निवेदन (निवेदन)| class 9 nepali chapter 4 exercise nibedan

0

 ४. निवेदन (निवेदन)

 
 
शब्दभण्डार
 
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
 
शब्द            अर्थ
 
उद्देश्य : लक्ष्य, ध्येय
घरेलु : घरायसी
सहजीकरण : सरल बनाउने काम 
कौशल : प्रवीण 
सहकार्य : सँगसँगै गरिने काम
तलब : काम गरेबापत मासिक रूपमा पाउने रकम, वेतन
 
 
२. दिइएको अनुच्छेद पढी आगन्तुक शब्द, सिङ्गो शब्द र सङ्क्षिप्त शब्द पहिचान गर्नुहोस् :
 
आगन्तुुक शब्द : फोन, भाइबर, स्काइप, मेसेन्जर, टेलिभिजन, फेसबुक, लाइभ, मेयर आद ।
सिङ्गा शब्द : न्वाँगी, शताब्दी, परम्परा
सङ्क्षिप्त रुप : ने.प्र.प्र., रा. स. सं., का.म.पा.
 
 
३. दिइएका शब्द अलग अलग वाक्यमा प्रयोग हुने गरी एउटा अनुच्छेद रचना गर्नुहोस् :
 
शैक्षिक, बालक्लब, अपराध, आचरण, हकहित, संस्कृति, परिवर्तन
 
विद्यालयको शैक्षिक क्रियाकलापलाई हामीले निरन्तरता दिँदै छाँै । यसका लागि हामीले एउटा बालक्लब खोलेका छाँै । यस क्लबले बाल अपराधको नियन्त्रण गर्न सहयोग पुुर्‍याउने छ ।  विद्यार्थीहरुका खराब आचरण सुधार गर्न सहयोग पुुग्ने छ । यस क्लबले विद्यार्थीहरुको हकहितको संरक्षण गर्न सहयोग पुुर्‍याउने छ । आफ्नो संस्कृतिको  संरक्षण गर्न यस क्लबले  विभिन्न सांस्कृतिक कार्यक्रम पनि गर्ने छ । समाज परिवर्तनमा पनि यस क्लबले उदाहरणीय काम गर्ने छ । 
 
 
बोध र अभिव्यक्ति
 
 
१. दिइएका शब्दको शुद्धसँग उच्चारण गर्नुहोस् :
 
संरक्षण : सम्रक्छ्यन्, सिर्जनात्मक : सिर्जनात्मक्, विसङ्गति : बिसङ्गति, आर्थिक : आर्थिक्, मार्गदर्शन : मार्गदर्सन्, न्यूनीकरण, न्युुनिकरन्, भविष्य : भविस्य, कोष : कोस् ।
 
 
२. ‘निवेदन’ पाठ सस्वरवाचन गर्नुहोस् र शिक्षकको सहयोगमा प्रत्येक साथीको वाचन समय, हाउभाउ, शुद्धता आदि पक्षमा छलफल गर्नुहोस् ।
 
 
३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
 
प्रश्नहरू
 
(क) निवेदन किन लेखिन्छ ?
उत्तर : निवेदन सूचना सम्प्रेषणका लागि देखिन्छ ।
 
(ख) निवेदनमा मिति कहाँ लेख्नुपर्छ ?
उत्तर : निवेदनमा मिति दायाँतिर सिरानमा लेख्नुहुन्छ ।
 
(ग) निवेदनमा विषय किन लेखिन्छ ?
उत्तर :के माग गरेर निवेदन लेखिँदै छ भन्ने स्पष्ट पार्न निवेदनमा  विषय देखिन्छ । 
 
(घ) निवेदनमा निवेदकको आग्रहको प्रस्तुति कहाँनेर गरिन्छ ?
निवेदनमा निवेदकको आग्रह प्रस्तुति विषयवस्तुुको प्रस्तुतिपछि राखिन्छ ।
 
 
४. दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
 
(क) निवेदन कसले कसलाई लेखेको हो ?
उत्तर : निवेदन हिमगङ्गा माध्यमिक विद्यालयको सिर्जनशील बालक्लबका अध्यक्षले रामेछाप नगरपालिका वडा नं. ३ का वडाध्यक्षलाई लेखेको हो ।
 
