समय पीडा (कथा) शब्दभण्डार||. Class 9 nepali chapter 11 exercise

0

 ११. समय पीडा (कथा)

 

शब्दभण्डार
 
१. दिइएका पद पदावली र तिनले दिने अर्थबिच जोडा मिलाउनुहोस् :
 
शब्द                            अर्थ
 
मणि हराएको सर्प : मूल्यवान् वस्तु गुमाएको अवस्था
सुगारटाइ : एकोहोरो घोक्ने वा भन्ने काम
शाश्वत सत्य : कहिल्यै नाश नहुने खालको, स्थायी सत्य
किंकर्तव्यविमूढ : निर्णय शक्तिको अभावमा के गरूँ कसो गरुँ हुनु
ढुङ्गाको मुटु : कठोर हृदय
 
 
२. दिइएका टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
 
घुँडा टेक्नु : नेपाली वीरका सामु विश्वका सबैले घुँडा टेक्न बाध्य भएका थिए ।
मुटुमा चिरा पर्नु : आफ्ना सन्तान सधैँका लागि विदेसिँदा सबै आमाबुबाको मुटु चिरा पर्छ । 
तितो ओकल्नु : तारानाथले लामो समयपछि श्रीमतीलाई आफ्नो मनको तितो ओकले । 
उकुसमुकुस हुनु : वृद्धाश्रममा बस्दा सबै वृद्धवृद्धालाई घरको यादले उकुसमुकुस हुन्छ । 
मनमा घाम झुल्कनु : बिरामी भएर ओछ्यानमा ढलेकी छोरीको स्वास्थ्यमा अलि सुधार आएपछि आमाको मनमा घाम झल्केको छ ।
 
 
३. शब्दकोश हेरेर दिइएका शब्दको अर्थ लेख्नुहोस् :
 
यावत् : कुनै विषय वा वस्तुको निश्चित रेखासम्म, सबै नै, तमाम
शून्य : गुदी वा सारवस्तु केही पनि नभएको, खाली, रित्तो, खोक्रो, सुनसान
परिकार : खानेकुरा, मिठाई आदिका विभिन्न प्रकार वा किसिम
पीडा : शरीरमा चोटपटक लाग्दा वा अन्य कुनै कारणले शारीरिक कष्ट हुँदा वा मानसिक आघात पर्दा सचेत व्यक्तिका मनमा हुने दुःखको अनुभूति, वेदना, कष्ट
पेसा : जीविकाका निम्ति गरिने काम, इलम, व्यवसाय वा उद्योग, उद्यम, धन्दा
निमोनियाँ : छातीभित्र चिसो पसेर फोक्सो सुनिई दम र ज्वर आउने कडा रोग
मोह : सांसारिक जञ्जाल वा प्रपञ्चको आसक्ति, लट्ठिने खालको प्रेम
प्रतीक्षा : चाहेको वा खोजेको कुनै व्यक्ति, वस्तु आदिलाई भेट्न वा पाउन गरिएको ढुकाइ, कुराइ, रुडाइ, बाटोहेराइ
सन्ध्या : अघिल्लो एक घडी र पछिल्लो एक घडी मिली बनेको दिन र रातका बिचको समय, साँझ 
स्नेह : आमाबुबा, अभिभावक वा मान्यजनबाट आफूभन्दा साना व्यक्तिलाई गरिने प्रेम, माया
 
 
४. सरासर, झ्वाईं, ढुकढुक, झुलुक्क जस्ता घटना वा कार्य आदिको नक्कल जनाउने खालका कुनै पाँचओटा अनुकरणात्मक शब्द खोजी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
 
उत्तर : 
फटाफट : कमल विद्यालय जाँदा फटाफट हिड्छ ।
पुलुक्क : कृष्णले मलाई पुलुक्क हेर्यो ।
मुसुक्क : मुसुक्क हाँस्दा सबैको मन जित्न सकिन्छ ।
स्याँस्याँ : परीक्षा दिन जाँदा ढिलो भएर छिटो छिटो हिँडेकोले मलाई त स्याँस्याँ भयो ।
बर्ल्याङ्ग : समीक्षा चिप्लिएर बर्ल्याङ्ग लडी ।
 
