पर्यावरण सन्तुलन (संवाद) || Class 9 nepali chapter 6 exercise

0

 ६. पर्यावरण सन्तुलन (संवाद)

 
 
शब्दभण्डार
 
१. संवादमा दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
 
शब्द                  अर्थ
 
वायुमण्डल   =   पृथ्वीको चारैतिर रहेको हावाको आवरण
ओजन तह   =   सूर्यका पराबैजनी किरणहरूलाई छेकेर पृथ्वीसम्म आइपुग्न नदिने वायुमण्डलको तह 
अतिवृष्टि     =    चाहिनेभन्दा बढी पानी पर्नु
पराबैजनी किरण   =   सूर्यको प्रकाशमा रहेको हानिकारक विकिरण
क्लोरोफ्लोरोकार्बन   =   ओजन तह क्षयीकरण गर्ने एक किसिमको ग्याँस
नर्सरी    =   बिरुवा हुर्काउने ठाउँ
 
 
२. दिइएका पद पदावलीहरूलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
 
पारिस्थितिक प्रणाली - पृथ्वीको पारिस्थितिक प्रणाली विग्रियो भने प्राणीहरूको जीवन सङ्कटमा पर्छ ।
 
अम्लीय वर्षा - धुलो, धुवाँ र विषादीका कारण अम्लीय वर्षा हुँदा बालीनाली प्रभावित हुन थालेको छ । 
 
हरितगृह प्रभाव - हरितगृह प्रभावका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ ।
 
ग्लोबल वार्मिङ - ग्लोबल वार्मिङका कारण हिमालको हिउँ बढी मात्रामा पग्लिएर हिमाल नाङ्गो हुने अवस्थामा पुगेका छन् ।
 
 
३. पाठमा प्रयोग भएका पर्यावरण, हरितकण आदि जस्ता पर्यावरणसँग सम्बन्धित कुनै पाँचओटा प्राविधिक र पारिभाषिक शब्द पहिचान गरी कक्षामा सुनाउनुहोस् ।
 
उत्तर : नर्सरी, आवरण, पारिस्थितिक, अतिवृष्टि, वायुमण्डल, अम्लीय वर्षा, परियोजना, रासायनिक मल, सौर्य ऊर्जा आदि।
 
 
४. पाठमा प्रयोग भएका इकोसिस्टम, नाइट्रिक एसिड जस्ता अङ्ग्रेजी भाषाबाट आएका अरू पाँचओटा शब्द टिप्नुहोस् ।
 
उत्तर : इन्टरनेट, प्लास्टिक, क्यान्सर, रफ्रिजिरेटर, नाइट्रिक एसिड, सल्फ्युरिक एसिड, भिडियो, कार्बन डाइअक्साइड, पेट्रोलियम आदि ।
 
 
५. तल दिइएका वाक्यमा रहेका कोश-कोस जस्ता शब्द खोजेर लेख्नुहोस् :
 
(क) म शब्दकोश किन्न एक कोस पर जान्छु ।
(ख) भाग्यशाली साली नानी कविता प्रतियोगितामा सर्वोत्कृष्ट भइन् ।
(ग) म राम्रा कृति लेखेर कीर्ति पनि राख्छु ।
(घ) म यस जन्ममा यश राख्ने काम मात्र गर्छु ।
 
 
बोध र अभिव्यक्ति
 
 
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
 
वायुमण्डल ः बायुमन्डल, अतिवृष्टि ः अतिब्रिस्टि, अम्लीय ः अम्लिय, प्राकृतिक ः प्राक्रितिक, स्रोत ः स्रोत, नवीकरणीय ः नबिकरनिय, वनस्पति ः बनस्पति ।
 
 
२. संवादमा प्रयोग भएका पात्रको भूमिका निर्वाह गर्दै हाउभाउ झल्किने गरी कक्षामा संवादात्मक शैलीमा वाचन गर्नुहोस् ।
 