(ख) बालक्लबका अध्यक्षले कस्तो सहयोगको अपेक्षा गरेका छन् ?
बालक्लबका अध्यक्षले समाजमा बढ्दै गएको बालहिंसा न्यूूनीकरणका लागि विभिन्न कार्यक्रममार्फत सचेतना  फैलाउने उद्देश्य राखेर समाज परिवर्तनका लागि कार्यक्रम गर्ने लक्ष्य बालक्लबको रहेको छ । यसका लागि बालक्लबको उद्देश्य पूरा गर्न अक्षयकोष खडा गरेकाले उक्त अक्षयकोषका लागि केही आर्थिक सहयोगको अपेक्षा राखेका छन् । 
 
(ग) किशोरकिशोरीले आफ्ना समस्या कसरी समाधान गर्न सक्छन् ?
किशोरकिशोरीले आफ्ना समस्या खुुलेर व्यक्त गर्ने, समस्याबारे विमर्श गर्ने, समस्या समाधानको बाटो खोज्नेजस्ता क्षमता विकास गर्न, किशोरकिशोरीमा सिर्जनात्मक कौशल, आशावादी सोच र जीवनोपयोगी सिपबारे सचेतना प्रदान  गर्न सकेमा यस्ता कार्यक्रमबाट किशोरकिशोरीमाथि आइपर्ने समस्याको चेतना दिन र समस्याको समाधानमा सहयोग  पुर्‍याउन सक्छन् । यसरी उनीहरुले आफ्ना समस्या समाधान गर्न सक्छन् । 
 
(घ) साइबरको सदुपयोग कसरी गर्नुपर्छ ?
विद्यालयमा बालहिंसा, सामाजिक दुव्र्यवहारजस्ता पक्षहरुको न्यूूनीकरणका लागि चेतना फैलाउन गरिएका कार्यहरु साइबारमार्फत प्रसारण गरी सबैसामुु पुुर्‍याउन सकिन्छ । बालहिंसा र सामाजिक परिर्वतनका लागि विभिन्न खाले सूूचना प्रवाह गरी साइबरको सदुुपयोग गर्न सकिन्छ ।
 
 
५. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
 
प्रश्नहरू
 
(क) विद्यालयमा गठित बालक्लबको उद्देश्य के हो ?
उत्तर : विद्यालय र समाजमा हुने गरेका बालहिंसासम्बन्धी सचेतना फैलाएर विद्यालय तथा समाजमा विद्यमान बालहिंसा, सामाजिक दुव्र्यहारजस्ता कार्यबार न्यूूनीकरण गर्नु नै बालक्लबको प्रमुख उद्देश्य हो । 
 
(ख) बालक्लबले कुन दिन सचेतना कार्यव्रम आयोजना गर्न लागेको हो ?
उत्तर : बालक्लबले विद्यालय बिदाको दिन गाउँ तथा सहरका मुख्य स्थानमा गई सचेतना फैलाउने कार्यक्रम आयोजना गर्न लागेको हो । 
 
(ग) बालक्लबले समाजमा कसरी सचेतना फैलाउन खोजेको छ ?
उत्तर : बालक्लबले लघुुनाटक, प्रहसन, सूचना प्रवाह, आपसी छलफल आदि पद्धति अपनाई समाजमा सचेतना फैलाउन खोजेको छ । 
 
(घ) बालक्लबका लागि बनाइएको अक्षयकोषमा कसरी स्रोत जुटाइएको छ ?
उत्तर : बालक्लबका लागि बनाइएको अक्षयकोषमा विद्यालयका  शिक्षक, कर्मचारीहरुको एकदिनको तलब आर्थिक सहयोग प्राप्त भएको छ । यसैगरी वडा कार्यलय, स्थानीय विभिन्न सङ्घसंस्थाबाट अक्षयकोषमा आिर्थक स्रोत जुटाउने लक्ष्य राखिएको छ । 
 
 
६. दिइएको शुभकामना पत्र पढी नयाँ वर्षको अवसरमा साथीलाई दिइने शुभकामना पत्र तयार गर्नुहोस् :
 
श्री ............................... ज्यू,
 
                     शुभकामना
 
आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा तपाईँलगायत तपाईँको परिवारको सुख, शान्ति, समृद्धि र आरोग्यको हार्दिक शुभकामना व्यक्त गर्दछुु ।
 
- घनश्याम थामी
 
 
७. नौ कक्षाका विद्यार्थीका तर्फबाट शैक्षिक भ्रमणको प्रबन्ध मिलाइदिन अनुरोध गर्दै विद्यालयका प्रधानाध्यापकलाई लेख्ने निवेदनको नमुना तयार पार्नुहोस् ।
 
