तत्वको वर्गीकरण (Classification of Element)| class 10 science chapter 14 exercise| तत्वको वर्गीकरण (Classification of Element) exercise

0

  

14. तत्वको वर्गीकरण 
(Classification of Element)
 
 
1. तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् :
 
(क) इलेक्ट्रोनिक विन्यास 1s2, 2s2, 2p3 भएको तत्त्व आधुनिक पेरियोडिक तालिकाको कुन ग्रुपमा पर्छ ?
 
(अ) IIIA
(आ) IIIB
(इ) VA 
(ई) VB
 
 
(ख) आधुनिक पेरियोडिक तालिकाको ग्रुप IIA र IIIA बिचमा रहेका तत्त्वलाई के भनिन्छ ?
 
(अ) अल्काली धातु
(आ) सङ्क्रमण धातु 
(इ) अल्कलाइन अर्थ धातु
(ई) रेयर अर्थ धातु
 
 
(ग) तलका मध्ये सबैभन्दा क्रियाशील अधातु कुन हो ?
 
(अ) फ्लोरिन
(आ) क्लोरिन
(इ) ब्रोमिन
(ई) आयोडिन
 
 
(घ) तलका मध्ये सबैभन्दा क्रियाशील धातु कुन हो ?
 
(अ) लिथियम
(आ) सोडियम
(इ) पोटासियम
(ई) सिजियम
 
 
(ङ) आधुनिक पेरियोडिक तालिकामा निष्क्रिय ग्यास inert gas कुन ग्रुपमा पर्दछन् ।
 
(अ) 0 
(आ) IA
(इ) VIIB
(ई) VIIA
 
 
(च) तलका मध्ये कुन समूहले तत्त्वको धातु गुण बढ्दै जाने उचित क्रम सङ्केत गर्छ ?
 
(अ) Be< Mg < Ca
(आ) Na
  • (इ) Mg
    (ई) C
     
     
    (छ) तालिकामा तत्त्वहरू A, B, C र D का स्थानहरू देखाइएको छ । कुन तत्त्वले अम्लीय अक्साइड बनाउन सक्छ ?
     
    (अ) A
    (आ) B
    (इ) C 
    (ई) D
     
     
    2. कारण दिनुहोस् :
     
    (क) तत्त्वहरूको वर्गीकरण गर्न आवश्यक छ ।
     
    उत्तरः किनकी संसारमा 118 ओटा तत्वहरु छन् । यिनी हरुलाई सजिसो सित अध्यन गर्नको लागि तत्त्वहरूको वर्गीकरण गर्न आवश्यक छ ।
     
    (ख) आधुनिक पेरियोडिक तालिकाको कुनै पनि ग्रुपमा माथिबाट तल जादा तत्त्वहरूको आकार बढ्छ ।
     
    उत्तर : किनकी पारमाणविक सङ्ख्या बढ्दै जांदा तत्त्वको प्रोटोन, न्युट्रोन र इलेक्ट्रोनको सङ्ख्या बढ्दै जान्छ । त्यसैले आधुनिक पेरियोडिक तालिकाको कुनै पनि ग्रुपमा माथिबाट तल जादा तत्त्वहरूको आकार बढ्छ ।
     
    (ग) आधुनिक पेरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाबाट दायां जांदा तत्त्वहरूको आकार घट्छ ।
     
    उत्तर : किनकी पारमाणविक सङ्ख्या बढ्दै जांदा तत्त्वको प्रोटोन, न्युट्रोन र इलेक्ट्रोनको सङ्ख्या बढ्दै जान्छ तर सेलको सङ्ख्या भने नबढेमा इलेक्ट्रोन सोही सेलमा थपिदै जान्छ । फलस्वरूप परमाणुहरू खुम्चिन थाल्छन् । त्यसैले आधुनिक पेरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाबाट दायां जांदा तत्त्वहरूको आकार घट्छ ।
     
    (घ) आधुनिक पेरियोडिक तालिकामा हाइड्रोजन अधातु हो तर पनि यसलाई धातुको समूहमा राखिएको छ ।
     
    उत्तर : किनकी अधातु भए पनि इलेक्ट्रोन दिएर धनात्मक चार्ज युक्त आयोन बन्छ । त्यसैले आधुनिक पेरियोडिक तालिकामा हाइड्रोजन अधातु हो तर पनि यसलाई धातुको समूहमा राखिएको छ ।
     
    (ङ) सोडियमभन्दा पोटासियम बढी क्रियाशील हुन्छ ।
     
    उत्तर : किनभने सोडियमभन्दा पोटासियमको आकार ठुलो हुन्छ । फलस्वरुप पोटासियम परमाणुबाट इलेक्ट्रोन छुट्टीने सम्भावना बढी हुन्छ । सोडियमभन्दा पोटासियम बढी क्रियाशील हुन्छ ।
     