 
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
 
(क) संवादमा उपस्थित पात्रको नाम उल्लेख गर्नुहोस् ।
उत्तर ः संवादमा उपस्थित पात्रको नाम ः शिक्षक, दीक्षा, सुवर्ण, निशान्त, श्रेया, निहारिका ।
(ख) संवादमा सबैभन्दा बढी पटक प्रश्न गर्ने विद्यार्थी को हो ?
उत्तर ः संवादमा सबैभन्दा बढी पटक प्रश्न गर्ने विद्यार्थी दीक्षा हो ।
(ग) संवादमा प्रयोग भएका कुनै दुईओटा प्रश्नात्मक वाक्य भन्नुहोस् ।
उत्तर ंः संवादमा प्रयोग भएका कुर्न दुईओटा प्रश्नात्मक वाक्य ः त्यसो भए पर्यावरण संरक्षणका लागि विकास निर्माणका काम नै रोक्नुुप¥यो नि होइन र ?, मैले कतै गलत त बुझिनँ नि गुरु ? ।
(घ) संवादको सबैभन्दा लामो अनुच्छेदमा कति वाक्य छन् ?
उत्तर ः संवादको सबैभन्दा लामो अनुच्छेद (तिमीहरू आफ्ना....... स्रोत भनिन्छ हो र यस अनुुच्छेदमा आठओटा वाक्य छन् ।
 
 
४. दिइएको अनुच्छेद मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
 
(क) हरितगृह कसरी निर्माण गरिन्छ ?
उत्तर ः नर्सरीमा आवश्यक ताप व्यवस्थापनका लागि सिसा प्रयोग गरी हरितगृह निर्माण गरिन्छ ।
(ख) हरितगृहमा न्यानोपन कायम रहनुको कारण के हो ?
उत्तर ः सूर्यबाट आएका किरण सजिलै बाहिर निस्किन नसक्ने भएकाले हरितगृहभित्र बाहिरको तापक्रमभन्दा न्यानोपन कायम रहन्छ ।  
(ग) वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्दा के हुन्छ ? 
उत्तर ः वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्दा यसले सिसाको जस्तै गुण देखाई तापक्रममा वृद्धि हुन्छ ।
(घ) ग्लोबल वार्मिङ भन्नाले के बुझिन्छ ?
 उत्तर ः ग्लोबल वार्मिङ भन्नाले हरितगृह प्रभावका कारण दिनानुदिन पृथ्वीको तापक्रम बढ्नु भन्ने बुझिन्छ ।
 
 
५. दिइएका भनाइका वक्ता को को हुन् ? पहिचान गर्नुहोस् :
 
(क) पर्यावरण र पारिस्थितिक प्रणाली उस्तै हुन् र गुरु ः (दीक्षा)
(ख) मैले कतै गलत त बुझिनँ नि गुरु ? (सुवर्ण)
(ग) दिगो विकासको कुरा त मलाई साह्रै मन पयो । (श्रेया)
(घ) हामी सबैले आफ्नो घरबाटै पर्यावरण संरक्षणको अभियान सुरु गर्नु जरुरी छ । (शिक्षक)
 
 
६. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
 
(क) उत्तर दिनुहोस् :
 
(अ) स्याटेलाइट जिपिएस कलर जडान गर्न कुन कुन निकायबाट आर्थिक सहयोग प्राप्त भएको छ ?
उत्तर ः स्याटेलाइट जिपिएस कलर जडान गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष नेपालबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
(आ) जिपिएस कलरले कति महिनासम्मको तथ्याङ्क दिन सक्छ ?
उत्तर ः जिपिएस कलरले अठार महिनासम्मको तथ्याङ्क दिन सक्छ ।
(इ) हिउँ चितुवाको अनुगमन कुन कुन निकायले गरेका छन् ?
उत्तर ः हिउँ चितुवाको अनुगमन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, विश्व वन्यजन्तु कोष नेपाल र शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जले गरेका छन् ।
(ई) हिउँ चितुवाको संरक्षण किन आवश्यक देखिन्छ ?
उत्तर ः लोप हुन नदिई सङ्ख्यात्मक रुपमा वृद्धि गर्न र वातावरण संरक्षण गर्न हिउँ चितुवाको संरक्षण आवश्यक देखिन्छ । 
 
(ख) भाषा संरचना पहिचान गर्नुहोस् :
 