                                                     मिति :२०८९।०३।५
श्रीमान् प्रधानाध्यापक,
भक्तपुर इङ्लिस सेकेन्डरी स्कुल,
मध्यपुर थिमी, गठ्ठाघर । 
 
   विषय : शैक्षिक भ्रमणका लागि प्रबन्ध मिलाइदिनुुहुन ।
 
महोदय,
              उपर्युक्त सम्बन्धमा ज्ञान पुुस्तकमा मात्र सीमित हुँदैन । प्रकृतिमा रहेका विभिन्न कुराहरुको प्रत्यक्ष अवलोकनबाट पनि ज्ञान प्राप्त गर्न सकिन्छ । किताबी ज्ञानभन्दा किताब पढेका कुराहरु प्रत्यक्ष अवलोकनबाट प्राप्त गरिने ज्ञान चिरस्थायी हुन्छ । विद्यार्थीहरुले विभिन्न स्थानहरुको प्रत्यक्ष अवलोकनबाट त्यहाँको सम्पूणर् वस्तुुस्थितिबारे ज्ञान हासिल गर्दछन् । भ्रमणका समयमा देखेका, भोगेका र अनुुभव गरेका कुराहरुले जीवनमा अगाडि बढ्न सहयोग पनि प्राप्त हुन्छ । 
 
नयाँ ठाउँको अवलोकन गर्ने र त्यहाँबाट प्रत्यक्ष रुपमा ज्ञान लिनका लागि विद्यार्थीहरुले विभिन्न ठाउँको अवलोकन गर्ने चाहना राख्नुु स्वाभाविकै हो । त्यसैले यसपटक कक्षा ९ का विद्यार्थीहरुले नेपालका केही स्थानको शैक्षिक भ्रमण गर्ने विचार राखेका छन् । यस शैक्षिक भ्रमणका लागि चाहिने यातायातका साथै शैक्षिक भ्रमणको प्रबन्ध मिलाई सहयोग गरिदिनुुहुनका लागि आग्रह गर्दछौँ । पक्कै पनि हाम्रो यो मनसायलाई बुुझेर शैक्षिक भ्रमणका लागि चाहिने सम्पूूणर् कुराहरुको बन्दोबस्त गरिदिनुुहुुन्छ भन्ने आशा राख्दै यो निवेदन पेस हजुरसमक्ष पेस गरेका छौँ । 
 
                                                  निवेदक 
                                कक्षा नौका सम्पूणर् विद्यार्थीहरु ।
 
 
 
८. तपाईँको समाजमा आइपरेका सामाजिक समस्याबारे छलफल गरी निष्कर्ष कक्षामा सुनाउनुहोस् ।
 
 
९. दिइएको निवेदनको नमुना पढी जेहेनदार छात्रवृत्तिका लागि विद्यालयका प्रधानाध्यापकलाई निवेदन लेख्नुहोस् :
 
                                                  मिति २०७८।०३।०५
श्री प्रधानाध्यापकज्यू,
एभरेस्ट पब्लिक एकेडेमी
मध्यपुर थिमी, सिन्टिटार, भक्तपुर ।
 
       विषय : छात्रवृत्ति उपलब्ध गराइदिनुुहुुन । 
 
महोदय,
                उपर्युुक्त सम्बन्धमा म यस विद्यालयमा कक्षा ९ मा अध्ययनरत विकास बुुढाथोकी हुँ । मेरो घरको आर्थिक अवस्था सारै कमजोर रहेको छ । देशमा बढ्दै गएको महँगीले बुुबा र आमाको कमाइबाट हामी चार जना परिवारको दैनिक गुुजारा चल्न मुुस्किल पर्दै गएको छ । यस्तो अवस्थामा बुुबाआमाले गरिबी कारण मेरो पढाइलाई अगाडि बढाउन नसक्ने अवस्थाा पुुग्नुुभएको छ । मैले यस विद्यालयको कक्षा ८ कक्षामा तृतीय स्थान प्राप्त गरी उत्तीणर् गरेको छु । यसका साथै विद्यालयबाट हुने अतिरिक्त क्रियाकलापका कार्यक्रमका साथै अन्य संस्थाबाट हुने विभिन्न खेलकुुदलगायत अन्य बौद्धिक कार्यक्रममा भाग लिई विभिन्न पदकसमेत जित्न सफल भएको छुु ।
 