    (च) क्लोरिनभन्दा फ्लोरिन बढी क्रियाशील हुन्छ ।
     
    उत्तर : किनभने फ्लोरिनको आकार क्लोरिनको भन्दा सानो हुन्छ फलस्वरुप इलेक्ट्रोन ग्रहण गर्ने क्षमता बढी हुन्छ । त्यसैले क्लोरिनभन्दा फ्लोरिन बढी क्रियाशील हुन्छ ।
     
    (छ) आधुनिक पेरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाबाट दाया जादा तत्त्वहरुका धातुको गुण घट्दै र अधातुको गुण बढ्दै जान्छ ।
     
    उत्तर : कुनै पनि पिरियडको बायाबाट दाया जादा तत्त्वको परमाणुको आकार घट्दै जाने भएकाले इलेक्ट्रोन दिन सक्ने क्षमतामा कमी हुँदै जान्छ भने इलेक्ट्रोन लिन सक्ने क्षमतामा वृ‌द्धि हुँदै जान्छ । जसले गर्दा आधुनिक पेरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाबाट दाया जादा तत्त्वहरुका धातुको गुण घट्दै र अधातुको गुण बढ्दै जान्छ ।
     
    (ज) निष्क्रिय ग्यासलाई ग्रुप शून्यमा राखिएको छ ।
     
    उत्तरः किनकी निष्क्रिय ग्यासमा तत्त्वहरूको सबभन्दा बाहिरी सेलमा आठओटा इलेक्ट्रोन हुने भएकाले ती तत्त्वहरूले रासायनिक प्रतिक्रियामा भाग लिदैनन् । जुन चाही ग्रुप शुन्यमा पर्छ । त्यसकारण निष्क्रिय ग्यासलाई ग्रुप शून्यमा राखिएको छ ।
     
    (झ) चित्रमा पेरियोडिक तालिकाको कुनै एउटा खण्ड देखाइएको छ ? यसमा बायाबाट दायांतिर जादा क्रमशः परमाणुको आकारमा के फरक पर्छ, कारण लेख्नुहोस् ।
     
    उत्तर : चित्रमा देखिएको बायाबाट दायाँ जाँदा तत्त्वहरूको आकार घट्छ । किनकी पारमाणविक सङ्ख्या बढ्दै जांँदा तत्त्वको प्रोटोन, न्युट्रोन र इलेक्ट्रोनको सङ्ख्या बढ्दै जान्छ तर सेलको सङ्ख्या भने नबढ्ने भएकाले बढेको इलेक्ट्रोन सोही सेलमा थपिदै जान्छ । त्यस्तै, प्रोटोन र न्युट्रोनको सङ्ख्या बढेसंगै न्युक्लियसको धनात्मक सङ्ख्या बढ्छ र आफ्नो वरिपरिका सेललाई बढी आकर्षण शक्तिले तान्न थाल्छ । फलस्वरूप परमाणुहरू खुम्चिन थाल्छन् ।
     
     
    3. फरक लेख्नुहोस् :
     
    (क) ग्रुप र पिरियड
     
    ग्रुप (Group) :
    (i) पेरियोडिक तालिकाको vertical columns लाई ग्रुप भनिन्छ ।
    (ii) एउटै ग्रुपमा भएका तत्वहरूको valence electrons उही हुन्छ ।
    (iii) एउटै ग्रुपमा भएका तत्वहरुको संयुज्यता बराबर हुन्छ ।
    (iv) ग्रुपमा माथिबाट तलतिर जाँदा परमाणुको आकार बढ्दै जान्छ ।
     
    पिरियड (Period) :
    (i) पेरियोडिक तालिकाको horizontal rows लाई पेरियड भनिन्छ ।
    (ii) एउटै पेरियडमा भएका तत्वहरूको valence electrons बायाँबाट दायाँतिर जाँदा बढ्दै जान्छ ।
    (iii) एउटै पेरियडमा भएका तत्वहरूको संयुज्यता फरक हुन्छ ।
    (iv) पेरियडमा बायाँबाट दाँयातिर जाँदा परमाणुको आकार कम हुँदै जान्छ ।
     
    (ख) क्लोरिन र सोडियम
     
    क्लोरिन :
    १) यसको परमाणविक संख्या 17 हुन्छ ।
    २) यो VIIA ग्रुपमा पर्छ ।
     
    सोडियम :
    १) यसको परमाणविक संख्या 11 हुन्छ ।
    २) यो ग्रुप IA ग्रुपमा पर्छ ।
     
    (ग) ग्रुप IA र ग्रुप VIIA का तत्त्वहरू
     
    ग्रुप IA :
    1. यी तत्त्वहरूको भ्यालेन्स सेलमा एउटा मात्र इलेक्ट्रोन हुन्छ ।
    2. माथिबाट तलतिर जाँदा यी तत्त्वहरूको सक्रियता बढ्दै जान्छ ।
     
    ग्रुप VIIA :
    1. भ्यालेन्स सेलमा सात ओटा इलेक्ट्रोनहरू हुन्छन् ।
    2. माथिबाट तलतिर जाँदा यी तत्त्वहरूको सक्रियता घट्दै जान्छ ।
     
