व्यावसायिक चिठी (चिठी) | Class 10 nepali chapter 10 exercise| व्यावसायिक चिठी (चिठी) | Class 10 nepali chapter 10 व्यावसायिक चिठी (चिठी) Business letter ( bayparik chithi)

0

  

१०. व्यावसायिक चिठी (चिठी)

 

शब्दभण्डार

 

१. शब्दकोशको सहायता लिई दिइएका शब्दको अर्थ लेख्नुहोस् :

भुक्तानी - लेनदेन चुक्ता गर्ने काम, फर्छयौट

अत्यधिक - ज्यादै बढी, एकदम धेरै

उपत्यका - पहाडका फेदीको समथर जमिन, बेसी

ब्रोकाउली - काउलीजस्तै एक तरकारीविशेष

कृषक - किसान, खेतीवाल

नगदेबाली - नगद आम्दानी हुने, उब्जाइने कृषिबाली

तपसिल - तल लेखिएको वा खुलाइएको विवरण 

 

२. दिइएका अनुच्छेद पढी मौलिक र आगन्तुक शब्दबारे साथीसँग छलफल गर्नुहोस् :

- शिक्षकअनुसार गर्नुहोस् ।

 

३. अनुच्छेदबाट कोष्ठकको निर्देशनअनुसार हरेकका दुई दुईओटा शब्द पहिचान गरी लेख्नुहोस् ।

(क) झगडाको राम्रो फैसला गर्न सक्ने कृष्ण राय घरबाट बाहिर कम निस्कन्थे । उनी निस्किहाले भने कहीं झगडा परेछ भन्ने ठानिन्थ्यो । उनलाई सबै मान्छे अदवसाथ अभिवादन गर्थे । (तद्भव र आगन्तुक )

तद्भव : झगडा, घर

आगन्तुक : अदब, फैसला

 

(ख) सवारी दुर्घटना किन र कसरी हुन्छ भन्ने कुरालाई गम्भीरता साथ सोच्नु पर्ने भएको छ । सहरी क्षेत्रका साँघुरा सडक र यातायात साधनको अत्यधिक चाप यसमा बढी जिम्मेवार छन् । (तत्सम र आगन्तुक)

तत्सम : गम्भीर, अत्यधिक

आगन्तुक : सडक, सवारी

 

(ग) नेपालमा परम्परागत सिंचाइका कुलो, इनार आदिका सहायताले खेती गर्ने चलनका साथै तराई तथा भित्री मधेसमा बढी मात्रामा नहरबाट सिंचाइ गर्ने आधुनिक प्रक्रियाको विकास) भएको छ । (तत्सम र तद्भव)

तत्सम : परम्परागत, प्रक्रिया

तद्भव : खेती, मधेस

 

(घ) वायुमण्डल विभिन्न ग्याँसले बनेको छ । यसमा आयतनका हिसाबले सबभन्दा बढी नाइट्रोजन र अक्सिजन छन् भने धुलाको कण, जलवाष्प, मिथेन, ओजोन, कार्बन डाइअक्साइड, नाइट्स आदि नगण्य मात्रामा छन् । (तत्सम र आगन्तुक)

तत्सम : जलवाष्प, कण 

आगन्तुक : ग्याँस, अक्सिजन

 

४. दिइएका पत्र रचनासँग सम्बन्धित शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् : 

सम्बोधन : 

चिठी लेख्दा प्रारम्भिक भागमा सम्बोधन गर्नु पर्दछ ।

विषय :

कुनै विषयमा चिठी लेख्ने गरिन्छ ।

निवेदन :

बोलिएको कुरा भन्दा निवेदनलाई आधिकारिक मानिन्छ। 

अभिवादन :

हामीले चिठी लेख्दा अभिवादन छुटाउनुहुँदैन ।

प्रेषक : 

चिठी पठाउने व्यक्तिलाई प्रेषक भनिन्छ ।

प्रापक : 

चिठी पाउने व्यक्तिलाई प्रापक भनिन्छ ।

भवदीय :

पत्रका अन्तमा नामका पहिले आत्मीयता तथा नम्रता जनाउनका निम्ति भवदीय प्रयोग गरिन्छ।

 

बोध र अभिव्यक्ति

 

१. दिइएको शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

उपर्युक्त, शीतोष्ण, ट्रान्सपोर्ट, टिस्टुङ, विगत, सामग्री, स्थानीय, पुनश्चः

 

२. 'व्यावसायिक चिठी' पाठ पालैपालो सस्वरवाचन गर्नुहोस् ।

= शिक्षकअनुसार गर्नुहोस ।

 

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् : 

(क) चिठी कुन विषयवस्तुमा लेखिएको छ ?