 
बोध र अभिव्यक्ति
 
 
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
 
बिछ्यौना, हृदय, बगैंचा, सङ्क्रान्ति, व्यवसाय, अस्पताल, आवतजावत, आकाङ्क्षा
 
 
२. कथाको एक एक अनुच्छेद पालैपालो सस्वरवाचन गर्नुहोस् ।
 
 
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
 
(क) पाठको तेस्रो अनुच्छेद कति वाक्य र कति शब्द सङ्ख्याले बनेको छ ?
उत्तर : पाठको तेस्रो अनुच्छेद एघार वाक्य र १८७ शब्द सङ्ख्याले बनेको छ ।
 
(ख) कथाको अन्त्य कुन घटनाबाट भएको छ ?
उत्तर : कथाको अन्त्य आनन्दीको देहावसान भएको घटनाबाट भएको छ ।
 
(ग) कथामा सहरको परिवेश झल्कने कुरा के के छन् ?
उत्तर : कथामा सहरको परिवेश झल्कने रामनाथ अफिसको काममा व्यस्त रहने, आफ्नै व्यापारव्यवसाय भएको, म्यानेजर राखेको, भद्रकालीमा गई पूजा गरेको, नातिनी एक वर्षको हुँदा काठमाडौं छोडेको जस्ता कुरा छन् ।
 
(घ) माघेसङ्क्रान्तिमा घिउचाकु खाने प्रसङ्ग कुन अनुच्छेदमा आएको छ ?
उत्तर : माघेसङ्क्रान्तिमा घिउचाकु खाने प्रसङ्ग चौथो अनुच्छेदमा आएको छ ।
 
 
४. दिइएको कथांशको मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
 
प्रश्नहरू
 
(क) 'छोराछोरी चराचुरुङ्गीका बचेरा जस्तै हुन्' भन्नुको आशय के हो ?
उत्तर : 'छोराछोरी चराचुरुङ्गीका बचेरा जस्तै हुन्' भन्नुको आशय चराचुरुङ्गीका बचेरा पखेटा लागेपछि अन्यत्र गए  जस्तै मानिसका बच्चा पनि गोडा लागेपछि आमाबुबा छाडेर जानु जस्तै भएकाले यी दुईमा खासै भिन्नता छैन भन्नु हो । 
 
(ख) अनुच्छेदमा के कुरालाई प्रकृतिको नियम भनिएको छ ?
उत्तर : अनुच्छेदमा चराचुरुङ्गीका बचेरा पखेटा लागेपछि अन्यत्र गए जस्तै मानिसका बच्चा पनि गोडा लागेपछि आमाबुबाबाट टाढा हुनुलाई प्रकृतिको नियम भनिएको छ ।
 
(ग) रामनाथले कुन कुरालाई शाश्वत सत्य भनेका छन् ?
उत्तर : रामनाथले अन्तिम अवस्थासम्म श्रीमान्‌का लागि श्रीमती र श्रीमतीका लागि श्रीमान्‌को साथसहयोगलाई शाश्वत सत्य भनेका छन् ।
 
(घ) रामनाथले पत्नीलाई सान्त्वना दिनुपर्नाको कारण के देखिन्छ ?
उत्तर : रामनाथले पत्नीलाई सान्त्वना दिनुपर्नाको कारण विदेशमै रहने छोराहरूको निर्णयबाट चिन्तित पत्नीलाई चिन्तामुक्त गर्नु रहेको देखिन्छ ।
 
 
५. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
 
प्रश्नहरू
 
(क) अनुच्छेदका आधारमा आनन्दीको स्वभाव वर्णन गर्नुहोस् ।
 
उत्तर : अनुच्छेदका आधारमा आनन्दीमा स्त्रीसुलभ ममतामयी स्वभाव रहेको देखिन्छ । उनी आफ्ना छोराबुहारी र नातिनातिनीलाई अत्यन्त माया गर्ने आमाको रूपमा रहेको पाउन सकिन्छ । नातिनीलाई सन्चो छैन भन्ने थाहा पाएपछि उनलाई दिनभर काम गर्न मन लागेन । उनले उकुसमुकुसमा नै दिन व्यतीत गरिन् । घरी घरी आफ्ना छोराबुहारी र नातिनातिनीको तस्बिर हेरिरहिन् । उनमा आवश्यकताभन्दा बढी चिन्ता लिने स्वभाव पनि रहेको देखिन्छ । 
 
(ख) रामनाथले पत्नीलाई विश्वास दिलाउने आधार के थियो ?
 