विद्यालयमा गठित बालक्लबको सक्रिय सदस्य भएर विद्यार्थी र समाजमा चेतना फैलाउने कार्यमा पनि म लगातार लागिपरेको छु । यी विविध कार्यहरुमा सहभागी भएर मैले आफूले जानेको कुरा अरुलाई सिकाउँदै पनि आएको छ । आर्थिक समस्याले गर्दा मैले पढाइबाट वञ्चित हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै यस विद्यालयबाट प्रदान गरिने जेहेनदार छात्रवृत्ति उपलब्ध गराएर मेरो पढाइलाई निरन्तरता दिनुुहुुन हजुर समक्ष यो निवेदन पेस गरेको छुु । आशा छ, पक्कै पनि यो मेरो अनुरोधलाई गहनका साथ लिनुुहुनेछ । 
 
                                                    निवेदक :
                                            विकास बुढाथोकी
                                                    (कक्षा : ९)
 
  
१०. दिइएको बधाई पत्र पढ्नुहोस् र राष्ट्रिय महिला आयोगद्वारा आयोजित पालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी छात्रालाई दिइने बधाई पत्रको नमुना तयार पार्नुहोस् :
 
                 बधाई ज्ञापन           
 
राष्ट्रिय मानव अधिकार आयोगद्वारा आयोजित पालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरी विद्यालयको गरिमा बढाउनुका साथै नौ कक्षाका विद्यार्थीको गौरवसमेत बढाउनुभएको हुुँदा हामी यहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
 
                                   - नौ कक्षाका सम्पूर्ण विद्यार्थी
 
 
११. दिइएको श्रद्धाञ्जली एवम् समवेदना पत्रको नमुना पढ्नुहोस् र यस्तै ढाँचामा एउटा श्रद्धाञ्जली तथा समवेदना पत्र तयार गर्नुहोस् :
 
जन्म                                        मृत्यु
वि.सं. २००० भदौ २०  वि.सं. २०७९ जेठ ९
 
                       श्रद्धाञ्जली तथा समवेदना
 
यस नागार्जुन साहित्य समाजका अध्यक्ष श्री किशोर पहाडीको यही २०७९ जेठ ९ गते ७९ वर्षको उमेरमा भएको निधनबाट नागार्जुन साहित्य समाज परिवार स्तब्ध बनेको छ । यस दुःखद् क्षणमा उहाँप्रति भावपूणर् श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।
                                       - अध्यक्ष एवम् सम्पूर्ण
                                नागार्जुुन साहित्य समाज परिवार
 
 
१२. कुनै सूचना वा सन्देश पठाउँदा म्यासेन्जर र टेलिफोनको शैलीमा भिन्नता हुन्छ । म्यासेन्जरमा दोहोरो श्रव्यदृश्य र लेख्य आदिका माध्यमबाट सूचना वा सन्देशको आदानप्रदान हुन्छ भने टेलिफोनमा केवल कथ्यश्रव्यका आधारमा मात्र सूचना वा सन्देश आदानप्रदान हुन्छ । यस्ता सञ्चारका माध्यम धेरै छन् । म्यासेन्जर र टेलिफोनमा रहेको भिन्नता खुल्ने गरी यी दुईलाई पात्रका रूपमा प्रस्तुत गरी तयार पारिने तलको संवाद पूरा गर्नुहोस् :
 