= चिठी व्यावसायिक अर्थात् व्यापारिक विषयवस्तुमा लेखिएको छ ।

(ख) चिठीमा सम्बोधनपछि कुन कुरा उल्लेख गरिएको छ ?

= चिठीमा सम्बोधनपछि प्रापक व्यावसायिक संस्थाको ठेगाना उल्लेख गरिएको छ ।

(ग) चिठी कसले कसलाई लेखेको हो ?

= चिठी शीतोष्ण बागवानी केन्द्र थाहा नगरपालिका ४ मकवानपुरले शीतोष्ण बागवानी केन्द्र घरपझोङ गाउँपालिका २ मुस्ताङलाई लेखेको हो ।

(घ) चिठीको अन्त्य कसरी भएको छ ?

= भुक्तानीका लागि बैङ्क खातासहितको विवरण उपलब्ध गराइदिन अनुरोध गर्दै संस्था प्रमुखको पद र नामसहित चिठीको अन्त्य भएको छ ।

 

४. घरपझाँङ गाउँपालिका मुस्ताङका तर्फबाट लेखेको माथिको चिठीको प्रत्यत्तर लेख्नुहोस् ।

श्री शीतोष्ण बागवानी केन्द्र,           मिति : २०८०/६/२

बर्दिवास नगरपालिका २,

महोत्तरी, मधेस प्रदेश ।

 

प. स.

च. न.

शीतोष्ण बागवानी केन्द्र

थाहा नगरपालिका ४

मकवानपुर, बाग्मती प्रदेश

 

विषय : माग बमोजिमको बिउबिजन पाठाइएको सम्बन्धमा ।

 

महोदय,

उपर्युक्त सम्बन्धमा त्यस श्री शीतोष्ण बागवानी केन्द्र, घरपझोङबाट बिउबिजन पाठाइदिन अनुरोध गरेर पठाउनु भएको पत्र हातलाग्यो । हाम्रो यस मुस्ताङ ट्रान्सपोर्टका उत्पादनलाई यतिधेरै मन पराइदिनु भएकोमा धन्यवाद व्यक्त गर्दछौं । हामीले यहाँको माग बमोजिम तपसिलका बिउबिजन पठाएको जानकारी गराउँदछौं ।

 

तपसिल

क्र.सं. 

१. मार्फा रायोको बिउ - १ के.जी. - रु ५५० प्रती केजी

२. स्थानीय लसुनको बिउ - १० के.जी. - रु ५०० 

 

उल्लिखित बिउबिजनको भुक्तानिका लागि हाम्रो कम्पनिको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं. ११११११११११४३२ मा रकम जम्मा गरिदिनुहोला ।

 

                                          भवदीय

                                      रमेश अधिकारी 

 

५. विद्यालय तहका अनिवार्य विषयका पाठ्यपुस्तक उपलब्ध गराइदिन अनुरोध गर्दै पसलका तर्फबाट जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी भक्तपुरलाई बै पत्रको तयार पार्नुहोस् ।

 

                                मिति : २०८० / ०/ १०

 

सोलुखुम्बु पुस्तक पसल सल्लेरी ५. सल्लेरी

सगरमाथा अञ्चल, नेपाल

पत्र स.

श्रीमान् महाप्रबन्धक,

 

विषय : पुस्तक उपलब्ध गराइदिनेबारे ।

 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, 

सानोठिमी भक्तपुर,

 

महोदय,

 

उपर्युक्त सम्बन्धमा यस सोलुखुम्बु पुस्तक पसल, सल्लेरीले विगत लामो समयदेखि तपाईंको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट पुस्तकहरू झिकाई बिक्री वितरण गर्दै आएको कुरा श्रीमान्लाई अवगत नै छ । अहिल नयाँ शैक्षिक शत्र सुरु हुन लागेको हुनाले कक्ष एक देखि दशसम्मका सम्पूर्ण अनिवार्य विषयका पुस्तकहरूको माग भएकाले शीघ्रातिशीघ्र उपलब्ध गराई दिनुहुन अनुरोध गरिन्छ :

 

क्र.स.

