हाम्रा लोकगीत | Class 10 social chapter 3 lesson 2 exercise

0

  

पाठ २ : हाम्रा लोकगीत
 
 
१. लोकगीत भनेको के हो ?
 
उत्तर : स्थानीय स्तरमा सिर्जित र सङ्कलित लोक अर्थात् मानिसका सुख, दुःख, पीडा, उमङ्ग र सम्पूर्ण लोकजीवनको अनुभव र अभ्यासलाई समेटिएको कलात्मक साङ्गीतिक अभिव्यक्तिलाई लोकगीत भनिन्छ । यो सरल, बोधगम्य र लोकप्रिय हुन्छ । यसलाई लोक संस्कृतिको अभिन्न अङ्गका रूपमा समेत लिइन्छ ।
 
 
२. पालम, तामाङ सेलो र तिजको गीतको छोटो परिचय दिनुहोस् ।
 
उत्तर : पालम गीत यो नेपालको पूर्वी भेगमा प्रचलित लोकगीत हो । यस गीतलाई पूर्वी पहाडका लिम्बु जातिले गाउने गर्छन् । यो धाननाचमा जुहारीका रूपमा गाउने गरिन्छ । उदाहरण :
 
सिङ्घाओ थुङ्वे कक्मा फाग
मिन्छागेन आनी याम्मी साग ।
 
तामाङ सेलो : नेपालको मध्य पहाडी क्षेत्रमा तामाङ जातिमा प्रचलित गीत तामाङ सेलो हो । वाग्मती प्रदेशका विभिन्न जिल्लामा बढी प्रचलित भए पनि हाल यो नेपालभरि प्रचलित छ । तामाङ सेलोलाई अहिले नेपाली भाषामा समेत गाउने प्रचलन बढ्दो छ । यसले यसको लोकप्रियता झनै बढाएको छ ।
उदाहरण :
घोर्की स्याउरी ग्यालमरी
गेला टुक्रा सारी ।
 
तिज गीत : यो लोकगीत पर्वगीतअन्तर्गत पर्दछ । महिलाहरूको महान् पर्व तिजका अवसरमा यो गीत गाउने गरिन्छ । महिलाले मात्र गाउने प्रचलन रहेकोमा अहिले आएर पुरुषहरूले पनि तिज गीत गाउन थालेका छन् । उदाहरण :
 
तिजको वेलामा सबै जान्छन् माइत
आफ्नो माइती मुग्लान पारी छैन साइत ।
 
 
३. “लोकगीत हाम्रो मौलिक पहिचान हो ।" यस भनाइलाई उदाहरणसहित प्रष्ट पार्नुहोस् ।
 
उत्तर : हाम्रा भिरपाखा, पहरा, भन्ज्याङ, चौतारी, मैदानी गरा एवम् आलीमा मेलापर्व तथा उत्सवमा गाइने लोकगीतको आफ्नै महत्त्व र सान्दर्भिकता रहेको छ । यी हाम्रा जीवन्त सम्पदा हुन् अनि लोकसंस्कृतिको अभिन्न अङ्ग पनि हुन् । यो समुदायको गीत पनि हो । यसको सर्जक समुदाय हो । यसले मनोरञ्जन मात्रै प्रदान गरेको छैन सामाजिक एकता कायम राख्नसमेत सहयोग गरेको छ । पुस्तान्तरणका माध्यमबाट लोकगीत आजसम्म जीवित बनेको हो । तसर्थ लोकगीत हाम्रो मौलिक पहिचान हो, चिनारी हो ।
 
 
४. नेपाली लोकगीतको संरक्षणमा तपाईँको भूमिका उल्लेख गर्नुहोस् ।
 
उत्तर : नेपाली लोकगीतको संरक्षणमा मेरो भूमिका
(क) लोकगीतको महत्त्व सम्बन्धमा जनचेतना जगाउने, युवावर्गमा यसको आवश्यकता बोध गराउने
(ख) सबै प्रकारका र भाषाका लोकगीतलाई समान रूपमा लिई सम्मान गर्ने
(ग) लोकगीतसम्बन्धी कार्यक्रममा सक्रिय सहभागिता जनाउने
(घ) नियमित लोकगीत सुन्ने र यसका सर्जकलाई हौसला बढाउने
(ङ) स्थानीय क्षेत्रका लोकगीत खोजी गरी संरक्षण गर्ने, गितार संस्कृति होइन सारङ्गी संस्कृतिको निर्माण गर्ने ।
 
परियोजना कार्य
 
तपाईँको स्थानीय तहमा प्रचलित लोकगीतको खोजी गर्नुहोस्, ती गीत कुन कुन जाति समुदायसँग सम्बन्धित रहेका छन् ? कुन कुन अवसरमा गाउने गरिन्छन् ? ती गीत संरक्षणका उपायहरूसमेत समेटी प्रतिवेदन तयार गर्नुहोस् ।
 
शीर्षक : हाम्रो स्थानीय तहमा प्रचलित लोकगीत र संरक्षणका उपायसम्बन्धी अध्ययन प्रतिवेदन
 
उद्देश्य : यस अध्ययनका उद्देश्य निम्न रहेका छन् :-
 
(क) यस स्थानीय तहमा प्रचलित लोकगीतको खोजी गर्नु
(ख) ती लोकगीत संरक्षण गर्ने उपायहरू सुझाउनु ।
 
अध्ययन विधि : अवलोकन, सोधखोज, प्रश्नोत्तर आदि ।
 
प्राप्त तथ्यहरू : स्थानीय तहका विभिन्न स्थान र समुदाय तथा जातिको अवलोकन, सम्बन्धित व्यक्तिसँग सोधखोज र प्रश्नोत्तर गर्दा निम्न तथ्य प्राप्त भयो :-
 
(क) ........
 
(ख) ........
 
(ग) .........
 
(घ) .........
 
निष्कर्ष र सुझावहरू : माथिको तथ्यलाई समेत दृष्टिगत गर्दा हाम्रो स्थानीय तहमा विभिन्न जातजातिका विभिन्न अवसरमा गाइने विभिन्न लोकगीत रहेको पाइयो । यी लोकगीतहरूको संरक्षण गर्न लोकगीतहरूको खोजी गरी रेकर्डिङ गर्ने, स्थानीय एफएमहरूमा लोकगीत प्रतियोगिताहरू सञ्चालन गर्ने, लोकगीतको आवश्यकता सम्बन्धमा प्रचारप्रसार गर्ने, विदेशी संस्कृतिको अतिक्रमणलाई रोक्ने जस्ता कार्य गर्नुपर्ने देखिन्छ ।
 
मिति : २०८० वैशाख २९                प्रतिवेदक
 

Post a Comment

0Comments
Post a Comment (0)