(म्यासेन्जर र टेलिफोनको अकस्मात् भेट भयो । दुवै एकआपसमा परिचय र कुराकानी गर्दै छन् ।)
म्यासेन्जर : नमस्कार, टेलिफोनज्यू, सन्चै हुनुहुन्छ ? दूरसञ्चारतिर हिँड्नुभयो कि के हो ?
टेलिफोन :नमस्कार, सन्चै छु, हजुरलाई कस्तो छ ? कसरी थाहा पाउनुभयो ? हो, म त्यतै
हिँडेको ।
म्यासेन्जर :बेलाबेलामा तपाईँलाई के हुन्छ ? यताबाट बोलेका कुरा उता सुनाउन सक्नुुहुन्न अरे नि ? 
टेलिफोन : अँ, बेलाबेला सुुन्ने र बोल्ने बिचको संवाद सुुनाउन नसकेर मलाई हैरान भएको छ, तपाईँको त त्यस्तो समस्या छैन होला नि ? सुन्न नसक्ने स्थिति आयो भने तपाईँमा त लेखेर पनि पठाउन सकिन्छ नि ? हैन ?
म्यासेन्जर : मलाई त त्यस्तो समस्या छैन, बोलेको बुझेनन् भनेर लेखेर पठाऊ भन्छुु, तपाईँले लेखेर पठाऊ भन्दा पनि हुँदैन, हगि ? 
टेलिफोन :  त्यही भएर त अचेल मेरो सट्टा तपाईँको धेरै प्रयोग गर्दछन् त । 
म्यासेन्जर : मलाई चलाउन पनि नेट जोड्नुुपर्छ । जहाँत्यहीँ नेट हुँदैन, नेट नभएका ठाउँमा त तपाईँकै बढी प्रयोग हुन्छ । 
टेलिफोन : त्यो त हो । हवस्त मलाई अलि ढिला भयो, अहिलेलाई यत्तिमै बिदा हुन्छुु । 
म्यासेन्जर : हवस्, फेरि फेरि भेटेर गफ गर्दै गरुँला नि ? हुन्न । हवस् त नमस्कार ।
टेलिफोन : हवस् त नमस्कार । (दुवै आआफ्नो बाटोतिर लाग्छन्) 
 
 
१३. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :
 
तपाईँको घरमा कुनै अतिथिको आगमन हुँदा तपाईँ कसरी स्वागत र आतिथ्य प्रकट गर्नुहुन्छ । कक्षामा अभिनयसहित प्रस्तुत गर्नुहोस् । घरमा कुनै अतिथिको आगमन भए म नमस्कार गर्छुु र बस्न आग्रह गर्छुु । त्यसपछि पानी वा चिया के लिनुुहुुन्छ सोधेर दिन्छुु अनि सन्चो बिसन्चोका कुरा सोध्छुु । कुनै कामविशेषले आउनुुभएको भए कामका कुरा गर्छु होइन भने रमाइला गफ गर्दै केही समय बिताउँछुु ।
 
 
सुनाइ र बोलाइ
 
 
१. सुनाइ पाठ ४ सुन्नुहोस् र दिइएका वाक्य ठिक भए ठिक र बेठिक भए बेठिक भन्नुहोस् :
 
(क) हुम्ला शिक्षक परिषद्ले सम्मान प्रदान गरेको छ । बेठिक
(ख) सम्मानित हुने व्यक्ति विद्यालयका प्रधानाध्यापक हुन् ।  ठिक
(ग) विद्यालयको आर्थिक पक्षको उन्नयनमा हरिको उल्लेख्य भूमिका देखिन्छ । बेठिक
(घ) उक्त कार्यव्रम २०७८ असार १५ गते भएको हो । ठिक
 
२. सम्मान पत्रमा के के कुरा समेटिँदा रहेछन्, भन्नुहोस् :
 
उत्तर : सम्मान पत्रमा सम्मान गर्ने संस्थाको नाम, सम्मानित व्यक्तिले गरेका कार्यहरु, 
सम्मान हुने व्यक्ति रहेको संस्था, सम्मानित व्यक्तिले संस्थाका लागि पुुर्‍याएको योगदान,  सम्मानित कार्यक्रममा उपस्थित अतिथि, प्रमुख अतिथि र सम्मान गर्ने संस्थाका अध्यक्षलगायत तिनीहरुले ओगटेका संस्थाका साथै सम्मान गरिएको साल, मिति र गते 
आदि कुराहरु सम्मान पत्रमा  समेटिँदा रहेछन् ।  
 
 
भाषिक संरचना र वर्णविन्यास
 
 
२. दिइएको अनुच्छेद पढी तत्सम, तद्भव र आगन्तुक शब्द पहिचान गर्नुहोस् :
 
आदर्श, जीवन, भीम र प्रतीक्षा करिब आधा घण्टा हिँडेर अखबार किन्न पसल गए । त्यहाँ
मानिसको भिड थियो । उनीहरूले अखबारमा प्रकाशित समाचारको शीर्षक मात्र हेर्दै गए ।
उनीहरूले नयाँ वर्षको अवसरमा इन्टरनेट जोड्न छुट दिइएको सूचना ध्यान दिएर पढे ।
उनीहरूले घर फर्कँदा डेरीमा पसेर दुध, दही र पनिर किनेर ल्याए ।
 