 

१. २० थान

२. ३५ थान

३. ३० थान

४. २३ थान

५. २८ थान

६. २५ धान

७. २४ थान

८. २९ थान

९. ३३ थान

१०. ३२ थान

 

उल्लिखित पुस्तकहरूको भुक्तानिका लागि त्यस बिक्री कक्षको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं. १११११११११११११ मा पेस्की स्वरूप रु. ५,००० (अक्षरेपि पन्ध्र हजार रुपियाँ मात्र) जम्मा गरेको बैक भौचर यसै पत्रसाथ पठाइएको छ । बाँकी रकम पुस्तकहरूका साथै बिल प्राप्त हुनासाथ भुक्तानी गरिने व्यहोरा अनुरोध गरिन्छ ।

 

खामको नमुना

 

प्रेषक :

तेजेन्द्र घिमिरे श्रीमान् महाप्रबन्धक

सोलुखुम्बु पुस्तक पसल

सगरमाथा, नेपाल

 

प्रापक : 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड साझा

बिक्री कक्ष

सानोठिमी

 

६. शैक्षिक भ्रमणको प्रबन्ध मिलाइदिन अनुरोध गर्दै विद्यालयका प्रधानाध्यापकलाई लेखिने निवेदनको नमुना तयार पार्नुहोस् ।

 

                                 मिति : २०८०/६/२

श्रीमान प्रधानाध्यापक ज्यू,

श्री अरुणोदय मा. वि चरम्वी

 

विषय : शैक्षिक भ्रमणको प्रबन्ध मिलाइदिन हुन ।

 

उपर्युक्त सम्बन्धमा हामी कक्षा दशका सम्पूर्ण विद्यार्थीहरू मिलेर शैक्षिक भ्रमणको लागि पूर्वका विभिन्न ठाउँमा जाने योजना बनाएको हुनाले हामीलाई भ्रमणको लागि न्यूनतम आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराउन र बस्ने ठाउँको प्रवन्ध मिलाइदिन हुन हार्दिक अनुरोध गर्दछौं ।  

 

                                 निवेदक

                           कक्षा दशका विद्यार्थी

 

७. दिइएको इमेल लेखनको तरिका पढ्नुहोस् र समूहमा छलफल गर्नुहोस् :

= शिक्षकअनुसार गर्नुहोस ।

 

८. प्र. न. ७ को इमेल लेखन तरिकाका आधारमा शैक्षिक भ्रमणमा सहभागिताको अनुरोध गर्दै प्राधानाध्यापकलाई इमेल लेख्नुहोस् ।

 

guru@gmail.com 

शैक्षिक भ्रमणमा सहभागिताको अनुरोध 

श्रीमान प्रधानाध्यापक ज्यू,

 

उपर्युक्त सम्बन्धमा हामी कक्षा दशका सम्पूर्ण विद्यार्थीहरू मिलेर एक दिने शैक्षिक भ्रमणको लागि यही काठमाडौंको छाउनीस्थित शैनिक सङ्ग्राहलय जाने निर्णय भएको जानकारी यहाँलाई अवगत गराउँछौं । यस भ्रमणमा हाम्रा सामाजिक विषयका गुरु पनि जानुहुने छ । यदि हजुर पनि हामीसँग गइदिनु भएमा हामीलाई धेरै कुरा सिक्न सहयोग पुग्ने थियो । त्यसैले हजुरलाई यस भ्रमणमा सहभागी भई हामीलाई हौसला प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

 

                                  कक्षा १० सम्पूर्ण विद्यार्थी

 

९. दिइएका 'क' र 'ख' का सन्दर्भ पढ्नुहोस् र समूहमा छलफल गर्नुहोस् ।

= यसको उत्तर लेखिरहनु परेन ।

 

११. दिइएको 'क' को सन्दर्भ र 'ख' को नमुना पढी कविता प्रकाशन गर्न अनुरोध गर्दै सम्पादकलाई लेखिने चिठीको नमुना तयार पार्नुहोस् : 

 

                           मिति : २०८०/०६/०५

 

श्री सम्पादकज्यू,

नागरिक राष्ट्रिय दैनिक

सुन्धारा, काठमाडौं । 

 

महोदय,

 

म नागरिक राष्ट्रिय दैनिकको नियमित पाठक हूँ । म आफ्ना साथीहरूसँग यो पत्रिका नियमित अध्ययन गर्दछु । विद्यालयको पुस्तकालयमा नियमित प्राप्त हुने यो पत्रिकामा प्रकाशन गरिने सबै सामग्री समाचारमूलक र सन्देशमूलक रहेको कुरामा कसैको दुई मत छैन । यस पत्रिकाले सबै विषयवस्तुलाई प्राथमिकताका साथ छाप्ने गरेको छ तर साहित्यिक सिर्जनालाई भने धेरै महत्व दिएको पाइँदैन । त्यसमा पनि अझ कवितालाई त धेरै नै हेला गरेको म र मेरा साथीहरूले महसुस गरेका छौं । तसर्थ यस राष्ट्रिय दैनिक पत्रिकाले कविता प्रकाशनलाई पनि अन्य विषयलाई जतिकै प्राथमिकता दिन सकेमा मलगायत सबै साहित्यप्रेमी पाठक लाभान्वित हुने थियौं भनी ध्यानाकर्षण गराउन चाहन्छु ।

