यस्तो कहिल्यै नहोस् (मनोवाद) | Class 10 nepali chapter 4 यस्तो कहिल्यै नहोस् (मनोवाद) yes to kahile nahosh exercise||

0

  

4. यस्तो कहिल्यै नहोस् (मनोवाद)

 

शब्दभण्डार

१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस्:

 

शब्द                अर्थ

 

सङ्कट - आपत विपत

विलाप - बिलौना

लोहोरो - सिलौटामा मसला आदि पिँध्न प्रयोग गरिने फलाम वा ढुङ्गाको लाम्चो वा गोलो उपकरण

शङ्का - सन्देह

अपरिचित - चिनजान नभएको

सातो - होस

 

२. दिइएको अनुच्छेदबाट तीन तीनओटा लघुतावाची र समूहवाची शब्द पहिचान गर्नुहोस् :

लघुतावाची शब्द :- सितो, कोसो, थोपो दाना ।

समूहवाची शब्द :- ताँती, घार, बथान, बथान, घारी ।

 

३. पाँच पाँचओटा लघुतावाची र समूहवाची शब्द पर्ने गरी अनुच्छेद लेख्नुहोस् :

 

  वनभोज  

 

बिहानै एक टुका स्याउ खाएर म वनभोज गएँ । बाटोमा गाडीहरु ताँती लगाएर हिँडेका थिए । वनभोज स्थलमा मान्छेहरुको भिड थियो । एक हुल मान्छेहरु नाचिरहेका थिए । त्यहाँ बाँदरको बथान पनि थियो । मैले बाँदरलाई एक कोसो केरा दिएँ । साथीले कुकुरलाई एक चोक्टो मासु दियो । त्यहाँ एउटा रुखमा अरिङ्गालको गोलो पनि देख्यौं । मैले त्यहाँ एक त्यान्द्रो साग र एक पित्को अचार पनि खाएँ ।

 

४. दिइएका पद, पदावलीलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

 

हरे ! - हरे ! भुकम्पले घर ढलायो ।

सञ्जाल - सामाजिक सञ्जालले धेरैलाई बिगार्‍यो ।

विवरण - मैले मेरो पढाइको खर्चको सम्पूर्ण विवरण आमालाई देखाएँ ।

सुइँकुच्चा ठोक्नु - पल्लो गाउँको नरे तल्लो गाउँकि डल्लीलाई लिएर सुइँकुच्चा ठोकेछ ।

लोभले लाभ लाभले विलाप - धेरै कमाउने लोभले रमेशले कमललाई पैसा ब्याजमा लगाएको थियो तर कमलले साउ नै खाइदियो । लोभले लाभ लाभले विलाप भनेको यही हो ।

हुने हार दैव नटार - हुने हार दैव नटार भनेझैं सबैले एक दिन यो संसार छोड्नै पर्छ ।

 

बोध र अभिव्यक्ति

 

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

- झल्यास्स, गज्जब, शत्रु खुरुखुरु, बुद्धि, अत्तोपत्तो, पन्जा, दूरसञ्चार, आश्वस्त

 

२. 'यस्तो कहिल्यै नहोस्' मनोवाद हाउभाउसहित सस्वरवाचन गर्नुहोस् ।

-  शिक्षकनुसार गर्नुहोस् ।

 

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् : 

(क) 'यस्तो कहिल्यै नहोस्' मनोवाद कुन पात्रको घटनासँग सम्बन्धित छ ?

-  'यस्तो कहिल्यै नहोस्' मनोवाद शुकमान पात्रको घटनासँग सम्बन्धित छ ।

 

(ख) मनोवादमा नगद पुरस्कारसहित बधाई दिएको सन्देश' भन्दा अगाडि र पछाडि कुन कुन प्रसङ्ग आएका छन् ?

- मनोवादमा नगद पुरस्कारसहित बधाई दिएको सन्देश' भन्दा अगाडि र पछाडि सामाजिक सञ्जाल र साइबर अपराधका प्रसङ्ग आएका छन् ।

 

(ग) पत्रिका मनमनै पढेको वर्णन मनोवादको कुन अनुच्छेदमा छ ?