उत्तर : जब रामनाथ साँझ घरमा आए तब उनले बरन्डामा आफ्नी श्रीमतीलाई झोक्रिरहेको देखे । नातिनी बिरामी  भएको खबरले चिन्तित पत्नीलाई विश्वास दिलाउने उनका दुईओटा आधार रहेको थियो । पहिलो आधार अफिसमा छोराको फोन आएको र उसले नातिनीलाई अलि सन्चो भएको कुरा गरेको थियो भने दोस्रो आधार अस्ट्रेलिया विकसित  देश भएकाले राम्रो उपचार हुन्छ, चिन्ता लिनु पर्दैन भन्ने थियो ।
 
 
६. कथा पढी दिइएका संवाद कसले कोसँग भनेका हुन्, पहिल्याउनुहोस् :
 
(क) बुढाबुढी भइसकेका आमाबुबा छोडी विदेश गएका छोराको केको चिन्ता गर्नु ? 
- रामनाथले आनन्दीसँग
 
(ख) हामी सन्चै छौं तर सानुलाई सन्चो नभई अस्पताल भर्ना गरेका छौं । 
- जेठो छोराले आमा आनन्दीसँग
 
(ग) विदेशमा दोस्रो नागरिकको पीडा सहेर बाँचिरहेका छन् । यो कस्तो रहर हो ? 
- रामनाथले आफैँसँग 
 
(घ) यतै केही वर्ष काम गरी बस्ने मनसाय बनाएको छु । 
- सानो छोराले आमा 
 
(ङ) किन र बाबु, पढाइ सकेपछि काठमाडौं फर्की यतै काम गर्छु भनेको होइन ? 
- आमा आनन्दीले सानो छोरासँग 
 
 
७. 'समय पीडा' कथाका आधारमा दिइएका घटनाको क्रम मिलाउनुहोस् : 
 
(क) आनन्दी रातको दश बजुन्जेल घरको काममै व्यस्त रहनु 
(ख) बिछ्यौनामा ढले पनि छोराहरूकै चिन्ताले अबेरसम्म निदाउन नसक्नु 
(ग) समयको पदचापलाई पछ्याउनै पर्ने बुझी चित्त बुझाउनु 
(घ) जेठो छोरो परिवारसहित अस्ट्रेलियातर्फ लाग्नु
(ङ) कान्छो छोरो पढ्नका लागि अमेरिकातिर लाग्नु
(च) छोराहरूले आफ्नो व्यवसायमा ध्यान नदिएकामा रामनाथलाई दिक्क लाग्नु 
(छ) नातिनी बिरामी परेको खबरले आनन्दीलाई दिनभर काम गर्न मन नलाग्नु 
(ज) सानो छोराले पढाइ सकेपछि विदेशमै बिहे गरेर बस्ने कुरा गर्नु 
(झ) विदेशको मोहले छोराहरू आफूबाट टाढिएकोमा दुःख मान्नु ।
 
 
८. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
 
(क) उत्तर दिनुहोस् :
 
(अ) योगको सुरुआत कसले गरेका थिए ?
उत्तर : योगको सुरुआत पूर्वीय ऋषिमुनिहरूले गरेका थिए ।
 
(आ) योग लोकप्रिय हुनाको कारण के हो ?
उत्तर : योग लोकप्रिय हुनाको कारण यो कुनै लिङ्ग, जाति, वर्ग, सम्प्रदाय, क्षेत्र एवम् भाषाका भेदसँग आवद्ध नहुनु हो ।
 
(इ) योगलाई किन महत्त्वपूर्ण विद्या भनिएको हो ?
उत्तर : मानिसलाई सकारात्मक चिन्तनको पथमा ल्याउने हुनाले योगलाई महत्त्वपूर्ण विद्या भनिएको हो । 
 
(ई) योगबाट मानिस कसरी लाभान्वित हुन सक्छन् ?
उत्तर : योगबाट व्यक्ति स्वस्थ रहने र सुखी समाजको निर्माण हुने भएकाले योगको अनुसरण गरेर मानिस लाभान्वित हुन सक्छन् ।
 
(ख) भाषा संरचना पहिचान गर्नुहोस् :
 
(अ) 'अष्टाङ्ग' र 'कल्याण' शब्दको अर्थ शब्दकोशबाट खोजेर लेख्नुहोस् ।
उत्तर : 
अष्टाङ्ग - योगसाधनका आठ भेद (यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि) कल्याण - सबै किसिमले हुने भलो तथा बढिबढाउ, असल, भलाइ, हित
 
(आ) अनुच्छेदको 'योगको सुरुआत करोडौं वर्ष पहिले पूर्वीय ऋषिमुनिहरूले गरेका थिए ।' वाक्यलाई प्रेरणार्थक वाक्य बनाउनुहोस् ।
उत्तर : योगको सुरुआत करोडौं वर्ष पहिले देवताले पूर्वीय ऋषिमुनिहरूलाई गराएका थिए ।
 