    (घ) इलेक्ट्रोनेगेटिभिटी र इलेक्ट्रोपोजिटिभिटी
     
    इलेक्ट्रोनेगेटिभिटी :
    १) तत्त्वहरूको भ्यालेन्स सेलबाट इलेक्ट्रोन छोडेर धनात्मक आयोन बनाउन सक्ने गुणलाई इलेक्ट्रोपोजेटिभिटी भनिन्छ ।
    २) ग्रुप 1 देखि 18 सम्म जादा तत्त्वको इलेक्ट्रोपोजिटिभिटी वा धातुको गुण घट्दै जान्छ ।
     
    इलेक्ट्रोपोजिटिभिटी :
    १) तत्त्वहरूको भ्यालेन्स सेलबाट इलेक्ट्रोन छोडेर धनात्मक आयोन बनाउन सक्ने गुणलाई इलेक्ट्रोपोजेटिभिटी भनिन्छ ।
    २) ग्रुप 1 देखि 18 सम्म जादा तत्त्वको इलेक्ट्रोनेगेटिभिटी वा अधातुको गुण बढ्दै जान्छ ।
     
     
    4. तलका प्रश्नको उत्तर दिनुहोस् :
     
    (क) आधुनिक पेरियोडिक नियम लेख्नुहोस् । 
     
    उत्तरः आधुनिक पेरियोडिक नियमः "तत्वहरूका गुणहरू तिनीहरूका पारमाणविक संख्याका पेरियोडिक कार्यस्वरुप हुन्छन् ।
     
    (ख) आधुनिक पेरियोडिक तालिकामा कतिओटा ग्रुप र पिरियड छन् ? 
     
    उत्तरः आधुनिक पेरियोडिक तालिकामा 18 ओटा ग्रुप र 7 ओटा पिरियड छन् ।
     
    (ग) आधुनिक पेरियोडिक तालिकामा सोडियमको स्थान लेख्नुहोस् । यसलाई अल्काली धातु भनिनुको कारण के हो ?
     
    उत्तर : आधुनिक पेरियोडिक तालिकामा सोडियमको स्थान IA मा पर्छ । किनकी यिनीहरु पानीसंग प्रतिक्रिया गरी कडा अल्काली बनाउने भएकाले यसलाई अल्काली धातु राखिएको छ।
     
    (घ) दिइएका तत्त्वहरूको आधुनिक पेरियोडिक तालिकामा स्थान लेख्नुहोस् : 
    अल्काली धातु, अल्कलाइन अर्थ धातु, निष्क्रिय ग्यास, सङ्क्रमण धातु, ल्यान्थेनाइडस्, एक्टिनाइडस् ।
     
    उत्तर : अल्काली धातु - IA ग्रुप
    अल्कलाइन अर्थ धातु - IIA ग्रुप
    निष्क्रिय ग्यास - 0 ग्रुप
    सङ्क्रमण धातु - IIIB देखि IIB ग्रुप
    ल्यान्थेनाइडस् - f-block मा रहेको परमाणविक सख्या 58 देखि 71 सम्म
    एक्टिनाइडस् - f-block मा रहेको परमाणविक सख्या 90 देखि 103 सम्म
     
    (ङ) सल्फरको इलेक्ट्रोनिक विन्यास लेखी आधुनिक पेरियोडिक तालिकामा यसको स्थान लेख्नुहोस् ।
     
    उत्तर : सल्फरको इलेक्ट्रोनिक विन्यास गर्दा :-
    (S) - 1s2, 2s2 2p6, 3s2 3p6
    = 2, 8, 6
    र यसको स्थान VIA ग्रूपमा पर्छ ।
     
    (च) आधुनिक पेरियोडिक तालिकामा मुख्यतयाः केका आधारमा ग्रुप र पेरियोड छुट्याइएको हुन्छ ?
     
    उत्तर : आधुनिक पेरियोडिक तालिकामा मुख्यतयाः गुण र प्रमाणविक सख्या का आधारमा ग्रुप र पेरियोड छुट्याइएको हुन्छ ।
     
    (छ) फ्लोरिन, क्लोरिन र ब्रोमिन पेरियोडिक तालिकाको कुन समूहमा पर्छन् ? यीमध्ये कुन तत्त्व सबैभन्दा सक्रिय हुन्छ, किन ?
     
    उत्तर : फ्लोरिन, क्लोरिन र ब्रोमिन पेरियोडिक तालिकाको VIIA समूहमा पर्छन् । यी मध्ये सबै भन्दा सक्रिय तत्त्व फ्लोरिन हुन् किनकी फ्लोरिनको परमाणुको आकार क्लोरिन, र ब्रोमिनको भन्दा सानो हुन्छ । र फ्लोरिनको परमाणुमा न्न्युक्लियसबाट बाहिरी सेल नजिक भएकाले छिट्टो इलेक्ट्रोन दिन्छ ।
     
     

    Post a Comment

    0Comments
    Post a Comment (0)