(अ) अनुच्छेदबाट दुई दुईओटा मौलिक र आगन्तुक शब्द खोजेर लेख्नुहोस् :
उत्तर ः मौलिक शब्द ः हिउँ, नेपाल र आगन्तुक शब्द ः  स्याटेलाइट, जिपिएस
(आ) अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी टिपोट गर्नुहोस् ।
उत्तर ः समस्त शब्द ः हिउँ चितुुवा
(इ) अनुच्छेदबाट एउटा द्वित्व शब्द पहिचान गरी लेख्नुहोस् ।
उत्तर ः द्वित्व शब्द ः आनीबानी 
(ई) फरक फरक पञ्चम वर्ण प्रयोग भएका दुईओटा शब्द टिप्नुहोस् ।
उत्तर ः पञ्चम वर्ण प्रयोग भएका दुईओटा शब्द ः निकुञ्ज, तथ्याङ्क
 
 
७. पाठको विषयवस्तुु बोध गरी दिइएका शीर्षकमा एक एक अनुुच्छेद लेख्नुहोस् :
 
(क) ग्लोबल वार्मिङ :
ग्लोबल वार्मिङ भनेको जलवायु परिवर्तन हो । जलवायुु परिवर्तन भनेको पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुनः अन्तरिक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुनगई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ । मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफ्लोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम वृद्धि हुँदै छ । हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्यधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलापहरू पर्दछन् । यिनै कारणले ग्लोबल वार्मिङ बढिरहेको छ । 
 
(ख) ऊर्जाका स्रोत :
आधुनिक भौतिक विज्ञानमा प्रत्येक कार्यका लागि ऊर्जालाई आवश्यक बताइएको छ । दैनिक जीवनमा ऊर्जाको प्रयोग धेरै रूपहरूमा गरिन्छ । यान्त्रिक ऊर्जा , विद्युत ऊर्जा, ऊष्मीय ऊर्जा, प्रकाश ऊर्जा, रसायनिक ऊर्जा इत्यादि । मोटरमा विद्युत ऊर्जालाई यान्त्रिक ऊर्जामा बदलेर गर्न काम लिइन्छ  । बैटरीमा रसायनिक ऊर्जालाई विद्युत ऊर्जामा बदलेर काम चलाइन्छ । विद्युत ऊर्जालाई प्रकाश तथा ऊष्मीय ऊर्जामा बदलेर काम चलाइन्छ । कार वा बसको इन्जिन पेट्रोलको रासायनिक ऊर्जालाई पहिला ऊष्मीय ऊर्जामा बदलिन्छ  तथा त्यसलाई फेरि यान्त्रिक ऊर्जामा बदलेर काम चलाइन्छ । यी सबै कार्यहरूका लागि प्रयुक्त ऊर्जाका स्रोतहरुमा कोइला, पेट्रोलियम, प्राकृतिक ग्यास, पवन ऊर्जा, सौर्य ऊर्जा, लहर ऊर्जा (तरङ्ग ऊर्जा), नदी घाटी परियोजनाहरू पर्दछन् । 
 
 
८. दिइएका प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :
 