(इ) माथिको अनुच्छेदमा कुन कुन लेख्य चिह्न प्रयोग भएका छन् ।
उत्तर : माथिको अनुच्छेदमा पूर्णविराम र अल्पविराम चिह्न प्रयोग भएका छन् ।
 
(ई) 'योग लोक प्रिय हुनु को रहस्य यो कुनै लिङ्ग, जाति, वर्ग, सम्प्रदाय, क्षेत्र एवम् भाषा का भेद सँग आवद्ध नहुनु हो ।' वाक्यका पदलाई आवश्यक स्थानमा पदयोग गर्नुहोस् ।
उत्तर : 'योग लोक प्रिय हुनु को रहस्य यो कुनै लिङ्ग, जाति, वर्ग, सम्प्रदाय, क्षेत्र एवम् भाषा का भेद सँग आवद्ध नहुनु हो ।' वाक्यका पदलाई आवश्यक स्थानमा पदयोग गर्दा : 'योग लोकप्रिय हुनुको रहस्य यो कुनै लिङ्ग, जाति, वर्ग, सम्प्रदाय, क्षेत्र एवम् भाषाका भेदसँग आवद्ध नहुनु हो ।'
 
 
९. रामनाथ र आनन्दीले सन्तानबाट कस्तो आशा राखेका थिए, वर्णन गर्नुहोस् ।
 
उत्तर : कथाकार पद्मावती सिंह (वि.सं. २००५) द्वारा रचिएको 'समय पीडा' कथा सामाजिक विषयवस्तुमा आधारित  कथा हो । कथाकार सिंहलाई नेपाली आख्यानकारका रूपमा चिन्ने गरिन्छ । प्रस्तुत कथामा कथाकारले रामनाथ र  आनन्दी जस्ता आमाबुबाले आफ्ना सन्तानबाट बुढेसकालमा राखेका विभिन्न आशा तथा भरोसालाई निकै मार्मिक र सरल ढङ्गबाट प्रस्तुत गरेकी छन् ।
 
घरमा सबै सुखसयल भए पनि विदेशमै बस्ने, जति नै दुःख झेल्न परे पनि उतै बस्न रमाउने युवा पिँढीको मनस्थितिका अगाडि रामनाथ र आनन्दीले घुँडा नटेकी सुखै पाउँदैनन् । उनीहरूका दुवै छोरा विदेशमा रहेका हुन्छन् । जेठो छोरो बुहारी र नातिनीसहित अस्ट्रेलियामा हुन्छ भने कान्छो छोरो पढ्ने बाहनामा अमेरिका हुन्छ । छोराहरू बिदेसिएपछि घर शून्य भएको हुन्छ । दुई आँखाका नानी जस्ता दुवै छोरा आफ्ना आँखाबाट ओझेल भएपछि ६० पार गरिसकेका दुवै दम्पती मणि हराएका सर्प जस्तै भएका हुन्छन् । ठुलो छोरा परिवारसहित अस्ट्रेलियातर्फ काम र मामको खोजीमा बिदेसिएपछि सानो छोरालाई आफ्नै साथ राख्न उनीहरूले चाहेका थिए तर सम्भव भएन । उनीहरूको आशा त सधैँ  दुवैलाई आफ्नो आँखा अगाडि देख्न चाहनु थियो । रामनाथको आफ्नै व्यापारव्यवसाय भएकाले छोराहरूले त्यही व्यापारव्यवसाय चलाउन भन्ने उनको आशा थियो । पढ्न जाँदा सानो छोराले पढाइ सकेपछि काठमाडौं फर्की यतै काम गर्ने र यतै आई बिहे गर्ने बाचा गरी गएका थिए । आनन्दी सानो छोराले त्यो बाचा पूरा गरोस् भन्ने आशामा थिइन् । सानो छोराको बिहे गरी नातिनातिना खेलाई सुखपूर्वक बाँकी जीवन बिताउने उनको आशा आशामै सीमित रह्यो । यसप्रकार रामनाथ र आनन्दीले पढ्ने क्रममा जहाँ जहाँ गए पनि दुवै सन्तान बुढेसकालमा आफ्ना आँखासामुन्ने देख्न पाइयोस् भन्ने आशा राखेका थिए । सबै परिवार सँगै बसेर सँगै रमाएर रहन सकियोस् र उनीहरू आफ्नो बुढेसकालको सहारा बनुन् भन्ने आशा उनीहरूले सन्तानबाट राखेका थिए ।
 