तत्सम : आदर्श, जीवन, भीम, प्रतीक्षा, घण्टा, प्रकाशित, समाचार, शीर्षक, वर्ष, अवसर, छुुट, सूूचना, ध्यान 
तद्भव : आधा, पसल, मानिस, भिड, नयाँ, घर, दुुध, दही
आगन्तुुक : करिब, अखबार, इन्टरनेट, डेरी
 
 
३. पाठमा प्रयोग भएका दुई दुईओटा तत्सम, तद्भव र आगन्तुक शब्द टिपोट गर्नुहोस् ।
 
तत्सम : संरक्षण, उद्देश्य
तद्भव : गाउँ, बाटो
आगन्तुुक : साइबर, क्लब
 
 
४. दिइएको अनुच्छेदमा रहेका मूल र व्युत्पन्न शब्द पहिचान गरी अलग अलग सूची बनाउनुहोस् :
 
मूूल : सुन्दर, रचना, जय, देश, दाजुु, तिमी, राम्रो, कवि, बहिनी, कुरा, अरु, रवि, गुुरु, निकै, चर्चा, थाहा ।  
व्युुत्पन्न : आकृति, प्रकृति, कविता, एउटा, पढेर, विजय, सञ्जय,  विदेश, गएका, कृति, कृतित्व, सम्भावना, सैद्धान्तिक, विद्यालय, रवीन्द्र, कवीन्द्र, रक्षा, गुुरुमा, सुुरक्षा, परिचर्चा । 
 
 
५. पाठको ‘आज हरेक टोल टोल .... पुर्‍याउन सक्छन्’ भन्ने अनुच्छेदमा प्रयोग भएका पाँचओटा व्युत्पन्न शब्द टिप्नुहोस् ।
 
सचेतना, घरेलुु, सामाजिक, लैङ्गिक, सञ्चार
 
 
६. आफ्नो पढाइका बारेमा छोटो अनुच्छेद तयार पार्नुहोस् र उक्त अनुच्छेदमा रहेका मूल र व्युत्पन्न शब्द रेखाङ्कन गर्नुहोस् ।
 
म दैनिक रुपमा चार घण्टा अध्ययन गर्छुु । समयमै गृहकार्य सम्पन्न गर्छु । म मिहिनेतका साथ अध्ययन गर्छुु । अध्ययन गर्दा घोकेरभन्दा पनि बुुझ्ने कोसिस गर्छु । मेरो लगनशीलता देखेर परिवारका सबै सदस्य खुसी हुुनुुहुन्छ । 
 
 
७. दिइएको अनुच्छेदमा सुरु, बिच र अन्तिममा दीर्घ ऊकार ( ू ) प्रयोग भएका शब्द पहिचान गर्नुहोस् :
 
पूणर्माया लिम्बूले आफ्नी साथी विभूतिका लागि स्विटर तयार पारेकी थिइन् । उनकी माइजूले हेरूँ हेरूँ लाग्यो भन्दै उक्त स्विटर आफूलाई दिनू भन्ने आग्रह गर्नुभयो । स्विटर बन्नुपूर्व नै फुपू र भाउजूले पनि त्यस्तै माग गरेकाले कसो गर्ने होला भनी सोच्न थालिन् ।
 
सुुरुमा दीर्घ ऊकार : पूणर्माया, पूर्व
बिचमा दीर्घ ऊकार : विभूूति
अन्तिममा दीर्घ ऊकार : लिम्बूू, माइजूू, हेरूँ, आफूू, दिनूू, फुपूू, भाउजूू । 
 
 
८. साथीसँग छलफल गरी शब्दको सुरु, बिच र अन्तिममा दीर्घ ऊकार भएका पाँच पाँचओटा शब्द लेख्नुहोस् ।
 
शब्दको सुुरुमा दीर्घ ऊकार लागेका शब्द : सूूर्य, सूूक्ति, भूूत, भूूमि, पूूजा
शब्दको बिचमा दीर्घ ऊकार लागेका शब्द : पीयूूष, अनुुभूूति, समूूह, सपूूत, अभूूत
शब्दको अन्तिममा दीर्घ ऊकार लागेका शब्द : हुुस्सूू, बुुद्धूू, माइजूू, भाउजूू, कविज्यूू ।
 
 
 

Post a Comment

0Comments
Post a Comment (0)