(क) ‘पर्यावरण सन्तुलन’ संवादमा पर्यावरण संरक्षणबारे कस्तो विचार व्यक्त छ ?
उत्तर ः हावा, पानी, माटो, बोटबिरुवा, जीवजन्तु, सूर्यको प्रकाश जस्ता प्राकृतिक वस्तु मिलेर बनेको हाम्रो वरिपरिको आवरणलाई नै पर्यावरण भनिन्छ । पर्यावरण भनेको हाम्रो जीवनलाई प्रभावित गर्ने भौतिक र जैविक परिवेश हो । पर्यावरणलाई जोगाउन र बिगार्नमा मानवको मात्र हात रहेको छ । मानवीय क्रियाकलापका कारण पर्यावरणमा विभिन्न खाले सङ्कट देखापरेका छन् । पर्यावरण असन्तुलन भएकाले पर्यावरण संरक्षण गर्नु अत्यावश्यक रहेको कुुरा यस संवादमा व्यक्त भएको मुख्य विषय हो । 
पर्यावरणमा भएका विभिन्न स्रोतसाधनको प्रयोगबाट नै मानवको जीविका चलेको छ । पृथ्वीमा भएका प्राणीहरुमध्ये मानिस सर्वाेकृष्ट प्राणी भएकाले ऊ आफ्नो चेतना र ज्ञानको प्रयोग गरी पृथ्वीमा रहेका उपलब्ध स्रोतसाधनको उत्खन र प्रशोधन गरी भरपुर प्रयोग गर्छ । दिगो विकासको अवधारणाअनुरूप खानेपानी योजना, जलविद्युत् परियोजना, सडक निर्माण जस्ता विकास योजना निर्माण गर्नुपर्छ । यस्ता विकास योजना सुरु गर्दा विज्ञ समूहद्वारा उक्त योजनाले पार्न सक्ने पर्यावरणीय प्रभावको अध्ययन गरी तयार गरिएको प्रतिवेदनका आधारमा कार्यान्वयनमा ल्याउने परिपाटी बसाल्नुपर्छ । त्यस्तै प्लास्टिकको बढ्दो प्रयोग, रासायनिक मल, कीटनाशक विषादी आदिले पनि वातावरणमा नकारात्मक प्रभाव पार्ने भएकाले यसबारे जानकारीमूलक कार्यक्रम आयोजना गरी जनचेतना बढाउन सके पर्यावरणीय सन्तुलन कायम गर्न मदत पुग्छ । घरबाट निस्कने फोहोरको वर्गीकरण गरी सड्ने फोहोरलाई मल बनाई प्रयोग गर्न सके वातावरणीय सरसफाइमा टेवा पुग्छ । यसो गर्दा रासायनिक मलको प्रयोगलाई घटाउन सकिने भएकाले हामी सबैले आफ्नो घरबाटै पर्यावरण संरक्षणको अभियान सुरु गर्न सकिन्छ । पेट्रोलियम पदार्थका सट्टामा जलविद्युत, सौर्य ऊर्जा, गोबरग्याँस जस्ता वैक्िल्पक ऊर्जाका स्रोतको प्रयोग गर्न सके वातावरणीय प्रदूषण घट्न गई स्वच्छ वातावरण कायम हुुन्छ । नवीकरणीय र अनवीकरणीय स्रोतको प्रयोग गरी पर्यावरण सन्तुलित कायम गर्न सकिन्छ ।
पृथ्वीबाट प्राप्त स्रोतको उपयोगमा पनि ध्यान दिनुुपर्दछ । यस्ता उपयोग गरिने कुराहरु आवश्यकताभन्दा बढी प्रयोग गर्नुहँुुदैन । दिगो विकासको अवधारणाअनुसार विकास निर्माणका कार्य गर्ने, जनचेतना अभिवृद्धि गरी वातावरणमा देखिएका नकारात्मक प्रभाव न्यूनीकरण गर्ने, दुवै किसिमका स्रोतको उचित प्रयोग गर्ने जस्ता विभिन्न कार्य गरेर  वातावरणको संरक्षण गर्न सकिन्छ । वातावरण संरक्षण भएमा वन्यजन्तुु, वनस्पति र प्राणी सबैलाई फाइदा हुने भएकाले यसको संरक्षण गर्नुु मानव जातिको महŒवपूर्ण कार्य हो । 
 
(ख) हामीले वातावरणीय सन्तुलन कायम गर्न कसरी सहयोग पुयाउन सक्छौँ, उल्लेख गर्नुहोस्।
 
उत्तर ः हाम्रो वरिपरिको परिवेश नै वातावरण हो । वातावरणीय सन्तुलन कायम गर्न पृथ्वीका सबै प्राणीहरुमध्ये मानवको भूमिका महŒवपूर्ण हुन्छ । हाम्रा हरेक क्रियाकलापहरुबाट हामीले घरबाट नै वातावरण सन्तुलन कायम गर्न सहयोग पु¥याउन सक्छौँ ।
 
