नेपालमा सङ्घीयता | Class 10 social chapter 2 lesson 3 exercise| पाठ ३ : नेपालमा सङ्घीयता १. सङ्घीयता भनेको के हो ? उत्तर : सङ्घीयता शासन सञ्चालनको विभिन्न ढाँचामध्येको एउटा शासकीय अवस्था बुझाउने अवधारणा हो । यो लोकतान्त्रिक विकेन्द्रीकरणको एक महत्त्वपूर्ण अवधारणा र उच्चतम रूप हो । यसमा सङ्घीय र प्रादेशिक विकासको अवधारणालाई आत्मसात् गर्दै स्रोतको उचित बाँडफाँड र परिचालन तथा आर्थिक, सामाजिक र धार्मिक विभेद कम गरी सबै क्षेत्रको समानुपातिक विकासका लागि देशलाई सङ्घीय संरचनामा रूपान्तरण गरिएको हुन्छ । २. नेपालमा सङ्घीयता कार्यान्वयनमा आएसँगै भएका सकारात्मक परिवर्तन औँल्याउनुहोस् । उत्तर : नेपालमा सङ्घीयता कार्यान्वयनमा आएसँगै भएका सकारात्मक परिवर्तन निम्न छन् :- (क) सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गठनमा जनताको सक्रिय सहभागिता भई सामूहिक शासन पद्धतिको विकास प्रारम्भ भएको छ । (ख) प्रदेश तथा स्थानीय तहका बिचमा प्रतिस्पर्धा बढ्न थालेको छ, जसले विकासलाई तिव्रता दिएको छ । (ग) सबै कुरामा केन्द्रको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । (घ) समावेशिता र सामाजिक न्यायले प्रश्रय पाएको छ साथै जनसहभागितामा वृद्धि भएको छ । (ङ) सबै जाति, वर्ग, लिङ्ग, क्षेत्र आदिमा अपनत्वको भावना विकास भएको छ र विविधतामा एकताको अवस्था झनै बलियो बनेको छ । ३. स्थानीय सरकारको मुख्य कार्यक्षेत्र उल्लेख गर्नुहोस् । उत्तर : स्थानीय सरकारको मुख्य कार्यक्षेत्र निम्न छन् :- (क) स्थानीय सेवाको व्यवस्थापन, तथ्याङ्क र अभिलेख सङ्कलन (ख) स्थानीय स्तरका विकास आयोजना तथा परियोजना (ग) आधारभूत र माध्यमिक शिक्षा (घ) आधारभूत स्वास्थ्य र सरसफाइ, वातावरण संरक्षण तथा जैविक विविधता (ङ) स्थानीय पूर्वाधार निर्माण (च) स्थानीय कर सङ्कलन, खानेपानी तथा साना जल विद्युत् आयोजना ४. सङ्घीयताको सफल कार्यान्वयनमा ध्यान दिनुपर्ने पक्ष विश्लेषण गर्नुहोस् । उत्तर : विभिन्न आन्दोलनको पृष्ठभूमिमा नेपाललाई २०६५ साल जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरिएको हो । आवधिक निर्वाचनका माध्यमबाट हाल सङ्घीय संरचनाअनुसार सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार क्रियाशील रहेका छन् । देशलाई सम्पन्न बनाउनका लागि सङ्घीयता उपयोगी रहने भएकाले यसको सफल कार्यान्वयनमा सबैको भूमिका सकारात्मक र सक्रिय रहनु आवश्यक छ । नेपालको सन्दर्भमा सङ्घीयता नयाँ प्रयोग भएकाले यसको कार्यान्वयनका क्रममा केही जटिलता र द्विविधा देखिनु सामान्य हो । यस्ता जटिलता र द्विविधालाई न्यूनीकरण गर्दै अघि बढ्न सके सङ्घीयताको सफल र प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ । सङ्घीयताको मूल मर्मलाई सबैले आत्मसात् गरी सोहीअनुसार सबै तहका ऐनकानुनको निर्माण र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्नुपर्छ । यसका लागि केन्द्र सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नु जरुरी छ । त्यस्तै जनप्रतिनिधिले आफूलाई जनताको सेवकका रूपमा लिई इमानदारिताका साथ काम गर्नु आवश्यक छ । त्यस्तै सुशासन र अवसरको न्यायोचित वितरणमा समेत क्रियाशील हुनु जरुरी छ । यसप्रकार विकास र सम्वृद्धि, आत्मनिर्भर र स्वावलम्बी, रोजगार र स्वरोगारको अवसर, गुणस्तरीय शिक्षा र स्वास्थ्य, कानुनीराजको स्थापना जस्ता कुरामा ध्यान दिनसके सङ्घीयताको सफल कार्यान्वयन गर्न सकिन्छ ।

0

  

पाठ ३ : नेपालमा सङ्घीयता
 
 
१. सङ्घीयता भनेको के हो ?
 