- पत्रिका मनमनै पढेको वर्णन मनोवादको पाँचौं अनुच्छेदमा छ ।

 

(घ) मनोवादमा कुन पुरुषीय कथनशैली उपयोग गरिएको छ ? 

- मनोवादमा प्रथम पुरुषीय कथनशैली उपयोग गरिएको छ ।

 

४. दिइएको मनोवादको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : 

(क) मनोवादको अंशमा पात्र निदाउन नसक्नुको कारण के हो ?

- दुई वर्ष अरबको खाडीमा बसेर कमाएको पाँच लाख डुबेको चिन्ताले पात्र निदाउन नसकेका होलान् ।

 

(ख) पात्रले कहाँ गएर धन कमाएको थियो ?

- पात्रले अरबको खाडीमा गएर धन कमाएको थियो ।

 

(ग) पात्रले समाचारमा के कुरा पढेको थियो ?

- पात्रले समाचारमा साइबर अपराधका बारेमा पढेको थियो ।

 

(घ) पात्रले समाचारमा पढेका कुरा व्यवहारमा उतार्न नसक्दा कस्ता समस्या भोग्नुपर्यो, लेख्नुहोस् ।

- पात्रले समाचारमा पढेका कुरा व्यवहारमा उतार्न नसक्दा आफूसँग भएको पैसा गुमाउनुपर्यो ।

 

५. ‘यस्तो कहिल्यै नहोस्' मनोवादका पात्रले मनमा खेलाएका मुख्य मुख्य घटना टिपोट गर्नुहोस् । 

 

'यस्तो कहिल्यै नहोस्' मनोवादका पात्रले मनमा खेलाएका मुख्य मुख्य घटनाहरु :

 

- सामाजिक सञ्जालले गर्दा जीवन जटिल बन्नु र समस्यामा फस्नु,

- मोबाइलभित्रको साइबर संसारमा पस्दा विचार नपुऱ्याएकामा चिन्ता लाग्नु,

- सामाजिक सञ्जाल प्रयोग र साइबर सचेतनासम्बन्धी कक्षामा सहभागी भएर पनि व्यवहारमा लागू गर्न नसक्दा पछुतो मान्नु,

- सामाजिक सञ्जालको दुरुपयोगले निम्त्याएका समस्या सम्झनु,

- मोबाइलका राम्रा र नराम्रा पक्ष सम्झनु,

- २५ लाख पाउने लोभमा फसेकोमा पछुतो हुनु,

- काकाकी छोरी पानमती झुटो जालमा परेको सम्झनु,

- दुई वर्ष अरबको खाडीमा बसेर कमाएको धन गोलखाडीमा जाँदा राति निदाउन नसक्नु,

- साइबर अपराधको सिकारबाट जोगिने उपाय सम्झनु,

- कसैलाई साइबर अपराधको सिकार बन्नु नपरोस् भन्ने इच्छा मनमा आउनु ।

 

६. "यस्तो कहिल्यै नहोस्' मनोवादबाट कस्तो सन्देश पाइन्छ, लेख्नुहोस् ।

- 'यस्तो कहिल्यै नहोस्' मनोवाद समसामयिक विषयमा तयार पारिएको छ । सामाजिक सञ्जालमा प्राप्त झुटा सन्देशमा विश्वास गर्दा त्यसको दलदलमा फसेका पात्र शुकमानको मनोवाद यसमा प्रस्तुत गरिएको छ । शुकमानका माध्यमबाट हामीलाई सामाजिक सञ्जालको प्रयोगमा सचेत बनाउन र साइबर अपराधका बारेमा सिकाउन खोजिएको छ । मोबाइल, इन्टरनेट आदि प्रविधिको सही प्रयोगले हाम्रो जीवन सहज हुने भए पनि यसको दुरुपयोगले हामीलाई ठुला समस्यामा पार्न सक्छ । साइबर अपराधको सिकारबाट जोगिन, आफ्नो कम्प्युटर, ल्यापटप र मोबाइलमा चलाइने सामाजिक सञ्जाललगायतका पासवर्ड कसैलाई दिनुहुँदैन । समय समयमा पासवर्ड परिवर्तन गरिरहनुपर्छ । अपरिचित व्यक्ति वा संस्थाबाट आएका इमेल खोल्नुहुँदैन । इमेलमा काम गरिसकेपछि साइन आउट वा लग आउट गर्नुपर्छ । इमेल तथा सामाजिक सञ्जालमा आउन सक्ने आकर्षक उपहार वा चिट्ठाको भ्रममा पर्नुहुँदैन । यस्ता इमेल तथा म्यासेजमाथि शङ्का लागेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्छ भन्ने सन्देश यो मनोवादबाट पाउन सकिन्छ ।