आजको परिवेशमा पर्यावरण असन्तुलित हुनमा मानव र उसका क्रियाकलाप नै प्रमुख कारक रहेका छन् । पर्यावरण सन्तुलन बिगार्ने खालका क्रियाकलापको  गर्दा वातावरण असन्तुलित हुन जान्छ । वातावरण असन्तुुलित भएमा पृथ्वीमा रहेका प्राणी, वनस्पति र मानव सङ्कटको भुुमरीमा पर्छन् । त्यसैले वातावरण संरक्षण गर्नु मानव मात्रको मुुख्य कर्तव्य हो । वातावरण सन्तुलन कायम गर्न हामीले विकास निर्माणका कार्य गर्दा दिगो विकासको अवधारणा अवलम्बन गर्नुपर्छ । अनियन्त्रित जनसङ्ख्या वृद्धि, बढ्दो सहरीकरण, स्रोत साधनको अत्यधिक प्रयोग आदि पर्यावरण विनाशका कारण मानवीय गतिविधि हुन् । यसलाई हामीले समयमै सचेत भएर वातावरणमैत्री व्यवहार प्रदर्शन गर्नुपर्छ । घरबाट निस्कने फोहोरको वर्गीकरण गरी सड्ने फोहोरलाई मल बनाई प्रयोग गर्न सके वातावरणीय सरसफाइमा टेवा पुग्छ । यसो गर्दा रासायनिक मलको प्रयोगलाई घटाउन सकिने भएकाले हामी सबैले आफ्नो घरबाटै पर्यावरण संरक्षणको अभियान सुरु गर्नुपर्दछ । पेट्रोलियम पदार्थका सट्टामा जलविद्युत, सौर्य ऊर्जा, गोबरग्याँस जस्ता वैकल्पिक ऊर्जाका स्रोतको प्रयोग गर्न सके वातावरणीय प्रदूषण घट्न गई हामी स्वच्छ वातावरण कायम गर्न सक्छौँ ।
प्रत्येक  घरबाट निस्कने फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्नाले मानवले घरबाटै वातावरणीय सन्तुलनमा सहयोग पुयाउन सक्छ । हाम्रो सानो प्रयासले समग्र पृथ्वीलाई र पृथ्वीमा भएका प्राणीलाई जोगाउन सक्छ, स्वस्थ बनाउन सक्छ । पृथ्वीबाट प्राप्त स्रोतको उचित उपयोग गरी पर्यावरण सन्तुुलित राख्ने कुरामा मानव जीवनको ठुुलो भूमिका हुने भएकाले मानवका हरेक क्रियाकलापहरु पर्यावरण सन्तुुलन राख्ने खालका भएमा हामीले वातावरणलाई सन्तुुलन राख्न सहयोग पुु¥याउन सक्छौँ । 
 
 
९. दिइएका चित्रको अध्ययन गर्नुहोस् । प्रदूषण न्यूनीकरणका उपायबारे आफ्नो प्रतिक्रिया दिनुहोस् :
 
उत्तर ः चित्रअनुसार कलकारखाना, यातायातका साधनबाट निस्किने धुँवा, धुलोले गर्दा वातावरण नष्ट भएको छ । पानीको मुहानमा जथाभावी फोहोर गर्नाले पर्यावरण असन्तुुलन हुन गई विभिन्नखाले प्राकृतिक प्रकोप बढ्छ । बढ्दो सहरीकरण, अव्यवस्थित बसोबास र पर्यावरण सन्तुुलन कायम गर्ने चेतनाको कमी रहेको यस चित्रका क्रियाकलापमा देखिन्छ । यस्ता क्रियाकलापबाट पर्यावरण असन्तुलन हुन गई सम्पूर्ण प्राणी तथा वनस्पतिमा विभिन्नखाले सङ्कट देखापर्दछन् । यस्ता क्रियाकलापको अन्त्य गर्न मानवजाति नै अग्रसर हुनुपर्दछ । समाजमा पर्यावरण सन्तुलन कायम गर्ने खालका जनचेतना फैलाउने, विद्युुत यातायातको प्रयोग गर्ने र पानीका मुुहान सफा राख्नुुपर्छ । जथाभावी फोहोर गर्नुको सट्टा त्यसको नियन्त्रण गर्नुपर्दछ । मानव वस्तीभन्दा धेरै टाढा कलकारखाना, उद्योग खोल्नुुपर्दछ । उद्योगबाट निस्कने धुुँवाको नियन्त्रण गर्नेतर्फ सोच्नुुपर्दछ । 
 