 

भवदीय

रायन साह, सिरहा

 

१२. दिइएका 'क' को सन्दर्भ र 'ख' को घटना पढ्नुहोस् र पत्रिकामा छाप्नका लागि तयार गरिने रिपोट तयार गर्नुहोस् :

राजविराज चोकमा आज दिउँसो करिब २ बजेतिर मोटरसाइकल र कार एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । घटनाको प्रत्यक्षदर्शीका अनुसार आफ्नै गतिमा गुडिरहेको कारलाई मोटरसाइकलले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । पैदलयात्रीलाई मोटरसाइकलले जोगाउन खोज्दा मोटरसाइकल कारमा ठोक्किएर लडेको बताइएको छ । कारमा ठक्कर खाई मोटरसाइकल पल्टिँदा चालकको टाउकामा चोट लागेको छ । मोटरसाइकल चालकले हेल्मेट नलगाएकाले चोट लागेको प्रहरीको भनाइ रहेको छ । घाइतेलाई प्रहरीले तत्काल उद्धार गरी अस्पतालमा पुऱ्याएको थियो । हाल घाइतेको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

 

१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

प्रश्नहरू :

(अ) र्‍याप गीतमा कस्तो भाव पाइन्छ ?

= र्‍याप गीतमा आक्रोश, चेतना र विद्रोहको भाव पाइन्छ।

(आ) र्‍याप गीतको सुरुआत कसरी भएको थियो ?

= र्‍याप गीतको सुरुआत श्वेतहरूले गरेको दमन र शोषणको विरोध गर्न अश्वेतहरूबाट सडक र गल्लीबाट भएको थियो ।

(इ) अहिलेका र्‍याप गीतमा कस्ता विषयवस्तु पाइन्छन् ?

= अहिलेका याप गीतमा सामाजिक राजनीतिक व्यवस्था, समसामयिक विकृति, प्रेम जस्ता विषयवस्तु पाइन्छन् ।

(ई) याप गीतबाट युवालाई के कुरामा उत्प्रेरित गर्न सकिन्छ ?

= र्‍याप गीतबाट युवालाई रूपान्तरण र परिवर्तनका गीत गाउन उत्प्रेरित गर्न सकिन्छ ।

 

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् ।

(अ) अनुच्छेदबाट कुनै चारओटा करण क्रियापद टिपोट गरी तिनलाई अकरणमा बदल्नुहोस् ।

हो : होइन

पाइन्छ : पाइँदैन

मानिन्छ : मानिदैन

सकिन्छ : सकिँदैन

 

(आ) अनुच्छेदको अन्तिम वाक्यलाई अकरणमा बदल्नुहोस् ।

= यो र्‍याप गीतको अहिलेको मुख्य स्वर होइन ।

 

(इ) अनुच्छेदबाट 'व' लेखेर 'ब' उच्चारण हुने कुनै चारओटा शब्द टिपोट गर्नुहोस् ।

= युवा, विद्रोह, विरोध, कविता

 

१४. मानौं तपाईं एक शिक्षाविद् हुनुहुन्छ । विद्यालयले अभिभावकको भेला गरेको छ । त्यस भेलामा विद्यालयमा गएर आफ्ना बालबालिकाको पढाइबारे बुझ्न अभिभावकलाई आह्वान गर्दै भाषण दिएको भूमिकाको मौखिक प्रस्तुति कक्षामा प्रस्तुत गर्नुहोस् ।

 

आदरणीय प्रध्यानध्यापक ज्यू, शिक्षक शिक्षिकाहरू, उपस्थित महानुभावहरू तथा विद्यार्थी भाइबहिनीहरू, सबैलाई सबैलाई मेरा अभिवादन गर्दछ ।

 

आज म यहाँ अभिवावकहरूसित आफ्ना छोराछोरीको बानी व्यहोराको बारेमा बेला बेलामा विद्यालय आएर बुभने गर्नुहोला । उनीहरूको पढाइ कस्तो छ ? कस्ता साथीको सङ्गतमा छन् ? गृहकार्य गर्छन् गर्दैनन् ? यी सबै जान्ने तपाईंको दायित्व र कर्तव्य दुवै हो ।

 

अन्त्यमा आफ्ना बालबच्चाको सम्पूर्ण जिम्बेवारी विद्यालयमा मात्र दिनु ठिक हुँदैन भन्दै बिदा हुन चाहन्छु

धन्यवाद ।

 

Post a Comment

0Comments
Post a Comment (0)