 

७. मनोवादमा उल्लेख भएको साइबर अपराधको प्रसङ्ग पढेपछि तपाईंले कस्तो महसुस गर्नुभयो, उल्लेख गर्नुहोस्।

 

- 'यस्तो कहिल्यै नहोस्' मनोवादमा उल्लेख भएको साइबर अपराधको प्रसङ्ग पढेपछि मलाई सामाजिक सञ्जालको प्रयोगमा सचेत बन्नुपर्ने चेतना अझ बढ्यो । प्रतिनिधि पात्र शुकमान र यस्तै ठगीका घटनाहरु स्मरणमा आइरहे । हुनत साइबर अपराधको यो प्रसङ्ग मेरो लागि नौलो त होइन । शुकमानले जस्तै यस विषयमा ज्ञान भएर बेवास्ता गर्दथें तर यसले अब यस विषयमा सम्भावित घटनाप्रति अझ सचेत बनायो । सामाजिक सञ्जालका माध्यमबाट हुन सक्ने साइबर अपराधबाट बच्ने थप उपायहरुको ज्ञान भयो ।

 

८. दिइएका शीर्षकमा छोटो मनोवाद लेख्नुहोस् : 

(क) नतिजा प्रकाशनको अगिल्लो दिन

 

पात्र : जियान्स

स्थान : सुत्ने कोठा

समय : राति १०:०० बजे

 

(भोलि एसईई परीक्षाको नतिजा प्रकाशन हुँदै छ । ऊ आफ्नो बिछ्‌यौनामा पल्टिइरहेको छ । जियान्स परीक्षाको नतिजा आउने खबरले बेचैन छ । नतिजा र अब के पढ्ने भन्ने भविष्यको चिन्ताले छटपटाएको पनि छ । उसको मनमा विभिन्न कुराहरु खेलिरहेका छन् ।)

 

ला ! नतिजा आउने दिन पनि आइहाल्यो । नतिजा राम्रो आए त केही चिन्ता थिएन, नतिजा राम्रो आएन भने त ढुक्कै हो, मेरो बाबाले मलाई खाड़ी पठाउनुहुन्छ । परीक्षाको तयारीका लागि भनेर ट्युसन, कोचिङ सबै पढियो । बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म । हैट, यति पढेर परीक्षा दिँदा पनि पास नभए त कहिल्यै नपढे पनि भो । (पानी पिउँछ ।) या ! कति चिन्ता लिएको मैले पनि यतिको लेख्दा ए + नआए पनि बि+ सम्म त कसो नआउला र ! बाबाले छोरोले ए+ ल्याउँछ भन्ने आशा गर्नुभएको छ होला, ए + आएन भने बाबा त पक्कै दुःखी हुनुहुने छ । छोराछोरीको राम्रो नतिजाका लागि आशा गर्नु नराम्रो पनि त होइन । (पर्दा खोलेर बाहिर हेर्छ ।) भोलि यतिबेला त नतिजा आइसक्छ । अबको बाटो के हुने भन्ने पनि यही ग्रेडले निर्धारण गर्ने होला । ए + आए विज्ञान विषय नै पढ्नुपर्ने होला नत्र व्यवस्थापन पढ्ने त होला । हुनत यो नतिजा मात्र पनि त सबथोक होइन भो । फल भन्दै धेरै हाउगुजी ठानेर पनि यस्तो भएको हो ।

 