उत्तर : सङ्घीयता शासन सञ्चालनको विभिन्न ढाँचामध्येको एउटा शासकीय अवस्था बुझाउने अवधारणा हो । यो लोकतान्त्रिक विकेन्द्रीकरणको एक महत्त्वपूर्ण अवधारणा र उच्चतम रूप हो । यसमा सङ्घीय र प्रादेशिक विकासको अवधारणालाई आत्मसात् गर्दै स्रोतको उचित बाँडफाँड र परिचालन तथा आर्थिक, सामाजिक र धार्मिक विभेद कम गरी सबै क्षेत्रको समानुपातिक विकासका लागि देशलाई सङ्घीय संरचनामा रूपान्तरण गरिएको हुन्छ ।
 
 
२. नेपालमा सङ्घीयता कार्यान्वयनमा आएसँगै भएका सकारात्मक परिवर्तन औँल्याउनुहोस् । उत्तर : नेपालमा सङ्घीयता कार्यान्वयनमा आएसँगै भएका सकारात्मक परिवर्तन निम्न छन् :-
 
(क) सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गठनमा जनताको सक्रिय सहभागिता भई सामूहिक शासन पद्धतिको विकास प्रारम्भ भएको छ ।
 
(ख) प्रदेश तथा स्थानीय तहका बिचमा प्रतिस्पर्धा बढ्न थालेको छ, जसले विकासलाई तिव्रता दिएको छ ।
 
(ग) सबै कुरामा केन्द्रको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
 
(घ) समावेशिता र सामाजिक न्यायले प्रश्रय पाएको छ साथै जनसहभागितामा वृद्धि भएको छ ।
 
(ङ) सबै जाति, वर्ग, लिङ्ग, क्षेत्र आदिमा अपनत्वको भावना विकास भएको छ र विविधतामा एकताको अवस्था झनै बलियो बनेको छ ।
 
 
३. स्थानीय सरकारको मुख्य कार्यक्षेत्र उल्लेख गर्नुहोस् ।
 
उत्तर : स्थानीय सरकारको मुख्य कार्यक्षेत्र निम्न छन् :-
 
(क) स्थानीय सेवाको व्यवस्थापन, तथ्याङ्क र अभिलेख सङ्कलन
(ख) स्थानीय स्तरका विकास आयोजना तथा परियोजना
(ग) आधारभूत र माध्यमिक शिक्षा
(घ) आधारभूत स्वास्थ्य र सरसफाइ, वातावरण संरक्षण तथा जैविक विविधता
(ङ) स्थानीय पूर्वाधार निर्माण
(च) स्थानीय कर सङ्कलन, खानेपानी तथा साना जल विद्युत् आयोजना
 
 
४. सङ्घीयताको सफल कार्यान्वयनमा ध्यान दिनुपर्ने पक्ष विश्लेषण गर्नुहोस् ।
 
उत्तर : विभिन्न आन्दोलनको पृष्ठभूमिमा नेपाललाई २०६५ साल जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरिएको हो । आवधिक निर्वाचनका माध्यमबाट हाल सङ्घीय संरचनाअनुसार सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार क्रियाशील रहेका छन् । देशलाई सम्पन्न बनाउनका लागि सङ्घीयता उपयोगी रहने भएकाले यसको सफल कार्यान्वयनमा सबैको भूमिका सकारात्मक र सक्रिय रहनु आवश्यक छ ।
 
नेपालको सन्दर्भमा सङ्घीयता नयाँ प्रयोग भएकाले यसको कार्यान्वयनका क्रममा केही जटिलता र द्विविधा देखिनु सामान्य हो । यस्ता जटिलता र द्विविधालाई न्यूनीकरण गर्दै अघि बढ्न सके सङ्घीयताको सफल र प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ । सङ्घीयताको मूल मर्मलाई सबैले आत्मसात् गरी सोहीअनुसार सबै तहका ऐनकानुनको निर्माण र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्नुपर्छ । यसका लागि केन्द्र सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नु जरुरी छ । त्यस्तै जनप्रतिनिधिले आफूलाई जनताको सेवकका रूपमा लिई इमानदारिताका साथ काम गर्नु आवश्यक छ । त्यस्तै सुशासन र अवसरको न्यायोचित वितरणमा समेत क्रियाशील हुनु जरुरी छ ।
 
यसप्रकार विकास र सम्वृद्धि, आत्मनिर्भर र स्वावलम्बी, रोजगार र स्वरोगारको अवसर, गुणस्तरीय शिक्षा र स्वास्थ्य, कानुनीराजको स्थापना जस्ता कुरामा ध्यान दिनसके सङ्घीयताको सफल कार्यान्वयन गर्न सकिन्छ ।
 

Post a Comment

0Comments
Post a Comment (0)