 
१०. ‘खेलकुदको महŒव’ शीर्षकमा दुई जना साथीका बिचमा गरिएको संवाद रचना गर्नुहोस् :
 
उत्तर ः खेलकुदको महŒव (संवाद)
 
(नवीन र जागृत विद्यालयको चौरमा खाजा खाँदै बसेका छन् । चौरमा केही विद्यार्थीहरु अनेक खालका खेल खेलिरहेका छन् । ती खेल देखेर दुुई जनाबिच खेलकुुदको महŒवका बारेमा कुुराकानी सुरु गर्छन् ।)
नवीन ः हिजो फुुटबल खेल्दा कति आनन्द आयो  । तिमी हिजो फुटबल खेल्न किन नआएको नि ?
जागृत ः हो र ! कसले जित्यो नि ? मलाई त खेल खेल्न पनि आउँदैन अनि हेर्न पनि त्यति रमाइलो लाग्दैन । 
नवीन (आश्चर्य मान्दै) ए, किन खेलकुदबाट नै धेरै फाइदा पो हुन्छ । खेलकुदले शारीरिक विकासमा मदत गर्छ साथै स्वस्थ रहन पनि मदत गर्छ । तिमीले यी कुरा पढेर पन कस्तो नबुुझेको ? 
जागृत ः  म त मोबाइल गेम खेल्छुु नि त । 
नवीन ः (छक्क पर्दै ?) मोबाइल गेमलाई खेलकुुद भनिँदैन नि । त्यसले त अझ हाम्रो शरीरलाई हानि गर्छ । एकोहोरो बनाउँछ । खेलकुुद त शारीरिक व्यायाम हुने खालको पो हुनुपर्दछ त । 
जागृत ः ए, यो खेलकुुदबाट के फाइदा हुन्छ नि त ?
नवीन ः खेलकुदलाई व्यावसायिक बनाउन पनि सकिन्छ । राम्रो खेल्न सकने यसबाट नाम र दाम दुवै कमाउन सकिन्छ । तिमी सन्दीप लामिछाने, पारस खड्का,  बिमल घर्ती मगर जस्ता खेलाडीका नाम त सुनेकै छौ होला । यी खेलाडीहरुले नाम र दाम दुवै कमाएका पनि छन् अनि आफ्नो जीविका पनि चलाएका छन् । 
जागृत ः (आश्चर्य मान्दै) हो र ! म त त्यत्तिकै रमाइलो गर्न मात्रै खेल खेलिन्छ भन्ने ठान्थे ।
नवीन ः  त्यति मात्र हो र ! खेलकुदबाट आफ्नो देशको नाम र गौरवसमेत बढ्छ । विभिन्न अन्तर्राष्ट्रिय खेल खेल्न जाँदा त सरकारले सहयोग पनि गर्छ । शारीरिक र बौद्धिक विकासका लागि खेलकुुद त हामीलाई अझैँ आवश्यक छ । 
जागृत ः त्यसो भए म पनि आजैदेखि तिमीसँगै खेलकुुदमा सहभागी हुुन्छु । 
नवीन ः हुुन्छ नि त । यसबारेमा आजै म साथीहरुलाई भनेर तिमीलाई पनि हाम्रो टिममा समावेश गर्छु । 
जागृत ः हुुन्छ । (घण्टी लाग्छ)
 नवीन ः घण्टी लाग्यो । अहिले कक्षातिर जाऔँ । (दुवै कक्षातिर लाग्छन्)
 
 
भाषिक संरचना र वर्णविन्यास
 
 
१. दिइएको अनुच्छेदमा रातो रङ लगाएका समस्त शब्दको विग्रह गर्नुहोस् :
 
आजभोलि ः आज र भोलि, घरबाहिर ः घरदेखि बाहिर, साँझबिहान ः साँझ र बिहान, दिनभरि ः दिन भरि, दुगुना ः दुई गुना, चौगुना ः चार गुना, खाद्यसामग्री खाद्यको सामग्री, थोकव्यापारी ः थोक व्यापारी, विद्यालय ः विद्या आलय,  देवालय ः देव आलय, सानिमा  ः सानी आमा, ठुलीआमा ः ठुली आमा, ठुल्दाइ ः  ठुलो दाइ, सान्दाइ ः सानो दाइ, दोबाटो ः दुई बाटोको समूह, चौबाटो ः चार बाटोको समूह
 