 
१०. 'समय पीडा' कथाबाट के सन्देश पाउन सकिन्छ उल्लेख गर्नुहोस् ।
 
'समय पीडा' कथाबाट के सन्देश पाउन सकिन्छ भने बुबाआमा भनेका भगवान् हुन् उहाँहरूले मलाई दुःख कष्ट गरेर आफूले नखाई नखाई रात्र लगाइदिस, विद्यालय, पढाइदिएर हामीलाई आफ्नो खुट्टामा उभिनसले बनाइदिनुभएको हुन्छ हाम्रा इच्छा आकाशालाई उहाँहरूले सकेजति पुनाई दिनुहुन्छ । त्यसैले जब हामीले हाम्रो ऋण तिर्ने पालो आउँछ, त्यतिबेला भाग्नु हुन्न । तर आजकाल छोराछोरीहरू बुढा भएका बुबाआमालाई छोडेर विदेश जाने कि त वृद्धाश्रममा छोडिदिने गर्दछन् तर हामीले बुबाआमालाई बुढेसकालमा स्याहारसुसार गर्नुपर्छ र बुढेसकालको सहारा बन्नुपर्छ। बाहिर गएपनि पढेर सिप सिकेर नेपालमै केही गर्नुपर्छ बुबाआमाको सहारा बन्न सक्नुपर्छ उहाँहरूलाई एक्लो पार्नु हुँदैन ।
 
 
११. रामनाथ र आनन्दीमध्ये तपाईंलाई कुन पात्र मन पन्यो, मन पर्नुको कारणसमेत उल्लेख गर्नुहोस् ।
 
रामनाथ र आनन्दीमध्ये मलाई रामनाथ मन पर्‍यो । किनभने रामनाथ जत्ति नै पिर परे पनि, पिरोलिए पनि आफूलाई सम्हाल्न सक्थे अरूका अगाडि पिर पोख्दैनथे उल्टो श्रीमतीलाई पनि सान्त्वना दिन्थे आनन्दी छोराछोरी आएनन् भन्दै रोएर फोटो हेरेर मात्र बस्थिन् तर रामनाथ चिन्ता भएपनि, पिर परेपनि आफूलाई सम्हाल्नुका साथै आनन्दीलाई पनि सम्झाउँथे। छोडेर जानेहरूलाई कुनै चिन्ता छैन भने हामी किन चिन्ता लिने, आफ्नो प्रवाह र चिन्ता नगर्नेहरूको चिन्तामा सधैं किन बाँचिरहने भन्ने धारणा राख्थे । मलाई उनको यो सोच निकै नै मन पर्यो ।
 
 
१२. व्याख्या गर्नुहोस् ।
 
तिमीसित आमाको हृदय छ भने मसित पनि बुबाको हृदय छ ।
 
समय पीडा कथा कथाकार पद्यावती सिंहद्वारा लेखिएको कथा हो। यस कथामा कथाकार सिंहले अहिले समाजको अधिकांश घरमा हुने घटनाको बारेमा व्यक्त गरेकी छिन्। यस कथामा बुबाआमाले छोराछोरीप्रतिको दायित्व पूरा गर्ने तर छोराछोरीले आत्मनिर्भर भएपछि आआफ्नो बाटो लाने, आमाबुबाको वास्ता नगर्ने प्रवृत्ति बढ्दो रहेको कुरा व्यक्त गरिएको छ ।
 
माथिको वाक्य यसै कथाबाट साभार गरिएको हो । जुन वाक्य रामनाथले श्रीमती आनन्दीलाई सम्झाउँदा भनेका थिए। साँच्चै नै आमाले हामीलाई नौ नौ महिना पेटमा राखी, प्रसव पीडा सहेर हामीलाई यस धर्तीमा टेकाएकी हुनुहुन्छ। आफ्नो छातीको दुध पिलाएर हामीलाई हुर्काउनुभएको छ । आमाले हामीलाई निःस्वार्थ माया गर्नुहुन्छ भने बाबाले हामीलाई रक्षा गर्नुहुन्छ। कर्म गर्न सिकाउनुहुन्छ । घर चलाउने खर्च धान्नुहुन्छ, हामीलाई बाँच्न चाहिने आधारभूत आवश्यकताहरू पूरा गरिदिनुहुन्छ । राम्रो खानपिन राम्रो शिक्षादिक्षा र रहनसहनको बन्दोबस्त गरिदिनुहुन्छ आमाले छोराछोरीको स्याहारसुसार र हामीलाई हुर्काउँदै जानुहुन्छ । छोराछोरीलाई अलिकति ज्वरो मात्र आएपनि रातभरि आँखा झिमिक्क नगरी बस्नुहुन्छ। आमाले हामीलाई धर्तीमा टेकाउनुहुन्छ, जन्माउहुन्छ भने बुवाले हाम्रो जीवनको सार दिनुहुन्छ हामीलाई लायक बनाउनुहुन्छ ।
 