( मनलाई सम्हाल्न खोज्छ |) एसईईमा राम्रो ग्रेड आएर पछि गुल्टिन र सोचेजस्तो नआएर पछि राम्रो हुन पनि त सक्छ नि । एउटा कक्षाको परीक्षा त हो, यसलाई यत्रो हाउगुजी किन ठानेको हँला ! सोचे जस्तो नआएँ मिहिनेत कम भएछ, अर्को कक्षामा अझ मिहिनेत गर्नुपर्छ भनेर बुभुँला । जिन्दगीले झन् कस्ता कठिन परीक्षा लिने हो । निराश भएर हरेस खानु नपरोस् अरु त्यस्तै हो । (घडी हैछे ) ए ढिला भइसकेछ, सुत्नुपर्यो । (बत्ती निभाएर सुत्छ ।)

 

(ख) पुरस्कृत हुँदाको क्षण

 

पात्र : जियान्स

स्थान : सुत्ने कोठा

समय : राति १०:०० बजे

 

(जियान्स आज खुसी छ । उसको अनुहारमा बेग्लै चमक देखिन्छ । कोठाको भित्तामा झुन्डिएको प्रमाणपत्र हेरेर आनन्दले रमाउँदै छ किनकि जिल्लास्तरीय वादविवाद प्रतियोगितामा प्रथम भएको छ र उसको मनमा विभिन्न कुराहरु खेलिरहेका छन् ।)

 

(मनमनै) धन्य भगवान् ! (हात जोडी प्रतियोगिताका क्षण सम्झँदै ) मिहिनेत गरे त्यसको फल एक दिन अवश्य पाइने रहेछ । सानो भए पनि मेरो एउटा सपना पूरा भएको छ । यत्रो एकसे एक जान्ने विद्यार्थीहरु हुँदाहुँदै जिल्लास्तरीय प्रतियोगितामा प्रथम हुनु चानचुने कुरा पनि त होइन नि । उद्घोषकले तेस्रो र दोस्रो हुनेको नाम भैनिसक्दा म प्रथम हुने आशा मरिसकेको थियो । प्रथम हुनेमा मेरो नाम भन्दा म त झण्डै उफ्रिएको ! (खुसी हुँदै) त्यो तालीको गडगडाहट र त्यतिबेला मेरो नेपाली विषय शिक्षकको मुहार पनि हेर्न लायक थियो । त्यहाँ उपस्थित ठूला ठूला मान्छेहरुले बधाई दिँदा त मलाई कस्तो लाज लागेको थियो । आमालाई यो कुरा सुनाउँदा आमाले हर्षका आँसु झार्नु । मलाई थाहा भयो छोराछोरीको खुसीमा आमाबाबा कति खुसी बन्दा रहेछन् भनेर ।

 

एकपल्ट त त्यति धेरै मान्छेको सामुन्ने गएर कसरी बोल्ने होला भन्ने चिन्ता पनि बढ्यो । डरले मुटु ढुक्क पनि भयो धन्न अगाडि गएर बोल्ने बेलामा त्यस्तो भएन । (घोरिँदै) अगाडि गएर बोल्दा केही गल्ती भएको भए त त्यत्रो मिहिनेत पानीमा मिल्दो रहेछ । राम्रो वक्ता बन्नलाई पहिले राम्रो श्रोता बन्नुपर्छ भन्ने मेरो शिक्षकको भनाइले पनि मलाई ढाडस मिल्यो । ( गम्भीर बन्दै ) धन्न मेरो पालो सुरुमा आएन । अरु बोलेपछि त्यसबाट शैली सिकेर आफ्नो प्रस्तुति दिन पाइयो । मैले मिहिनेत कम गरेको पनि त होइन नि । गुगलमा खोजेर र युटुबमा हेरेर तयारी गरेको फाइदै भयो । म प्रथम नभएको भए त मलाई मेरा साथीले गिज्याउँथे पनि होला । ( मुस्कुराउँदै ) अब त सबैको सामुन्ने छाती फुलाएर हिँड्न पाइन्छ । (कोल्टे फेर्दै) यसमा मेरा गुरु, आमाबाबा र साथीहरुको पनि ठूलो योगदान छ ।

 

मैले अझ मेरो प्रतिभालाई तिखार्नुपर्छ । मेरा लागि यो सुरुआत मात्र हो । यस्ता सफलताहरु सधैँ पाए त ! मैले अब अझ कोसिस गर्नुपर्छ । (सुत्न खोज्दै ) अब भोलि स्कुल जाँदा मिठाई लगेर गुरु र साथीहरुलाई दिनुपर्छ । अँ साँच्ची भोलि त प्रार्थना सभामा अँगाडि बोलाएर बधाई पनि दिनुहुन्छ होला है । (घडी हेर्छ) ए कति छिटो एघार बज्न लागेछ । अब सुत्नपर्छ । (ओढने ओढेर गटमट परेर सुत्छ ।)