 
२. दिइएका विग्रहबाट समस्त शब्द बनाउनुहोस् :
 
मनलाई मोहक ः मनमोहक, भान्छाका लागि घर ः भान्छाघर, नाफा वा नोक्सान ः नाफानोक्सान, पाँचओटा अमृतको समूह ः पञ्चामृत, पीत छ अम्बर जसको ः पीताम्बर, महान् कवि ः महाकवि, गहुँझैँ गोरो ः गहुँगोरो, विद्या नै धन ः विद्याधन, हरेक बखत ः हरबखत, सम्भव भएसम्म ः यथासम्भव
 
 
३. दिइएका शब्दलाई समस्त भए विग्रह र विग्रह भए समस्त शब्द बनाउनुहोस् :
 
आशातीत ः आशा अतीत, खाद्य अन्न ः खाद्यान्न, वनमा भोज ः वनभोज, न रुनु न हाँस्नु ः रुनुनहाँस्नु, गाईको जात्रा ः गाईजात्रा, त्रिवेणी ः तीन नदीको सङ्गम, लामपुच्छ«्रे ः लामो पुच्छर भएको, हरेक ः हर एक
 
 
४. संवादको ‘पर्यावरणमा भएका..... धातु आदि’ संवादको अंशमा प्रयोग भएका पाँचओटा समस्त शब्द टिपोट गर्नुहोस् :
 
उत्तर ः स्रोतसाधन (स्रोत र साधन), सर्वाेत्कृष्ट ( सर्व उत्कृष्ट), वनजङ्गल (वन र जङ्गल), जडीबुुटी (जडी र बुटी), नदीनाला (नदी र नाला)
 
 
५. दिइएको अनुच्छेदमा रातो रङ लगाएका शब्दको बनोटबारे छलफल गर्नुहोस् :
 
ससाना (सानास+साना), मिलीजुली (मिली+मिली), सँगसँगै ( सँग+सँग), सरसापट (सापट+सापट), ऐँचोपैंचो (पैंचो+पैंचो), आआफ्नो (आफ्नो+आफ्नो), छरछिमेक (छिमेक+छिमेक ), घर घर (घर+घर ), झझल्को (झल्को+झल्को)
 
 
६. द्वित्व प्रक्रियाबाट बनेका पाँचओटा शब्द पर्ने गरी एउटा अनुच्छेद रचना गर्नुहोस् ।
 
उत्तर ः हामीले हाम्रो आनीबानी राम्रो बनाउनुपर्छ । बेलाबेलामा सरसहयोग गर्ने, छरछिमेकमा राम्रो सम्बन्ध गाँस्ने, एकआपसमा ऐँचोपैँचो गरेर व्यवहार चलाउने बानी गर्नुपर्दछ । गाउँका ससाना कुराहरु गाउँमै मिलाउने र घरघरमा पर्यावरण सन्तुुलन कायम गर्ने खालका कार्यहरु ग¥यौँ भने वातावरण प्रदूूषण हुँदैन । 
 
 
७. दिइएको अनुच्छेद पढ्नुहोस् अनि ड, ञ, ण, न, म प्रयोग भएका शब्द पहिचान गर्नुहोस् :
 
पञ्चकृष्ण, धुरन्धर, पण्डित, गङ्गास्नान, शङ्खघण्ट, पञ्चामृत, सञ्जय, शान्ति, सम्बन्ध, सन्ध्या, सन्तान ।
 
 
८. दिइएको अनुच्छेद शुद्ध गरी लेख्नुहोस् :
 
पञ्चनाथ सन्त थिए । समाजसेवा गर्ने उनको सङ्कल्प थियो । उनी कण्ठमा माला लगाउँथे । समाजमा उनको सबैसँग राम्रो सम्बन्ध थियो ।
 
 

Post a Comment

0Comments
Post a Comment (0)