ग्याँस (Gas) | Class 10 science chapter ग्याँस (Gas) Exercise| ग्याँस (Gas) Exercise

0

  

16. ग्याँस (Gas)
 
 
1. तलका प्रश्नको सही विकल्पमा ठिक चिहुन लगाउनहोस् :
 
(क) चुनढुङ्गालाई भट्टीमा उच्त्च तापक्रममा कोइला सँगै तताउँदा बन्ने उत्पावदन के के हुन् ?
 
(अ) मिथेन र चुन
(आ) चुन र कार्बन डाइअक्साइड 
(इ) एसिटिलिन र कार्बन डाइअक्साइड
(ई) एमोनिया र चुन
 
(ख) तलका मध्ये कन भनाइ ठिक हो ?
 
(अ) कार्बन डाइअक्साइड हावालाई माथितिर वस्थापित गरी ग्यांस जारमा जम्मा गरिन्छ । 
(आ) कार्बन डाइअक्साइड हावालाई तलतिर विस्थापित गरी ग्यांस जारमा जम्मा गरिन्छ ।
(इ) कार्बन डाइअक्साइड पानीलाई माथितिर विस्थापित गरी ग्यांस जारमा जम्मा गरिन्छ ।
(ई) कार्बन डाइअक्साइड पानीलाई तलतिर विस्थापित गरी ग्यांस जारमा जम्मा गरिन्छ ।
 
(ग) कार्बन डाइअक्साइड ग्यासलाई सफा चनपानीमा केहीछिन पठाएमा रासायनिक प्रतिक्रिया भई बन्ने यौगिक तलका मध्ये कन हो ?
 
(अ) क्याल्सयम बाइसल्पफेट
(आ) क्याल्सयम बाइकाबॉनेट
(इ) क्याल्सयम सल्फेट
(ई) क्याल्सियम काबॉनेट 
 
(घ) प्रयोगशालामा एमोनिया उत्पादन गर्न एमोनियम क्लोराइड र क्याल्सयम हाइड्रोक्साइडलाई कुन अनुपातमा मिसाइन्ठ ?
 
(अ) 3:1
(आ) 2:3
(इ) 2:1 
(ई) 1:2
 
 
2. कारण दिन्होस् :
 
(क) कार्बन डाइअक्साइड गग्याँसलाई ख्ला ग्याँसजारमा जम्मा गर्न सकिन्छ ।
 
उत्तर : कार्बनडाइअक्साइड ग्यास हावा भन्दा भारी हुन्छ त्यसैले कार्बन डाइअक्साइड गग्याँसलाई ख्ला ग्याँसजारमा जम्मा गर्न सकिन्छ।
 
(ख) तरल एमोनियाको पोतल खोल्नु पहिले केहीबेर चिसो पानीमा राख्नुपर्छ ।
 
उत्तर : तरल अमोनिया चिसो छ र सजिलै वाष्पीकरण हुन्छ। यदि तपाईंले कोठाको तापक्रममा तरल अमोनियाको बोतल खोल्नुभयो भने, तरल छिट्टै वाष्पीकरण हुनेछ र बाहिर निस्कन्छ। यो खतरनाक हुन सक्छ, त्यसैले तपाईंले बोतल खोल्नु अघि चिसो पानीमा चिसो गर्नुपर्छ ।
 
 
3. तल दिइएका प्रश्नको उत्तर दिनहोस :
 
(क) प्रयोगशालामा कार्बन डाइअक्साइड ग्याँस बनाउने विधि सचित्र वर्णन गर्नुहोस् ।
 
(चित्र बनाउने)
 
रासायनिक समीकरण :- CaCO3 + 2HCl→CaCl2 + H2O + CO2
 
चित्रमा दिएअनुसार सामग्रीलाई जडान गरी चुनढुड्गाका स-साना दुक्राहरूलाई राउन्ड बटम प्लास्कमा राखी थिसल फनेलबाट फिक्का HCI खन्याउँदा CaCO₃ र HCI बीच रसायनिक प्रतिकृया भई CO₂ ग्यास बन्दछ । उक्त ग्यास डेलिभरी ट्यूब हुदै हावालाई माथितिर बिस्थापित गरी ग्यास जारमा जम्मा हुन्छ ।
 
(ख) चित्र अध्ययन गरी प्रश्नको उत्तर दिन्होस् :
 
(अ) ग्याँसजारमा कार्बन डाइअक्साइड ग्याँस जम्मा भइरहेको छ । 
 
उत्तरः ग्याँसजारमा ग्याँस जम्मा भइरहेको छ ।
 
(आ) यो ग्याँस बनाउने प्रतिक्रियाको रासायनिक समीकरण लेख्नुहोस् । 
 
उत्तरः ग्याँस बनाउने प्रतिक्रियाको रासायनिक समीकरण:- CaCO3 + 2HCl→CaCl₂ + H₂0 + CO₂
 
(इ) कस्तो रङको लिट्मस पेपरको प्रयोगवाट यसरी तयार गरिने ग्याँसको पहिचान गर्न सकिन्छ ? 
 