 

९. दिइएको विज्ञापनको नमुना पढ्नुहोस् र तपाईंको विद्यालयले प्रकाशन गरेको बालसाहित्य पत्रिकाका लागि विज्ञापन तयार गर्नुहोस् :

 

बाल पत्रिका 'नव जीवन' प्रकाशनसम्बन्धी सूचना

 

विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले हाम्रो यस श्री पञ्चधुरा माध्यमिक विद्यालयमा बालपत्रिका 'नव जीवन' प्रकाशन हुन लागेको सहर्ष जानकारी गराउँछौं । बालसाहित्यको क्षेत्रमा प्रकाशन हुन गइरहेको यस पत्रिकामा आगामी अङ्कका लागि आफ्ना रचनाहरु पठाउनका लागि लेखन, कला र साहित्यप्रति रुचि राख्ने कक्षा १२ सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई आह्वान गरिन्छ । 

पुनश्च : उत्कृष्ट रचनाहरुलाई पुरस्कारको व्यवस्था पनि गरिएको छ ।

 

रचना पठाउने ठेगाना : श्री सरस्वती माध्यमिक विद्यालय, धनुषा - ३, सबैला

मिति २०८० जेठ २८ गतेसम्म

 

१०. दिइएको बैंक भौचरको नमुना पढ्नुहोस र भौचर भर्ने अभ्यास गर्नुहोस :

- शिक्षकअनुसार भर्नुहोस् ।

 

११. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

(क) प्रश्नहरु :

(अ) प्रविधिको प्रयोगले सिकाइमा कस्तो सुविधा पुऱ्याएको छ ?

- प्रविधिको प्रयोगले सिकाइ प्रणालीलाई सरल, प्रायोगिक, मनोरञ्जक र चिरस्थायी बनाउन सहयोग पुर्याएको छ ।

 

(आ) तपाईंले सिकाइका लागि कुन कुन एप्स प्रयोग गर्नुभएको छ, नाम लेख्नुहोस् ।

- मैले सिकाइका लागि गुगल, युटुब जस्ता एप्स प्रयोग गरेको छु ।

 

(इ) विद्यार्थीमा प्रविधिप्रति मोह बढ्नुको कारण के हो ?

- सिकाइ रुचिपूर्ण र चाखलाग्दो हुनुका साथै विद्यार्थीले इन्टरनेट आदिको प्रयोगबाट नयाँ नयाँ विषयवस्तु खोजेर आफै सिक्न सक्ने भएकाले विद्यार्थीमा प्रविधिप्रति मोह बढेको हो ।

 

(ई) विद्यार्थीलाई परियोजना कार्य गर्न प्रविधिले कसरी सहयोग गर्छ ?

- प्रविधि प्रयोगबाट अनुसन्धान र खोज गरेर नयाँ नयाँ विषयवस्तु खोजेर परियोजना कार्य गर्न विद्यार्थीलाई सहयोग पुग्छ ।

 

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :

(अ) अनुच्छेदबाट दुईओटा समस्त शब्द खोजी तिनको विग्रह गर्नुहोस् ।

- कक्षाकोठा (कक्षाका लागि कोठा), चौघेरा (चार घेराको समूह) ।

 

(आ) 'ठूलो' र 'पढाइ' शब्दलाई द्वित्व प्रक्रियाबाट नयाँ शब्द बनाउनुहोस् ।

- ठुल्ठुलो, पढाइसढाइ |

 

(इ) अनुच्छेदबाट सुरु र बिचमा दीर्घ ऊकार प्रयोग भएका एक एक ओटा शब्द टिप्नुहोस् ।

- सुरुमा दीर्घ ऊकार प्रयोग भएका शब्द : पूर्ण बिचमा दीर्घ ऊकार प्रयोग भएका शब्द : खोजममूलक ।

 

Post a Comment

0Comments
Post a Comment (0)