भएका छन् ।
(घ) चेतनामूलक कार्य भई चेतनास्तरमा वृद्धि भएको छ।
 
 
३. मानव बेचबिखनबाट व्यक्ति र समाजमा पर्ने असरहरूको सूची बनाउनुहोस् ।
 
उत्तर : मानव बेचबिखनबाट व्यक्ति र समाजमा पर्ने असरहरू निम्न छन् :-
(क) व्यक्तिमा विभिन्न किसिमका शारीरिक तथा मानसिक समस्या देखापर्न सक्ने
(ख) आफ्नो इच्चा वा चाहना विपरीतको कार्य गर्न बाध्य हुनुपर्ने
(ग) विभिन्न सरुवा रोगहरूको सङ्क्रमण बढ्ने
(घ) समाजमा नकारात्मक असर पर्ने 
(ङ) डरत्रासको वातावरणमा रहनु पर्ने
(च) मानव सभ्यतामाथि नै प्रश्न चिह्न खडा हुने
(छ) व्यक्तिगत स्वतन्त्रताको हनन् हुने ।
 
 
४. नेपालबाट विभिन्न राष्ट्रहरूमा वैदशिक रोजगारीका नाममा मानव तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहको सञ्जालमा नेपालीहरू पनि नराम्रोसँग फसेका देखिन्छन् । यस्तो तस्करी केका लागि हुने गर्छ, खोजी गरी यस्तो समस्या निराकरण गर्न ककसले के के गर्नु पर्छ, लेख्नुहोस् ।
 
उत्तर : नेपालबाट विभिन्न राष्ट्रहरूमा वैदेशिक रोजगारीका नाममा मानव तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहको सञ्जालमा नेपालीहरू पनि नराम्रोसँग फसेका देखिन्छन् । यस्तो तस्करीको कारण विशेष गरी सोझासाझा व्यक्तिहरूलाई फसाएर अवैधानिक तवरले धेरै पैसा कमाउनु रहेको देखिन्छ । यस्तो तस्करी हुने अन्य कारण निम्न छन् :-
 
(क) श्रमशोषण गर्ने 
(ख) वेश्यावृत्तिमा लगाउने 
(ग) जोखिमयुक्त कार्य गर्न लगाउने 
(घ) अङ्ग झिक्ने 
(ङ) घरेलु कामदारका रूपमा राख्ने 
(च) माग्न लगाउने ।
 
यस्तो कार्य निराकरण गर्न व्यक्ति, समाज, स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाको महत्त्वपूर्ण भूमिका हुन्छ ।
जस्तै :-
(क) सामुदायिक, सरकारी तथा गैरसरकारी संस्थाहरूले समन्वय र सहकार्य गर्ने 
(ख) चेतनामूलक कार्यक्रम सञ्चालन गरी चेतनास्तर बढाउने 
(ग) व्यक्ति स्वयम् नै सचेत रहने
(घ) शङ्कास्पद गतिविधिप्रति सचेत बन्ने
(ङ) अपराधीलाई कडा कारबाहीको प्रबन्ध मिलाउने
(च) दोषीलाई कसैले पनि संरक्षण नगर्ने
 
 

Post a Comment

0Comments
Post a Comment (0)