उत्तरः नीलो रङको लिट्मस पेपरको प्रयोगवाट यसरी तयार गरिने ग्यांसको पहिचान गर्न सकिन्छ ।
 
(इ) किन यो ग्याँसलाई सुल्टो पारिएको खाली ग्याँस जारमा जम्मा गरिएको होला ।
 
उत्तर: कार्बनडाइअव्साइड ग्यास हावाभन्दा गहुङ्गो भएकाले हावालाई माथितिर विस्थापन गरी कार्बनडाइआअक्साइड ग्यासलाई ग्यास जारमा जम्मा गर्न ग्यास जारलाई सुल्टो पारेर राखिएको छ ।
 
(घ) कार्बन डाइअक्साइड़ ग्याँसका कनै तीनओटा रासायनिक गुण लेख्नहोस् ।
 
उत्तरः कार्बन डाइअक्साइड़ ग्याँसका कनै तीनओटा रासायनिक गुणहरु यसप्रकार रहेका छन:-
 
> कार्बन डाइअक्साइड ग्यांस पानीमा घुलेर कार्बोनिक अम्ल (H, CO) बन्छ । पेय पदार्थमा उच्च चापमा यो ग्यास राखी पेय पदार्थ अमिलो स्वादको बनाउन प्रयोग गरिन्छ । CO2 (g) + H2O → H2CO3
 
> कार्बन डाइअक्साइड ग्यासलाई सफा चुनपानीमा केहीवेर पठाएमा रासायनिक प्रतिक्रिया भई सेतो अघुलनशील क्याल्सियम कार्बोनेट बन्ने हुनाले चुनपानी दुधिलो देखिन्छ । Ca(OH)2 (aq) + CO2 (g) → CaCO (s) + H₂O (I)
 
> कार्बन डाइअक्साइडलाई 900°C मा red hot coke संग रासायनिक प्रतिक्रिया गराउँदा कार्बन मोनोअक्साइड (CO) बन्छ । CO2 + C→2CO
 
(ङ) कार्बन डाइअक्साइड ग्याँसका कुनै चारओटा उपयोगिता उल्लेख गर्नुहोस् ।
 
उत्तर : कार्बन डाइअक्साइड ग्याँसका कुनै चारओटा उपयोगिता यसप्रकार रहेका छन:- 
- तरल कार्बन डाइअक्साइड चिनी मिलमा कार्बोनेसन प्रक्रियामार्फत चिनी प्रशोधनका लागि प्रयोग गरिन्छ ।
 
- हल्का पेय पदार्थमा उच्च चापमा कार्बन डाइअक्साइड ग्यांस राखिएको हुन्छ ।
 
- बिरुवाले खाना बनाउने प्रक्रियामा कच्चा पदार्थका रूपमा यो ग्याँसको प्रयोग गर्दछन् ।
 
- यो ग्याँस आगो निभाउन प्रयोग गरिन्छ ।
 
(च) प्रयोगशालामा एमोनिया ग्याँस बनाउने तरिका सचित्र वर्णन गर्नुहोस् ।
 
(चित्र बनाउने)
 
रासायनिक समीकरण :- 2NH4Cl + Ca(OH)₂→ CaCl₂+ 2H₂O + 2NH3
 
चित्रमा दिएअनुसार सामग्रीलाई जडान गरी हार्डग्लास टेस्टट्युबमा एमोनियम वलोराइड र क्याल्सियम हाइड्रोक्साइड को मिश्रण बनाएर राखिन्छ र परिक्षण नलीमा एडटा कर्क र डेलिभरी नली मिलाएर राखिन्ह । त्यसपछी परीक्षण नलीलाई स्प्रिंट ल्याम्पको सहायता ले तताउदा एमोनिया ग्यास निस्कन्छ जुन डलिभरी नली हुँदै हावालाई तलतिर विस्थापित गरी ग्यासजारमा जम्मा हुन्छ ।
 
(छ) चित्र अध्ययन गरी प्रश्नको उत्तर दिनुहोस् :
 
(अ) ग्यास जारमा कुन ग्याँस जम्मा भइरहेको छ ?
उत्तरः ग्यास जारमा एमोनिया ग्याँस जम्मा भइरहेको छ ।
 
(आ) प्रतिक्रियाको रासायनिक समीकरण लेख्नुहोस् । 
उत्तरः प्रतिक्रियाको रासायनिक समीकरण :- 2NH4Cl + Ca(OH)2→ CaCl₂+ 2H20 + 2NH3
 