त्यसैले आमाबुबा भनेका भगवान् हुन् हामीले उहाँहरूलाई पनि हाम्रो आफ्नो पालोमा दायित्व पूरा गर्दै उहाँहरूको सपना पूरा गर्नुपर्छ। बुढेसकालको सहारा बन्नुपर्छ। बुबाआमाको ऋण तिर्न नसकेपनि केही कम गर्ने प्रयत्न गर्नुपर्दछ ।
 
 
१३. पढाइ सकेपछि त्यतै विवाह गरेर विदेशमै घरजम गर्ने सानो छोराको विचारप्रति असहमति प्रकट गर्दै आफ्ना धारणा प्रस्तुत गर्नुहोस् ।
 
उत्तर : कथाकार पद्मावती सिंह (वि.सं. २००५) द्वारा रचित 'समय पीडा' कथा सामाजिक विषयवस्तुमा आधारित कथा हो । कथाले छोराछोरी बिदेसिने र वृद्ध आमाबुबा एक्लै जीवन बिताउन बाध्य हुनुपर्ने अहिलेको समयको पीडालाई प्रस्तुत गरेको छ । पढाइ सकेपछि त्यतै विवाह गरेर विदेशमै घरजम गर्ने सानो छोराको विचारप्रति मेरो पूर्ण रूपमा असहति रहेको छ ।
 
पढ्नका लागि नेपालमै पनि राम्रा क्याम्पस रहेको छन् । पढ्नकै लागि बिदेसिनुपर्ने अवस्था अहिले छैन । उच्च शिक्षादीक्षा लिन विदेश जानुलाई अस्वाभाविक रूपमा पनि लिनु हुँदैन यो स्वाभाविक हो । विदेशको राम्रोभन्दा राम्रो विश्वविद्यालयमा गएर शिक्षादीक्षा हासिल गर्नु, विभिन्न सिप सिक्नु राम्रो कुरा हो । शिक्षादीक्षा हासिल गरिसकेपछि उतै विवाह गर्ने, विदेशमै घरजम गर्ने र आफ्नो सारा जिन्दगी विदेशमै बिताउने कार्य भने ठिक होइन । यसले असल मानिसको परिचय दिँदैन । मानिस हुनु आफ्नो स्वार्थ मात्र पूरा गर्नु पक्कै होइन । आफ्नो आमाबुबा र राष्ट्रप्रति हरेक असल नागरिकको कर्तव्य र जिम्मेवारी हुन्छ त्यो जिम्मेवारी सबैले पूरा गर्नुपर्छ । यदि त्यसो नगर्ने हो भने मानिस र अरू प्राणीमा के अन्तर रहन्छ त ? तसर्थ पढाइ सकेपछि त्यतै विवाह गरेर विदेशमै घरजम गर्ने सानो छोराको विचारप्रति मेरो असहमति रहेको छ ।
 
 
१४. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :
 
कुलत त्यागेर सद्मार्गमा लागेको कुनै व्यक्तिलाई आफ्नो भविष्य सुन्दर बनाउन प्रोत्साहित गर्दै कक्षामा मन्तव्य प्रस्तुत गर्नुहोस् । प्यारा साथीहरू, जीवन ईश्वरको बरदान हो यसलाई जति सक्दो अर्थपूर्ण बनाउनुपर्छ हामीले जीवनको मूल ध्येय के हो बिंसनु हुँदैन । अहिलेको युवा उमेर जीवनलाई नयाँ बाटोमा लैजाने उर्जाशील र सिर्जनशील उमेर हो । यो उमेरमा लागु पदार्थको कुलतमा फसेर जीवनलाई खेर फाल्ने काम ठुलो मूर्खता हो । यो उमेरलाई सही दिशामा सही उद्देश्यले सही क्रियाकलापतिर लगाउनु आफू परिवार, समाज र सिङ्गो देशको लागि लाभदायिक हुन्छ ।
 

 

Post a Comment

0Comments
Post a Comment (0)