(इ) कस्तो रङको लिट्मस पेपरको प्रयोगबाट यो ग्याँसको पहचान गर्न सकिन्छ ?
उत्तरः रातो रङको लिट्मस पेपरको प्रयोगबाट यो ग्याँसको पहचान गर्न सकिन्छ ।
 
(ई) हार्डग्लास टेस्ट्ट्युवलाई किन अलिकति छड़के पारेर राखिन्छ ?
उत्तर : प्रयोगशालामा एमोनिया ग्यास बनाउन हार्डगलास टेम्टघुवभित्र एमोनियम क्लोराइड र क्याल्सियम हाइड्रोक्साइडको मिश्रणलाई तताउँदा रासायनिक प्रतिक्रिया भई एमोनिया ग्यासको साथै पानी पनि बन्दछ । टेस्टटयुवको मुखलाई तलतिर ढन्काइएन भने उक्त पानी पीधतिर जम्मा भई तातेर बाफमा परिणत हुँदा उत्त टेस्ट्युव चर्ने डर हुन्छ । यसकारण हार्डग्लास टेस्टट्युव चर्कनवाट जोगाउन उक्त टेस्टटयुवलाई अगाडितिर ढल्काउनुपर्दछ ताकि रासायनिक प्रतिक्रिया स्वरूप उत्पन्न हुने पानी टेस्टटधुवको मुखतिर जम्मा होस् ।
 
(उ) लाइम टावरको एउटा उपयोगिता के हो ?
 
उत्तर : अशुद्ध एमोनीया प्राप्त गर्नका लागि लाइम टावरको प्रयोग गरिन्छ ।
 
(ज) एमोनिया ग्याँसका कुनै चारओटा उपयोगिता लेख्नुहोस्।
 
उत्तरः एमोनिया ग्याँसका कुनै चारओटा उपयोगिता यसप्रकार रहेका छन:-
 
- नाईट्रिक ऐसिड, प्लास्टिक आदि उत्पादन गर्नमा प्रयोग गरिन्छ ।
- लुगा धुने सोडा बनाउन प्रयोग गरिन्छ ।
- एमोनियम लवणयुक्त औषधी बनाउन प्रयोग गरिन्छ । - ब्लु प्रिन्ट (Blue Print) निकाल्न प्रयोग गरिन्छ ।
 
(झ) के हुन्छ, सन्तुलित रासायनिक समीकरणसहित लेख्नुहोस्ः
 
(अ) कार्बन डाइअक्साइडलाई चुनपानीमा एकछिनका लागि पठाउंदा 
 
उत्तरः कार्बनडाइअक्साइडलाई केही छिन सफा चुनपानीमा पठाएमा सेतो अघुलनशील क्याल्सियम कार्बोनेट बन्छ । Ca(OH)2 + CO → CaCO3 + H₂O
 
(आ) कार्बन डाइअक्साइडलाई चुनपानीमा धैरैवेरसम्म पठाउंदा
 
उत्तरः कार्बनडाइअक्साइड ग्यासलाई धेरै बेरसम्म चुनपानीमा पठाएमा क्याल्सियम कार्बोनेट घुलनशील क्याल्सियम बाइकार्बोनेट मा परिणत हुन्छ । Ca(OH)2 + CO2 → CaCO3 + H₂O CaCO3 + H2O + CO₂ → Ca(HCO3)2
 
(इ) वलिरहेको म्याग्नेसियमको फित्ता कार्बन डाइअक्साइडयुक्त जारमा घुसाउँदा 
 
उत्तरः बलिरहेको म्याग्नेसियम रिबनलाई CO, ग्यास भएको जारमा राखेमा तेजिलो भई बल्छ
 
2Mg + CO₂→ 2MgO + C
 
(ई) सोडियम हाइड्रोक्साइड र एमोनियम सल्फेटको मिश्रणलाई तताउँदा 
 
अमोनियम क्लोराइड र क्याल्सियम हाइड्रोक्साइडको मिश्रणलाई तताउँदा यसले अमोनिया ग्यास निस्कन्छ । NH₁CI + Ca(OH)2 → CaCl₂ + 2NH3 + H₂O
 
(उ) एमोनियालाई पानीमा मिसाउँदा
 
यो ग्याँस पानीमा घुलनशील छ । यसले पानीमा घुलेर एमोनियम हाइड्रोक्साइड बनाउँछ । NH3 (g) + H₂O (1)→ NH4OH (aq)
 
(ऊ) एमोनिया र हाइडोक्लोरिक अम्लविच प्रतिक्रिया हुँदा
 
उत्तरः एमोनिया र हाइड्रोजन क्लोराइडबीच प्रतिकृया हुँदा एमोनियम क्लोराइड बन्दछन् । NH3 + HCI → NH4CI
 
 

Post a Comment

0Comments
Post a Comment (0)